January 19, 2008

तथ्यांकको कसीमा नेपालको जातीय संघीय विघटन: सम्भव के त ?

तथ्यांक भन्छ नेपालमा १०२ सना ठूला जातको बसोवास छ , यदि जातमा मान्छेलाई टुक्राएर नै बुझ्ने हो भने । यी मध्ये नेपालको जनसंख्यामा न्युनतम १% योगदान भएका १८ जातिहरूले नेपालको ८०% भन्दा बढी जनसंख्या ओगटेको देखिन्छ । अहिलेको जातिवादी आन्दोलनको दावा अनुसार जहाँ जो जातिको सघन बसोवाछ छ त्यहाँ त्यसैको संघीय राज्यको अधिकार रहन्छ , अझ पर्‍यो भने स्वायत्तताको आत्मनिर्णय गर्ने अधिकार सहितको । हेरौँ तथ्यांकले के देखाउँछ :



जात जनसंख्या कूल जनसंख्यामा % साक्षरता %
१) क्षत्री ३५९३४९६ १५‍.८०% ६०.११
२) बाहुन २८९६४७७ १२.७४% ७४.९०
३) मगर १६२२४२१ ७.१४% ५५.९०
४) थारु १५३३८७९ ६.७५% ४७.१२
५) तामाङ १२८२३०४ ५.६४% ४५.०४
६) नेवार १२४५२३२ ५.४८% ७१.२२
७)मुसलमान ९७१०५६ ४.२७% ३४.७२
८) कामी ८९५९५४ ३.९४% ४१.२७
९) यादव ८९५४२३ ३.९४% ४०.८३
१०) राई ६३५१५१ २.७९% ५८.१९
११) गुरूङ् ५४३५७१ २.३९% ५९.७९
१२) दमाई ३९०३०५ १.७२% ४३.५३
१३) लिम्बू ३५९३७९ १.५८% ५८.१२
१४) ठकूरी ३३४१२० १.४७% ६३.३२
१५) सार्की ३१८९८९ १.४०% ३८.३३
१६) तेली ३०४५३६ १.३४% ५१.४२
१७) चमार,हरिजन २६९६६१ १.१९% १९.२४
१८) कोइरी २५१२७४ १.११% ४३.८८
कूल ८०.६९% राष्ट्रिय औषत ५३.७३%
स्रोत: केन्द्रीय तथ्यांक विभाग ( जनगणना २०५८), विकिपिडिया र सिआइए फ्याक्टबुक ।


नेपालको पछिल्लो जनगणनाले नेपालमा १०२ वटा बिभिन्न जातिहरुको बसोवास रहेको मुलुकको रुपमा देखाएको छ । तर मुलुकको कूल जनसंख्यामा १% भन्दा बढी हिस्सा भएका जातिहरू भने जम्मा १८ वटा छन् जसलाई उनीहरूको संख्या प्रतिशतका आधारमा क्रमिक रूपमा माथि देखाइएको छ ।
माथिको तालिकाले के प्रष्ट देखाउँछ भने देसमा बसोवास गर्ने जातजाति मध्ये सबै भन्दा ठूलो जाति समूह पहाडी क्षत्रीहरूको हो भने मुख्य १८ वटा जातजातिले नेपालको जनसंख्याको ८०% भन्दा बढी भाग ओगटेका छन । बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा ८० भन्दा बढी जातजातिको रहेको छ ।

यस्तो विचित्र जातिय संरचनामा रहेको मुलुकमा , केही जातीवादी विद्वानहरू र पार्टी नेताहरूको पनि जिरह छ नेपाललाई अबको लोकतन्त्रमा जातिय संघको मुलुकमा रूपान्तर गरिएन भने घोर अन्या हुनेछ ।
जातीय संघको नेपालका आ-आफ्ना संस्करणका मानचित्रहरू पनि पस्किइसकेका छन् । सबै जातीवादी अधिवक्ताहरूको साझा माग रहेन गरेको छ माथिको तालिकामा ३,४,५,६,१०,११, र १३ नम्बरको क्रममा रहेका मगर, थारू, तामाङ, नेवार, राई गुरुङ र लिम्बूहरूका लागि छुट्टाछुट्ट जातीय राज्य हुनैपर्छ । स्मरण रहोस् यी सबै जातको कूल जनसंख्यामा प्रतिशत लगभग ३३% हुन आइपुग्छ भने बाँकि ६७% मध्ये केही ठुला जातिहरू र साना जातिको प्रतिशत रहन पुग्छ ।
जातीवादी आग्रही हरूले बाहुन र क्षत्रीलाई शोषक र औपनिवेशिकता अरू उपर लाद्ने जातको रूपमा निरन्तर प्रहार गरेर , अब भन्ने नेपालमा उनलाई केही छोड्न हुन्न भनेर दुत्कार एकातिर गरिरहेका छन् भने राई, गुरूङ र लिम्बु भन्दा जातिगत प्रतिशतमा धेरै नै माथि रहेका कामी, दमाई, सार्की, मुसलमान, यादव, ठकुरी, र उस्तै जातिगत प्रतिशतमा रहेका तर हेपिएका तेली , चमार, हरिजन र कोइरी जस्ता जातहरूको बारेमा अक्सर चुपचाप नै रहने गरेका छन् ।

यस्तोमा वर्तमानको मेरो नेपाल भोलिको संघीय गणतन्त्रमा कसरी टुक्रिएर सबैलाई राज्य पस्केर न्याय गर्न सक्षम हुने हो सोच्नै नसकेर म बिलखबन्द परेको छु ।

0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !