April 12, 2009

शुभकामना तिमीलाई

बिजयकुमार श्रेष्ठ
ईराकबाट
पोहोर साल शान्तिका खुशी पाउने आशामा हाई गरेको थिए
तर खुशी कहाँ गएको थियो आशाको भारि बोकाई दिए
समयलाई दोसि भनौ की परिवर्तीत समय त्यसलाई बुझी लिए
सामन्ति र तानाशाहि शासन गए भन्थ्ये खोई त परिवर्तन के दिए
तर पनि तिमीलाई बधाई त दिन नै मन थिएन बाध्य भएर दिए
जस्ता अपराध र हिसंाको बहुल्यता बढाई दिए पनि माफी गरि दिए
जे हुनु थियो भएरै छाढ्यो नयाँ भन्ने उर्जा कसले छाडि दिए
सफल विफल जे भए पनि परिवर्तनको आहुती सृर्जना गराई दिए
आउने नयाँलाई स्वागत् गर्दै तिमीलाई सकुशल बिदाई दिए
शुभकामना छ नयाँ साल तिमीलाई शान्ति छाउने आशा लिए ॥



2 Comments:

डीआर न्यौपाने'सूर्य' said...

नयाँ बर्षको मंगलमय शुभकामना तपाई लगायत सम्पुर्ण दौतरि समुह पाठक र ब्लगर हरुमा। निरासाका खाडल हरुमा आसाका मिठा पालुवाहरुले भरिभराउ गराउदै जाओस नयाँ बर्षले ।

friendlyniraj said...

पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !