March 18, 2009

शहर आज शान्त छ

अघिल्लो हप्ता
सडक छेउको चिया पसलमा
अर्कै दलप्रती आस्था राख्‍ने पसलेले
बिपक्षी दलका ग्राहकलाई
जानी जानी अलिनो चिया खुवाएको
गम्भिर आरोप लाग्यो,
घटनाले राजनैतीक रंग लियो
अनी पहिला वाक युद्द
त्यसपछि मल्ल युद्द हुँदै
धरपकड र मुठभेड भयो

पुलीस बोलाईयो, लठ्ठि चलाईयो
जिन्दावाद र मुर्दाबवादको
गगनभेदी नारा बीच
शहरमा टाएरको धूवाँको बदली भयो
ढुङ्गा मुढाको बर्षात चल्यो
स्थिति तनावपूर्ण भएपछि
हवाई फाएरसंगै कर्फ्यू लगाईयो

मानवतावादीहरु अगाडि आए
नागरीक समाज पनि जुर्मुराए
नेपाल बन्दको धम्किसंगै
अदालत र सरकारका ढोका ढकढकाए
समस्यामाथि गम्भिर भहस भयो
बन्द हडतालले जन जिवन तहस नहस भयो

आज सरकारले
रमिता हेर्दा मरेको रामे
समोसा चोर्दा ज्यान गुमाउने श्यामे र
बगलीमारा बामे सहित
१ दर्जनलाई शहिद घोषणा गर्‍यो
चिया पसलेको दलको दबाबमा
पसल मर्मतलाई मुआब्जा दीयो
त्यसैले शहर आज शान्त छ
...शहर आज एकदम शान्त छ ।



5 Comments:

एकलव्य ( Eklavya) said...

वर्तमानको सटीक काव्यात्मक शव्दचित्र !

Anonymous said...

your expression is mind boiling !
i understand ur feeling !
yes we are fed up of all these -----

Anonymous said...

very well expressed, I loved it.

पीजी said...

दलहरुको दल दल र, भ्रष्टहरुको बोलबालाबाट आजित
आंफ्नैबाट त्रसित, विभाजित र आतंकित,
एकादेशको कथा बन्ने पिडामा रुंदा रुंदा आशु सकिएर स्तब्ध छ रे,
आफैलाई श्रदाञ्जली दिन आज देश मौन धारण गर्दैछ रे ,
......हो साथि त्यसैले आज देशै एकदम शान्त छ रे ।

Anonymous said...

prastut kabitale man choyako chha. tara kabiko nam nahuda bhane ali bor lagyo.
kabitale yak tufan jastai samayalai pani afu sangai udaudai yatharthalai utareko chha.
kabiko bhav yakdam shreejanamatak chha

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !