June 26, 2008

ककपिटमा निदाउने पाइलटहरु र आफै उड्ने जहाज

करिब १५ दिन पहिले जयपुर देखि मुंबईको लागि उडेको एअर इण्डियाको विमान मुंबई विमानस्थलमा अवतरण नगरी सोझै अगाडि बढ्यो, कारण ककपिटमा रहेका दुवै जना पाइलटहरु मस्त निदाइरहेका थिए । एअरपोर्ट भन्दा करीब १०० माइल अगाडि नै उचाइ कम गर्दै तल आउनु पर्ने विमान मस्त गतिमा उचाइमा उडिरहेको थियो । मुंबई एअरस्पेशमा पुगेको विमानले कन्ट्रोल टावरको निर्देशको कुनै रेस्पोन्स नगरी अगाडी बढेपछि टावरका कर्मचारिहरुले विमान अपहरण भएको अनुमान गरे । त्यसैले हाइ फ्रिक्वेन्सीबाट सेलेक्टिव कलिङ गरियो । चर्को आवाज पछि ककपिटका पाइलटहरुको निद्रा खुल्यो र गोवा नजिकै पुगिसकेको विमानलाई फिर्ता मुंबई ल्याएर सकुशल अवतरण गराए । धेरै घंटा लगातार काम गरेका कारण र अनशेड्युल/आकस्मिक ड्युटीका कारण थाकेका पाइलटहरुले विमान "अटो पाइलट“ मोडमा राखी ककपिटमा निदाएका थिए ।

स्रोत: भारतीय पत्रिकाहरु


1 Comments:

nepalean said...

आजकाल एयर लाइन्सको कथा यस्तै छ। तेलको भाउ र कम्पिटीसनले गर्दा कम पाइलट,थोरै कर्मचारी आदी ले गर्दा चौपट भएको छ।
एउटा बिजनेस जोक याद आयो।
प्र - मिलेनिएर बन्न के गर्नु पर्छ?
ऊ - बिलेनिएर भएर एयर लाइन्स कम्पनी खोल्नुपर्छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !