श्रेष्ठ बिके -ईराक बलाद
पानीको गहिराई कसलाई के थाहा त्याहा भुमरि पो रहेछ  
माया दिनेको मन कसलाई के थाहा एकोहोरीएको हुदो रहेछ   
कसरि पत्ता लगाउनु माया कहाँ छ र मुल्य कति पर्ने रहेछ   
विश्वासको आधारमा जोडिएर संसार चलाउनु पर्दो रहेछ ॥   
न त सानो ठुलो नै भन्ने गर्छ न त उमेर नै नाप्दो रहेछ   
अन्तर आत्माको भावनालाई साटेर भाव विहलमा बग्दो रहेछ     
समुन्द्र पारि पनि मायाको तिरले हानी वर्षा झारि दिदो रहेछ     
उराठ लाग्दो जिन्दगीलाई पनि सरलतामा भिजाई दिदो रहेछ ॥     
मायाले भिजेको जिवनमा काउसाको बिरामी सर्दो रहेछ     
काउकुतिले सताउन थालेपछि कहिले भेट्ने पार्दो रहेछ     
समयको चक्रव्यूहलाई भुल्नु पर्नेसम्म बाध्य पार्दो रहेछ     
मायालुकॊ आङकुसेमा फस्न सारै गाह्रो पो पर्दो रहेछ ॥     
 




 
         
         
         
1 Comments:
मायालुको आङकुसेमा फस्न सारै गाह्रो अनी फसीसकेपछि छुट्टिन झनै गाह्रो ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !