August 5, 2008

संवाद

प्रश्न: ६०१ जना जम्बो प्रतिनिधि किन निवर्चित गरेर तलब खुवाएर राखेको?
उत्तर : सबै नेपालीको प्रतिनिधित्व हुनलाइ ।
प्रश्न : के का लागि ?
उत्तर : प्रथमत, सबै नेपाली समेट्ने संविधान बनाउन ।
प्रश्न : आहिले ति ६०१ वाला हरु के गर्दै छन त?
उत्तर: कसले कसरी सरकार बनाउने भनेर झगडा गर्दै छन ।
प्रश्न : अनि संविधान कहिले बनाउंछन त ?
उत्तर: पहिला सरकार बनाउन सहमती खोज्ने अनी बल्ल पछी सहमत भएर संविधान बनाउने ।
प्रश्न : अनि संविधान बनांउदा बनाउंदै एउटाले खुट्टा तानेर सरकार ढाल्यो भने नि ?
उत्तर: फेरी अर्को सरकार बनाउने सहमती जुटाउन तर्फ लाग्ने ।
प्रश्न : बनाउंदै गरेको संविधान को के हुन्छ त ?
उत्तर : सरकारमा आएकाले जे भन्छ्न फेरी तेही गर्ने, नमिलेका कुरा झिकेर फाल्ने वा फेरी सुरु देखी फेरी बनाउन थाल्ने ।
प्रश्न : यसो गर्दा समय को नाश भएन र ?
उत्तर: हामीलाई के बितेको छ र, जनताले कर तिरी रहन्छन हाम्रो तलब पाकी हाल्छ ।
प्रश्न : जनताले तिमीहरु संविधान मात्र बनाउ, सरकार चलाऊन नागरिक समाजले प्रतिनिधि छान्दछन भने भनी नि ?
उत्तर: देश चलाऊन सक्ने हामी नेताहरु बाहेक को नै छन र नेपालमा ?
प्रश्न :के नागरिक समाजका दमननाथ ढुंगाना, लक्ष्मन अर्याल, कृष्ण पहाडी, डा. मथुरा श्रेष्ठ, डा. देवेन्द्र राज पाण्डे जस्ता सक्षम छैनन र ?
उत्तर: छन, बिल्कुल छन । तर तिनीहरु पनि सरकार बनाउने भए पछी कसले ठुलो पद पाउने भनेर हामी जस्तै लुछाचुंडी गर्न थाली हाल्छन नि ।
प्रश्न : तिनिहरु मिलेर आएर "तिमिहरु संविधान बनाउन मात्र ध्यान देउ, हामी सरकार चलाइदिन्छौं अनि आम चुनाव गरेर जित्नेलाई सत्ता सुम्पिदिन्छौं" भने भनी नि ?
उत्तर: अं त्यसो पनि हुन्छ र? जनताले हामीलाई पो पत्त्याएर पठाएको तिनीहरुलाई हो त?
प्रश्न : जनता सबै उर्लेर आइ नागरिक समाजलाई देश चलाऊ, तिमीहरु छिटो छरितो रुपामा संविधान बनाउ भन्ने आदेश दिए भने नि ?
उत्तर : त्यो कुरामा ढुक्क हुनुस, जनाताले हामी भन्दा पनि अरु विकल्प छन भनेर बुझ्न सक्ने भए रुष्ट भई भई पनि २० बर्ष देखी हामीलाई नै किन जिताउंछन र । ल अब मलाई ढिलो हुन थाल्यो, एउटा कार्यकरता को छोराको बिहे भोजमा जानु छ । त्यस पछी भोली को सर्वदलिय मिटिङमा कसरी असहमती बढाउने भनेर सहमती निकाल्न आ-आफ्नो पार्टिको मिटिङ छ, त्यसै मा जानु छ । जय होस नेपाली जनाता को ।


2 Comments:

nepalean said...

संबाद हासो ठट्टामा राखिएको रहेछ। तर सारै सान्दर्भिक र पिडादायिक कुरो छ। संबादमा भनिए जस्तै मात्र भए त हुन्थ्यो तर मलाइ लाग्छ त्यो भन्दा १० गुना हुने वाला छ नेपालमा।

ठरकि दादा said...

सर्ब प्रथम त तिखो प्रहारको लागी Prajwol जी लाई धन्यवाद्।
जनताको संघर्ष, बलिदान र आन्दोलनको फल फेरी एक चोटी यिनै "ब्रम्हलुट" का अभ्यस्त खेलाडिको पोल्टमा परेको छ र उनिहरु तपाईले भने जस्तै २० बर्ष देखीको आफ्नो 'जित' र 'हैकम' प्रति ढुक्क छन् । तर २४० बर्षको राजतन्त्रले समेत बिदा माग्ने दिन आयो भने यि २०-३० बर्षे चकारहरुको कहिले सम्म यसरि 'व्याज' र पेन्सन खाने हुन ! भविश्यले पक्कै देखाउने छ ।

नेपालीय जी !

दौतरिका सबै पोष्टलाई लेबलमा बर्गिकरण गर्ने क्रममा यो पोष्लाई मैले "हासो ठट्टा" मा हालेको थिएं। अहिले त्यसलाई परवर्तन गरेर "हासो ठट्टा/ व्यङ्य" बनाएको छु ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !