December 11, 2008

गजल - कहिले भुल्याछैन

बिजयकुमार श्रेष्ठ
धादिङ्गकटुन्जे ,हाल ईराक०

दौतरी तिमीले दिएको उपहार मैले कतै फाल्या छैन
फाटिएको मुटु अझै पनि मैले टाढा बना छैन ॥
तिमीले जे जे सोचे पनि मनमा पाप पाल्या छैन
बगैचाका भमरा झै अन्त मन चाल्या छैन ॥ ॥
जिन्दगीको पाठ सिक्न अझ धेरै बाँकि नै छ
सफलताको दिप मैले अझै पनि बाल्याछैन ॥ ॥ ॥
सौगात स्वारुप वर्णमाला दिन टाड्या छैन
कोरा कागत र निला मसि मैले छाड्या छैन ॥ ॥ ॥ ॥
बम र बारुदको भुमीमा बसे पनि तिमीलाई भुल्याछैन
तिमीलाई माया गर्ने यि मनहरु टाड्या छैन ॥ ॥ ॥ ॥ ॥
तिमीलाई सजाउन शब्दजाल रच्न छाड्या छैन
तिमीलाई बिसर्िएर टाढा बन्न खोज्या छैन ॥ ॥ ॥ ॥ ॥ ॥
तिमै्र नाममा जिवन मैले सर्मपण गरि सके
तिमीलाई छाडि मैले अन्त मन भुला छैन ॥ ॥ ॥ ॥ ॥ ॥ ॥
मित्रताको उपहारी सम्झनालाई कहिले भुल्याछैन कहिले भुल्याछैन
दौतरीलाई मैले कहिले भुल्याछैन कहिले भुल्याछैन कहिले भुल्याछैन ॥ ॥ ॥ ॥ ॥

समाप्त । । ।


2 Comments:

Anonymous said...

बिजय जि !
सार्है भाबुक गजल लेख्नु भो ।
हिर्दय छोयो ।
निरन्तरता को शुभ कामना है ।

Dautari Admin said...

दौतरीलाई मैले कहिले भुल्याछैन कहिले भुल्याछैन कहिले भुल्याछैन ॥ ॥ ॥ ॥
सम्झना राखिरहनु भएकोमा धेरै धेरै धन्यबाद बिजय जी।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !