December 10, 2008

एक छिन हासौंन - २

IMG_0268[2]आचार्य प्रभा, अमेरीका
श्रीङार भनेको स्त्रीजातिको लागि प्राकृतिक बरदान हो, यस्को सही सदुपयोग भने हुनैपर्छ। तर यस्लाई नचाहिदो उपयोग गरेर अरुलाई आकर्षण गर्छु भन्ने हेतुले मात्र यस्लाई प्रयोग गर्नु हुन्न। यहाँ त्यस्तो चाँही मलाई लागेन। भनौ त ४० कटेकाहरु को आशय चाँही म अझै पनि सक्षम छु भन्न खोजेको भान भयो मलाई।यो मेरो मात्र सोच पनि हुन सक्छ।अनी अर्को हामीलाई अलिक नपच्ने र हास उठ्ने कुरा चाँही के लाग्यो भने यहाँका महिलाहरुले ४० कटेपछी नै टीन एजको जस्तो हाउभाव गरेको जस्तो लाग्यो। जस्तै कसैको जन्म दिन छ भने रेस्टुराँ जाने, गिफ्ट दिने, त्यो गिफ्ट पाएर टिन एजकाले झै उत्साहित हुने।खुशी हुने के- के नै पाए जस्तो!। साथी-साथी भेट्ने मनाउ हामी त स्कुले जीवनमा मात्र त्यसो गर्थ्यौ वा गर्छौ। अनी रेस्टुराँमा पनि आईमाई मान्छे नै खाना खाने बडी आउछन। हाम्रो भन्दा ठीक उल्टो। हाम्रो रेस्टुराँ मा म बिचार गर्छु बिहान बिहानै लन्च खान आईमाई मान्छेको ओइरो लाग्छ । मलाइ कता कता हाँस पनि उठ्छ अनी म मन मनै ''हेर छाडा आइमाइहरु लोग्ने कता छोरा छोरी कता आफुहरु भने साथी बटुल्यो रेस्टुराँ धायो ''भन्दै आँफै हाँस्छु। के यो हाम्रो रीती थिती अनुसार हास्यस्पद नै छैन त ? हामीलाई भने रेस्टुराँ जान साइत कुर्न पर्छ त्यो पनि औशी,पूर्णेमा मन लागेको खाने कुरा खान। लन्च वा डिनर खान त परै जावोस। हुन त यो सँस्कार अनुसारको हाम्रो देशको परिस्थिती पनि त छैन। एक्जनाको कमाइले त्यो सबै परिपूर्ति हुने।

क्रमश:



3 Comments:

ठरकि दादा said...

हुन त तपाई आफैले "यो मेरो मात्र सोच पनि हुन सक्छ।" भनेर लेखी सक्नु भएको छ, तैपनि मनमा लागेको केहिकुरा लैख्न मन लाग्यो:

जन्मदिन मनाउनु र उपहार प्राप्त गर्दा उत्साहित हुने सामान्य मानविय भावमा मैले भने कुनै अनौठो कुरा देख्दिन ।

"हेर छाडा आइमाइहरु लोग्ने कता छोरा छोरी कता आफुहरु भने साथी बटुल्यो रेस्टुराँ धायो '' भन्ने वाक्य पनि गजब छ!।

तपाई हामि सबैलाई थाहा छ, जतिबेला यी 'आईमाईहरु' (छाडा शब्द भने म प्रयोग गर्दिन) रेस्टुराँमा हुन्छन, त्यतिबेला यीनका पतिहरु कुनै बारमा गिलास रित्याउँदै वा धूवा रंगभंगाउदै बसेका हुन सक्छन। छोरा छोरी पनि आर्काको को छोरा छोरी संग अन्त कतै रमाउँदै गरेका हुन सक्छन ।

भिन्न संस्कृतिको जानकारी दिनु भएको ठीकै हो, तर यसमा हाँसो लाग्दो भने केहि देखिन मैले । हिन्दू ब्राह्मणले धोति लगाएको, टुप्पी राखेको अनी नेवार समाजमा कन्याको बेलसंग बिबाह गरेको कुरा पनि अनौठा हुन, तर हाँसलाग्दो पक्कै होईनन्। त्यस्तै यो भिन्न संस्कृतिमा सामन्य भैसकेका परिदृश्यमा पनि आफ्नै संस्कृतिको चश्मा लगाएर उपहास गर्न मैले भने सकिन, अन्यथा नलिनु होला ।

Anonymous said...

प्रतिक्रीया सम्मानजनक छ/म यस्लाई शिरोधार्य गर्दछु/तर मेरो अर्थमा 'छाडा'शब्द अश्लील नभएर कहिले कही हामी कसैलाई पनि हासी हासी गालीगर्दा आफ्नै सन्तान होस् वा कोही (रिसाएर होइन )हेर हेर 'छाडा' भएको भन्छौ नि त्यही अर्थमा भन्न खोजेको हो/ अनी मैले आइमाइ मान्छे लाई रेस्टुराँमा आएर छाडा भएर खायो भन्न खोजेको पनि होइन/ठीक परिवार बसेर खानेबेलामा घरमा बसेर नखाएर रेस्टुराँमा खादा पनि यिनिहरुलाई भने हुने/ हामीलाई भने बाध्यता नभएपनी मनले नै दिदैन भन्न खोजेर आँफैसँग आँफैलाई हाँस उठेको मात्र हो/ खास के भने आफ्नो सँस्कारको अनुयायी भएकोले मात्र यो सब भावना उर्लिएको हो नत्र यहाँको सँस्कारसँग लग्भग म पनि भिजिसकेकिछु मेरो मनको आँखा खुलिसकेको छ/ यदी कुनै कुराले छोएन भने कलम को अर्थ पनि त रहेन नि ?होइन र ठरकी दादा ?

Anonymous said...

तन बुढो भए पनि मन बुढो हुँदैन रे रोमाअन्टिक मान्छेहरुको लागि ।:)
अनी फेरी सधैं भरी मन तरुणो हुनु त झन राम्रो कुरा हो नि । अझ ४० बर्ष कटेकाहरुको मन टिनेजरको जस्तो हुदो रहेछ है त्यहा ? कस्तो राम्रो । हाम्रो तिर (नेपाल ) मा पनि यस्तो हुनु पर्छ ।
अझ बेला बेलामा ( बर्थ डे ) साथीहरु सँग रेस्तुरेन्ट पनि जाने ! बाह! क्या जिन्दगी को मजा लिना जानेका छन है उनिहरु !
मेरो पनि मन ठ्याक्कै मेरो उमेरको भन्दा आधा हुन्छ प्रभा जि । असाध्यइको केटाकेटी मन हुन्छ कहिले काही त ! अनी आफूलाई आँफै खुब रमाइली लाग्छु ।
त्यसैले होला मलाई त त्यस्ता रमाइला मान्छेहरु अर्थात मन बुढो भए पनि - तन बुढो भए पनि मन तन्देरी हुने हरु खुब रमाइलो लाग्छ ।
मौका मिले सम्म रमाइलो गर्नु पर्छ । मोज गर्नु पर्छ । भोज गर्नु पर्छ ।
भरे मरे पछी त्यसो गर्न पाउछ त ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !