April 24, 2009

गजल

मैले लाको माया तिम्ले झूठो ठान्यौ कि
तानी फाल्यौ चुरोटको ठूटो ठान्यौ कि

चाखी चाखी स्वाद लिन बानी थिएन
मलाई पनि तिमी जस्तै जुठो ठान्यौ कि

दिलको राजा भन्थ्यौ आज बैरी भए छु
छि:छि दुर धेरै गर्यौ लुतो ठान्यौ कि

मुटु जोडी मन टोद्यौ दुख्दो रैछ छाती
पिसिएर खेरा जाने ढुटो ठान्यौ कि

मैले छुदाँ शितल हुन्थ्यौ आज के भो
भत भत पोल्ने सिस्नोको बुटो ठान्यौ कि


1 Comments:

प्रबिण थापा said...

मिठो गजल waka जि! तर कता कता पढ्नलाइ भने अन्तिमा शेर को पहिलो मिसरामा के नपुगे नपुगे जस्तो भयो।हुनत गजल पढ्ने आफ्नै तरिकाले पनि हुन सक्छ। लेख्दै गर्नुस् है।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !