विदेशीनुको पीडा त छदैछ। अर्काको देशमा दोस्रो दर्जाको नागरीक् भएर बाँचिएकोछ। व्यक्तिगत लाभ, आरामदायी जीवन, छोरा-छोरीको भविष्य र नेपालको राजनैतीक अस्थिरता, वा हामीले आफ्नो योग्यता अनुसार नेपालमा भूमिका पाउन नसक्ने अनेक कारण देखाएर हामी कोही अमेरीका, क्यानाडा, बेलायत लगाएत अन्य् देशहरुमा छरिएका छौं। विदेशलाई कर्मथलो भएका हामी नेपालीहरुलाई एउटा स्वार्थी, भगौडा वा पलायन् भएका मान्छेहरुमा गनिन्छ। कता-कता त्यो कुरा आफैलाई बिझ्छ पनि। फुर्सदको क्षणहरुमा नेपालको समाचार, लेखहरु, ब्लगहरु पढिन्छ। धेरै जस्तोले आफ्नो संक्षिप्त वा छद्म नामबाट लेख्छन्, कसैले पुरा नाम र ठेगाना सहित। तर तपाई विदेशको ठेगानाबाट नेपालको विषयमा टीका-टीप्पणी लेख्नु हुन्छ र नेपालमा बस्ने कसैलाई मन पर्दैन भने खप्की खाईहाल्नु हुन्छ। ‘देश बाहिर बसेर नेपालको बारेमा खोक्ने!’ भनेर। छद्म नामबाट लेख्दा पनि कतिपय ब्लगवालाहरुले चित्त नबुझेको बेला तिम्रो परिचय, ठेगाना खोलिदिऊं भनेर धम्क्याउने पनि गरेको देखियो। हालै एउटा अनलाईन पत्रिकामा आफ्नो सही नाम र ठेगानाबाट प्रतिक्रिया लेखेको-एउटाको प्रतिक्रिया आईहाल्यो- अमेरीकाको ठेगानाबाट लेखेको भनेर। आसय स्पष्ट थियो, अमेरीका बसेर फूर्ती दिएको वा बढी बोलेको। हुन सक्छ, देश बाहिर बसिएकोले कतिपय कुरामा हाम्रो जानकारी कम हुन सक्छ तर देश बाहिर भएकै कारण हामीले बोल्न नमिल्ने हो र?
शेर बहादुर देउवा, महेश आचार्य र रामशरण महतहरु बारे २०४६ सालको जनाअन्दोलनमा प्रत्यक्ष सहभागिता नभएको बारे एउटा टिप्पणी भैरहन्थ्यो। देउवा फेल्लोशीप गर्न बेलायत, महत कुनै यू एनको प्रोजेक्टमा कार्यरत र आचार्य प्रध्यापन पेशामानै ब्यस्ता भएको भन्ने बारे। मलाई यिनीहरु खासै मन पर्ने नामहरु त होइन, तर उनीहरु जनआन्दोलनको बेला मुलुकमा नभएको कारण देखाएर उनीहरुको संपुर्ण ज्ञान र शीपलाई नकार्न त मिल्दैन नि! । नेपालमा कुनै पदमा पुग्ने योग्यता त्यंहा उसले कतिवटा रेलिंगका डन्डीहरु उखाल्यो भनेर जांच्ने हो र? नेपालमा हरेक् तीन युवाहरुमा दुई जनाको विदेश जाने ध्याउन्न हुन्छ। अमेरीका, क्यानाडा, बेलायत, जापान्, यूरोप, मलेशीया, कोरीया, नभए खाडी क्षेत्रका मुलुकहरु। यी कुनै पनि मुलुक जान नसक्नेहरुले भारत भए पनि ताकेकै हुन्छ। निजामती सेवा, प्रहरी सेनामा उच्च ओहोदामा रहेकाहरु, सांसद समेत भैसकेकाहरु पलायन भैरहेका छन् र त्यो क्रम जारी छ। "जान पर्छ हजुर, यहाँ नेपालमा काम छैन" भनेर सबैले उचाल्छन्। सन्तोष पन्तको कार्यक्रम हो क्यारे सायद। एउटा छोरीको बाबुले छोरीको लागि वर छान्ने क्रममा अमेरीका जाने सोच मात्र बनाएको भएपनि एउटा युवकलाई योग्य ठान्दछ। हाम्रो आम सोचको अवस्था त्यस्तो छ।
गत साल नेपाल गएको थिंए। अमेरीकाबाट आएको भनेर साथीभाइ, नातागोता, छर छिमेकबाट कत्रो मान सम्मान। नेपालमा हुंदा बोल्न पर्छ भनेर तर्किनेहरु बोल्न आइरहेकाथिए। एक कप चिया नखुवाएकाहरुले खानाको निम्तो दिईराखेका थिए। निम्तो अश्वीकार गर्न नसक्दा, एकै सांझ दुई घरमा समेत खान खान पर्ने स्थिति आयो। साथीभाइहरु पनि हरेक सांझ मदीरापानको लागि झुम्मिने। तर अर्कोतर्फ विदेशीनेहरुको चर्को आलोचना हुन्छ। हामीलाई एउटा स्वार्थी, लोभी, लालचीहरुको रुपमा प्रस्तुत गरिन्छ ।र एउटा उल्झन् हुन्छ। विदेशीनेको मानसम्मान भैराखेको छ कि अपमान। के विदेशिदैमा हाम्रो नेपाल बारे बोल्ने अधिकार समाप्त भयो त? हामीले देशको लागि केही दिन सक्दैनौ त? हामी गद्दार नै हौ त?
हालै मेरो एउटा साथीको अकस्मात ब्रेन् ट्यूमर पत्तालाग्यो र तत्काल अप्रेशन गर्न पर्ने भयो। उसले नेपालबाट फोन गर्यो। ४-५ लाख जम्मा गर्न पर्ने भयो, ल तैंले कति सहयोग गर्न सक्छस भनेर। एक् लाख रुपिया तत्काल पठाइदिएँ। लन्डनमा भएका उस्का भान्जाहरु, मस्कोमा रहेका उसका काकाका छोराहरु सबैले पैसा पठाइदिए। उस्को अप्रेसन् भयो। आफ्ना साथीहरु, नातागोताहरु बाहिर भएकोले उसलाई सजिलै भयो। यति सहयोग गर्न सकेकोमा म खुशी छु। सायद नेपालमै भएको भए भन्ने बित्तिकै सहयोग जुटाउन अवश्य सक्ने थिईन होला।
++++++++
एउटा सानो जानकारी साथीहरुलाई, यो भन्दा अघि मेरा प्रतिक्रिया-रचनाहरु brilliantman71 छद्म नामबाट प्रकाशीत भैरहेकोमा अब उप्रान्त मेरो वास्तविक नाम् पोस्तक् श्रेष्ठबाट नै आउनेछ। मेरो एउटा कथा सपना संसारमा आएको छ, हेर्नु होला। अर्को कथा लिएर दौंतरीमा छिट्टै आउनेछु।
December 30, 2008
विदेशप्रतिको मोह र आलोचना बारे एक गन्थन
गजल बारे छोटो चर्चा
हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्नेको संख्या भने निकै कम छ।
गजल पढन र सुन्न जत्ती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ बास्तबमा लेख्न त्यत्तीकै जटिल, मुश्किल र दूरुह । दौंतरीमा केहि समय यता यसको बारेमा निक्कै बहस शुरु भएको र म आफू पनि गजल प्रेमी (जानकार हैन भन्ने कुरा पहिलै खुलस्त गरौं) भएको नाताले यो हप्ताको फुर्सदको समयलाई यहि बिधाको सामान्य संरचनाको अध्ययनमा लगाएँ। केहि समय यता दुई-दुई लाईनका तुक मिलाएर लेखिएका भावनाहरुलाई ‘गजल’ भनेर लेखीन र छापिन थालिएका छन । दौंतरी मात्रै हैन, धेरै अनलाईन र सहित्यिक पत्रिकाहरुमा समेत गजलको नाममा कविताहरु धेरै पटक प्रकाशीत भएका छन ।
गजलको उद्गम र परिभाषा बारेमा भिन्न भिन्न मत भएपनि गजल अरबबाट शुरु भएको अनी बिस्तारै काव्यको यो विधा फारसी, उर्दू हुँदै हिन्दी, नेपाली र अन्य भषामा पुगेको कुरामा धेरै शोधकर्ताहरुको एक मत छ ।
यो सानो पोष्टमा गजलसंग सम्बन्धित केहि आधारभूत शब्दावलिको चर्चा गर्ने कोशीस गरिने छ।
साधारणतया गजलका यि शब्दाबलीलाई अर्थ्याउन गालिब वा जफर गोरखपुरी वा त्यस्तै कोहि प्रख्यात गजलकारका गजललाई प्रस्तुत गरिन्छन। तर ति सबै उर्दू वा अन्य कुनै भषामा हुने भएकोले म हाम्रै दौंतरी वाकाजीले भर्खरै पोष्ट गर्नु भएको यौटा सरल गजल यहा राख्दैछु:
शेर: गजल शेरहरुको समुह हो र गजलमा प्रयुक्त दुई हरफकको यौटा श्लोक लाई शेर भनिन्छ। गजलको बनोटको हिसाबले एउटा गजलमा कममा पाँच र बढिमा एघार ओटा सम्म शेर रहेको पाईएको छ। जहाँ कविताका १०-१२ हरफसम्म यौटै विषयको बारेमा व्याख्या हुनसक्छ, तर गजलमा भने हरेक शेरले भीन्दा भीन्दै कुरा बयान गर्छ। यसैले हरेक शेर आफैमा पूर्ण हुनु पर्छ, यौटा शेरमा पुरा गर्न नसकिएको विषयबस्तुलाई अर्को शेरमा हाल्नु वा तान्नु हुँदैन।
मिसरा: शेरको प्रत्यक लाईनलाई मिसरा भनिन्छ। त्यसमा पनि पहिलो लाईन, जुन पूर्ण स्वतन्त्र हुन्छ लाई मिसरा उला (मिसरा ए उला) भनिन्छ भने दोस्रो लाईन, जसमा तुक मिलाउने मात्रै नभई गजलकारले आफ्नो अधुरो कुरालाई दमदार तरिकाले पुरा गर्छन लाई मिसरा सानि (मिसरा ए सानी) भनिन्छ ।
जस्तै माथिको गजलको पहिलो शेर:
कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ मा “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ ” भन्ने हरफ मिसरा उला हो भने “कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने दोस्रो लाईन मिसरा सानि हो।
काफिया: यो गजलको एकदमै महत्वपूर्ण अंग हो। यदाकदा यसलाई गलको मुटु वा ज्यान पनि भनेर परिभाषित गरिन्छ। काफियाको शाब्दिक अर्थ पछि पछि आउनु भन्ने हुन्छ । माथिको गजल हेर्दा ‘सुरा’, ‘छुरा’, ‘पुरा’ आदि शब्द, जुन हरेक मिसरा सानिमा पछिल्तिर आएका छन र फरक-फरक छन, लाई काफिया भनिन्छ । गजलमा साधारणतया अर्थ फरक आउने शब्द अपबाद हुने बाहेक उहि अर्थ आउने काफियाको प्रयोग गरिदैन। हुनत केहि नाम चलेका गजलकारहरुले पनि काफिया दोहर्याएर गजल लेखेका छन, तर हरेक शेरमा भिन्न भिन्न काफियाको प्रयोगले नै कुनै पनि गजलकारको भषीक ज्ञान, प्रखरता, र प्रतिभाको पूर्ण प्रदर्शन गर्छ । अनी दोहोरिएको काफियाले गजलकारको मात्रै हैन, जुन भाषामा गजल लेखिएको छ त्यो भाषाको शब्दकोषको समेत गरिवि पनि झल्कयाउँछ । त्यसैले काफियालाई तुक मिलाउने मेसोको मात्र उपयोगीतामा हेर्नु गल्ति हुनेछ ।
रदीफ: काफिया संगै आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । जुन शेर पिच्छे बदल्न मिल्दैन र गजलको अन्त सम्म अपरिवर्तित रहन्छ। जस्तै माथिको गजलमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ, कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” मा ‘भएछ’ रदिफ हो, जुन अन्तसम्म एउटै छ ।
मत्ला: मत्लाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ, अत:कुनै पनि गजलको पहिलो शेरलाई मतला भनिन्छ । जस्तै माथिको शेरमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने शेर यो गजलको मतला हो। यहा याद गर्नु पर्ने कुरा के छ भने मतलाका दुबै मिसरामा काफियाको प्रयोग भएको हुन्छ। तर गजलका अन्य शेरमा भने मिसरा सानिमा मात्रै काफिया हुन्छ ।
मक्ता: मक्ताको अर्थ समाप्त हुनु हो, अर्थात जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यहि अन्तिम शेरलाई मक्ता भनिन्छ।
तखल्लुस: प्राय गजलकारहरु गजलको मक्तामा आफ्नो नाम, उपनाम वा टाईटलको प्रयोग गर्छन। अर्थात अन्तिम शेरमा आफनो नाम पनि गजल भित्र हाल्छन, यसैलाई लखल्लुस भनिन्छ । यसले त्यो गजल कस्को हो भन्ने कुरा सुन्ने बित्तिकै थाहा हुन्छ भने आर्को कुरा तखल्लुसको प्रयोग कहिले काहि द्विअर्थि समेत हुँदा यसले सिधै गजलकारको नाम मात्रै नभई अरुनै कुनै संकेत वा ईशारा पनि गर्न सक्छ । अनी कतिपयले भने तखल्लुस सहितको अन्तिम शेरलाई मात्रै मकताको दर्जा दिने गरेको पनि पाईन्छ ।
यो गजलको बारेमा एकदमै साधारण जानकारि मात्रै हो यसका मानक र संयोजनका अन्य पक्ष जस्तै: बहर, रुक्न, वज्न आदि बारेमा पनि यथेष्ट ज्ञान भएमा सोहि अनुरुप लेखीए मात्रै गजलमा उत्कृष्टता आउन सक्छ, नत्र बेजोड भाव, समानान्तर तुक र गेय भएपनि काव्य, गजल नबनी कबिता मात्र हुने वा कहिले काहि न कबिता न गजल भै बिचमै लटकिन पनि सक्छ ।
समयले साथ दिएमा त्यस बारेमा आगामी पोष्टमा लेख्ने प्रयास गर्ने छु । आजलाई भने जाँदा जाँदै गजल सम्बन्धमा केहि रमाईला तथ्य र किम्बदन्तिहरु:
- यौटा किम्बदन्ति अनुशार अरबमा एकजना ‘गजल’ नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन बिताए। शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लिखिन्थ्यो त्यसैले पछिका दिनमा यस प्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थाल्यो ।
- दसौं शताब्दिमा ईरानमा जन्मेका ‘रौदकी’ नामका शायर (जो जन्मजात अन्धो रहेको बिश्वास गरिन्छ) लाई नै गजलको जन्मदाता पनि मानिन्छ ।
- उर्दूका प्रशीद्ध शायर जानिसारले गजललाई:
“हमसे पूछो कि ग़ज़ल क्या है ? ग़ज़ल का फन क्या है ?
चंद लफ्जों में कोई आग छुपा दी जाए ।” भनेर परिभाषित गरेका छन ।
- गजल अरबि शब्द हो र यसको माने नारि शौन्दर्यको वर्णन वा प्रेयसीसंग प्रेमालाम भन्ने हुन्छ ।
- मतला बाहेकका बिचका कुनै शेरमा पनि दुबै मिसरामा काफिया राखेर लेखीएको शेरलाई ‘हुस्न-ए-मतला’ भनिन्छ
- केहि साल यता अंग्रेजिमा पनि गजल लेखन थालीएको छ (भाषा फरक रहे पनि केहि अंग्रेजी गजल पढदा मलाई भने समान आकर्षक र रोचक लाग्यो)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
एक छिन हासौंन - १०
आचार्य प्रभा, अमेरीका
खै!अनुभव र अनुभुती पोख्दा पोख्दा अब त अर्को नयाँ अनुभुती को आभाष भै रहेछ किन भने मान्छे जन्मे देखी उस्ले होस सम्हालेसम्म उस्ले नयाँ नयाँ कुराहरुको अनुभुत गर्न पाउछ। सुख,दुख आसुँ,हांसो,खुशी पीडा इत्यादी। यत्ती हो कसैले पोख्न सक्छन कबिता,गीत,गजल,कथा अर्थात अनेक साहित्यको माध्यम बनाएर। मैले भने यस् दौतरीको छात्तिमा अनुभुतिको लश्कर बनाएर पोखिरहेकी छु। कत्तिलाई मनाशिव होला पनि कत्तिलाई वहियात पनि भएको होला त र यो मेरो आफ्नो अनुभव हो पोख्ने अधिकार मलाई छ। यसैले म निर्धक्कसँग समय चोरि चोरी पोख्न लालायित छु।
हुन त साहित्य नै यस्तो निस्वार्थ, अनमोल,निस्कलंक बस्तु हो, जस्को न मोलतोल नै गर्नु पर्छ। जस्लाई प्रयोग गर्न न कसैलाई बिन्तिभाउ नै गर्नु पर्छ, न त यस्को छेकवार नै छ। बस पोखिदियो यस्को माध्यम बाट आफ्ना मनका भावनाहरु छताछुल्ल बनाएर। यसैले मैले पनि आफ्ना अनुभव हरु पोखिरहेकी छु। त र धेर खायो भने गुँड पनि तितो हुन्छ रे। यसैले भोगिएका देखिएका सबै कुराहरु पोखेर साध्य पनि हुन्न। यसघडी मलाई आफ्नो जीवन भोगाइ अर्थात बचाइ सपना जस्तो लागिरहेछ। मेरो समय केवल काम र लेखनमा मात्र सिमित छ त्यसैले पनि म सपनामा छु जस्तो आभाष भै रहेछ। अब आउने मेरो अनुभुती अन्तिम हुनेछ शायद। यो अन्तिम अनुभुती चाँही यही अनुभुती लेख्नेक्रममा मैले भोगेका र समय चोर्नु परेको बाध्यता एउटा हास्यस्पद कथा बनेर आउनेछ। साचै मान्छेलाई नचाहेर पनि ढाट्नु पर्ने,झुठो बोल्नु पर्ने,भाग्नु पर्ने डराउनु पर्ने,गाली पनि सहनुपर्ने वाध्यत्ता हुदोरहेछ। अहिले मेरो पनि त्यस्तै अवस्था छ किनकी महँगो समय छ। एक एक पल समयलाई किन्नु परेको छ। अनी आफ्नो लेखनक्षेत्रको मोहलाई पनि पूरा गर्नु पर्नेछ। भावना हरु लाई गुम्साएर राख्न म असमर्थ छु त्यसैले पनि कलम मेरो साथी बनेको छ किन कि परदेशको ठाउँ यहाँ सबै पराइ छन। त्यसैले पनि मन कहिलेकही बिचलित बन्छ। यही एउटा माध्यम छ मनलाई शान्त्वना दिने। हुनत म मात्र त्यस्तो नहुला सबैले यसरी पोख्न समर्थ हुँदैनन। सबैले साहित्यको भर पर्न असमर्थ छन। त्यसैले त होला यहाँका मान्छेहरु प्राय:एक्लै गुनगुनाइ रहेका,एक्लै हासिरहेका,कता कता हराएकाजस्ता भएका। शायद ब्यथामात्र साथी भएर हो कि?, यसैले पनि मैले भने अनुभुत गर्ने ठाउँ दौतरी सगं मागे। धन्यवाद दौतरी। भावना पोख्ने आङन दिएकोमा। अब एकचोटीकोलागी फेरी तिम्रो बलेशिमा भावनाको आँशु बनेर झर्ने अनुमती माग्दै बिदा चाहन्छु ।
क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 29, 2008
गजल - तिम्रो लागि
धादिङ, हाल इटलीबाट
तिम्रो लागि आज एउटा गजल लेख्छु सानु
कस्ती भयो भरेराती सपनीमा देख्छु सानु
तुफ।न आओस आधी चलोस हामी दुईको गन्तब्यमा
पहाड जस्तै स्थिर भई जीवन भरी छेक्छु सानु
वाचा भयो तिमीलाई आफ्नै बनाउने
जे जे परोस यो भाग्यमा सबै थेग्छु सानु
टाढा हुन सक्दिन तिमी बिना अब एकपल
झझल्कोमा कहिलेकाही त सिरानीलाई चेप्छु सानु
शुन्य लाग्छ सारा कुरा समिपमा भइनौ भने
तिमी खुशी भए मात्र शिखर टेक्छु सानु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तड्पिएको प्रेमीको अवाज
मकवानपुर फापरबारी-२ सिक्रे दोभान नेपाल
हाल-ताजी ईराक
मनको ढोका खोलेको थे तिमी लाई भिन
सर्बस्व सुम्पेको थे तिमीलाई आफ्नो ठानी
बिर्सी गयौ आजा तिमी मलाई एक्लो पारी
ओढाई गयौ जीन्दगीमा ठुलो काँडा घरी
मनको पिडा आपैसँग लुकाई राख्ने छ
भित्रीमन जलाई जलाई आपै जिउने छु
आँसु पिउदै जीन्दगीलाई मोडमा ल्याउने छु
जिवनको अन्तिम दिनलाई गन्दै बस्ने छु
किन दियौ छोटो हाँसो जिन्दगीमा आई
दुनियालाई देखाई छाड्यौ धोका मलाई दिई
ठुलै कुरा पायो होला मलाई छाडि गई
सुखै सुख पायो होला अरु साथमा लिई
बागिएको खोला हुं मा कहिल्यै फर्किदिन
जिन्दगीको बोझलाई हेरी हहिल्यै झर्किदिन
तिमलाई भेटे बाटोमा कहिल्यै तर्किदिन
तिमले बोले सुनि बस्छु बोली फर्काकाउदिन
तिमीले त सुख छान्यौ मलाई दुखमा पारी
के नै ठुलो कुरा पायौ मलाई जीउदै मारी
ठुलै सम्मान पायो होला मलाई अपमान गरी
बाँच्न बाध्य बनाई दियौ पानी बिना माछा सरी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कबिता - पीर, चिन्ता छ मेरो यो मनमा
पीर, चिन्ता छ मेरो यो मनमा
बाच्नु नै पर्ने जे जस्तो भएपिन
यो जिन्दगी कस्तो मेरो
सल्केको आगोको धुवा जस्तो
आशा सबै मरी सक्यो मेरो
बिरानो लाग्छ जिन्दगी मेरो
छैन कोही आशु चुहाउने
म मरॆ पछी मेरो लासमा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 28, 2008
गजल - खोजिरहेछु
निर्धक्कले बाच्न पाउनु कक्ष खोजिरहेछु
उपयोगी अनी सार्थकताको पक्ष खोजिरहेछु।
निर्धारीत समयमा अपत्यारले उपभोग हुने
आबद्दित यबम समाबेसि को आशा खोजीरहेछु।
गणतान्त्रीक मुलुकमा देश परिबर्तन भइसक्यो
मानबतालाइ बुझ्ने दक्ष नेत्रित्व खोजिरहेछु।
अदभुत यो मुम्बइको फुटपातमा मा पनि
मानब भलोमा जिबनको लक्ष खोजीरहेछु।
रोमनाइज अंग्रेजीमा प्राप्त यो गजललाइ मैले नेपालीमा उतारेको छु। भाव निकै गहिरो लाग्यो, त्यसैले तान तुन पारेर नेपालीमा टाइप गरें । हुन त गजल को भाव त्यती बुझ्दिन तर पनि नेपालीमा उतारर्न जमर्को गरें। लेखहरु पठाउदा नेपाली युनिकोडमा जिमेलमा सिधै राखेर पठाए प्रकाशन गर्न सारै सजिलो बन्दछ। - नेपालियन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कबिता -जीवन खाता
आज धेरै दिन पछी उस्ले
पछाडि फर्की हेर्यो
कालो बादल पछ्याउदै रैछ्
दिन को उज्यालोमा रमाइरहेको उ
कालो रात ले दिन को अस्तित्व थिचेको पायो
जब उस्ले आज जीवन को खाता पल्तायो
--------------------------
सन्तति को भबिस्य बनाउन गांस काटि काटी
दोउडिराखे को उ
बुडा आमा बाबु को आसुँ ले
डुबाइ सक्न आटेछ उस्लाई
बल्ल थाहा पायो आज
जब उस्ले आज जीवन को खाता पल्तायो
--------------------------
आम्दानि भन्दा धेरै रिण को भार भेछ
न त तिर्न सक्यो पुर्खा को लगानी
न त भर्न सक्यो ममतामा मा लागेको घाऊ
बुढ्योउली को सहारा बनी
बेखबर दोउडी रह्यो आकाश नै छुन्छु भनी
बाटो टाढा छुटी सकेछ
आज खाता पल्टाउदा खेरी
--------------------------
भोउतारी रह्यो एता र उता
तेरो र मेरो को युध्ह भुमी
शिथिल जिर्न शरीर माथि
मृत्यु को कोटा परिसकेको
बल्ल चाल् पायो
जब खाता खोल्यो धेरै दिन् पछी
----------------------
आज आँखा बन्द गरी
सुन्यता मा झर्न खोज्यो
सुस्ताएको चिसो मुटुमा
रोएका फुल का पत्ता हरु
बेखबर टाँसिएको पायो
आज फेरी खाता हेर्यो
सुन्य सुन्य र सुन्य मात्रा पायो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
साँढे, गिद्ध र चमेरो
एकाठाउँमा यौटा राम्रो शुन्दर वन थियो, त्यो वनमा पुस्तैनी रुपमा त्यहिको हात्तीको रजाई चल्थ्यो ।
हात्तीले खान मात्रै धेरै खाएको तर केहि काम नगरेकोले उपवन जस्तो हुनुपर्ने वन, मरुभूमिमा परीणत हुन लागेकोले, त्यहा पुरानो हात्तीको ताण्डब रोक्न गिद्ध, साँढे र चमेरो लगाएत वनभरिका सबै मिलेर बिरोध गरे । पुरै जंगल मेरै हो भन्ने हात्तिको केहि लागेन र उस्ले आत्मसमर्पण गर्यो।
यता हात्तीको आत्मसमर्पणलाई जंगलभरीका सबैले विजयोत्सवको रुपमा मनाउँदै थिए भने उता हात्तीले धेरै खाएको र त्यो ठुलो भाग सबैमा बराबर बाँडने नारा दिएर हिँडने गिद्ध, साँढे र चमेरोहरु भने आफैं हात्तीको स्थानमा बस्ने सपना देख्दै थिए।
आफ्नो दूरदृष्टीको कारण नै यो सब सम्भब भएको भन्दै बुढो गिद्ध, अबको मुखिया आफै हुनु पर्ने कुरा अघी सार्थ्यो भने आफ्नै बल र धाकको कारण हात्ती भागेको भन्दै सो को जश लीन साँढे आतुर थियो। उता आफ्नै मेलमिलापको नीतिका काराण सबैको एकता भएकोले अब उसैलाई सबैकुरा सुम्पीनु पर्ने बिचार चमेरोको थियो ।
त्यसपछि छलफल, छलछाम, नीति-कूटनीति र छिमेकको आशिर्वाद सम्म लिएर चमेरोको सहायतामा साँढेले प्रबन्धनको जिम्मा लियो।
साँढेको जिम्मामा जंगल गएपछि बुढो गिद्ध सपना भंग भएकोले अर्ध पागल भएर भौतांरिन थाल्यो, चमेरो पनि आफ्नो पुरानो चरित्र अनुशार कहिले साँढेको बिरोध त कहिले भजन गाउँदै हिडंन थाल्यो।
अहिले सो वनमा साँढे नै मुखिया बनेको छ। मुखिया बने पनि उसले आफ्नो मिचाहा प्रबृत्ती त्यागेको छैन । न त, उसले अरु प्राणिकोलागी केहि गरेको छ, न त, खानमा नै उ पुरानो हात्तीभन्दा कम छ ।
यौटा उच्छृङ्खल साँढेको त्यो रबाफ देखेर त्यहाँ आजकल धेरैको संख्यामा गोरु, बहर र रांगा समेत छाडा भएर भाग माग्दै हिंडन थालेका छन र सो ठाउँको हालत झन झन जर्जर हुँदै गएको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 27, 2008
लघुकथा - सकारात्मक प्रश्न
त्यसदिन म दुखित भएँ, कारण त्यस साहित्यिक कार्यक्रमको उपस्थितिमा एउटा फुचे केटाको ब्यङ्यात्मक र अस्वभाविक प्रश्नहरुले मलाई कता कता आफ्नो लेखकिय बिधाको परिचयबाट बन्चित बनाएझै महशुश भयो (जो केटा नेपाल बाट भर्खर मात्र अमेरिका भित्रिएको रहेछ )हुन पनि त यो ब्यस्त दुनियाँमा आएर म ब्यस्तताभित्र हराएकी छु मैले यहाँ आफुलाई समय र कमाइको रफ्तारमा मात्र दौडाइ रहेकी छु। कहाँ फुर्सद र ?भावना र कल्पनालाई सप्तरङी इन्द्रेणिको माला बनाएर साहित्यको भंडार् भर्ने ?। अनी कस्को समय छ र साहित्यिक परीवेश भित्र हराउने ? अनी आफ्नो अस्तित्व कहाँ खोज्नु र पाउनु मैले ? । यस्तै यस्तै प्रश्न र दुबिधामा अल्झिएर आफ्नो अतित मा हराउन पुग्छु म । दु:ख ,पीडा, समस्या ,अभाव साथ नै भए पनि लेखन क्षेत्रमा आफु रमाएको आफुले अरु बाट पाएको सम्मान ,एउटा छुट्टै अस्तित्व, आफ्नो बेग्लै छवी तर आज गास,बास, कपासको राम्रो बन्दोबस्त भएपनी सम्पन्नता र बैभव को लिस्नो चढि रहेता पनि आफ्नो लेखकिय अस्तित्व गुमेर त्यो फुच्चे केटाले गरेको ब्यङ्यातमक पर्श्नहरुले म कता, कता मर्माहत बन्न पुगे र सम्झिन थाले उस्का ब्यङ्यात्मक पर्श्नका लहरहरु ।
''तपाइ लेख्ने मान्छे हो र ?''
''खै त मैले नेपालमा तपाईंको नाम सुनिन त ?''
''खै तपाईं के के लेख्नु हुन्छ ?(ब्यङ्यात्मक भाव ले मेरो डाइरी तान्दै पल्टाउन थाल्छ )
म पनि बिच बिच्मा उस्का पर्श्नका जवाफ दिरहेकी हुन्छु ।
''तपाइ ले गीत पनि लेख्नु भएको रे ?''(अलिक अगाडि मैले अर्को ब्यक्तिसँग कुरा गरी रहेको सुनेर उस्ले त्यस प्रकारको प्रश्न मलाई गरिरहेको थियो )''क- कस्ले गाएकाछन त तपाईंका गीत हरु'' भन्दै ब्यङ्यात्मक हासो उडाउदै अहिलेका केही चर्चित एक दुई वटा ब्यान्ड हरुको नाम लिन्छ । म मध्यम बर्गका गायक हरुको नाम लिन्छु ।''ए तिनिहरु त हराइ सके'' भन्दै ब्यङ्यात्मक हासो उडाउछ अनी फेरी उस्ले त्यसरी नै अर्को प्रश्न तेर्स्याउछ ''तपाइ त्यो अहिलेको बरिष्ट लेखक ……लाई चिन्नु हुन्छ ?भनेर उस्को नाम लिन्छ अनी म झन अवाक बन्छु त्यो फुचेले जस्को नाम लिएको थियो ऊ त्यही केटो थियो जस्लाई मैले मेरै घरमा साहित्यिक परीवेश बनाएर साहित्यिक गोस्ठिहरु गरी एउटा लेखक बन्ने प्रेरणा दिएकी थिए र फल स्वरूप उस्को प्रतिभामा अंकूर पलाई रहेको थियो।
म हर्षले बिभोर पनि भएं किन कि मैले उत्साह र प्रेरणा दिएको केटो यौटा बरिष्ट लेखक मा गनिएको सुन्दा त्यस्ता हजारौ युवाहरुको म प्रेरणाको श्रोत थिए तर आज त्यो फुच्चेले मेरो औकात तौलिएर यदी त्यो बरीष्ट लेखकलाई चिने भने मात्र म यौटी लेख्ने महिला हुँ भन्ने उस्को भाव ले पर्श्न गर्दा साचै म अवाक बने। मैले साँच्चै आफुलाई अती नै ओझेल मा धकिलिएको महशुश गरे र आँफैलाई धिक्कारे अनी सोचें, साच्चै म आफ्नो सानो देश र ठाउँमा यौटा चम्किलो तारा नै थिए भने आज यती ठुलो देशमा आएर धुलोको कण समान नै भैछु । अनी त्यो फुचे केटोको पर्श्नलाई मैले सकारात्मक् नै ठाने, हुन पनि त हो; अमेरिका आएको चार बर्ष भयो उस्ले मेरो नाम कहाँ बाट सुनोस ?अनी कसरी मेरो परिचय् पाओस यहाँ आएर मेरा लेख्ने हातहरुले कलम को मोह बिर्सिएर पसिना को मर्म मात्र बुझ्न थालेका छन अनी कसरी म लेखिका भएको प्रमाण कसैले पाउनु ? । हो, अहिले म आफ्नै रेस्टुराँको ''गूड् वेटरेस '' भएकी छु सबैलाई बाड्ने मीठो भावनात्मक शब्दहरुको बद्लामा ग्राहक हरुलाई मीठो मुस्कान छर्दै ''नमस्ते ''को सट्टा मा ''हेल्लो हाउ आर यू ?' 'भन्ने ब्यवसायिक वाक्य मात्र बाड्न सक्षम भएकी छु। मेरो परिचय् ''राईटर्''बाट ''वेट्रेस'' मा अनुवाद भएको छ । आजकल राम्रो लेखिका बाट ''गूड् वेट्रेस'' भन्ने प्रशङ्सात्मक शब्दहरु पाउन थालेकी छु ।
हो, मेरो परिचय् यही भएको छ। मैले नौलो पहिचान पाइरहेकी छु पुरानो अस्तित्व बाट म ओझेल भाईरहेकिछु, अनी म फेरी त्यो फुच्चेको प्रश्नहरुलाई आत्मसात गर्न पुग्छु। साच्चै, यथार्थ मा उस्का प्रश्न हरु सहि थिए भन्ने मलाई भान हुन्छ यस्तै कल्पनामा म हराइ रहेको बेला अनायस एउटा ग्राहक को वाक्यले म झस्किन्छु उस्ले भनी रहेको हुन्छ ''मे आइ गेट सम मोर वाटर ''? । म हठात को साथ जग को पानी उठाएर उस्को ग्लास भर्न पुग्छु उस्ले हाँस्दै ''थ्यान्क् यू'' भन्छ म उस्लाई ''वेल काम ''भन्दै अरु टेबलमा पाहुना हरुसँग मुस्कान साट्न थाल्छु ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
शुभकामना मेरी तिमीलाई
बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)
छिटै भेट हुने बाचा गरी दिएर विदा भएको थियौ
ति बाचा गरेको दिनलाई कुरी बसेको धेरै भएको थियो
सुर्य चन्द्रको रफतारमा तिमीलाई भेट्ने पर्खाइमा बसेका थियौ ॥
तिम्रो सम्झनामा पोहोर गाएको गितको भाखा गुन्जिरहेको थियो
तिमीलाई सिङ्गारिदिन पाउदा यो मन हर्ष र खुशिले रमाउने थियौ
तिम्रो आगमनमा सारा सन्सारको मुहारमा खुशि ल्याएकॊ थियो
रिस र रागलाई छाडेर शान्तिको बिगुल फुक्ने अशिक दिएका थियौ ॥
सधै भरि तिम्रो भजन गाउने बाचा लिएका थियो
सधै भरि तिमीलाई सिङ्गार्ने आशा राखेका थियौ
तिम्रै शक्ति र उपदेशमा ब्रम्हाण्डको सृष्टि गरिदिएका थियो
सबैलाई नयाँ सोच र जागरको सृजना गराई दिएका थियौ ॥
सबैको घरमा खुशियाली र सुख शान्ति ल्याई दिएका थियो
स्वागत छ मेरी तिमीलाई जन्म दिन मनाउन दिएका थियौ
सन्सारमा नै परिवर्तनको दियो जलाई दिएका थियो
जन्म दिनको शुभकामना हामी सबैले दिएका थियौ ॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बिजुलीको बिरोध
- नेपालियन
कुरा लागु गरे पनि समर्थन र बिरोध नगरे नेपाल राष्ट्र नै रहदैन। यताबाट सुइय सिठ्ठी मारे, उता बाट गुर्र ढुंगा आउनु नै पर्दछ। अनि मात्र फनफनी घुम्ने घट्ट जस्तै नेपाल र नेपालीको नियती सुनिश्चित हुन्छ । यो नौलो कुरा होइन तपाइ हामीले देख्दा र सुन्दा आंखा र कान थाकीसके। अहिले पनि डिजेलबाट बिजुली निकाल्ने कुरोमा यस्तै घट्ट जस्तो कुरो घुम्दैछ।
नेपालमा काम गर्दा एक पटक बिराटनगरको डिजेल पाबर प्लान्टमा पुगेको थिएं। थर्मल पावर प्लान्टको बारेमा पढे पनि नेपालमा जता पनि खोलै खोला, खासै चासो राखिएन। तर बिराटनगरको डिजेल पावर प्लान्ट देखेर छक्क नै परेको थिए। छक्क झन परें जब अमेरिकामा आउदा एउटा थर्मल पावर प्लान्ट मेरो पढ्ने बिध्धालय निजिकै थियो। अनि लाग्यो ‘ए डिजेल पावर प्लान्ट नराम्रो रहेनछ !’। अमेरिकामा यस्ता पावर प्लान्ट थुप्रै छन। तर यस्को खासै चासो भएन। तर जब माओबादी सरकार डिजेल पाबर प्लान्टको वकालत गरे र एमाले त्यसको बिरोधमा उत्रियो अनि हाम्रा जे मा पनि बिद्वान पत्रकार महोदय त्यसको मु्लयाकंनमा उत्रिए । यो शनिबार डिजेल पावर प्लान्टको अध्यन गरुं जस्तो लाग्यो। जहिले पनि प्राबाधिक बिषयमा पत्रकार अन्टसन्ट बोल्न थाल्छन मलाइ सोध खोजमा धकेल्छ। यस्तोबेला लाग्छ गएर पत्रकार ब्लगमा उत्रिनु सार्थक छ। आखिर प्रबाधिक क्षेत्रमा पत्रकारले पेट दुख्ने गरी समाचार लेखेको कुनै नौलो कुरा होइन।
कुरा सिधा रुपमा भन्दा नेपालको बिजुली उत्पादन तथा खपतको हिसाब निकै गोलमाल छ। प्राय एउटा देशमा १०० किलोवाट बिजुलि खपत भए उत्पादन १२५ किलोबाट हुनुपर्दछ। तर नेपालमा १०० किलोवाट बिजुलि खपत भए ७५ किलोवाट पनि उत्पादन हुदैन। अनि लोड सेडिगं नभएर हुन्छ त? यो देशको योजना हाक्ने हाकीमको अन्धोपन नै यही हो। अझ उत्पादन भएको बिजुलीमा चोरी तथा प्रयोग गरेको बिजुलीको रकम नतिर्नुले बिद्युत प्रधिकरण लंगडो नै भएको छ। ल भन्नुहोस त अन्धो र लंगडो भएको ले कती थेग्न सक्छ? । यो तथ्य कसै सामु लुकेको छैन। यो क्षेत्रमा पनि अन्य क्षेत्र जस्तै कानुनको उपहास भएको छ।
लोडसेडिगं हटाउन के गर्ने त?, कुरो रह्यो बिजुली भारतबाट ल्याउने की डिजेल पाबर प्लान्ट बनाएर जनतालाइ तुरुन्तै राहात दिने। भारतबाट बिजुलि निर्यात गर्नु रा
अब केही पावर हाउस थप्नु पर्ने अबस्था छ तर यो कुरा जरुरी छ कि हाइड्रो पावर हाउस बनाउँदा डलरमा काम गर्ने सिस्टम बन्द गर्नुपर्दछ। अनाबश्यक खर्च कम गरे एउटा मध्य मर्स्याङ्दी बन्ने पैसाले दुइबटा मध्य मर्स्याङ्दी बनाउन सकिन्छ। अझ नेपाली सिप लागु गरे एउटा मध्य मर्स्याङ्दी बन्नेले ४ वटा मध्य मर्स्याङ्दी बनाउन सकिन्छ। हाम्रो बिजुली उत्पादन गर्ने संयन्त्र बिदेशीमोहको चुंगुलमा फसेको छ। यस्लाइ हटाउन जरूरी छ। नेपालका हरेक खहरेबाट आफ्नै सिप लगाएर बिजूली निकाले भिबष्यमा न त लोडसेडिंगको चिन्ता हुन्छ न त डिजेल आयत गरेर बिजुली उत्पादन गर्नै बहस बन्दछ। भारतमा बिजूलि निर्यात गरेर कमाउने ठाउ त अझ बांकी नै छ। यि त सबै योजना भए तर यो सुन्दर योजनालाइ सफलता पुर्बक समापन गर्नु उत्तीनै कठिन कार्य हो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 26, 2008
केही यथार्थ, केही कल्पना
ऊ एक प्राध्यापक। उसको नामको अगाडी प्रा. डा . लेखिन्छ। २-३ बिषयमा स्नाकोत्तर, बिध्यावारिधी त्यसपछि पोस्टडक्टरेट सबै सिध्याएकाछन्। अमेरीकाको नाम् चलेको विश्वविध्यलयमा अध्यापन गर्छन्। छ अंकको संख्याको तलव। उनका शोधपत्रहरु, लेखहरु, नाम चलेका पत्र-पत्रिकाहरुमा निस्किरहन्छ।। केही पुस्तक पनि लेखिसकेका छन्। नेपाली डायस्पोरामा उनको नाम सर्बप्रथम् लिइन्छ। उसको श्रीमती मेडिकल डक्टर। नाम चलेका डक्टर्। भन्न पर्दैन उनीहरुको जीवनशैली, रहनसहन्, संगत् सबै उच्च् छ। आलिशान घर, सबै भन्दा महंगा गाडीहरु। देश बिदेशको भ्रमण। उनीहरुको जीवन एक् सफल जीवन् भन्न पर्छ। यति धेरै उच्च् स्थानमा पुगेका ब्यक्ति भएपनि यिनी फरक् छन्। मिलनसार छन्। भावुक पनि छन्। अलि अन्तर्मुखी पनि।
धेरै समय पछि प्राध्यापक् डाक्टर् साहेब् नेपाल् गए। केही घटनाहरु भए जसले उनको जीवनमा ठूलो रुपान्तर ल्यायो। उनको साथीको कुनै स्टाफ सवारी दूर्घटनामा परेको रहेछ। साथीसंगै उनीपनि बीर अस्पतालको आकस्मिक कक्षमा गए। बिहानको समय थियो। साथीका कर्माचारीको स्थिति ठिकै थियो तर त्यहाको स्थिति बिरक्त लाग्दो थियो। त्यँहा ड्यूटीमा कुनै डाक्टर् थिएनन्। थिइन् त एउटा नर्स-भ्याइ नभ्याइ काम् गरिरहेकी। उमेरले सायद् पच्चीस् भन्दा कम नै हुन पर्छ। त्यहा चिच्च्याई रहेका बिरामीहरु थिए। घाइतेका आफन्तहरु जो तिनै नर्समाथि आक्रोश् पोखिरहेका थिए। प्राध्यापक डाक्टर साहेबलाई ती नर्सको सेवा भावनाले अति प्रभावित तुल्यायो। एउटा कुनामा बसेर उनले नर्सको काम नियालिरहे। सोचे-यिनको घरजम् भा छ कि छैन होला, अझै पढेर स्टाफ् नर्स् हुने, मेट्रोन हुने चाहना छ कि छैन होला? विदेश् जाने रहर् छ कि छैन होला? उनले ती नर्सलाई आफ्नो डाक्टर् श्रीमतीसंग तुलना गरे। उनलाई लाग्यो, विदेशमा बसेर उच्च् तलब् खाएर काम् गर्ने उनकी डाक्टर् श्रीमतीको तुलनामा, आफ्नै देशमा बसेर नेपाली बिरामीको सेवा गर्ने ती साधारण नर्स् कयौँ गुणा महान छिन्। उनले सोचे उनकी श्रीमती जो नेपालमा जन्मिन्, यंहि हुर्किन्, एमबिबिएस् सम्मको अध्ययन् यंहि गरिन्, उनले नेपाललाई के दिइन् त? के हामीले हासिल गरेको शिक्षा खालि आफ्नो लागि मात्र हो त? यस्ता कुराहरु मनमा खेलेर उनलाई उद्वेलित् तुल्यायो।यत्तिकैमा एउटा घाइते बिरामीको प्रबेश् भयो-लत्रक्क झुण्डिएको एउटा हातलाई अर्को आफ्नै हातले समात्दै। रगत तरतरी बगिरहेको थियो। नर्सले सोधिन्-तपाईको मान्छे खोई? त्यहा अगाडी गएर १० रुपियाको टिकट काटेर ल्याउन पर्छ। घाईतेले जवाफ दियो-मेरो कोही मान्छे आएको छैन, मसंग पैसा पनि छैन।
हत्तपत्त प्राध्यापक साहेबले टिकट काटेर ल्याइदिए। ब्यान्डेज र औषधीहरु पनि किन्न पर्ने रहेछ, त्यो पनि किनेर ल्याइदिए। उनलाई याद आयो अमेरिकाको स्वास्थ्यसेवाको। जहाँ सबैकुरा अस्पतालले उपलब्ध गराउछ। बाहिरबाट केही किनेर लान पर्दैन। निसन्देह् पछि बिल् त आउछ नै पछि।प्राध्यापक् डाक्टरसाहेब त्यो आकस्मिक् सेवा कक्षको परिदृश्यमा हराइरहेका थिए। उनको नजर एक् जोडी अधबैंशेहरुमा पर्यो। उनीहरु हरेक सुकिला लुगा लगाएका मानिसहरु नजिक् जादै केही भन्दै थिए।उनीहरुको भेषभूषा हेर्दा उनीहरु हेलम्बूतिरको हुन पर्छ। मैलो कटकटिएको दौरा सुरुवाल्, त्यो माथि बक्खू जस्तो अनि हेलम्बुतिर वा कता कता कश्मीर हिमाचल् तिर लगाउने टोपी लगाएको। उनीहरु प्राध्यापक साहेब नजिक आएर सोधे, " सार्, टिकेस् काट्ने पूलिस् सार् कता छा?" प्रध्यापक् साहेबले केही बुझेनन्। उनका साथीले हस्तक्षेप् गरे, "किन चाहियो पूलिस् सार् तिमीहरुलाई?" उनीहरुको जवाफ् थियो, " आबो, हामी घार जानु पार्यो"। प्राध्यापकले उनीहरुको कुरा छेउटुप्पो बुझेनन्। साथीले भन्यो। "सायद् यिनीहरु डिस्चार्ज हुन खोजिरहेका छन्। यिनीहरुको बुझाइमा डिस्चार्ज क्लियरेन्स दिने मान्छे प्रहरी हो। " त्यसपछि साथीले उनीहरुलाई लिएर कतै गयो। प्राध्यापक साहेब फेरि सोचमा पर्नु भयो। हाम्रो देशमा यति सिधा साधा, अशिक्षित मानिसहरु पनि छन् र म यति धेरै डीग्री लिएर बिदेशमा छु। मेरो उच्च् शिक्षाको सार्थकता के रह्यो? त्यहाँ अरु पनि थुप्रै मानिसहरु थिए जो एक्सरे गर्ने कता हो, ब्लड कता पाइन्छ, रसिद् काट्ने कता हो आदि कुराहरु सोध्दै कुदाकुद गरिरहेका देखिन्थे।
काठमाण्डौको केही दिन बसाइ पछि प्राध्यापक् साहेबलाई आफ्नो पुरानो गाँऊ घुम्न मन लाग्यो। उनलाई आफू पढेको प्राथमिक् विध्यालय हेर्न जान मन् लाग्यो। उनले सोचेका थिएनन्, उनलाई पढाउने शिक्षक् अझै त्यहा भेटिन्छन् भनेर। ती शिक्षक् सेतै फुलिसकेका थिए। प्राध्यापकले भने, "सर, अझै सम्म पढाउदै हुनुहुन्छ?" "रिटाएर त उहिलेनै भएं बाबू, तर मलाई यो स्कूलको माया लाग्छ्, मलाई यी बालबालीकाहरु पनि माया गर्छन्, त्यसैले दिनहु आउछु, एक्-दुइ कक्षा लिन्छु, अरुलाई शिक्षा दिनु जस्तो ठूलो कुरो अरु केही छैन, बाबु। मेरा बिध्यार्थीहरु संसारभरि फिजिएका छन्, हेर, तिमी अमेरीका जस्तो देशमा पढाउने प्रोफेसर् भएका छौ, मेरो लागि यो ठूलो गर्बको कुरा हो"। प्राध्यापकले सहमतीमा टाउको हल्लाए तर उनीभित्रको भावुक मनले अरुनै केही सोच्दै थियो। उनले उनकै उमेरका अरु शिक्षकहरु देखे त्यहाँ, कोही त उनकै सहपाठीहरु पनि रहेछन्। प्राध्यापकले तुलनागरे आफूलाई उनीहरुसंग। उनले सोचे, म अमेरीकाको बिश्वबिध्यालयमा पढाउने प्रोफेसर् भन्दा गाँऊको यो कुनामा बसेर शिक्षाको ज्योति छर्ने यी साधारण शिक्षकहरु कयौं गुणा महान छन्। यिनले देशलाई केही दिईरहेका छन्, मैले देशलाई के दिइरहेको छु? मेरो उच्च् शिक्षा मैले कहानिर मेरो देशको लागि, मेरो देशबासीको लागि प्रयोग् गरें? यी प्रश्नहरुले प्राध्यापक् साहेबलाई अति नै घोचिरह्यो।
त्यस्पछि आफ्नो बिदा पुरा पनि नसकाई प्राध्यापक् साहेब अमेरीका फर्किए। काठ्माण्डौ देखि मिन्नियापोलिस् सम्मको त्यो २१ घन्टे प्लेन यात्रामा उनले एउटा निर्णय गरिसकेका थिए। नेपालनै फर्कने। आफुले हासिलगरेको शिक्षा, ज्ञानलाई नेपालमै प्रयोग् गर्ने। श्रीमती डाक्टर् साहेबलाई त्यो निर्णय सुनाउने बित्तिकै अशान्ती मच्चियो। ठूलो झगडा भयो। श्रीमती डाक्टर् साहेब कुनै पनि हालतमा नेपाल फर्किन चाहन्थिनन्। उनले निर्णय सुनाइदिईन्-जाने भए तिमीमात्र जाऊ। म जान्न।
प्राध्यापक साहेब एक्लै फर्किए। सुन्दा अपत्यारिलो कुरो, तर उनले अमेरीकाको जागीर, आराम्-दायी जीन्दगी र श्रीमती समेत छोडे, आफ्नो देश फर्किन। बिदेशीसंग को संबन्धले उनलाई काम् गर्ने पैसाको खाचो थिएन। स्वास्थ्य र शिक्षा क्षेत्रमा काम् गर्न उनले एउटा एन्जिओ खोले। कलेजका बिध्यार्थीहरुको समुहहरु बनाए र प्रत्येक् अस्पतालहरुका आकस्मिक् कक्षमा एउटा सपोर्ट डेस्क राखे, जसले बिरामीहरुलाई दर्ता गर्न, रगतको ब्यबस्था गरिदिन, एक्सरे गर्न लैजान, ल्याउन सहयोग् पुर्याउछ। उनको संस्थाले गाँउका स्कूलका शिक्षकहरुलाई तालिम् दिने, बिध्यार्थीहरुलाई शैक्षीक सामाग्रीहरु दिने, भतकिएका, मक्किएका पुराना भवनहरु जिर्णोद्वार् गर्ने, नया बनाइदिने पनि गर्छ।
प्राध्यापकलाइ थाहा छ, उनले गरेर मात्र देशको कायापलट हुदैन, तर उनले जे जति गर्न सकेका छन्, त्यस्मा खुशी छन्। उनको खुशीमा अर्को खुशी थपिएकोछ। श्रीमती डाक्टरले धेरै समय पछि फोन् गरेर भनिन्-अब उनी पनि फर्किन चाहन्छिन र उनको कार्यमा सहयोग गर्न चाहन्छिन्।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
सपनासंसार डट कम यात्रा
१. पृष्ठभूमी
समय काचुँली फेर्न माहिर छ । नेपाली भाषा को कम्पयुटरकरण लाई सर-सर्ती हेर्दा, एक समय नेपाली भाषा लेख्न प्रिती फन्ट ईन्स्टल गरेर लेख्नु पर्ने बाध्यता थियो(पछि थुप्रै फन्ट हरु पनि आए!) ! लेखेर मात्र कहा साध्य हुन्थ्यो र ? पढ्न लाई पनि गन्तब्य कम्प्युटरयन्त्र मा त्यै फन्ट ईन्स्टल गर्नु पर्थ्यो । अक्टोबर १९९१ देवानागिरी लिपि को युनिकोडियकरण(१) गरिएता पनि यसको व्यवसायिकरण तव मात्र सुरु भयो जव माईक्रोसफ्टले आफ्नो पुराना ओपरेटिंग सिस्टम विंडोज़ ९५/९८/मिलिनियम मा एम. एस. एल. यु. (माईक्रोसफ्ट लेएर फर युनिकोडको (२) बिकास गर्यो । त्यस पछि का ओपरेटिंग सिस्टम हरुमा युनिकोड बितरण पुर्ब नै राखिन थाल्यो र खाली विन्यास (कन्फ्युगर) गरे मात्र पुग्ने भयो । तर पनि नेपाली युनिकोड बिकासमा अर्को माईल स्टोनको रुपमा मदन पुरस्कार पुस्तकालयको(३) युनिकोड एण्ड लोकलाईजेसन परियोजना लाई लिन सकिन्छ । नेपाली युनिकोड किबोर्ड लेआउट र रुपान्तर जस्ता सफल कम्प्युटर सफ्टवेर ले नेपाली युनिकोडको क्षेत्रमा ठुलै भुमिका निभाएका छन भन्दा फरक नपर्ला ।
ब्लगिङ्ग् कन्सेप्ट सन १९९३ देखि सुरु भए पनि यसले सन २००२ मा उच्च गति लिन पुग्यो । ओपन डाएरि, ब्लगसम, ओर्ड प्रेस, ब्लगर डट कम जस्त साईट हरुले निशुल्क डोमेन तथा होस्टिंग गर्न थाले । २००२ मा धेरै जसो ब्लग हरुले ईराक युद्द को बारेमा रिपोर्रटिंग गरेका थिए । मदन पुरस्कार पुस्तकालयको(३) युनिकोड एण्ड लोकलाईजेसन परियोजना संग संगै नेपाली हरु पनि नेपाली भाषा को ब्लगिंङ क्षेत्रमा उत्साहि हुन थाले । नेपाली ब्लग को पहिलो आधिकारीक ब्लग थाह हुन नसके पनि नेपाली भाषा मा ब्लग २००४ को उत्तरार्द्ध अथवा २००५ को सुरुवात तिर सुरु हुन थाले । कसैले यसलाई निरन्तरता दिए त कसैले केहि महिना मै आफ्नो ब्लग, अबोध अबस्थामै बिट मारे ।
२. सपनासंसार डट कम ब्लगिङ यात्रा
एस्तै ब्लगिंङ होडबाजीमा मैले पनि ब्लगिंङ गर्ने बिचार गरेर सन २००५ को नोभेम्बर महिना मा सपनासंसार डट ब्लगसम डट कम को खाता खोले । तर त्यति खेर मैले यो ब्लग लाई अंग्रेजीमा चलाएको थिएँ । आफ्नै लागि लेख्थेँ , आफैँ पढ्थेँ । यसैमा मलाई आनन्द मिल्थ्यो । तर एका एक नेपाली भाषा को ब्लग हरु ईन्टर्नेट संझालमा देखिन थाले पछि र मलाई अंग्रेजी भन्दा नेपाली पढ्न आनन्द आउन थालेकोले, मैले डिसेम्बर २००६ बाट सपनासंसार डट कम लाई आदिकारीक रुपमै नेपाली ब्लग बनाएँ।
सपनासंसार को बारेमा भन्दा म सुचना, संचार , साहित्य र मनोरञ्जनको को संगम भन्न रुचाउछु । तपाई मित्र हरुको लेख तथा प्रतिकृया नै सपनासंसारको सम्पति हो । संसार आधुनिकता ले घेरिसकेको छ । यो आधुनिकतामा केहि राम्रा पक्ष पनि छन त केहि खराब पक्ष , ती खराब पक्षहरुको उजागर गर्दै पहिलो सामुदायीक संसार निर्माण गर्नमा होस्ठेमा हैंसे गर्न सपनासंसार सधै तत्पर छ । मेरा एक मित्रलाई हास्य कलाकार शब्द सुन्दा अनौंठो लाग्यो रे ! खितितित्त अंग्रेजी हासो हास्दै ,उल्टो कमिडियन नभनेर हास्य कलाकार भनेको भन्दै खिस्सी पो गर्नु भयो ।खै हजुर, मलाई त हास्यकलाकार नै प्यारो लाग्छ । आफ्ना छोराछोरी फरर्र अंग्रेजी बोलेको देखेर , एक नेपाली दाजुले अमेरिका आएको मा गर्व गर्नु साथै आफ्नो जीवन नै सफल भएको मान्नु हुन्छ । यस्तै परिवेषमा, म आज परदेश मा भएर पनि नेपाली भाषा (भलै गलत शब्द तथा ब्याकरण संयोजन होला)मा आफ्नो भावना सपनासंसार डट कम मार्फत पोख्न पाउदा आफुँलाई गर्व गर्छु । मैले लेख्न थाले पछि नेपाली भाषामा अहिले केहि ब्याकरण तथा सब्द संयोजन मा पनि सुधार गरेको छु र गर्दै लाने छु ।
३. ब्लग लेखन र यसको प्रभाव !
पहिलो सत्य म यहा पस्कन्छु । मैले नेपाली ब्लग लेख्न थाले पछि, मेरा धेरै मित्र हरुले नेपाली भाषा मा जागर देखाउनु भयो, कम्ति मा ५० जना मित्र हरुलाई नेपाली लेखन सिकाउन पाएको मा म आफुलाई गर्वान्धित थान्छु । म नेपाली बोल्छु, पहिलो दिन मलाई पाखैँ भन्ने मेरो साथी को साथी एक हप्तामा मेरो मिल्ने साथी हुन्छ , यो हो नेपाली ब्लग को प्रभाव। संचार माध्यम नपुगेको ठाउमा ब्लगर हुन्छ जस बाट हामी बिश्वका कुनाकुना मा पुग्न सक्छौं अनि एउटा सबै जना अटाउने सपनासंसार श्रृजना गर्न सक्छौं । एउटा कुना मा दु:खमा परेको आफ्नै नेपाली साथीलाई हामी सहयोग गर्न सक्छौ । बिषेश गरि ब्लगले परबासमा रहेका नेपाली हरु बिच झोलुङ्गे पुल को काम गरेको छ भन्दा फरक नपर्ला । आफ्नो लेख को तात्तातो प्रतिकृया पाउनु साथ साथै उचित सुझाब संकलनले नव प्रबेसी नेपाली साहित्य प्रेमीलाई अझ सहयोग पुर्याउँछ ।
हाल नेपाली ब्लग हरुको बाढि नै आएको छ भन्दा फरक नपर्ला। सबै भन्दा ठुलो कुरा, निरन्तरता हो जुन कठिन हुन्छ । ब्लगहरुको कुनै नियम हुदैन, यो त केवल एउटा अनलाईन पर्सनल डायरी हो, जे मन लाग्छ त्यहि लेखिन्छ तर पनि ब्लगरहरुले के बुझ्न जरुरी छ भने, यो एउटा खुला डाएरी हो , पर्सनल भन्दैमा खुला डाएरीमा जे पनि लेख्न कहा पाहियो र ? नेपाली ब्लगरहरुले सकेसम्म नेपाली परिवेशमा नेपालीपन लाई अगाल्दै हामी नेपालीलाई नै फाईदा हुने लेख हरु पस्कन सक्यो भने, पक्कै पनि यसले हामी सबैलाई फाईदा गर्छ । मलाई थाह छ राजनिती लाई घृणा गर्ने नेपालीले आज ब्लग को माध्यम बाट राजनितिमा चासो दिन थालेको छ, जुन मलाई लाग्छ, राम्रो हो । केहि जन मानिस हरु, आज भोलि कतिपय ब्लग लाई सुचना को श्रोत पनि बनाएको पाइएको छ ।
लेखक र पाठक समुहँगाठोँ को रुपमा प्रस्तुत भएको दौंतरी, नेपाली ब्लग फाट मा एउटा उदयमान ब्लग नक्षेत्र हो भन्दा फरक नपर्ला । यसमा प्रस्तुत भएका सामग्री हरु निकै सरल र जनमानसको कानले पचाउने अनि जिब्रोले चपाउने खालका छन , यो अर्थमा कि दौंतरी दुस्मनको पनि दौंतरी हुन पुगेको छ । प्रयास राम्रो छ। मलाई पनि दौंतरी चौंतारीको छाया मा राख्नु होला ।
सपना सबै सत्य हुने भए सपना, सपना नै हुने थिएन । तर पनि कति यस्ता सपना हरु हुन्छ जुन चाहे मा सत्य पनि पार्न सकिन्छ , हो सपनासंसार त्यो संसार हो जहा सपना सत्य पार्न को लागी हातेमालो हुने गर्दछ । तपाईलाई जादा जादै सपनासंसारमा स्वागत छ । दौंतरी लाई धन्यबाद, काचैं भए पनि यो प्रस्तुति लाई आफ्नो आगनी मा बिच्छ्याईदिनु भएको मा ।
पढिदिनु भएको मा धन्यबाद !
अहिलेलाई तारेमाम !
सपनासंसार का ब्लग/साईट हरु
http://www.sapanasansar.com/
http://www.bishow.co.cc/
http://www.bishow.com.np/
संदर्भ सामग्री
१ http://www.wikipedia.org/
२ http://www.microsoft.com/globaldev/handson/dev/mslu_announce.mspx
३ http://www.mpp.org.np/
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कबिता - यस्तै ठान्दछु
बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)
समयको पाबन्दिलाई परिसूचक ठान्दछु
भुल र गल्तिको स्वीकारोक्तिलाई मान्दछु ।
गल्ति गर्नुलाई नै म नयाँ सोच ठान्दछु
नयाँ केहि पाउनुलाई गल्ति आवश्यक मान्दछु ॥
गल्ति गरेर स्वीकार्नेलाई म महान भन्दछु
गल्ति छ भनि सुधारीदिनेलाई म गुरु मान्दछु ॥
धोका होईन जीवनमा विश्वास दिन जान्दछु
तिरस्कार होईन जीवनमा प्रेणा ठुलो ठान्दछु ॥
विश्वास र साधा जिवनलाई म गौरवशाली ठान्दछु
झुट्टा र अविश्वासिको जरा नै उन्मुलन गर भन्दछु ॥
सच्चासाथ दिनेको माया लगाउन र दिन पनि जान्दछु
झुट्टो माया दिनेलाई सजिव होईन निर्जिव प्राणी ठान्दछु ॥ ॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गजल:- कस्ले लायो साँद
कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ
खरिद बिक्रिको पसलमा के के मिलथ्यो कुन्नी
सपना बेच्नेको उधोग धन्दा पनि पुरा भएछ
माया हो कि दया, सदभाब भनेर जताउथे
आर्का मुटु के भर थ्यो र,फेरी टुहुरा भएछ
बल्ल बल्ल लाँको बाली हात मुख जोर्न पनि
खडेरिमै चर्को घाम,आशा जती झुरा भएछ
ढोगी जोगी कस्ले चिन्यो,गेरु बस्त्र अस्त्र थियो
दर्शन बाँडे भनी सुन्थेँ, बुद्ध पुर्ने कुरा भएछ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 25, 2008
गलगाँडतन्त्र आएछ
गणतन्त्र आएपछि गणहरु गणपति हुनेछन् भन्ने जुन भावना जनतामा उर्लिएको थियो माओवादीको असफलता र अन्य राजनीतिक दलहरुको सत्तालिप्सा देखेर गणरुपी जनतामा नैरास्यता छाएको छ । गणपति त गण होइन नेता पो बनेका छन् । यो कस्तो गणतन्त्र हो जसको मालिक नेता बनेका छन् र जनता फेरि दासभन्दा खराब जीवनयापन गर्न बाध्य बनिरहेका छन् । यो त गणतन्त्र होइन गलगाँड पो हुनथाल्यो । जस्ले जे जस्तो तर्क दिए पनि तीतो सत्य के हो भने बोकाले दाईं गरेर हुन्न भन्ने बुढापाकाको कथन नेपालमा सावित भएको छ । ०४६ सालमा पनि महेन्द्रको सालिकअगाडि एमाले कांग्रेस माओवादीभन्दा उग्र भएका थिए । तत्पश्चात भयो के त भने कांग्रेस र एमालको अधिनायकवाद चल्यो । गिरिजा त्यसबेला जंगेजस्तै बनेका थिए । राष्ट्र र जनतालाई ढाँटेर महाकाली सन्धिमात्र गरेनन् चित्त नबुझेका छत्तीसेलाई सत्ताच्युत गर्न जनताको सदन भंग गरिदिए ।
संसदीय ब्यवस्था र प्रजातन्त्रको धज्जी उडाउनेमा माओवादीभन्दा कांग्रेस र एमाले नै अगाडि छन् । समय फेरियो माओवादीको रणनीति सफल भयो । संसदीय प्रजातान्त्रिक पक्षधर अर्थात २०४७ को संविधानले स्थापना गरेको संरचनाको पत्तन भयो । त्यससँगसँगै पुराना सयौं परंपरागत संरचनाहरु कतै जोसमा कतै सडकको दवावमा कतै सत्ताको लालचमा भत्काईंदै गए । यहाँसम्म कि शून्य राजनैतिक संरचनाको अवस्थामा झर् यो । माओवादीको सत्ता आयो शासन आयो नयाँ नेपालको कुरो आएको छ तर प्रस्थान र गन्तब्यको विन्दूको चुरोसम्म पहिल्याउन सत्तासिन र विपक्षी दलहरु असफल भएका छन् ।
संविधानसभाको माध्यमबाट जनताको प्रतिनिधिमार्फत संविधान बनाई नयाँ नेपालको निर्माण गर्ने भन्ने माओवादीको माग र अन्य दलको अभिष्ठ स्वयं उसकै लागि घाँडो किन भयो बुझ्न कठिन हुँदैछ । अनुमान केसम्म गर्न थालिएको छ भने कि त माओवादीलाई ब्यालेट मार्फत सत्तामा पुगिएको नसा उत्रिएको छैन कि त लोकतन्त्रप्रति विश्वास नै छैन । या कहिले काहीं नेता डा. बाबुराम भट्टराईले भन्नुभएकै विहारी शैलीको लोकतन्त्रु नै हो त ।
माओवादीको सत्ता चलेको पनि ४ महिना भइसक्यो । केही उज्यालो सत्ता हात पारेको माओवादीले अन्धकार बनाईदिएको छ । यो अन्धकारशैली नयाँ नेपाल निर्माण गर्ने कुन मोडल हो जनताले बुझ्न सकेका छैनन् । मस्र्याङ्दी उद्घाटन गरेकै भोलीपल्टदेखि ६ घण्टाबाट १० घण्टा पुगेको लोडसेडिङ् अव १८ घण्टा हुन्छ भनेर विद्युत प्राधिकरणकै कर्मचारीहरु भन्न थालेको छन् । यस्ता कालो अँध्यारोमो विद्यार्थीले कसरी पढ्ने उद्योगधन्दा कसरी चलाउने नयाँ नेपाल कसरी बनाउने स्थिति भयावह बन्दै गएको छ ।
हिजो डा.बाबुराम भट्टराईको लेखअनुसार निलम्बित राजालाई सम्झौताको नाममा पुनस्थापना पनि गर्न सकिन्छ भन्ने थियो । त्यो पार्टीका नेता तथा प्रधानमन्त्री प्रचण्ड राष्ट्रवादी र गणतन्त्रवादीको दह्रो मोर्चा बनाउने कुरा गर्न थाल्नु भएको छ । कतै राजालाई पनि त्यही मोर्चामा आउन दरखास्त हालिएको त होइन यता गिरिजाप्रसाद कोइरालाले पूर्वपाचहरुको तीनवटै पार्टी र अन्य प्रजातन्त्रवादीलाई मिलाएर अधिनायकवादलाई परास्त गर्न बृहद प्रजातान्त्रिक मोर्चा गठन गर्ने सुरसार कस्नासाथ प्रचण्डको मोर्चाको कुरा उठ्नुले राजनीतिक क्षेत्रमा तापक्रम एक्कासी बढ्दै गएको छ । दलीय राजनीति तातेको छ ।
यही बेलामा भारतीय राजदूत राकेश सुदले राजालाई सोल्टी होटलको गोप्य कोठामा गोप्य भेटघाट गरेको समाचारले राजनीतिमा ज्वारभाटा ल्याइदिएको छ । किन भेटे सुदले के भने सुदले राजाको प्रतिकृया के थियो अन्दाजका अनेक रिङ्गटालाग्दा कथाको पटाक्षेप हुनेक्रम जारी छ । त्यो पनि एकसेएक लोकतान्त्रिक दलका मुखपत्रहरुबाट । कसै कसैले त यतिसम्म लेखे कि राजाले भारत भ्रमणको व्यवस्था मिलाइदिन आग्रह गरेरे । कसैले सग्लो देश हेरेर मर्ने इच्छा व्यक्त गरेको विषयलाई बढी महत्व दिएर प्रकाशित गरिरहेका छन् ।
आखिर पूर्वराजा पनि यही देशका नागरिक हुन् । हिजो पनि उनले देशको माया गरे आज पनि देशको माया गरिरहेका छन् । यो देश छोडेर कतै जान्न भन्ने पूर्वराजाको अभिव्यक्तिले र यही देशमा चुपचाप बसेका राजाको व्यवहारले पूर्वराजाको लोकपि्रयता र जनताको सहानुभूतिलाई ह्वात्तै बढाइदिएको छ ।
खासगरी प्रचण्ड सरकारको असक्षमता र नालायकीपनका कारणले पूर्वराजातिर फर्केर हेर्न जनता बाध्य भएका छन् । जतिपनि कूसंस्कार र कूलक्ष्यणहरु देखिएका छन् ती सबै राजतन्त्र हटाउनाले हो भन्ने छाप जनताको मनमा परिसकेको छ । हो राजतन्त्रबाट अनेक गल्तीहरु भएका होलान् तिनलाई सच्याएर अखण्ड नेपालको जगेर्ना गर्न सकिन्थ्यो । राजतन्त्र फाल्नेले आफु पनि सच्चिन सकेनन् पवित्र भएनन् राजतन्त्र पनि फालेर देशलाई बर्बादीको भूमरीमा होमिदिएका छन् । यसैका कारणले विदेशीको खेल मैदान बनिसकेको छ नेपाल । राजतन्त्र फालेपछि चमत्कार गर्छु भन्ने प्रचण्डले देशलाई अँध्यारो युगमा धकेलिदिए । यही हो चमत्कार जनता आहत भइरहेका छन् जनताले राहत पाइरहेका छैनन् यही हो चमत्कार असमानता र बिखण्डनका आवाजहरु उठिरहेका छन् यही हो चमत्कार ज्वाला सिंहले टोपी जलाउन थाले मधेसबाट पहाडीया नभागे भौतिक कारवाही गर्ने हुकुम जारी गरिसक्यो अव नेपालको झण्डा जलाउने कार्यक्रम पनि ल्याइसक्यो । हुँदा हुँदा तमलोपाले एक मधेस एक प्रदेश हुँदैन भने एक नेपाल पनि रहँदैन भनिसके । यही हो चमत्कार यदि यस्तै अराजकतालाई चमत्कार भन्ने हो भने नेपालीका लागि प्रचण्ड चमत्कार दुर्भाग्य बाहेक केही हुने लक्ष्यण देखिदैन ।
पूर्वी र पश्चिमी पहाड र तराईतिर अनेक जातजातिहरु स्वशासनका माग गरेर सेना संगठित गर्न थालेका छन् । खासगरी पूर्वी पहाडको लिम्बु र पश्चिम तराईको थरुहठ सेना डरलाग्दो सशस्त्र समूहका रुपमा अगाडि आएको छ । यिनलाई व्यवस्थापन गर्नु चानचुने चुनौति हुनसक्दैन । चुनौति अनेक छन् दलहरुमा मतभेद चुलिदो छ । गणतन्त्र गलगाँड भयो देश र जनताका लागि ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
एक छिन हासौंन - ९
आचार्य प्रभा, अमेरीका
मैल्र अगाडि अन्धोहरुको कुकुरले उनिहरुलाई रखवारि गेरेको सम्बन्धमा कुरा निकालेकी थिएँ।कस्तो अचम्म!, उनिहरुले त्यत्ती मीठो मीठो खाइरहँदा पनि त्यो कुकुरले आक्रमण नगरेको! चुपो लागेर कुर्सीमुनी बसिरहेको देख्दा मलाई त अचम्म नै लाग्दथ्यो अनी म पूरानो घट्ना सम्झन्थे।
एक पटक कुकुर तिहारको दिन मेरी सासु आमाले घरमा पालेको हाम्रो पनि ज्यादै प्यारो कुकुर ''जिनो'' त्यस्लाई पूजा गर्न भनेर माला गासेर, मीठो मीठो मासुको परिकार पकाएर 'जिनो' लाई काखमा राखेर सुम्सुम्याउदै पूजा गर्न लाग्नु भएको मात्र के थियो त्यस्लाई त मासु खान हत्तार भएछ त्यस्तो प्यारो गरेको कुकुर र अरु बेला त्यस्तो इमान्दार मानेको कुकुरले आमाको हात नै ख्याप्पै पारेर टोकीदियो अब परेन फसाद !। कताको कुकुर तिहार ?, त्यस्तो रमाइलो वातवरण पनि भताभुङ भयो। अब दुई देशको कुकुरमा नै तुलना गरौ न, अनी हामी मान्छेको त के कुरा रह्यो र ।
धत!म त खाली कुकुरको पछी नै लागिछु। अब छाडिदिउ यस्ता कुकुर,बिरालाका कुरा। अब के गर्नु त? अरुलाई कुकुर,बिरालो नै मन पर्छ भने र उनिहरुको पशु नै इमान्दार छन भने के खाचो त ?हाम्रो देशमा हामी नै इमान्दार बनौ न त ?। किन कुकुर बिरालोको बाटो हेर्ने ? उनिहरुलाई पनि त वाक्क लाग्दो हो नि त?सधै बन्धनमा बस्दा बस्दा कत्ती दिन को रिस पनि त मौका पाएको बेलामा फेरेको होला नि त ? मान्छेले त मौका को फाइदा उठाइहाल्छन भने पशु त पशु नै भै हाल्यो नि। हामीले पो उनिहरुको भाषा,पीर,मार्का बुझ्नु पर्दछ त !त्यसै त उनिहरु रिसाउदैनन नि। हामी यस्तै अबुझ भएर त एक-आर्कामा दुश्मनी मोल्ने,असमानताको नजरले हेर्ने भएर पनि हामी सबै कुरामा पछी परिरहेछौ त्यसैले एकार्काको पीरमार्का बुझौ। समानताको पाठ सिकौ,सही र इमान्दार कुरा भए पशुको पनि अनुयायी बनौ। झुठो र असत्य,खराब कुरा भए त्यस्ता मान्छेको निती नियमलाई पनि बहिष्कार गरौ। यस्तै अनुभव र भावना लिएर मैले आजको अनुभुतिलाई यहाँहरु समक्ष अनुभुत गर्ने मौका छोपें। मैले अगाडि देखि बिन्ती भाव गरिरहेकी छु। मेरो बिचार सँग सहमत् हुनैपर्छ भन्ने छैन। यदी कमिकम्जोरी भए यस्मा छुटेका कुराहरुको सहि निर्णय दिने अभिभारा यहाँहरुलाई सुम्पेकी छु। अहो मेरो काममा जाने बेला भएछ। जागिर नै गयो भने त कसरी बाचेर यस्ता अनुभुती पोख्ने । लौ त जागिर बचाउन गए है! अर्को अनुभुती पोख्न नपाएसम्मलाई बिदा।
क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गजल - ढाट्यो छोराले
सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )
बेलैमा मृत्यु सित जिन्दगी साट्यो छोराले
गर्दिन भन्थ्यो रण्डी बाजी ढाट्यो छोराले ।
कलेजको निहुँ पारी घरबाट निस्कीएर
डान्सबारमा हुस्की तानी वेश्या नचायो छोराले ।
होटलपार्क बार क्याफे कुनै बाकी नराखी
दुखगरी कमाएको सम्पत्ति सकायो छोराले ।
यौवनको मातले एड्सको शिकार बनी
चढदो जवानी मै ज्यान गुमायो छोराले ।
धेरै पढी लेखी नाम राख्छ होला भन्थेँ
भाएको इज्जतपनि माटोमा मिलायो छोराले ।
मरेर गएपनि बाउको नाक काट्यो छोराले
गर्दिन भन्थ्यो रण्डी बाजी ढाट्यो छोराले ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अतीत सम्झदा
हिजो आज दौंतरीमा अतित तथा आफ्नो दैनीकी लेखन निकै चलेको छ। हप्तामा एउटा भने पनि केही लेखुं भनेर लागेको नेपालमा डिजेल पावर हावसको अध्यन गर्दा गर्दै ड्राफ्ट पोस्ट अझै पुरा हुन सकेन। दौंतरीलाइ सजाउदा सजाउदै तथा लेखहरु पोस्ट गर्दा गर्दै बिदामा केही लेखु भन्यो दिमागमा केही फुरेन। हुन त दौंतरीमा रहेका फुलबुट्टा मेरो दिमागका उपज मात्र होइनन्। बिभिन्न सरसल्लाह दिनुहुने मित्र बाहेक महेश जि, म्याभरिक र ठरकी दादाले दौंतरीका फुलबुट्टा भर्नमा निकै काम खर्चिनु भएको छ। दौंतरी लेखकमा रहुनु भएका मित्र तथा फुटकर रुपमा लेख्ने मित्रहरुको सुचि त झन लामो छ।
लामो समय पछि आज खेमनाथ जि को लेख आउदा दौंतरीका पुराना दिन सम्झन मन लाग्यो। यसरी नया पुराना साथीहरु सक्रिय रहे पुराना दिन सम्झदा पनि निकै भावुक भइदोरहेछ। नेपाल र नेपालीको भाषा तथा संचारमा बिदेशमा रहेर सेबक बनी काम गर्नु पनि निकै आनन्द आउदो रहेछ। आशा छ सबै बिचार राख्ने मित्रहरु दौंतरीमा अटेर यो यात्रा नटुटाइ क्षितजसम्म पुग्ने छौं।
मेरो वेलकम पोस्टबाट सुरु भएको दौंतरी आज करिब ५०० पोस्टमा पुगिसकेछ। यस बिचमा थुप्रै खाले लेखहरु प्रकाशित भए राम्रा नराम्रा प्रतीक्रिया दिने मित्रहरु धन्यबादका पात्र हुनुहुन्छ। यो क्रमलाइ जारी नै राख्नुहोला। लेख्न मिले लेख्नुहोला नभए ब्लग पढेर कमेन्ट बक्समा आफ्ना बिचार भए पनि लेख्नुहोला। दौंतरी सामुहिक ब्लग रहेको हुंदा यांहा प्रशस्त ब्लगरको उपस्थीती हुन्छ। तर पनि दौंतरीको आसमान बाट अर्को आसमान सेतु जोड्न ब्लग भित्र ब्लग स्तम्भ ल्याएका छौं जहां अन्य ब्लगर साथीहरुको भलाकुसारी दौंतरीमा प्रस्तुत गर्ने छौं।
यस स्तम्भमा गत साता दिपक जडित हुनुहुन्थ्यो भने यस पटक सपना संसार रहुनु भएको छ।
साथीहरु माझ संचारको महत्ब र दुरुपयोगको बारेमा गफकै क्रममा सामुहिक ब्लगको मान्यता राख्दै दौंतरी खोल्ने प्रेरणा मिलेको थियो। साधारण ब्लगस्पटको ब्यानरबाट सुरु भएको दौंतरी अहिले थुप्रै अलंकार सहित तयार छ। कम्पियुटर सज्जा देखी लेख लेख्ने प्रेसित गर्ने तथा पढ्ने मित्रहरुले दौंतरीलाइ यांहा सम्म पुर्याउनु भएको छ। ब्यबसायिकता भन्दा पनि उत्कृष्टता तिर उन्मुख दौंतरीमा समुहका सदस्यका तर्फबाट उत्तम रचना तथा लगाबले दौंतरी सधै अब्बल रहिरहनुका साथै सामुहिक अमुल्य सम्पती रहन गयो। हामी अझै धेरै माथी पुग्नु छ तर हामी जांहा पुग्ने छौं, जस्तो अबस्थामा रहने छौं, दौंतरीको मुलमन्त्रलाइ कहिले भुल्नुहुदैन। हामीले सिधा तथा स्पष्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ । दौंतरीमा प्रकाशित सामाग्रीलाइ प्रतिक्रिया दिए लेख्नेलाइ पनि हौसला बढ्ने छ तथा लेखको अर्को पक्ष पाठकबाट दर्शिने छ। तपाइहरु पनि दौंतरीमा फाट्ट फुट्ट रुपमा लेख लेख्ने भए या दौंतरी लेखक भएर रेगुलर लेख लेख्नको निम्ती dautari@gmail.com मा लेख या इमेल पठाएर जनताको ब्लग दौंतरीलाइ अझ बलियो र लोकप्रिय बनाउं।
- नेपालियन
मिनीसोटा, संयुक्त राज्य अमेरीका
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नेपाली समाज यूएईको चुनावमा देखिएका केही दृश्यहरु
गत डिसेम्वर १२, २००८ का दिन दुबईको एभरेष्ट ईन्टरनेश्नल होटेलमा बिहानै देखी नेपालीहरुको चहल पहल थियो । होटल बाहिर झुम्म झुम्म नेपालीहरु देखिन्थे । विगत १९९० साल देखि यूएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली समाजको आज चुनाव हुँदै थियो ।
लामो समयदेखी यहाँ रहदै आउनु भएका र उच्च पदमा कार्यरत बुद्धिजिवी नेपालीहरुको उपस्थिति रहेको थियो । यूएईको अबुधावी सारजाह अलेन र अन्य प्रान्तबाट नेपालीहरु उक्त चुनावमा भाग लिन आएका थिए । साच्चैनै त्यहाँको माहोल अति रमाईलो थियो । उक्त होटलमा नेपालीहरुले प्रत्येक हप्ता कार्यक्रमहरु गरीरहन्छन् तर उक्त दिनको कार्यक्रम बेग्लै थियो । साच्चै नेपालकै चुनावको झल्को दिन्थ्यो । प्रवासमा कार्यरत भएको करिव ६ बर्षको अवधिमा पहिलो पटक चुनावमा उपस्थित भएको थिए । यूएईमा स्थापना भएका विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधीहरु र उक्त संस्थाले नेपाली समाजका उम्मेदवारहरुलाई भोट हाल्नको लागि चुनेका पार्षदहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । पार्षदहरुले परिचयपत्र झुण्डाएको देख्दा नेपालकै याद दिलाउथ्यो । करिव मध्यान्ह १२ बजेदेखि सुरु हुने भनिएता पनि दिनको १ बजेसम्म पार्षदहरु हलभित्र छिरेका थिएनन् । नेपालीहरु एक आपसमा प्रवासमा पनि भोट खसाल्न पाईने भयो भनेर हर्षित देखिन्थे । सबैले आफुले मन पराएका उम्मेदवारहरुलाई जिताउने कुराहरु गरेको सुनिन्थ्यो ।
चुनावी हलभीत्र म पनि छिर्न खोजे मसँग चुनावी परिचय पत्र थिएन तर मलाई भित्र छिर्न दिईएन । यूएई छिरेदेखी म नेपाली समाजका विभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदै आएको थिए र विभिन्न कार्यक्रमका समाचारहरु पनि संकलन गर्दै आएको थिए । उक्त दिन पनि म चुनावको चहलपहलको समाचार टिपोट गर्न उपस्थित भएको थिए तर चिन्दै नचिनिएको ब्यक्ति जस्तो भए एक क्षण, कारण मसँग पार्षदको परिचय पत्र थिएन ।
चुनावी कार्यक्रम दिनको २ बजे देखि सुरु भयो । हलमा म पनि सोस्र फोस्र लगाएर छिर्ने मौका पाए । भित्र सबै पार्षदहरु उपस्थित भईसकेका थिएनन् । बिस्तारै पार्षदहरुको उपस्थित हुँदै गयो । उक्त चुनावी कार्यक्रममा नेपाली राजदूतावासको प्रतिनिधित्वको रुपमा तृतिय सचिव जितेन्द्र लाभको उपस्थिती रहेको थियो ।
अध्यक्ष पदमा ३ जना समाजसेवीहरुको उम्मेदवारी परेको थियो । पूर्व नेपाली समाजका अध्यक्ष तथा समाजसेवी कृष्ण ढकाल, निवर्तमान नेपाली समाजका उपाध्यक्ष तथा समाजसेवी राजेन्द्र देवकोटा जनजाती महासँघका अध्यक्ष तथा समाजसेवी यम प्रसाद तमु । तिन जनाको बिचमा चुनावनै हुने भएको भए पार्षदहरुले एक पटक सोच्नै पर्दथ्र्यो कस्लाई भोट दिने भनेर तिनै जना ब्यक्ति नेपाली समाजलाई आवश्यक पर्ने ब्यक्ति थिए । तर अहिले सबै प्रवासी नेपालीहरुले नेपाली समाजमा नयाँ अनुहार चाहेका थिए र समझदारीमा कृष्ण ढकाल र राजेन्द्र देवकोटाले यम प्रसाद तमुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए यो अति सह्रानिय कार्य हो । यदि चुनाव भएको भए पछि एक दुई भोटको अन्तरालमा विजयी हुँदा नकारात्मक हल्ला फिजिन्थ्यो ।
उपाध्यक्षको लागि दुई जनाको आवश्यकता थियो उक्त पदमा ३ जनाको उम्मेदवारी परेको थियो । नेपाली समाजका पूर्व महासचिव तथा निवर्तमान सदस्य लक्ष्मण सापकोटा नेपाल पत्रकार महासँघ यूएईका उपसभापति मान बहादुर थापा तथा आसिफ अलि सिद्धिकी अन्त्यमा नेपाल पत्रकार महासँघका उपाध्यक्ष मान बहादुर थापाले अन्य दुई जनालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । महासचिव पदमा भने ३ जनाको भिडन्त हुने निश्चित भईसकेको थियो । नेपाल दुबई जनकल्याण राहतकोषका अध्यक्ष तथा पत्रकार महासँघ यूएई सम्पर्क शाखाका सदस्य धर्मेन्द्र यादव नेपाल पत्रकार महासँघका सदस्य तथा लुम्बिनी वेलफयर सोसाईटीका नारायण अधिकारी तथा जनप्रगतिशिल माच यूएईका उक्तम अधिकारी तिन जनाको अन्तिम समय सम्म पनि समझदारी भएको थिएन ।
विभिन्न बुद्धिजिवी तथा समाजसेवी नेपालीहरुले अन्तिम समय सम्म पनि समझदारी गराउने प्रयास गरिएको थियो । तिनै जना नेपाली समाजमा आउन आतुर देखिन्थे । अन्त्यमा नारायण अधिकारीलाई महासचिव उक्तम अधिकारीलाई सचिव र धर्मेन्द्र यादवलाई प्रवक्ता उक्त हलबाटनै घोषणा गर्ने भनि समझदारी भएपछि मात्र चुनाव हुनवाट रोकियो ।
अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन भएको घोषणा गरिसकेपछि महासचिव पदको घोषणा गर्न निर्वाचन समन्वय समितिलाई निकै कसरत गर्नु पर्यो । निर्वाचन समन्वय समिति लगायत अन्य बुद्धिजिवी तथा समाजसेवी नेपालीहरु सकेसम्म समझदारीमा जाने पक्षमा थिए भने उपस्थित पार्षदहरु भने भोट हाल्न आतुर देखिन्थे । निर्वाचन समन्वय समितिका प्रवक्ता डि।आर। गुरुङ्गले मत पत्र सम्बन्धि मतदाताहरुलाई जानकारी दिदै थिए भने बाहिर ३ जना बिच समझदारी हुँदै थियो । बिचैमा महासचिव पदका दावेदार धर्मेन्द्र यादवले उम्मेदवार फिर्ता लिए पछि अब दुईजनाबिच मात्र चुनाव हुने देखिन्थ्यो । अन्तिम समय सम्म पनि समझदारी भएको देखिन्थेन । तिनै जनाको समझदारी भएतापनि उक्त हलबाटनै घोषणा हुनुपर्नेमा ढिप्पी थिए भने निर्वाचन समन्वय समितिको आचारसंहितामा प्रष्ट खुलाईएको थियो निर्वाचन समन्वय समितिले ५ वटा पदमा मात्र निर्वाचन गर्ने र बाँकी रहेको पदमा अध्यक्षको रोहवरमा पहिलो बैठकमा चयन गर्ने भनेर तर त्यही हलबाट घोषणा गर्ने भनेर ढिप्पी गरेपछि सचिव र प्रवक्ताको पनि त्यहिहलबाट घोषणा गरियो ।
एकैक्षणमा हलमा चुनावी परिणाम आउन थाल्यो । नेपाली दूतावासका प्रतिनिधी तृतिय सचिव जितेन्द्र लाभले विजयी नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई अविर लगाई स्वागत गर्नु भएको थियो ।
चुनावी कार्यक्रम सकिसकेपछिको माहोल झनै हेर्न लायकको थियो । नवनिर्वाचित अध्यक्ष यम प्रसाद तमूलाई उहाँका शुभचिन्तकहरुले फूलमाला र अविरले स्वागत गर्दाको क्षण नेपालकै चुनावी मैदानमा चुनाव लडेर विजयी भएको क्षण जस्तो देखिन्थ्यो । प्रवासमा त्यो दृश्य अति हेर्न लायकको थियो ।
कोषाध्यक्षको पदमा निवर्तमान कोषाध्यक्ष रविन्द्र पौडेलको मात्र उम्मेदवारी परेको हुँदा निर्विरोध निर्वाचित भएका थिए । लक्ष्मण सापकोटा र रविनद्र पौडेल बाहेक अन्य महत्वपूर्ण पदमा सबै नयाँ अनुहार आएका छन् । नयाँ जोस र जाँगर लिएर नेपाली समाजमा आएका नयाँ पदाधिकारीहरुको काँधमा करिव २ लाख प्रवासी नेपालीहरुको भार पर्ने छ । २ बर्षको लागि चुनिएको उक्त कार्यसमितिले नेपालीहरुको समस्याहरुदेखि लिएर अन्य धेरै कार्यहरु गर्नुपर्ने देखिन्छ । यूएईमा छरिएर रहेका सम्पूर्ण नेपालीहरु र सम्पूर्ण नेपाली संघसंस्थाहरुलाई एउटै छातामुनी ल्याउनुपर्ने देखिन्छ ।
अब भावी नेपाली समाजले कस्तो कार्य गर्दछ त्यो त हेर्ननै बाँकी छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 24, 2008
मेरो आफ्नै कथा ब्यथा
गत हप्ताको कुरा हो डिउटीबाट फर्के लगत्तै वाथरुममा हात धुन गएँ, तर पानी थिएन । विगत साढे २ बर्ष देखी म लगायत अन्य नेपाली साथीहरु यूएईको अबुधावी स्थित पासपोर्ट रोडमा बस्दै आई रहेका छौ । अन्य भवनहरु भन्दा केही पुरानो थियो हाम्रो भवन । निम्न आयश्रोत भएका ब्यक्तिहरु बढी बस्ने उक्त भवनको हामी १४ औं तलामा बस्ने गर्छौ ।
पानी नआउनुको कारण बुझ्दै जाँदा हामी नजीकैको भवनमा रहेको खानेपानीको ट्याङ्कीमा हामी बसेको भवनको फोहोर पानी तल जमिनबाट रसाएर मिसिएको रहेछ र उक्त भवनका मानीसहरुले सम्वन्धित निकायमा उजुरी दिएका रहेछन् र उक्त उजुरीको आधारमा बलेदिया नेपालको नगर प्रहरी ले हामी बसेको भवनको पानीको मुहान काटी दिएको रहेछन् । हामीबसेको भवनमा करिब १२ सय जति मानीस छन् ति सबैलाई समस्या हामीलाई जस्तै भयो । अब के गर्ने कोठामा अन्य बस्तु नभए पनि पानी त नभई नहुने ।
अबुधावीमा भनेको बेलामा कोठा पाउन पनि अति मुस्कील पर्ने । दुई दिन सम्म केही थाहा पत्तो भएन पानी आउने नआउने भन्ने ।
डिसेम्वर १३ साँझ अफिसबाट फर्केर आउँदा लिफ्टको ढोका नजिकै दुईवटा अरबीमा लेखिएको सूचना टाँसीएको रहेछ । आफु त अरबी फुटेको अक्षर पनि नजान्ने नजिकै बसेका अरबीलाई के भएको हो भनेर सोध्दा यो भवन खतराको अवस्थामा छ जसरी हुन्छ छिटो खाली गर्नकोलागि सूचना टाँसेको छ भनेर भन्यो । अब भएन फसाद्, भवनमा पानी पनि आउने कुनै ठेगान छैन । उक्त भवन नेश्नल बैंक अफ अबुधावीको स्वाधिनमा रहेछ । सबै जना मिलेर कोर्टमा जाने कुरा पनि गर्न थाले । कोठामा हामी करीव ७ जना नेपालीहरु बस्दथ्यौ । अब पानी कहाँबाट ल्याउने सधै किनेर पनि साध्य भएन । खानेपानी ल्याउने गरेको ठुला पानीको बोत्तलहरु नजिकैको सुपरमार्केटका ट्लीहरुमा राखेर पानी खोज्न निस्कियौं । नजिकै मुस्लिमहरुको पाठ गर्ने ठाउँ मस्जिद थियो मस्जिदमा सधै पानी भईनै रहन्थ्यो हामी पनि भित्र पस्यौं पानी लिन । भित्र लामो लाईन थियो हामी बसेका भवनका सबै मानीसहरु हामी जसरीनै पानी लिन गएका रहेछन् । मुस्लिमहरुले पाठ गर्नु भन्दा पहिला हात खुट्टा धुने ठाउँमा हामी पानी थाप्न थाल्यौ । यसरी बिहान बेलुका पानी ल्याएर जिवीको टार्न थाल्यौ ।
केही दिन खाना बाहिर होटलमा खायौ तर कोठामा आफैले पकाएको जस्तो नहुने त्यसैले पानी बोकेर भए पनि खाना पकाएर खान थाल्यौ । पानी आज आउला भोली आउला भन्दा भन्दै हप्तौ वित्यो तर पानी आएन । अब कोठा जसरी पनि छोड्नु पर्दछ भनेर आफुसँग सम्पर्कमा भएका नेपालीहरुसँग रुमको बारेमा सोध्यौ पनि तर कतैबाट पनि सकारात्मक उत्तर आएन । आज हप्तौ दिन वितीसक्यो अफिसबाट बिदा हुदासाथ ट्लीमा बोत्तल राखेर पानी लिन गईहाल्नु पर्ने । कस्तो आपत विदेशमा अझै भन्नुपर्दा विकशित देशमा पनि हप्तौ दिन सम्म पानी आउँदा कसैले पनि केही ध्यान नदिनु । यदि नेपालमा हुन्थ्यो भने हड्ताल हुन्थ्यो होला तर यहाँ केही थाहा छैन कहिलेसम्म पानी बिना हामी बस्ने हो यूएईको अबुधावीमा रुम खोज्दा नपाउने कि त परिवार हुनुपर्ने अरे । अब के गर्ने पानीको पर्खाईमा बस्दा बस्दै हप्तौ वित्यो । यदी क्रनै साथीहरुसँग कोठाको बारेमा जानकारी भएमा हाम्रो समस्या बुझेर सहयोग गरिदिए राम्रो हुने थियो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
घडी रोकिएको पुर्व संकेत
फ्रान्क्फर्ट , जर्मनी
बिहानि को आशामा सडकमा रगत बगाउनेहरु
अझै जँगल भित्र गायब हुँदै छन
यो औशीको लामो रात्री प्रहर
सम्झु त तुवाँलोले ढाकेको दिन
उज्ज्यालो निसाम्मै छैन सिर्फ उज्ज्यालोको स्तुतिमा
दिन झन रात जस्तै बन्दै छ
आशा को प्रती र किन गरीराखेका छौ
जनताका छोरा हरुलाई जनताले तर्साउन थाले पछी
जनताका छोराहरुले नै जनतालाई भ्रममा राखेपछी
विश्वासको प्रती ? किन बनायौ ?
अझै नेपाली आँखा पुत्र बियोगले बर्सिन्छ भने
दिन दहाडै डकैत अपहरण हत्या बडदैछ भने
जव जब जनताका छोराहरु सार्वभौम सत्ताका डिँगा मार्छन्
तब तब सार्वभौम जनता दिनदहाडै गेडिने गर्छन्
डिँगा मार्ने गेडने , गेडिने सबै सबै जनता
दु:ख झेल्ने आफ्ना गुमाउने , अधिकार बिहिन पनि जनता
कँहा फिराद पत्र लिएर जाने अव
------- चोर भन्ने ठाउँ छैन अव
हाम्रो फिराद पत्र बुझाउने ठाउँ छैन अव
त्यो ठाउँमा त डुकुलन्ट्ठु जनताका छोराहरु छन
जनता मार्दै डकैत गर्दै खाने हरु छन
दिन दहाडै अनेक उपनाम दिई लुटने हरु छन
रात मध्य रात को प्रहर बड्दो छ घडी रोकिएको छ
अव यस्तो लाग्छ कहिले उज्ज्यालो हुँदैन
पुन तियानमियान चोकको नियती नभोगी ।।
घडी रोकिएको छ जनदुहाइ सुन्ने श्रीपेच संग्राहलयमा छ
घडी रोकिएको छ सुशासन गर्ने राजदण्ड जनताको हात मा छ
अव राजदण्डले होइन बन्दुक को नाल ले शासन गर्दै छ
त्राश बढदो छ दिन निसासी लाग्दो कठोर
रात काल्रात्रीमा मडारिदै बज्रदै छ
अनेक झुण्डहरु को समुहले कानुनी राज्यको खिल्ली उडाउदै छ
जतातत्तै नरसिनोले नवइदियामिनको घोषणा गर्दै छ
साच्चै नै सान्ति क्षेत्रलाई नरबधशाला मा तब्दिल गर्ने हरु
सत्तसिन भै सकेका छन
घडी रोकीइ सकेको छ
नयाँ नेपालको नामले।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अतितको पानाबाट
पुराना अंशहरु पढ्न यहाँ क्लिक गर्नु होला।
आज क्रिश्मसको पूर्व संध्याको दिन। अफिसमा काम् पनि त्यति छैन। धेरै गोरा साथीहरु छुट्टीमा घरै बसे। सोचें, मेरो यो कथालाई आज टुंग्याइदिऊं। हिन्दी टेलीस्रींखलाहरुजस्तो तन्काइरहन मन् छैन। मेरो कथा प्रस्तुतीलाई मन् पराएर प्रतिक्रिया लेख्ने साथीहरुलाई धेरै धन्यवाद्।
तपाई अब कलेज पढ्न टाढा जानुहुनेछ। नया ठाऊँ, नया परिवेश् हुनेछ। उच्च् शिक्षा हासिल् गर्ने, उज्ज्वल् भबिष्य बनाउने धूनमा तपाई धेरै पर पुग्नुहुनेछ। मलाई शंका छ, म तपाईलाई पछ्छ्याईरहन कहाँ सकुंली। म पढाइमा कमजोर र खासै कुनै लक्ष्य र गन्तब्य पनि नभएकी,के तपाईले मलाई आफू योग्य सम्झिरहनु होला? शहरको रमझम, नया संसार्, हुन सक्छ तपाइको नया संबन्ध पनि बन्ला र तपाई पुराना कुराहरु भुल्दै जानु होला। के तपाईको माया मलाई उत्तिकै रहला?यस्तै यस्तै कुराहरु लेख्न थालिन् तिनले। हुन त मैले प्रेम् प्रस्ताव पठाउंदा धेरै परको कुरा सोचेर पठाएको थिइन तर प्रेम पत्रहरुमा मैले धेरै बाचाहरु खाइसकेको थिएँ। म मेरो बाचाहरु कहां सजिलै तोड्न सक्थें र। जुनसुकै परिस्थिति, परिबेश्, बाधा अड्चनहरुमा पनि तिमीलाई कहिले भुल्न सक्दिन भनेर पत्रहरु लेखिरहें।
कलेजको फर्म भर्न कहिले काठमांडौ, कहिले चितवन, कहिले हेटौंडा जानु परिरहेको थियो। पत्र अलि नियमित लेख्न सकिरहेको थिइन। यस बिचमा उनको एउटा पत्र आयो; हजारौं वोल्टको झट्का दिनेगरी। के लेखिएको थियो भने-अब म आफ्नै गाँउ फर्किदै छु। मेरो बिहेको कुरा पनि चलिरहेको छ। यदि तपाईको माया सांचो हो भने मलाई पनि तपाईसंगै लिएर जानुहोस्। तपाई जहां जानुहुन्छ, म त्यहि जान तयार छु। उनको पत्रले मेरो बिचार् सुन्य भयो। केहि पनि सोच्न सकिन। चक्कर लाग्ला जस्तो भयो। आकाशतिर हेरें। आकाशपनि फन्फनी घुमिरहेको थियो । मैले आफ्नो प्रेम बचाउने भए उसलाई संगै लिएर जानु पर्ने भयो अर्थात बिहे गर्नु पर्ने भयो। होइन भने उनलाई बिर्सनुपर्ने भयो। छोरा मान्छेले प्रेम प्रस्ताव राख्दा सायद बिहेको कुरा सोचेर राख्दैन र बिहेको कुरा आउने बित्तिकै उसलाई आफुमुनिको जमीन भास्सिन लागेको प्रतीत हुन्छ। मलाई त्यस्तै भयो। मेरो अगाडी सिंगो भविष्य थियो, उच्च् शिक्षा हासिल् गर्ने, ठूलो ठाऊँमा पुग्ने आकांक्षा थियो। र अहिले नै बिहे गर्ने कुरो त सोच्न पनि सक्दिन थिएँ। मेरो परिवार, मेरा गुरुहरु सबैको आशामाथि तुषारापात गर्न सक्दिनथिंए। तर मेरो प्रेम्? जूनी-जूनीभर साथ दिने बाचाहरु? ती सबै झूठा हुने भए? यी प्रश्नहरुको उत्तर् म आँफैसंग थिएन।
म काठमांडौ पढ्न जाने निश्चित भैसकेको थियो। मैले एउटा पत्र लेखेँ। म अब काठमांडौ जाने भएँ। तिमी अहिले आफ्नै गाँऊ जाऊ। मलाई तिम्रो ठेगाना दिईराख। म काठमांडौमा ब्यबस्था मिलाइसकेपछि तिमीलाई लिन आउनेछु। म आफैलाई विश्वास् थिएन, के म उनलाई लिन जाउंला त? उनलाई केही सान्त्वना, केही भरोसा दिन त पर्ने नै थियो। अरु कुरा सोचिन। मनमा त्यही आयो, त्यही लेखें। म काठमांडौ हिंड्नु भन्दा केही दिन अघि छोटो भेट भयो। मुखले केही बोलिएन। आंखाहरु आंफै बोलिरहेका थिए। सायद उनलाई पनि विश्वास् थिएन्, म उनलाई लिन फर्कने कुरामा। उनका आंखामा बिदाइ झल्कन्थ्यो। निराशा देखिन्थ्यो। म भने आफ्ना भावनाहरु लुकाउन खोजिरहेको थिएँ। हामीले एक् अर्कालाई मौन बिदाइ गर्यौ।
म काठमाण्डौं आएँ। बिज्ञानको पढाइ, ब्यस्त भएँ। उनलाई लिन फर्किने कुरो झूठो साबित भयो। उनले दिएको ठेगानामा एउटा पत्र पठाएं। माफ गर। मैले सोचे जस्तो हुन सकेन। तिमीलाई लिन आउन सकिन। मेरो अहिले नै बिहे गरिहाल्ने स्थिति छैन। तिमीले पनि आफ्नो बिहे रोक्ने कोशिश् गर। तिमीले मेरो प्रतिक्षा गरेमा म तिम्रै हुँ। आदि आदि। पत्रको कुनै जवाफ आएन। पछि मलाई उनकै कक्षामा पढ्ने मेरो साथीबाट थाहा भयो। आफ्नो दुलाहासंग सानीमाको घरमा आएकी थिईन् रे। मेरो प्रेमको अवसान् भैसकेछ। मैले उनलाई आफ्नो बनाउन सकिन। तिनी अर्कैको भैसकेछिन्। मेरो प्रेमको कोपिला फक्रन नपाउदै ओइलाएछ। गल्ती मेरो हो कि उनको थाहा छैन।
त्यसपछि समय धेरै बितिसकेको छ। नदीमा पानी धेरै बगिसकेको छ। मेरो पनि आफ्नै संसार् बसिसक्यो। तर उनी मेरो यादमा अझै छिन्। पछि कामको सिलसिलामा पोखरा जांदा थाहा भयो, खैरेनीटार् बाटैमा पर्दोरहेछ। प्रत्येकचोटी खैरेनीटार पुग्न लाग्दा मेरो आंखाहरु चनाखो हुन्थे। तिनी कतै देखिन्छिन् कि भनेर झ्यालबाट हेर्थें। आफ्नो गाऊँ जांदा पनि उनको सानीमाको घरको बाटो हिंड्छु, कतै तिनी देखिईहाल्छिन् कि भनेर। अहिले त गांऊ पनि चिन्न नसकिने भैसकेको छ। पुराना घरहरु भत्किएर नया बनेका छन् र उनको सानीमाको घर चिन्न पनि सक्दिन। कसैलाई सोध्ने कुरा पनि भएन।अहिले त म आफ्नो देश छोडेर धेरै पर आइपुगेको छु र उनीसंग भेट्ने संभावना लगभग् शून्य जस्तै छ। तर पनि उनी मेरो संझनामा आईरहन्छिन्। बर्षातको मौसममा बेस्सरी झरी पर्दा, शिशिरमा रुखहरुबाट पातहरु निख्रिदा अनि हिउंदमा झम्झम् हिउं पर्दा उनको यादमा मन् एकतमास् भैदिन्छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
एक छिन हासौंन - ८
आचार्य प्रभा, अमेरीका
हो ---मैले अगाडिको अंकमा कुकुरको इमान्दारिताको बारेमा मैले देखेका कुरा लेख्छु भन्दैथिए। हुन त यो साधारण कुरा हो। सबैलाई थाहा भएकै हो ता पनि मलाई भने अनौठो लागेर नै मैले मेरो अनुभुती पोख्ने आज्ञा माग्दैछु। आज भन्दा केहीसमय अगाडि मैले काम गरेको रेस्टुराँमा केही कस्टमरहरु अन्धा पनि थिए। शायद उनिहरु कुनै कम्पनीमा काम गर्दथे। त्यसैले पनि उनिहरु बेलुकाको खाना खान ग्रुप भएर हप्तामा दुई पटक सम्म पनि त्यो रेस्टुराँमा आउने गर्दथे। उनिहरुलाई त्यहासम्म खै कस्ले ड्राइव गरेर ल्याउने गर्दथे त्यो त मलाई थाहा भएन, अनी मेरो फुर्सद पनि भएन कि उनिहरुलाई कस्ले त्यहासम्म छाड्दथे भनेर हेर्ने। तर भित्र रेस्टुरेन्ट सम्म उनिहरुलाई ल्याउने चाँही एउटा गजबको कुकुर थियो र ठीक्क टेबल सम्म ल्याइ दिएर उनिहरु नबसिन्जेल्सम्म त्यो कुकुर उभिरहन्थ्यो र उनिहरु बसिसकेपछी ऊ थपक्क टेबलमुनी छिरेर उनिहरुले खाइ नसकुन्जेल बसिरहन्थ्यो जब उनिहरुले खाइसके भनेर जाने पछी थपक्क टेबल बाट निस्कन्थ्यो। कस्तो अजिब !। पशुको पनि त्यस्तो बुद्धी त्यो कुकुरको त्यस्तो इमान्दारिता र बुद्धी देख्दा मलाई पूरानो आफ्नो घट्नाको याद आउँदथ्यो।
एकदिन म र मेरी छोरी खसिको मासु किनेर घरतर्फ फर्कदैथियौ। छोरीले प्लास्टिकको झोलामा मासु हल्लाउदै बोकेकी थिइ/हामी गफको शुरमा हिडिरहेकाथियौ कताबाट यौटा कुकुर हान्निएर आएर छोरीले बोकेको मासुको झोला उछिट्टियाएर लग्यो। हामी त अक्क न बक्क पर्यौ। के गर्ने ?खोस्न जाउ भने उल्टै त्यही कुकुरले टोक्ने हो कि ?। मन नै अमिलो भयो। त्यो बेलाको महङी भनौ नै खसिको मासु खान लाई दशै नै पर्खिनु पर्थ्यो। मफतमा २०० रु खेर गयो भन्दै हामी चुक चुक गर्दै घर फर्कियौ। अब सोचौ न कुकुर पनि हाम्रो देशका त कस्तो चलाख अनी लुचा। मान्छेको नै गन्ती नगरने। अब त्यही कुकुरले यहाँ अन्धोहरुको साहारा भएर कसरी उनिहरुको बैशाखी बनेर भरोसा दिएको त! । त्यही भएर पनि छोरा छोरीलाई भन्दा आगर गरेको हो कि ?अब हाम्रो देशमा हो भने मान्छेलाई त राम्रो अनुशासन छैन कहाबाट कुकुरलाई अनुशासित बनाउने ?त्यसरी नै खोसेर,लुटेर खाने बानी परिसक्यो वा मजबुरी नै भैसक्यो। कुकुरको त कुरै छाडौ। ल त पाठक साथीहरु समयले मलाई सजाय दिन आंटी सक्यो। अमेरिका को जीवन आफ्नो भनेर पनि धर पाइन्न त्यसैले अर्को अंकमा भेट्ने बाचा गर्दै।
क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 23, 2008
कमेडी गित: फूल खोज्ने भमरा
फोक्स्टोन; वेलायत
हाल :अफ्गानिस्तान
फूल खोज्ने भमरा झै यता तिर आईयो
विष छर्ने साँप जस्तो मायालुलाई पाईयो
मोटर साईकल चढि आउदा मुस्कान छर्न थाल्यो
रित्तो खल्ती देखे पछी कसिंगर झै फाल्यो
भोको माया टार्न लाई यता तिर आईयो
घुर्दै सुत्ने सुंगुर जस्तो मायालुलाई पाईयो
जीउको लुगा राम्रो देखी फर्कि फर्कि हे-यो
पैसा भईन्जेल अंगालोमा सर्पले झै बे-यो
मिल्ने जोडि खोज्दै खोज्दै यता तिर आईयो
काठ पसेको मूला जस्तो मायालुलाई पाईयो
टाढा हूदा सम्झिएर लेख्नु चिठ्ठी लेखे
मायालू लाई भेट्न जांदा अर्कैसगं देखे
मनको कूरा पोखुं भन्दै यता तिर आईयो
दुध् नदिने भैसि जस्तो मायालुलाई पाईयो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest



