December 4, 2008

अतीतका पानाबाट

सायद दश कक्षातिर पढथें होला। म प्राय: अघिल्लो बेन्चमा नै बसेको हुन्थें। हाम्रो कक्षा कोठाको ढोका प्राय खुलै हुन्थ्यो र म ढोकातिरकै छेउमा पर्दो रहेछु वा त्यहि नै मेरो रोजाइ थियो, थाहा भएन तर एउटी केटीले ढोका बाहिरको खम्बामा आड लगाएर मलाई हेरिरहने गरेको आभाष हुन थाल्यो। तिनी कतैबाट केही महिनामात्र हाम्रो स्कूलमा आएकी थिईन र उनको गाउँ पनि मेरो गाउँबाट नजिकै थियो। मलाई यति सामान्य जानकारी भने जरूर थियो।

तिनको त्यो ढोका बाहिर आएर हेर्ने क्रम जारी रहन थाल्यो र मलाई पनि कता कता रमाइलो लाग्न थाल्यो र कुनै दिन तिनी आईनन भने के के नभएको जस्तो, आजकलको भाषामा भन्ने हो भने, मैले तिनीलाई मिस् (miss) गर्न थालें।

हाम्रो पालामा सेन्ट अप टेस्ट हुन्थ्यो, सायद अहिले पनि हुन्छ। सेन्ट अप् टेस्ट नजिकै आईरहेको थियो र मेरो शिक्षकहरुको म प्रति केही आशा थियो, जिल्लामा बोर्ड फर्स्ट ल्याउछ कि भन्ने। मैले अन्य कुराहरुमा नअल्झि पढाइमा ध्यान दिनु थियो। तिनले मेरो ध्यान खिच्न थालेको जस्तो लागेपछि, मैले ढोका बन्द राख्न खोजें तर कोठा अंध्यारो भएकोले शिक्षकहरुले खोलिदिन्थे र सायद म पनि तिनी ढोका नजिक आऊन भन्ने चाहन थालिसकेको थिएँ।

यो क्रम चलिरह्यो। हाम्रो पालामा केटीहरुसंग बोल्न, संगै उभिन, हिंडनु ठूलो साहसको कुरो थियो। अहिले पनि म सम्झिन्छु, कक्षाका केही केटी सहपाठीहरुसंग कहिल्यै बोली मिसिएन। तै पनि सुनिन्थ्यो फलानाको फलानासंग, फलानाको फलानासंग प्रेम छ आदि आदि कुराहरु। त्यसले जरुर केही प्रभाव पार्थ्यो र मेरो पनि "कोही" सँग "त्यस्तै केही" भएहुन्थ्यो भन्ने कता कता लाग्थ्यो तर त्यस्को लागि कसैको पछि लागिएन, वा केही प्रयास् गरिएन। नजिकमा केही केटीहरु थिए तर तिनीहरुको सम्बन्ध कि दिदी कि बहिनीको हुन्थ्यो।

क्रमश:



2 Comments:

Dautari Admin said...

ब्रिलियन्ट जी लामो समय पछी रमाइलो प्रस्तुती लिएर आउनु भयो। शुरुबातमै सस्पेन्स। अब के हुने हो?
ल खोल्दै गरौ कथा। तपाइको गाउ ठाउको पनि ज्ञान हुने भयो।

ठरकी दादा said...

रोचक शुरुवात!
बरु यो अतीतका शुरुवातको कथा अहिले सम्मै चलेको छ वा कहासम्म पुगेर टुङ्गयो... ??

अर्को अंकको प्रतिक्षा गर्दैछौं छिट्टै लेख्‍नुहोला ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !