November 26, 2007

स्वतन्त्र नेपाल र परतन्त्र नेता

“हेर न, तिम्रो देशका प्रधानमन्त्रीले फेरी छिमेकी देशका राजदूतलाई भेटेछन…… ” एकजना विदेशी साथीले ईन्टरनेटका खबर पढेर मलाई सुनाउदै थियो। म आफ्नै काममा व्यस्त भएकाले उसको कुरालाई ध्यानै दिईन मैले ।

“ ……अब एक दुई दिनमा तिम्रो देशमा फेरी कुनै नयाँ कुराको घोषणा हुन्छ होला…… “ । उस्को यो वाक्य भने अलि पचेन मलाई, आफ्नो स्वभिमानमा ठाडै प्रहार गरेको महशुस भयो र आवेगमा मैले भने “ नचाहिने कुरा नगर न, प्रधान मन्त्रीले छिमेकी देशका राजदूतलाई भेट्‍दैमा के घोषणा हुन्छ र ? ”
“……साथी तिमी रिसायौ जस्तो छ…… “ “ उसले अली सम्हालिदैं आफ्नो तर्क तेरस्यायो “ हेर न मेरो देशको यौटा पत्रीकाको अनलाईन संस्करणमा यस्तो समाचार राखीएको छ ।

त्यसपछी उसले त्यो अनलाईन संस्करणको डाटा पढन थाल्यो : “ ...फलानो मितिमा तिम्रो देशका प्रधान मन्त्रीले फलानो राजदूतलाई भेटेका रहेछन अनि त्यसको दुई दिन पछी पत्रकार सम्मेलनमा यस्तो वक्तव्य दिएछन । ...."

"......त्यसपछी फलानो दिनमा फेरी फलानो समारोहमा फलानोलाई भेटेछन त्यसको भोलीपल्ट संबिधान सभाको चुनाव सार्ने निर्णय भएछ । अर्को एकचोटी राजदुतस‌गको भेट पछी तिम्रा नेताले माओबादी सम्मीलित नभए पनि चुनाव गरेर देखाउने दृणता देखाएछन ।...."

उस्ले तिथि मिति र भेटको अबसर र त्यसपछि आएका घोषणा, बक्तव्य र निर्णयको फेहरिस्त बताउन थाल्यो । म नाजबाफ सुन्नु बाहेक केहि गर्न सक्ने स्थितिमा थिईन, “हेर यो संयोग मात्रै हो…… ” बचेखुचेको ईज्जत जोगाँउदै मैले उसलाई भने। “त्यो पनि हुनसक्छ", उसले पनि स्थीतीलाई चर्काउन चाहेन र उठेर हिड्यो ।

साथी उठेर हिड्यो, तर म सोचन विवस भएँ के यो साच्चै संयोग मात्रै हो त ?
सानै छँदा सुन्थें “दिल्लीमा पानि परे नेपाली नेताले काठमाण्डौमा छाता ओढछन, त्यतिबेला कतीसम्म बिदेशिको ईशारा चल्थ्यो त्यो त ठ्याक्कै भन्न सकिन्न, तर अहिले त ख़ुल्ल्म खुल्ला Adviser वा Consultant नै जस्तो गरि हरेक साना तिना घटनाको रिपोर्टीङ गर्ने र “सल्लाह” लिएर मात्रै बोल्ने “कू-प्रचलन” शुरु हुन लागिसक्यो ।

भूमिगत हुदां “भारतीय बिस्तारबाद” को बिरोध गर्ने माओबादी नेता समेत, सिमा पारीबाट यौटा जोगी आउदाँ त्यसको अगि पछी लाग्नुले पनि हाम्रो परतन्त्रतालाई प्रष्ट्याउँछ । नत्र सशस्त्र क्रान्तीको नाममा हजारौँ मान्छे मार्न समेत पछि नपर्ने माओबादी बिचारधारा र पातन्जलीको योगमा कतै कुनै समानता र समिकरण भेटदिन म त ।

अर्का, महान कार्ल मार्क्स र लेलिनका अनुयायी नेताले अमेरिकी राजदूत भेटन आउदा आफ्नो माहान नेताको तस्बिर समेत झ्यालबाट फालेको कुरा पनि एक पटक स्मरण गरौं , अनि हामीलाई हाम्रा नेताको सिद्धान्त, महानता र स्वाभिमानको ज्ञान हुन्छ ।

यी अनि यो संग जोडिएका याबत कुराहरुको लेखा राख्दा थाहा हुन्छ हाम्रा नेता र प्रधानमन्त्रीले आ-आफ्ना Adviser र Consultant संग सल्लाह गरेर मात्रै बोल्छन अनि यस्तो स्थितिमा बिदेशमा बस्ने नेपालीले ति सबै यथार्थलाई “संयोग” भनेर पन्छिनु भन्दा अरु के गर्ने ?

त्यसो त ठरकी मानव स्वतन्त्रताको परम हिमायती हो र मानव स्वतन्त्रताको अगाडी मानव निर्मीत देशका सिमारेखालाई पनि यौटा बन्धन सम्झन्छ । तर जब सम्म सिमारेखाको जारी छ तबसम्म कुनै पनि यौटा ठुलो ज्यान बएको छिमेकिले आर्को सानो छिमेकीलाई निर्देशीत गर्न खोज्नु हुदैंन र सानो ज्यानवाला छिमेकिले पनि “धम्मरधुस” शरिरवालाले जे भन्यो त्यो मानिहाल्नु जरुरी छैन ।

दानमा आउने “सातु” वा भिक्षापात्रमा खस्ने सिक्का रोकीएला भनेर यसो गरेको हो भने अढाई करोड नेपालीको स्वाभिमानको अगाडी त्यो सातु र दक्षीणाको कति मूल्य छ त्यो भने सोच्नै पर्छ ।


7 Comments:

happy days said...

यस्तै हो नेपालका नेता नेपालको राजनैतिक समस्याको समाधान खोज्न मित्र देशको दुतावासमा ७ पटक गएको कुरा गर्वले भन्छन । अरु के कुरा गर्न ।

चना said...

अव क्यार्नु त नि । देशाँ नेता त्यस्ता गतिछाडा छन, तर हामी आफै तिनेरुलाइ हट भनेर नेता बन्न सक्ने नि हैन । मलाइ कहिलेकाहि लाग्छ, नेपाली जनता नै खत्तम हो, नेतालाइ के गाली गर्नु ? बिदेशीले उचाल्या मान्छेलाइ नेता मान्ने नेपाली जनता नै हुन । जसको पछाडी बिदेशी छैनन,उ नेता बन्नै सक्तैन । जनताले विश्वास गर्दै नगर्ने । नपत्याए नेपालाँ गएर ६ महिना राजनीति गरेर हेरौ, थाहा हुन्छ । अव विदेशीले चढाका मान्छेमात्रै राजनीतिआँ चम्किने भएसिन परतन्त्र नेता हुँदैनन त ? फेरी जनता तेस्तइ छन, बिदेशीको गुलामी गरोस कि खुट्टै ढोगोस तेस्तइ नेतालाइ काँधाँ बोकेर हिन्छन ।

तेइ भर म चै नेता यस्तो तेस्तो नभन्नी, जनतै त्यस्ता छन हौ मित्र, बिदेशीका गुलाम मात्रै ठुला मान्छे ठान्ने । यी हामी नि बिदेशिआ नोकर भा छम, तर हाउँरो देशाँ मान्छेहरु हाम्लाइ ठुला ठान्छन । टोलछिमेक र आफन्तआ बीचाँ उदाहरण भइटोपल्याछम । तेँहि बसेर जिन्तखिभरी देशबासिआ सेवा अर्दै कपाल फुलाका मुन्छेहरु निकम्मा अरे । फ्याट्टफुट्ट खैरे बोलेर बिदेशिआ नोकर बन्या हामी जस्ता तोरीलाहुरेहरु चै - सक्सेसफुल - अरे ।

D-H-A-K-A-L said...

interesting

Anonymous said...

यो ठरकि पनि के के भन्छ ? कुरो क्या ल्याउने भन्या। के बोल्नु अब । राजदुत भेटेको भोली पल्ट देशले मुहार फेर्छ, हामी त भारतीय नै भैसैक्यो जस्तो।

एकलव्यको डायरी ( Eklavya's diary) said...

नेपाल नामको मुलुकको नसीबमा खोपेर राखिदिएको सत्य एउटै छ भन्ने ठान्ने हो भने, भारतसंगको ऐतिहासिक घनिष्ठ सम्बन्ध र त्यो घनिष्टताले नेपाललाई रुपान्तर गरेको कनिष्ठता नै हो ।
अब यो रोकिन्न होला । रोकियोस पनि किन र कसरी? जबकि जन्मिँदै भारतीय राष्ट्रवाद मूर्दावाद र अन्तर्राष्ट्ररिय साम्राज्यवादको मूर्दावादको नारामा कखरा सिक्ने कामरेडहरूले नै कन्तविजोग देखाए भने आजिवन भारतीय गल्लीको पान चपाउँदै हुर्केकाहरूले पान गल्ली, रिक्सावाल अनि अन्नदाता प्रतिको समर्पणभाव दर्शाउनै पर्‍यो ।
यो यस्तै हो हजूर यसमा आक्रोश नपोखेकै राम्रो । तर राष्ट्रियता त्वं शरणं गरेरै भए पनि यो अर्धमुलुकलाई फाइदा हुने केही कुरा गर्दिए हुन्थ्यो क्यार त्यही पनि भएन । राष्ट्र पनि राष्टर रहेन हुन पनि केही भएन । बरू भूटान हुन पाए नि हुन्थ्यो हौ, अस्ति एकजना नेपालका विकासविदले नेपाल भूटानको दाँजोमा पुग्न कमसेकम बीस वर्ष लाग्छ रे ! हे भगवान , त्यो भारतको काखमा लुटुपुटु खेल्ने बिरालोको छाउरो जस्तो भूटानले हामीलाई बीस वर।ष पछि छाड्दिइसकेछ !

एकलव्यको डायरी ( Eklavya's diary) said...

कोरिजेण्डम:
"भारतीय विस्तारवाद"

नेपालियन said...

सांच्चै त्यस्ता लजिक समेटेर हेर्दा त नेपाली हुनुमा पनि लाज भइसक्यो। जाबो एउटा राजदुत ले रिगांदिनी हो त सारा देश। देशलाइ त गोल्टिनको बट्टा बनाए यिनीहरुले। कुरो सटिल लाग्यो मालाइ ठरकी जी।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !