February 9, 2009

डलर टिप्ने यात्रा २


शेखर ढुङेल ---------०२-०६-२००९

डलर टिप्ने यात्रा भाग १ यहाँ छ ।

दुई हफ्ताको अथक प्रयास पछी एउटा भारतीय रेस्टुरामा प्लेट राख्ने र उठाउने अर्थात ड्राइटर् हो कि वेटर भन्ने जागिर मिल्यो । सेतो सर्ट कालो पाइन्ट अनी कालो इस्ट कोट मा टाइ सुर्केनो पारीयो । एक हफ्ता यस्तै बितेको थ्यो होला । सडकमा च्रियासी बाडन पठाएको थियो । एता हात बढायो उता भागने, उता हात बढायो अर्का तिर मुन्टो बटारेर हिड्दा रैछन् जापानइज हरु गाइजिन ( बिदेशि )देखे पछि । जून महिना को टन्टलापुर घाम खुब गर्मी थियो आ...!, कोइ च्रियासी लिनेत होइनन एक छिन सितल मा बस्नु पर्‍यो भनी मल भित्र पसेको थिएँ एउटा बुढो मधिसे ( भारतीय )सित आँखा जुधे को थियो ‘यो बुढाले के खान जाला र च्रियासी दिनु’ भन्ने सोचेर वास्ता नै गरेको थिइन । एक्कै छिन पछि मेनेजर बोलाउन आयो माथि भिड भएछ क्यारे भन्ने सोच्दै थिए । माथि पुग्दा त अगी वास्ता नगरेको बुढो त साहु पो परेछ । यस भन्दा अगी भेटेको थीइन । ‘तँ एम्बुस मा परिस गोर्खे’ भनेर मेरो छैठौ इन्द्रिय ले बतायो । नभन्दै अगाडि पुग्ने बीत्तिकै तल्लो स्तर को बोलिमा ‘ए तलाई च्रियासी बाड्न पठाएको कि आराम गर्न ?... ब्ला ब्ला ब्ला...’ बन्दुक को गोली झै मेरो धतुरो झर्ने गरी गाली पो गर्छ बा !, यो गोर्खे पनि के कम नि ? अमरिस पुरिको अगाडि जगदिप ले गाली दिएको स्टाइलमा सर्टका टांक-सांक तीन तिर उछ्छिटिने गरी एक्कै झट्का मा फुकालेर बुढो बसेको टेबुल मा फ्याकी दिएँ र भनेँ ‘लौ ला, तेरो जागिर तैँले गोर्खाली लाई हेपेको ? म को हुँ चिन्छस ? ’ बुढा को पाइन्ट भिजे जस्तो लाग्याथ्यो । भएन फसाद, बुढा को ब्लड प्रेसर रहेछ काम्न थालि हाल्यो नि ?, त्यै बेला मेनेजर ले उस्लाई शान्त बनाउन कोशीस गर्‍यो ठीक होला जस्तो देखिएन र मलाई भन्यो ‘तँ बाहिर जा’ मैले भने ‘मेरो पैसा ले अनी मात्रा जान्छु’ । दुई तीन टेबुल का ग्राहक त उठेर हिंडे पनि । मेनेजर ले भन्यो चोत्तो मात्ते कूदासाइ । केही छिन पछि मेरो १५ दिन काम गरेको पैसा दियो । म मेनेजर लाई धन्यवाद भन्दै बाहिरिएँ । निस्कने बेलामा बुढा को मुख हेरेको अझै हाफ्दै थियो । नोकरी शिव राम भुर्तेल अथार्त चट ।

घर मा भनौँ कि शरणार्थि शिबिर वा कोठामा बेलै मा आएको देखेर साथीहरुले कारण सोधे मैले राम कि राबण कहानि सुनाएँ, चारै तिर बसेर ॠषि मुनी झै खुबै अर्ती बुद्धी दिए, सम्झाए र भने बिदेश मा जिरो भएर बस्नु पर्छ । आफु लाई यस्तो उस्तो ठान्ने हो भने त आफ्नै देशमा गए भै हाल्यो नि किन बिदेश आउनु ?, जे पनि गर्नु पर्छ पैसा नै सबै कुरो हो भन्ने ठान्नु पर्दछ..., सुनेँ- सुनेँ, वाक्क लागे पछि मुड अफ भएको बहाना बनाएर दुई गिलास सापोरो बिएर एक्कै पटकमा घुटुक्क पारेर निदाएको जस्तो गरेर मुन्टो लुट्काइ दिये पछि मात्र बल्ल सबै चुप लागे र सुते । आफु त कहाँ सुत्न सक्नु र ? , बिहान तिनीहरु नजाउन्जेल । पैसा नै सबै थोक हो त मानिस को लागि ?, आफ्नो आत्म सम्मान नुर नै गिराएर कमाएको पैसा ले शान्ती कसरी देला त ? ,भौतिक सुख सुबिधा नै जीवन को लक्ष्य हो त ? ,आत्मग्लानी हुने गरी दबेर, दु:ख ब्यहोरेर कमाएको पैसा ले सुख देला त ?। हो, स्वाभिमान को नाम मा घमंड गर्नु हुन्न तर भोलीको सुखकोलागी बर्तमान लाई नर्क किन बनाउने?, मेरो मन मा हमेसा यही प्रश्न उब्जी रहन्छ । हो जापानिज्हरु भन्दछन ‘वोर्क इज वर्शीप’ तर हामी जस्ता बिदेसीने हरुको लागी अरु को देश मा अपमान सहनु पर्दा मरेतुल्य लाग्दो रहेछ । आफु लाई ति अर्ती पचाउन गार्हो भयो ।

फेरी थालियो जब हंटिङ् मा । १० दिन पछि एउटा साथी ले कुरा ल्याये गुन्माकेन को ठुलो कृषि फार्म मा खान बस्न फ्री दिएर दुई लाख एन पाईन्छ रे महिना को अरु दुई जना पनि चाहिये को छ रे । एक जना शुभचिन्तक साथी सित सोधे काम को बारेमा । उन्ले भने शेखरदाई तपाईंले त्यहा काम गर्न सक्नु हुन्न, मुला उखल्न लगायो भने एकै दिनमा भाग्नु हून्छ । मैले भने अरे यार मुलै त उखल्ने हो खम्बा उखल्ने त होइन नि ?, उस्को सल्लाह लाई मैले नकारात्मक जवाफ दिए पनि उन्ले भने लौ त्यसो भए मसँग कोठामा दुईजना बेरोजगार भुखमरी बसेका छन तीनलाई पनि लिएर जानुस ।

उता बाट साहु हायाकवा आँफै गाडी लिएर हामी मजदुर लाई लिन आयो । त्यो गाडी मा कोचिएर सफर गर्दै गर्दा कता कता यो डलर र मान टिप्ने रहर ले मन मा हिनता बोध गराइ राखेको थियो । सामान्यत जीवन राम्रै थियो, समाजमा राम्रै स्थान थियो, यो के दशा ले कुत्कुतायो ? भनी मन मनै सोच्दै थिएँ। एता कामको चिन्ता, उता परिवार अनी साथी भाईको याद । कता कता जीवन बधुवा मजदुर को अवस्था मा झरे को अनुभुती हुँदै थियो । त्यसमा पनि भाषा को अज्ञानता, हात मुन्टो शरीर कुम आँखा अनी कामको प्रकृती हेरी कुरो बुझ्नु पर्ने अवस्था । बस्ने ठाउँ कस्तो होला?, काम कस्तो होला? भन्ने सोची राखेको थिएँ । अचानक एउटा गाउँको घरमा पुगी गाडी रोकियो । खै के के भन्यो हायाकवाले सबै ओर्ले, म पनि ओर्ले । त्यहा एक श्रीमान श्रीमती र देशका नाम चलेका कलाकार सित भेट भयो । ति कलाकार सितको भेट भने मेरो लागि फाइर अप भयो । खुशीको सिमा नै भएन । उनी सित को मेरो मित्रता १० बर्ष भन्दा बढी को थियो । उनी जापान गएको त थाहा थियो तर कहाँ हो थाहा थिएन । उनी मलाई फ्लिम को नायक बन्न खुबै उक्साउदै थिए । म तालिम दिन्छु नाच्न सीकाईदिन्छु मेरो घर मा आउ भनी खुबै जोड गर्द्थे । धेरै बरीष्ट कलाकार, निर्देशक लाई चीनाइ दिएका थिए पनि, मेरो मनले किन हो आँट गर्न सकेन र म त्यो क्षत्रमा प्रबेस हुन सकिन ।

त्यस्ता मित्रलाई भेट्दा खुशीको सिमा नै रहेन र प्रचन्ड मन मोहन सिंहको घाटिमा झुन्डे झै झुन्डिएँ । उन्ले मेरो डलर र मान टिप्ने सोच लाई धिक्कारे, किन आ’को त्यस्तो इज्जत को जागिर छोडेर ?, तपाईं को लागि त त्यही स्वर्ग छ्नी भने । तर मेरो लौरे जागिर प्रती को बितृष्णाको कारण धेरै थियो त्यहा बताउन सम्भब थिएन । जापानिजले काम को बारेमा बताइदीन भनेछन क्यारे साथी र ति जोडीले हामीलाई बताउन थाले्। ती प्रतिष्ठित कलाकार ३ हजार बँगुर भएको त्यो फर्ममा दाना हाल्ने काम गर्दा रहेछन । महिलालाई तपाईं के गर्नु हुन्छ नि भनी सोधेँ, उनी अकमकाइन् श्रीमान फरासिला रहेछन उन्ले भने उनी बँगुर लाई खसी बनाउने काम गर्दछीन । उनीहरु यस्तै हो हाम्रो जापानमा भनेर हासेँ, म पनि हासेँ ।

जापानको गाउ मा कोइ नयाँ गाइजिन पुग्यो भने अर्कै संसार को जन्तु आए जस्तो हातमा फलफुल ओसाके लिएर आउँदा रहेछन । हामी पनि नेपारो जिन नै हो भन्ने थाहा पाए पछी उनी हरु खुशी भए, नेपाली लाई मन पराउँदा रहेछन । हामी तीन भाईलाई नभन्दै मुला नै उखल्नु पर्ने भयो । भोलीको कार्य क्षेत्र घुमाउन लगे । नेपालका सामान्य इनार भन्दा ४, ५ गुना ठुला खाल्डा दर्जनौ रहेछन, त्यसमा मुला को सिन्की बनाउने रे । आँखा चारै तिर घुमाउदा भ्याउन गार्हो मुला खेती रैछन । भोली को बिहान कहिल्यै नआए हुन्थ्यो नि भन्दै मुटु फुली सकेको थियो । कार्य क्षेत्र घुमाएर फर्के पछी मित्रले मेरो आँखामा हेरेर जिस्काए झै मुसुक्क हाँसे । ५ लिटरको आसाही बिएर को क्यान बाट गिलास मा भरेर सबै ले खम्पाइ गर्यौ । पिउदै, खाँदै एक आपसका जिज्ञासा मेटायौ । कुरा गर्दै गर्दा मुठठे जुँगा सफा चट पारेका मित्र ले मलाई सम्झाए । हाम्रो जापानमा त जुँगा राजा, राज कूमार, कलाकार, नेता, याकुचाले मात्र पाल्दछन रे । जुँगा पाल्यो भने त मालिकका अगाडि ठुलो पल्टेको भन्छन रे, राम्रो मान्दैनन रे, ताछ्नुस पो भन्दछन । जुँगा ताछ्ने बेलामा आफ्नु मर्दान्गी खुइलेको देखेर नमज्जा लाग्यो । श्राद्धमा बाबु लाई पिन्ड दीदा कपाल खौरेको याद आयो । यो जुँगा जापानिज् हावाकवा को लागि अग्रिम पिन्ड दान भयो भन्ने सम्झी मन लाई सम्झाएँ, के गर्नु त ?

म त झन्डै तीन फिट माथि नपुगेको ‘ढुङ...!’ गरेर फुल भोलुम मा आलाराम फिक्स गरेको सि डि बजेको रहेछ । मुटुनै हल्लिने गरी । मित्रले उताबाट भने छ बज्यो काम मा जान तयार हुनुस् । बाहिर टेबुल मा बेन्तो राखेको रहेछ । बिएर पनि रैछ । मैले पनि एक दिएँ, लौजा भनेर । हावाकवा गाडी मा कुरेर बसेका थिए । हामी लाई खेतमा पुर्‍याए । ५ प्रतिशत जती इङलिस बाँकी नीहाअङो मा के के बोले तर कुरो बुझियो आफ्नो ढाड फूस्कने ।

खेत मा एल आकारमा मुन्टेर कमिला झै दाँया बाँया टाउको फर्काउदै मुला उखल्ने त्र्याक्टर को पछाडि पछाडि कुद्दै मुला बास्केटमा हाल्नु पर्ने । बास्केट भरिए पछी ट्रक मा हाल्नु पर्ने । ढाड सोझो पार्ने फुर्सद नहुदो रहेछ । त्यो दीन त्यती धेरै काम भएन रे ? आफुले भने त न्वारन देखी सकेको थिए । कोठामा आइ नुहाएँ र एक छीन आराम गरे । भोली को काम भनी काठमान्डु जत्रो फाट देखाएको थियो हावाकवाले त्यो याद आयो । त्यो संगै एउटा प्राचिन ब्यङ्य कथा पनि कता बाट सम्झना आयो । एका देशका एक राजा ले आफ्न देशबासीलाई आदेश दिएछन कि जस्का खेत बारीमा मैले आज सम्म नखाएको साग फलफुल छ त्यो हाम्रा हजुर मा पेश गर्ने, सोझा जनतालाई के थाहा तिन्ले के खाए, के खाएनन आज सम्म ?, सबले आफ्ना बारीमा जे छ त्यही बोकी लाइन मा बसेछन । पहिलोले राजा लाई भन्टा चढाएछन् राजा रिस ले चुर भै मैले भन्टा खाको छैन भंठानिस् पाजी ?, ठोस्दे त्यस्को पछाडि...मा भनेछन, त्यसै भयो त्यो किसान हाँस्दै हाँस्दै गएको देखेर अर्को छक्क परेछ। उस्को साथमा काँक्रो रे छ। त्यस ले पनि त्यस्तै आदेश पाएछन त्यो पनि मरी मरी हाँस्न थालेछ त्यस पछी को ले अचम्म मान्दै सोधेछ ‘ए भाई त्यत्रो ठोस्दा दुखेन? र हाँसे को ?’ ‘मेरो कुरा छोड, तिम्रो लौका सम्झेर हाँसे को नि हा हा हा हा ...’ । मेरो पनि त्यही हालछ आज नै ढाड फुस्की सक्यो भोली के होला ???? बाँकी पछी

डलर टिप्ने यात्राको भाग ३ यहाँ छ।



5 Comments:

Basanta Gautam said...

हा हा हा! गज्जब रमाईलो कुरा गर्नुभयो! अरु पनि पढ्ने प्रतीक्षामा छु।

Dilip Acharya said...

साह्रै रमाईलो गरि लेख्नु भएछ । भोग्दा त कुनि के कस्तो भयो, पढ्दा भने निक्कै रमाईलो लाग्यो।

ल बाँकि बाग पनि छिट्टै राख्नु होला ।

प्रबिण थापा said...

शेखर जि पढदा हासो उठे पनि यि वास्तविकता तपाईं हामी जस्तै हजारौ नेपाली हरुको हो। एकछिन गम्भिर भएर सोचे मन रोएर आयो, आँफैलाई पनि धिक्कारे। बाँकी अंश को पर्खाइमा छु।

urash said...

अो हो लेख सारै रमाएलो लाग्यो । मेरो अौटा साथी नेपाल मा घरेलु तिर हाकिम थिये हामि लाइ निकै धाक र रवाफ लगौथे अैले तिनि पनि जापन तिरै लुकेर् बसेको छन् तपैको लेख को मुला बारि सम्झेर् निकै हाशो लाग्यो बिचार घरेलुका हकिन मुला उखेल्दै छन् कि के गर्दै छन् कुन्नि ? जापान मा घरेलु मा हाकिम ता पक्कै छैनन होला?

नेपालियन said...

मुन्टो बटारेर हिड्दा रैछन् जापानइज हरु गाइजिन ( बिदेशि )देखे पछि।
अमेरीकामा पनि करिब करिब यस्तै हुन्छ। बिदेसी भने पछि अंगालो हालेर म्वाइ खाने त हामी नेपाली मात्रै रैछौं क्यार।
काहानी निकै रसिलो छ दु:खकै भए पनि। कथा बाढ्दै जानुहोला शेखरजी।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !