May 4, 2009

कटवाल भए फाएर, देशमा गम्भीर राजनैतीक संकट

भर्खरै: प्रचण्डद्वारा राजिनामा ।

नेपालका अनलाइन समाचार साइटहरु खोल्न धौ धौ परिरहेको बेला भर्खरै नागरिक न्युजको अनलाइन संस्करणमा प्रकाशित ब्रेकिङ न्युज । माओबादिहरुलाई काम गर्न दिएनन रे दलहरुले र के के शक्तिहरुले !(Panda)

अपडेट: नेपाली समय दिनको १:१०, नेकपा एमाले र नेपाली कांग्रेस बिच, नेकपा एमालेको नेतृत्वमा सरकार गठनबारे छलफल । तर राष्ट्रपतिको कदम प्रती नेकपा एमाले पनि असहमत । काठमाण्डौमा प्रदर्शनहरुको बिच यातायात प्रभावित ।

अपडेट: नेपाली समय १२:००, दिउसो १ बजे मन्त्री परिषद (माओवादी मात्रै सम्मीलीत) को बैठक बस्ने । तीन बजे प्रधानमन्त्रीको सम्बोधन आउने । माओवादीले राष्ट्रपति बिरुद्ध महाअभियोग लगाउने । कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग। साथै माओवादीबाट ‘भण्डाफोड’ कार्यक्रम गर्ने जानकारी । सबै दलहरु आन्तरीक छलफल र कानूनविदसंगको छलफलमा व्यस्त ।

अपडेट: रुक्माङगद कटबालाइ प्रधानमन्त्रीले निकालेको नियम बिपरती भएकोले राष्ट्रपतीले उनलाइ काम काज जारी राख्नु भनेर पत्र दिएछन। अहिलेको स्थीती ‘नेपालको कानुन भगावानले मात्रै जानुन’ जस्तो छ!
------------------------------------------------------------------------------
सेनासंग आमने सामने लडेर दशक बिताएको माओबादी, चुनाबमा जितेर सरकारमा छिरे पनि सेनासंग सम्बन्ध सुध्रेको थिएन। उनीहरु आफ्ना लडाकू मिलिसिया र नेपाली सेनाको हैसियत एकै मान्दै आएका थिए। त्यसै अनुरुप सेनामा भर्ती रोक्न देखी राष्ट्रिय खेलकुदमा आफ्ना मिलिसियालाइ रातारात खेलमा सामेल गराएर नेपाली सेनाकै हैसियतमा ल्याउने प्रयास गरेका थिए। तर सेनाले यि दुबै कुरा मानेन र यी दुबै कुरामा माओबादीको बिपक्षमा उभियो। के त्यसै कारण नेपाली सेनाका सेनापती रुमागंत कटवाल फाएर भएका हुन त?
रुमागंत कटवाल निकालिनु यि नै मुख्य दुइ कुरा मोओबादिले देखाएको छ। उनी सेनामा सक्षम नरहेको जिकीर गर्दै मन्त्रीपरिषद समक्ष उनलाइ कारबाही गर्न प्रधानमन्त्रीले अनुरोध गरेका थिए। तर यो अनुरोध सरकारमा सामेल अन्य चार दलले सिधै अस्विकार गरे। अबकासको पत्र रुपागंत कटवालले न्याय सम्मत नभएको भन्दै बुझेनन भने नया बनाइएका सेनापती कुलबहादुर खड्काले पत्र बुझे। यसरी नाटकिय रुपमा सेनपतीमाथी किन जाइलाग्यो माओबादी?, कारबाहीका लागी सेना भर्ना र खेलकुद त हात्तीका देखाउने दांत मात्रै हुन।

मुख्य कुरा त माओबादी मिलीसिया नेपाली सेनामा सामेल गराउन नगरेको सहयोग नै हो। अब भने स्थीती जटिल बन्ने भएको छ। सेनापती माथी अल्पमतको निर्णय कसरी लागु गर्छ माओबादीले? , पशुपतीको पूजारी देखी प्रज्ञा प्रतीष्ठानमा आफ्नो स्ट्यान्ड गुमाएको माओबादीले नेपाली सेनापतीमा गरेको कारबाही कसरी अडीग राख्ला?, अब माओबादी सेना नेपाली सेनमा सामेल गराउने भए हिजो एक आपस बिरुद्द बन्दुक चलाएका मात्र होइन माओबादीबाट अम्रिसपुरी स्ट्टाइलमा नेपाली सेनाको घर,परिवार, आफ्न्त समेत सताइएका नेपाली सेनाले कसरी लिनेछन? ।

अहिले त माओबादीले अरु पार्टीलाइ भुसुना सरी गन्दैन। बेला बेलामा माओबादी जनगणतन्त्र भनेर कुर्लने पनि गर्दछन। नेपाली सेनामा माओबादी सेना मिसाए आफ्नो हबिगत के हुने हो, यो अन्य पार्टीले पनि बुझेका छन् ।अब अन्य पार्टीहरुले के गर्लान? । रुक्मागंत कटवालले अवकास पत्र लिन अस्विकार गरेको र कुलबहादूर खड्काले नियुक्ती पत्र बुझेकोले सेनाले कस्लाइ सेनापती मान्ने हुन? सरकारमै मत बाझिएको र अल्पमतको निर्णयले सेनापतीमाथी कारबाही भएको ले यो मुद्दा अदालतमा परे अदालतले के गर्नेछ? ।

नया संबिधान बन्ने टुगों नभएको बेलामा देशको जरजर स्थीतीलाइ माथी उठाउनुको साटो सरकार यसरी अन्य मुद्दामा फस्नुले नेपाली जनताको भाग्य कता डोरीने हो? यी सबै प्रश्न यती जटील छ उत्तर जे दिए पनि ठिक बेठीक के हो समयले मात्र बताउने सक्ने छ।



3 Comments:

Unknown said...

हत्या र हिंसाको राजनिती धेरै भयो, नेपाली जनतालाई सहमती र शान्तिकिको राजनीति उपयुक्त लाग्छ ।

Dilip Acharya said...

खै, अब नयाँ संबिधान त 'उतै'बाट प्रिन्ट गरेर ल्याए त होला नत्र त कस्लाई फुर्सद होला र नया संबिधान लेख्‍ने ?

wordflows said...

Dilip ji thik bhanubhyo

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !