December 6, 2007

खास्टो ओढेको बिरालोले म्याऊ गर्‍यो कामरेड

एकपल्ट सुन्ने गरिन्थ्यो माओवादीका नेताहरू निर्मलनिवाससंग अनन्य सम्बन्धमा छन् । यो कुराको आरोप रामचन्द्र पौडेलदेखि रविन्द्र श्रेष्ठ सम्मले भनि नै रहेका थिए र छन् । राजा विरन्द्रसंगको माओवादीको कार्यगत एकताको रट माओवादी स्वयंले गर्व गरिरहको विषय नै हो । एकताका दरबारको कालो भेडा मानिएर दरबारबाट मिल्काइएका धिरेन्द्र शाह र चिठ्टी आदानप्रदानको रहस्य पनि माओवादीले आँफै खोलेका हुन् । उनीहरूले जाजाजानी हामी दरबारको नजिक छौँ है भन्दै अरूलाई आफ्नो ठूलोपन देखाउन यसो गरे कि उनीहरूका नेताको लरबरे जिब्रोले गति छाडेर यसो बएको थियो तिनैले जानून , तर यस्तै घटना मार्फत माओवादीबारेमा बुझ्न चाहने मान्छेहरूले धेरै कुरा बुझ्न पाएकै हुन । अतिवादीहरू कहीँ न कहीँ गएर गति छाड्दै एक ठाउँमा थुप्रिन्छन बुझियो । फ्याउराहरू ब्वाँसाको छाल ओढेर आएपनि र जति संगठित र हिंस्रक बने पनि एकमुष्ट आकासतर्फ फर्केर हुण्डरी रुन्छन् रुन्छन् , बेला आएपछि । अहिले त्यही भएको छ ।
तर माओवादीको गनतन्त्रे कट्टू छर्लङ्ग देखिने गरी फुस्के पनि , तिनले संसदबाट गणतन्त्र घोषणा नहुञ्जेल संविधानसभाको चुनाब हुन दिन्नौँ भनिरहेनछन् । किनभने थोरै बुझकीहरूले यो कुराको माओवादी नियत बुझे पनि तिनीहरूको आफ्नै मगज धोइएको झुण्डलाई ‘ हामी जस्तो गणतन्त्रवादी कोही छैन, यो त हामीलाई फँसाउने दुश्मनहरूको चाला हो’ भन्दै कुतर्कले मगज फेरि धुन गाह्रो पर्ने कुरो नै छैन । अर्को तर्फ बहुसंख्यक जनतालाई पनि यो माओवादीको चाल त्यति छर्लङ्ग नदेखिन सक्छ किनभने संचार र सूचनाको पहूँच त्यहाँ सर्वसुलभ छैन । माओवादीलाई राम्ररी थाहा छ , यो अहिलेको संसद संसद नभएर एउटा सर्वपक्षिय भेला हो र यो भेलाले केही गर्न सक्दै सक्दैन । जति ठूला निर्णय लिए पनि यो भेलारूपी मेलाले गर्ने गणतन्त्रको घोषणालाई संसारका कुनै मुलुकले वैध रूपमा स्वीकार गर्ने कुरा हुनेछैन भन्ने कुरामा उनीहरू ढुक्क छन् । यसैले संसदबाट गणतन्त्र घोषणा हुनैपर्छ नत्र संविधानसभा हुन दिन्नौँ भन्ने उनीहरूको जिरहरूपी ढुङ्गाले दुईटा चरा एकैचोटी मार्न तल्लीन थियो माओवादी । यसरी बाह्य रूपमा ऊ घोर गणतन्त्रवादी बनेको छ र त्यो भ्रम अनपढ जनता र दिमाग धोइएका कार्यकर्ता बीच बाँड्न सफल छ एकातिर भने अर्कोतर्फ संविधानसभाको निर्वाचन कदापि हुनै नदिने र यही एक्लो वैध माध्यमबाट गणतन्त्रमा जाने विश्वमान्य वैधानिक मार्गमा एम्बुस थापेर ऊ राजतन्त्रको बलीयो रक्षाकवच बन्ने गहन अभिभारामा जुटेको जुटै छ ।
तैपनि मान्छेले बुझेको तर भन्न गाह्रो मानिरहेको यो कटुसत्यको कट्टु खोलिदिएर कामरेड प्रचण्डले लाज ढाक्न सकेनन् , थै थै कामरेड । खास्टो ओढेको बिरालोले म्याउ गरी छाड्यो चित्र बहादुर कामरेड !


5 Comments:

राहुलभाइ said...

"जमाना रंग बदलन्छ" महाकबि देवकोटाको भलादमी निबन्धमा पढेको थिएं। हिजो सम्म मैले माओबादीको तार दरबार संग जोडिएको छ भन्दा मलाई सात जुनीको सत्तो सरापे धेरै ले। दिमाग खुस्केको भन्न पनि बाकी राखेन। तिनै बिषयमा लिएर मेरो संसार ले म माथि प्रतिबन्ध लगाए। आज तपाईले भने जस्तै कटु सत्यको कट्टु आफै खोलिसके पछि कामरेड का ठिमाह सन्तानहरु लाजै पचाएर बचाउमा लागेका छन्। राष्ट्रको अस्मिता को लागि जो संग पनि मिल्नु पर्दछ रे। कुरा मीठा हुन्। हिजो गिरिजाले राजालाई नि स्पेश दिनु पर्छ भन्दा पुरै कांग्रेसलाई राजाबादी, दरबारपरस्त के के भनेनन्। आज तिनै गिरिजालाई गाली गर्ने मुख र हातहरु परचण्डको महाबाणी मा वाह वाह् गर्दै ताली बजाइ रहेका छन्। अजब नेपालको गजब चाला।

Anonymous said...

yo rahul bhai k kuro garcha? prachande ko ghati darbar ma jodiye ta tyo umeshya ko jibro pani utai paryo. Kina mandale bhanera falakdai hidcha bhaneko ta tyo umeshya afai maha mandale rayecha. rahul bhai, timi my sansar le doka diyo bhanera kina mahamandaaleko taali bajaucha. manche ta gajjab ho ba my sansar, durbar bata paisa khane darbar lai gaali garne. rahul kasari patta lagako maos ra gyanendras friend hun bhanera?

brilliantman71 said...

I was going through himalkhabar.com and I found a comment relevant to this blog.

Birjung Thapa, Gharan
होइन, यो नेपालका मिडियाहरुको राजनीति त बुझ्न सकिएन नि । प्रचण्डले के भने त्यो हामीले कार्यक्रममै सुनेका हौं । प्रचण्डको स्पष्ट भनाई थियो- अब राजतन्त्र त सकियो सकियो तर राजाका वरिपरि कतिपय अध्याध्यै राष्ट्रलाई माया गर्नेहरु पनि छन् । ज्ञानेन्द्रस“गै सती जान नचाहनेहरु पनि छन्, उनीहरुलाई रुपान्तरण गरेर लैजान पनि सकिन्छ । त्यो भनाई स्पष्ट त नेपाली सेनाका जर्नेलहरुप्रति इंगित थियो । भोलि ज्ञानेन्द्रले अन्तिम छट्पटिको रुपमा उनीहरुलाई प्रयोग गर्न नपाओस् भने राजा र उनको वरिपरी रहेका राष्ट्रवादीहरुको सम्बन्ध कटाइदिनर्ुपर्छ भन्ने प्रचण्डको आशय थियो । तर नेपालमा माओवादीलाई देखिखान नसक्ने कतिपय मिडियाहरुले त्यसैलाई राजनीतिको एउटा एजेण्डा बनाए । स्पष्टरुपमा भन्नुपर्दा कान्तिपुरले नै त्यो काम गरिरहेको छ र त्यसलाई सहयोग गरिहेको छ हिमालले । जीवनभर माओवादीको विरोध गरेर नथाक्ने अझ भनौं भने माओवादीको सत्तोसराप गर्नुमा नै आफ्नो नया“ जनवाद देख्ने चित्रे बुढाको अन्तर्वाता छाप्नु हिमालको त्यही कुटिलता हो । यदि प्रचण्डले किन त्यसो भने त भनेर हामी पाठकलाई स्पष्ट पार्नु थियो भने हिमाल खबरले सके प्रचण्डको नभए अरु माओवादी नेताको अन्तर्वार्ता लिएर हामीलाई सही जानकारी दिने प्रयास गथ्र्यो । त्यही नभए पनि अन्य नेताको अन्तर्वार्ता लिन सक्थ्यो तर माओवादीविरोधी नेताको अन्तर्वाता छापेर हिमालले माओवादीविरोधी आफ्नो राजनीतिक अभियानलाई अघि बढाएको छ । अन्य बेला स्वतन्त्र रहे जस्तो गर्ने र संवेदनशील अवस्थामा जन्मभरिको बल प्रयोग गरेर आक्रमण गर्ने नेपाली बिग हाउसको राजनीति बुझिनसक्नुको छ ।

basanta said...

सही विश्लेषण! उग्रपन्थीहरु भनेका पेण्डुलम जस्तै हुन्। पेण्डुलमलाई एकातिर जति माथिसम्म तानेर छोड्यो अर्कोतिर त्यो उत्तिकै माथि जान्छ। उग्र वामपन्थीहरुको गन्तब्य भनेको उग्र दक्षिणपन्थनै हो। आखिर जुन खोल ओढेपनि राजावादी र माओवादी दुबै 'अधिनायकवादी' हुन्। यिनीहरु वास्तविक 'वर्गमित्र' हुन् एक-अर्काका!

बाँकी छ दलले अब माओवादीलाई सपार्छु भनेर सपना देख्न छाडे हुन्छ।

krisp said...

Brilliantmanji ले उठाउनु भएको सकारात्मक कुरा सोच्नुपर्छ भन्ने धारणा ठिक हो , मिडियाले गलत प्रचार गरेको छ भन्ने कुरा भने अलि स्टिरियोटिपिकल नै छ । किनभने , सोच विचार नगरी कुराको नतिजा के होला भन्ने नसोचि बोलिदिने अथवा आवेशमा एउटा कुरो भनेर तहल्का मच्चाइदिने अनि भोलि तेही कुरालाई लिएर रडाको मचिन थाले पछि मिडियाले तोडमरोड गर्दियो भन्ने कुरा संसारभरका राजनीतिवाजहरूको रोदन हो । नेपालमा त झन यो शैलिको प्रयोगमा कम्निष्टहरू माहिर छन , किनभने बोल्ने कुरामा कसैले जित्न नसक्ने यिनीहरू कुराको मेसोमा सनसनीखेज हुनसक्ने कुराहरू बेतोड छोडिदिन्छन् यिनीहरू तर भोलि कुराको अर्थ खोजिहुन थालेपछि तेस्को अर्को परिभाषाकासाथ बाउँठिनुको गुण त यिनको जन्मजात नै छ ।
हिजोको नयापत्रिकामा बाबुराम कामरेडले प्रचण्डको प्रलापलाई अर्थ्याउन खोजेका छन् । तर राष्ट्रवादीसंग मिलेर अगाडि जाने भनेको सांग्रिला र हयात रिजेन्सीमा डा तुलसी गिरी र अन्य राजाका चाटुकारसंग गोप्य कृत्यमा लागेर गणतन्त्रको कसरत गरेको भन्ने तर्क त कसरी विश्वास मान्ने हो र खै ? हुनसक्छ, कांग्रेससंगको गत डेढ वर्षको संसर्गबाट माओवादी एजेण्डाको रक्षा भएन होला तर के राजावादीसंगको यो माओवादी आत्मालाप र अभिसारबाटबाट नेपालमा उनीहरूले खोजेको खालको जनवादी गणतान्त्रिक वर्णसंकर जन्मला र ?
निश्चय पनि मिडियाले माओवादीको जयगान गर्न छोडेको छ नेपालमा केही उनीहरूकै सञ्चालन बाहेक । तर यो मोहभंग त त हरेक क्षेत्रमा भैसक्यो नि।

बरू हुनसक्छ, माओवादीलाई अन्तर्राष्ट्रिय नजरले पनि पत्याएन अनि कांग्रेस र एमाले दुवैले शंकाको दूरीमा राखेर नै व्यवहार गरिरहे र सबैभन्दा बढी आफ्नै मूल्यांकनमा जनमतमा समेत धेरै पछाडि रहेको वोध भएको हुनाले , अब अस्तित्व रक्षाको अर्को अस्त्र प्रयोग गर्नुको विकल्प उनिहरूलाई थिएन । यसो गर्दा धेरै पक्षलाई एउटै बाटोबाट घुर्क्याउन मिल्थ्यो र त्यसभन्दा बढी परम्परागत दक्षीणपन्थी अतिवादीहरूलाई उदारवादी लोकतान्त्रिक शक्तितर्फ भन्दा बढी राष्ट्रवादको कथित मुद्दा उठाइदिएर अतिवादी बामपन्थीहरूको नजिकको नाता पर्ने भान पार्न सकिन्थ्यो ।
माओवादी राजनीतिमा जता पनि बहनसक्छ भन्ने त प्रष्टियो यो कुराले तर यसका साथै नेपाली राजनीतिमा आज जे देखिन्छ त्यो भोलि उही पक्कै रहन्न भन्ने पनि निश्चित बन्यो । जब महान क्रान्ति र महान नेता र महान लक्ष्यको हविगत र दशा यस्तो छ , महान नेपालको भविष्य कति निरिह होला त्यसै बुझ्न सकिन्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !