March 3, 2009

सम्हालिन सकिन

प्रबिण थापा

सम्हालिन सकिन मनको बाध फुट्यो हजुर
उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर

चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो
नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर
जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ
बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर

रमाइलो संसार थियो कालो वादल छाइ आयो
अनायसै आजफेरी असिनाले चुट्यो हजुर

अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे
मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर


5 Comments:

Anonymous said...

"शब्द मोह नि ढुक्ढुकी बढ्यो हजुर
हजुरको गजलमा यो मन गढ्यो हजुर ! "
प्रबिण जि ! गजल भाब का पिडा आफ्नै ठाउँ मा छ नै , शैली ले चाँही सार्है नै मन छोएको ले सलाम स्बरुप दुई हरफ कोशेली दिएकी छु तपाईंलाई ।

Anonymous said...

सुन्दर छ। लेख्दै जानूस्।

बिजय कुमार श्रेष्ठ said...

नमस्कार प्रबिण जि,
हो तनी लुना जि ले सोर्है आना ठीक भन्नु भयो हो । म पनि सहमत छु ल । प्रबिण जि को लेखाइको भाभ अती हिर्दय इस्पर्सी छ ।

प्रबिण थापा said...

लुना जि ,पोस्तक जि र बिजय जि तपाईंहरुलाइ धेरै धन्यवाद । तपाईंहरुको प्रतिकृया ले मलाई झन उत्साह बढाउछ । यसमा तपाईंहरुको पनि लगानी छ भन्न म हिच्किचाउदिन है ।

Anonymous said...

sabai janako sahamat m pani la

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !