January 1, 2008

के को डर?

के को डर नेपालमा हैन त ? शक्ती त बन्दुकबाट निसक्नछ नि! पहिला जनता त्यस माथी कानुन अनि त्यस माथि बन्दुक कसो? रगताम्मय भएको बन्दुक लिएर माओबादी सिहंदरबार छिरे। रोस्टममा सांसद बोलीरहंदा कमरेडको झोलामा बन्दुक जागा बस्दथ्यो। अब त्यस्ता बन्दुकका नाइके कती कती, गनेर साध्य छैन।
त्रिपुरेश्वेरमा बम पड्के एउटा नाइके जन्मिन्छ, बारामा मान्छे मरे अर्को नाइके जन्मिन्छ। रगतको के मतलब, बन्दुकवालको पो चासो,कुन दिन ति पनि टुप्लुक्क सिंहदरबार गेटमा आइपुग्छन। लोकतन्त्र आयो हर्कमान, गोली चल्यो थर्कमान, यस्तै यस्तै छ नेपालमा आज। जस्तो बाउ त्यस्तै छोरो भने जस्तो अहिले चलेको बन्दुको राजले आउदो पुस्ता आकर्षित नहोला त ? टि.भीमा हुनमान देख्दा त परालको पुछार बनाएर आगो दन्काउदै हिड्ने केटा केटी देशमै फिल्म चलेको बेलामा किन चुप्प बस्दथे। पुल्चोकको नेपाल इन्भेस्टमेन्ट बैंकबाट डेढ लाख नगद लुटेर यसको सुरुबात गरेछन एक १० बर्षे बालकले ।


2 Comments:

Anonymous said...

k k sunnu parne ho yi kan le? aba arko din diaper lagayera bachha bank pugcha.

ठरकि दादा said...

दिउसै मान्छे काटदै हिडनेलाई विना चुनाव र विना कुनै जनादेश सिधै संसद प्रवेश गराउने जस्ता कार्यले नै यो कूचक्रको शुरुवात भएको हो ।

मान्छेको लासमाथि चढेर र रगतको होली खेलेर "ठुलो" मान्छे बन्न पाईने भएपछि यहि त हो ।

अबका दिनमा यस्ता कार्य र यस्ता नाईकेहरुको उत्तरोत्तर बृद्धी हुने छ र चोक चोक गल्ली गल्लीमा यस्ता नाईके पैदा हुनेछन।

डर समाप्त भए पछि अपराधले चुली छुन्छ त्यसैले डर त कायम गराउनै पर्छ । तर तपाईले भने जस्तै
झोलामा बन्दुक जागा राखेर सिहंदरबार छिर्नेलाई रोक नलगाउन्जेल भने अरु नया नया १० बर्षे बालकले बैंक मात्रै लुटदैनन् विस्फोट र अपहरण पनि गर्नेछन । आखिर सवै आफ्ना नेताको पछि लाग्ने नै त हो । अखिर हाम्रो शास्त्रले पनि त्यहि सिकाएको छ :"महाजनो येन गत: स: पन्था।"

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !