February 14, 2008

रातो गुलाफ


रातो गुलाफ

लुकाइ ल्याएको दिल लिएं अनि फर्काएं रातो गुलाफ,
स्विकारोक्ती तिम्रो त्यही भनी अर्थ्याएं रातो गुलाफ।

रेट्ने फूल भेट्ने धेरै हुन्छन् भन्छन् यो संसारमा,
समेत्ने फूल त्यही हो भनी चोख्याएं रातो गुलाफ।


प्रेमालिंगनमा बाँधिन न उमेर हुन्छ, न अबेर हुन्छ,
उभिने धरातल भांसिन्छ कि भनी पर्खाएं रातो गुलाफ।





1 Comments:

पीजी said...

जुन बेला बैश थियो थिएन आफ्नो हातमा रातो गुलाफ,
न त रोप्न सके न त किन्न सके न त चिन्न सके अजिब मन ले सजिब गुलाफ,

हेरिरहन्थे उनलाई, कल्पन्थे कही संगै जिउन पाए,
ढाट्थे आफ्नो मनलाई आँफैले होइन गुलाफ पनि कमिज र पतलुङ सँग सुहाउछ
घर को उचाइ र क्षेत्रफल सँग सुहाउछ त्यसैले अहिले होइन पर्ख मन,
तिम्रो पनि गुलाफ समाउने दिन आउछ

रेट्नेहरुलाई पूजा गर्ने संसारमा रेट्न अनी रेटिन नचाहनु पनि अपराध मानिने रैछ
रङै रङको दुनियाँमा रातो गुलाफ दृष्टि भ्रम पनि हुदो रैछ

आउ प्रिय आलिङनमा यि भित्रै छन असँख्य राता गुलाफ
मनले मनलाई मन मार्फत लेउ देउ कहिले पनि नओइलाउने रातो गुलाफ
मन भित्र रही रहोस् जूनी भर निर्दोश अनी चोखो रातो गुलाफ

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !