August 3, 2008

चिनको ओल्मपिक र बिलाएको तिब्बत - १

The hidden Shangri-La भनेर चिनिने तिब्बत चारै तिर बेजिगं ओलम्पिकको रौनक बढ्दै गर्दा केही महिना पहिला तातेको तिब्बत चिनमा बिलिए सरी फेरी मिडियामा बिलाएको छ। ओलम्पिकको कारणले तातेको तिब्बत त्यती बेला दौंतरीमा मैले पढेको भोगेको कुरा लेखेको थिए। त्यस बखत फ्री-तिब्बतमा संग्लन ब्यक्तीका बिचार पनि ल्याउने जमर्को गरेको थिएं तर त्यो कुरा त्यतिकै थाती रहन पुग्यो।
चिनले हड्प्दा तिब्बतीले चिच्चाएर गुहार मागेका थिए तर सिंगो तिब्बत चिनमा बिलिंदा कसैले कठ्ठै सम्म नभनेकोमा अहिले चिनलाइ अल्झाउन बेला बेलामा तिब्बतको कुरा उठाउने गर्छन। किन तिब्बत बिलायो, यस बारेमा चिनमा ओल्मपिक खेल भइन्जेल Orphans of the Cold War पुस्तकबाट बिभिन्न भागमा दौंतरीमा प्रस्तुत गर्नेछु।



4 Comments:

ठरकि दादा said...

एकदमै सहि कुरा!
चिनले हड्प्दा तिब्बतीले चिच्चाएर गुहार मागेका थिए तर सिंगो तिब्बत चिनमा बिलिंदा कसैले कठ्ठै सम्म भनेनन्
अहिले पनि तिब्बतको लागी भनेर यो "ईश्यू" उठाईएको होईन र थिएन पनि।

तिब्ततको ईश्यू (न त तिब्बतलाई स्वतन्त्र पार्न न त तिब्बतिहरुको अधिकार स्थापित गर्न) केवल बेला बेलामा चिनलाई अप्ठेरोमा पार्न मात्र उठाईन्छ ।

बाँकि तपाईको सोध मूलक आलेख पढने प्रतिक्षामा छु ।

Anonymous said...

तिब्बतको आवाज उठाउनु भएकोमा धेरै धेरै धन्यबाद। धेरै मोटीभबाट तिब्बतको कुरा उठाइन्छ, आशा छ तपाइले बिना मोटिभ तिब्बतको कुरा उठाउनि भएको छ।
फ्री तिब्बत!

Anonymous said...

ठरकी दादा को कुरा सही हो । I also feel that west is merely using Tibet as a bargaining issue

Anonymous said...

ओलम्पिक शुरु भइसक्यो कहिले आउने हो नेपोलियन जि दोस्रो भाग?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !