July 17, 2008

माओबादीले रोजे आफ्नो अल्पायुको बाटो

सर्बप्रथम त यो संबिधान सभाको मूख्य काम भनेको देशलाई दुई बर्ष भित्र एउटा गतिलो संबिधान दिनु हो।गणतंत्रलाई संस्थागत गर्नु हो।जसको लागि एउटा स्थीर वातवरण चाहिन्छ, टिकाउ सरकार चाहिन्छ, दलहरुबिच् सहमती र बिश्वास चाहिन्छ। संबिधान निर्माणजस्तो कुरो कुनै एक दलले निर्माण गर्न सक्ने कुरो होइन। संबिधान सभामा सबैभन्दा ठूलो दलको रुपमा आएको माओबादीले सरकारको नेत्रीत्व गर्न पाउनु निश्चयनै उसको अधिकारको कुरो हो र यसमा अन्य दलले आंखा लगाउन सुहाउने कुरो होइन। शुरुमा नेकाले अलि अलमल गरे पनि पछि सबैले माओबादीले सरकार बनाउने कुरा मानेकै थिए। माओबादीलाइ तिरस्कारनै गर्ने भए, माओबादीको एकल् बहुमत नभएको अवस्थामा माओबादी इत्तरका अन्यदलहरु मिलेर माओबादीलाई सरकार बनाउनबाट रोक्न नसक्ने त होइन नि। आखिर् राजनीति पदकै लडाइ रहेछ-जसबाट माओबादी समेत अछुतो रहन सकेन।


जनआन्दोलनको सफलता पस्चात तुरुन्तै गणतन्त्र घोषणा गर्न माने तेतिखेरै गिरिजाबाबुलाई देशको पहिलो राष्ट्रपति बनाउन तयार् माओबादी संबिधान सभाको चुनाव पस्चात गिरिजाबाबुको नामै सुन्न नचाहने भयो। एमालेसंग राष्ट्रपति पदको लागि सहकार्य गर्ने तर पूर्व महासचिव माधव कुमार् नेपाललाई स्वीकार् गर्न नसक्ने दम्भ देखायो। अर्थात माओबादी एउटा कमजोर्, कम् प्रभावशाली राष्ट्रपति चाहन्थ्यो।सरकार निर्माणको पुर्व संध्यामा एउटा पुर्ण बहुमत नभएको पार्टीले आफ्नो सरकारको लामो आयूको लागि,सकेसम्म सबैसंग, नभए एउटा बलियो दलसंग सहकार्य गर्नु पर्ने हो। तर पहिला कांग्रेस, त्यसपछि एमालेसंग सहकार्य तोडेर एउटा कुनै राजनैतीक् आधार र सामर्थ्य नभएका रामराजालाई राष्ट्रपतिको उम्मेद्द्वार प्रस्तुत गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो।


हुन त माओबादीहरुले सोचेका होलान्, रामराजालाई राष्ट्रपति बनाए मधेशी दलहरुको एक मधेश् एक् प्रदेश् आन्दोलन अलि मत्थर हुनेछ, तर यो मधेशी नेताहरुले कांधमा टेकेर टाउकामा प्रहार गर्ने रणनीति मात्र हो।


माओबादीले खोला तर्‍यो लौरो बिर्सियो गरीरहेका छन्। उनीहरुलाई सफलरुपमा राजनीतिको मूलधारमा अवतरण गराउन एमाले र कांग्रेसले खेलेको भूमिकालाई आज कसरी बिर्सन सकेको?अहिले सम्मको तौरतरिका हेर्दा लाग्छ, माओबादी एक्लै सरकार बनाउन कस्सिएको छ।यदि त्यसो हो भने यो आफू छिट्टो सकिने बाटोमा अग्रसर भैरहेको छ।राजनीति पद र शक्तिकै लागि गरिन्छ। पुर्ण बहुमत नभएकोले राम्रो काम् गर्दा गर्दै पनि नौ महिनामै एमाले सरकार बाट हट्न बाध्य भएको माओबादीले बुझ्नु पर्ने हो र संबिधान सभामा कांग्रेस वा एमाले जस्तो बलियो दलको सहयोग नलिकनै अघि बढ्छु भन्ने सोचेको भए माओबादी आफ्नो अल्पायूको मार्गमा छ भनेर बुझे हुन्छ।आफ्नो पुर्ण बहुमत नभएको अवस्थामा नेका वा एमालेजस्तो बलियो दलसंग सहकार्य गरेर पो आफ्नो सरकारको आयू लामो राख्न सकिन्छ। निस्चित रुपमा गिरिजा वा माधव संग मिलेको हात रामराजा संग मिलेको हात कयौंगुणा बढी शक्तीशाली हुन्छ-माओबादीहरु यंहा निर चुकिरहेका छन्।





3 Comments:

nepalean said...

बिर्लियन्ट जी सर्बप्रथम त लामो समय पछि दौतरीमा लेख्नु भएकोमा धेरै धेरै धन्यबाद।
राजनीती फोहोरी खेल भन्ने कुरा त थाहा भएकै हो तर नेपालको अहिले को राजनीती खेल यती फोहोर र दुर्घन्दित छ कि चन्द्रमा सम्म पनि गनाउछ।
माओबादीको मुख्य रणनिती के हो भने भबिष्यमा आफ्नै एकल सरकार बनाउने हो। मधेस दललाइ लालीपप दिएर छिरेको सिंहदरबार जनताले नलत्याए सम्म माओबादीले छोड्ने छैनन, यसलाइ कम्नियुष्ट युगको उदय माने हुन्छ।

Panda said...

ए अब केहि हुन्छ कि भनी परिवर्तनको बाटो र नया नेपाल ट्वां परेर हेरिरहेका छलकपट नरुचाउने नेपालीहरुलाई अहिलेको तमासाले पक्कै पनि खुशी बनाएको छैन । सबै भन्दा पहिले अब देशको राजनीतिमा विश्र्वास भन्ने कुरा हराएको छ र अल्पमतको खिचडिमा विश्र्वासको महत्व कति हुन्छ भन्ने भविश्यले नै पक्कै देखाउने छ । सिद्दान्त मिल्ने एमालेलाई भन्दा एउटा लौरोलाई माओबादिले देशको राष्ट्रपति बनाएर कसको खुट्टामा बन्चरो हाने थाहा पाउन धेरै दिन कुर्न पर्दैन । यति अवसरबादिता र अविश्र्वासको राजनीति गर्ने पार्टीले हाम्रो देश कसरि „समृद्द र समुन्नत“ बनाउछन भनेर आश गर्ने होला !
राष्ट्रपतिको रुपमा व्यक्ति नभएर „लौरो“ खोजेको माओबादि चालले प्रष्ट छ देश अधिनायकबादी सत्ता तर्फ उन्मुख हुंदैछ । संविधान सभा देशले खोजेको संविधान भन्दा फगत एउटा अधिनायकबादको साधन बन्ने प्रष्ट हुंदैछ ।

ठरकी दादा said...

भन्छन नी!, "चुरोटको एकापट्टी धूँवा र आर्कोपट्टी एकजना मुर्ख मान्छे हुन्छ" ।

जो चुरोट आफुले खाएको सम्झदैं दंग परेको हुन्छ तर चुरोटले उल्टै त्यहि मान्छेलाई भित्र भित्र खान थालिसकेको हुन्छ ।

माओबादिको अहिलेको "चतुर्‍याँई" कालान्तरमा उसलाई "बेबकूफी" साबित हुनेछ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !