April 30, 2009

पुराना यादहरु

प्रबिण थापा

पुराना यादहरु बल्झी बल्झी फर्कदै छ
आफ्नो मन आँफैसग दुर दुर तर्कदै छ

पिडाको भुमरिले शान्ती छैन मनमा
थाहै नपाई अनायसै, आशु दर्कदै छ

अन्जानमै कहिकतै गल्ती भै हाल्योकी
मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छ

बरबराउछु पागलसरी एकान्त भित्र पनि
छिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छ

अनौठा सपनाहरु देखिराछु आजभोलि
अनर्थ हुन होकी छाती मेरो चर्कदै छ


7 Comments:

guru kedar Baral said...

प्रबिण थापा ji good 6 ok

ashok sharma said...

prabin je tapain lai kehi kura ma chitta na bujheko ho? khushi chhaina maan ho!!!!

ठरकि दादा said...

सशक्त शब्दका साथ बेजोड भाबना ।

बरबराउछु पागलसरी एकान्त भित्र पनि
छिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छ

अनौठा सपनाहरु देखिराछु आजभोलि
अनर्थ हुन होकी छाती मेरो चर्कदै छ

हैन स्थिति अलिक जटिल नै भैसके जस्तो छ। कस्को कारणले त्यस्तो भा' हो । सहयोग गर्न परेमा भन्नुस है :)

नेपालियन said...

अनौठा सपनाहरु देखिराछु आजभोलि
अनर्थ हुन होकी छाती मेरो चर्कदै छ
अनौठा सपना देखे पनि राम्रो निद लिनुहोला, सपना सपना नै हुन्छ पिडा मुटुमै गायब हुन्छ। अनर्थ र छाती चर्कने कुरै उठ्दैन।

Luna said...

Dear Prabin ji !
it is heart touch one---

waka said...

प्रबिण जि तपाईंको गजलमा दिन प्रती दिन निखार
आईरहेको छ ।
अनौठा सपनाहरु देखिराछु आजभोलि
अनर्थ हुन होकी छाती मेरो चर्कदै छ
गहन छ बरु अब गजल को बिधन तिर ध्यान पुर्‍याउनु पर्ने हो कि ?

प्रबिण थापा said...

गुरु जि धन्यबाद,
अशोक जि यो मनको कुरा के गर्नु छिनमा खुशी हुन्छ छिनमै बेखुशी वास्तवमा म खुशी नै छु।
अ ठकरी जि सहयोग त चाहिन्छ नि किन नचाहिनु तर यस मामलामा भने एक्लै लड्ने बिचार गरेको छु, कस्को कारण भन्नु नि उही मोरीले गर्नु गरिनी तर स्थिती सामान्य नै छ आत्तीहाल्नु पर्ने भने छैन।
शब्दमा मात्रा यस्तो कुरा गरेको हो नेपोलिएन जि वास्तवमा अनौठो सपना त देखेकै छैन टन्न ८ घण्टै सुतिन्छ पिर सुर्ता केही नलीईकन.
लुना जि धन्यबाद तपाईंहरुको हिर्दय मेरा सिर्जनाले छोए भनी त म खुशी हुनु पर्‍यो होइन र
waka जि यथार्थमा भन्दा गजलको बारेमा धेरै नै अनभिज्ञ छु,दौतरिमा आजभन्दा करिब ४-५ महिना अगाडि भएको गजलको बहसबाट धेरै नै सिके यसको लागि दौतरी परिवार र सम्पूर्ण साथीहरुलाई फेरी पनि धन्यवाद यदी तपाईंहरुलाई अझै बढी ज्ञान छ भने म जस्तै अरु धेरै साथीहरुलाई सुझाब सल्लाहा दिन नबुल्नु होला। तपाईंहरुको महत्वपूर्ण समय, सुझाब र सल्लाहालाई यो प्रबिणले हिर्दयबाटै शिरोधार्य गरी आफुलाई मोड्न सदैब प्रयत्न गर्नेछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !