May 10, 2009

झरेको पात

मदन बराल
०५-१०-०९

निद्राबाट उठी हेर्दा
आफुलाइ एक्लो पाएं
पहिलो दिनमा यात्रा टुट्दा
पात झरे सरी भएं

मुटू भित्र बस्छू भन्दा
थाहै नपाइ पराइ भए
पथ्थर बिच माया खोज्दा
काडा बिच हराइ गएं

पहरामा रुख हुंदा
सधै दुख झेलीरहे
बसन्तमा पात आउदा
पहेंलिदै हराइ गएं

हावासंग चुम्छु भन्दा
रुखबाट झरी गएं
पूर्व घाम नउदाउंदै
साझ परी अस्ताइ गएं
(कसैको जिबनसंग मेल खाए संयोग मात्र हुनेछ)


8 Comments:

बिप्लब said...

मदन जी को झरेको पात मार्मिक लाग्यो। यस्तो कथा किबता मै सिमित होस, हैन र?

me said...

गजब!! लेक्दै जानुस है मदनजी!!

एकलव्य ( Eklavya) said...

मदनजी कविता राम्रो छ । तपाईँमा कवि भावना छ । लेख्दै परिष्कृत पार्दै जानुहोस् भन्ने शुभकमना !

Prabesh Poudel said...

एकदम राम्रो कविता !!!

roshan said...

Tapai le कसैको जिबनसंग मेल खाए संयोग मात्र हुनेछ tara मुटू भित्र बस्छू भन्दा थाहै नपाइ पराइ भए गएं bhanne ta merai jiban sanga mel khayo. Chinta nagarnus yestai ho jiban.

Luna said...

heart touch ---
nice .
keep it up .

पोस्तक श्रेष्ठ said...

एउटा झरेको पातमा यति धेरै दर्द ब्यक्त गर्नु भयो,अव रित्तिएको प्यालामा फरि जान्छ कि?

खुल्लामन्च said...

WOW ! WOW !! WOW !!!
Madan Sir, Very Good One.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !