October 3, 2008

दौँतरीलाई जन्म दिन र दशैँको बधाइ र शुभकामना !

ख्याल ख्यालमा नचिनेका साथीहरूसंग
दौँतरीको पिर्ति कोरेको वर्ष दिन हुन थालेछ,
दौँतरीको यस पटकको पिर्ति संयोगले
दशैँको महाअष्टमीको पवित्रतामा फुलेछ

हरेक यात्राहरू , एक कमजोड पदचापबाट शुरू हुन्छन्
विशाल नदीहरू, चट्टान फोरेर निरिह निसृत बहन्छन्
तर पनि नदीको विशालता महासागरको सांक्षी छ
यात्राका पाइलाहरू अन्तरिक्षमा अनुवाद बन्छन्

कलमहरू श्वरमा अनुवाद हुँदा, निर्भिक बन्न सक्नु पर्छ
स्वतन्त्रता अनि मानवातका पक्षमा अडिग अड्नु पर्छ
निरंकूशताको गन्धे प्रदषणको नाडी छाम्न सक्नु पर्छ
छल-कपट र बैमानी चालहरूको पद आहट चिन्नु पर्छ

आक्रान्त छौँ हामी , ढोंगी बुद्दको आवरणमा युद्द बोकेकाहरू संग
नक्कली मसिहाको आवरणमा हिंसाको खेती गर्नेहरू संग
जनताको नाममा जनतालाई जन्तु भएको ठान्नेहरूसंग
मेरो लागि केही गरेको दावामा केवल आफ्नो भण्डार भर्नेहरूसंग

इतिहास सांक्षी छ , कोकोहोलो लगाउनेहरूको भीड हामीले देखेका छौँ
आँफ्ना सबै सुकर्म अनि अरू सबै कुकर्मको रट पटक पटक पढेका छौँ
उनकै पछि हिँड्नेहरू जनता हुन् , अरू सबै पराइ भएपछि,
आफ्ना र अरूको भेदमा हामी जनताको सदैव भएकै हो दूर्गति

झूट र भ्रमको यो बाली इतिहासका गराहरूमा सदैव फस्टाएको छ
अतितभन्दा हिजो र आजमा यो प्रवृत्ति झ्याङ्गिँदै झन मौलाएको छ
अत: निरन्तर गोल पोष्टतर्फ मिल्क्याइँदो भकुण्डो हामी बनाइएका छौँ
अन्धकारमा अनुहार आँकलनको यो विडम्बनामा उल्लू जो बनाइएका छौँ

हे कलमहरू , अन्धकारको यो भ्रममय पर्दाको विन्यास गर्ने बेला आएको छ
अनुहार र दावाहरूमा भन्दा नियत त उद्देश्यको तस्वीर खिच्ने बेला आएको छ
शुरुवात त कहीँबाट हनैपर्छ, त्यो म आँफैबाट प्रस्थापन आज प्रस्थापन गर्नुपर्छ
अक्षर अक्षर अभिव्यक्तिको 'दौँतरी' बनेर श्‍वरको खेतीमा कलमको उद्‍घोष छर्नुपर्छ।


जय दौँतरी ! जय दशैँ ! जय होस् मित्रहरूको !



-एकलव्य


2 Comments:

Anonymous said...

जादै मिठो लाग्यो जन्म दिन र दसैंको उपहार ।
देस भित्र बाहिर सांच्चै त्यस्तै भयको छ ।
संस्कार र संस्क्रिती जोगाउन सहि र गलत
छुट्याउन -राजनिती भित्रको कुसंस्कार फाल्न
सबै देस प्रेमी र धर्म संस्क्रिती प्रेमी ले तन मन धन
द्वारा लाग्नु पर्ने बेला आयको छ ।
purushottam subedi -beljiyam

Anonymous said...

A good idea and excellent opinion Ekalavya ji.
Happy Dashai to everyeone. Lets enjoy and celebrate and share greetings.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !