December 24, 2010

तिमी बाँचेकी हैनौ, सास फेरेकी हौ!!

तिमी बाँचेकी हैनौ नि
सास फेरेकी हौ,
बाँचेकी भए भनत
कति पटक तिम्रो स्वाभीमानको
कदर भयो?
कति पटक तिम्रो आत्मविश्वासको
अस्तित्व स्विकारियो?!

हरेक बिहान
मिर्मिरेको उज्यालो संगै

तिम्रो चम्किलो दिउँसोको हत्या हुन्छ।
नबुझेर गर्व ठान्छौ त्यस्लाई

तर त्यो मन्द विष
फैलिदै,
जकड्दैछ तिमीलाई!
‘म’ को अस्तित्व भुलेर
कसैको शब्दजालमा कसिएकी छ्यौ
एकपटक सोच त
तिम्रा भावनाहरु व्यक्तिगत स्वार्थको लागि
कसरी चूडालिन्छन
कसैको आडम्बर बनेर!
नपत्याए सोध आफै संग
के तिमीले लगानि गरेका तिम्रा सीपहरु
तिम्रो प्रयोजनका लागि भएका छन त?
के अर्ध भोक हुदै चुहाएको तिम्रो पसिना
तिम्रो हत्केला मा नै भरिइन्छ त?

हो त्यसैले म भन्दैछु
तिमी बाँचेकी हैनौ
सास फेरेकी हौ
सास फेर्नु र
बाँच्नुमा
फरक
छ!!


तिम्रो शुद्दता हिउ संग दाजिन्छ
जस्को अस्तित्व
एक धर्को घामले मेटाइदिन्छ
तिम्रो मन पानीको चन्चलता संग जोखिन्छ
जस्को अस्तित्व झुकावतिर तर्किन्छ
पुग्यो अब,
अस्विकार गर ति उपमाहरु
बरु हल्लैहल्लको यो वस्तिमा
प्रतिध्वनित भएको होस तिम्रो आवाज
खण्डहर हुन नपाउदै महलमा
पुजीएको होस तिम्रो अस्मिता
अनि पो बाँचेकी हुन्थ्यौ

अब सास लिनलाई बाँच्न हैन
बाँच्नलाई सास फेरौ !!
तिमी स्वीकार गर या अस्वीकार
त्यो तिम्रो मर्जी,
तर तिमी बाँचेकी हैनौ
सास फेरेकी हौ!!
मात्रै सास फेरेकी !!

5 Comments:

Luna said...

---तिम्रा भावनाहरु व्यक्तिगत स्वार्थको लागि
कसरी चूडालिन्छन
कसैको आडम्बर बनेर!---
मार्मिक .
मन छुने मार्मिक कबिता लेख्नु भयो आश्मा जी ले .
निरन्तरताको शुभ कामना है .

biratsansar said...

Nikai Ramro lagyo..

हो त्यसैले म भन्दैछु
तिमी बाँचेकी हैनौ
सास फेरेकी हौ
सास फेर्नु र
बाँच्नुमा
फरक
छ!!

Sweta said...

Very expressive

Nepalean said...

आश्माजीको कबिता राम्रो लाग्यो। सास फेरर बाच्नुको यथार्थलाई जिउंदो लास भन्छन क्यार। एउटै कुरालाई हेर्न पनि हरेक तरिका हुन्छन। सास फेरेर बांच्ने कारण भित्र थुप्रै रहष्य हुनसक्छन। भनौं न बुझ्नेलाई श्रिखण्ड नबुझ्नेलाई खुर्पाको बिण। टाढैबाट हेर्नेलाई जिउंदो लास लाग्ला,निजकबाट गमेर हेर्नेलाई त्यही नै अथाह संसार लाग्ला। अर्को कोणबाट हेर्दा कसैले त्यसलाई अमूल्य योगदान ठान्ला र भोग्नेलाई एउटा अन्तयहीन यात्रा। यस्तै यस्तै...सम-समाहिक बिषय बस्तू बुझेर पनि बुझी साध्य छैन। निकै मार्मिक लाग्यो तपाईको बयान।

Dinesh Chandra Panthy said...

मलाई यो कविता आजसम्म दौंतरीमा प्रकाशित मध्ये धेरै राम्रो लाग्यो।
आश्मा जी तपाईंको कलम सदा अगि बढिरहोस। नवबर्ष २०११ को यहि शुभकामना!!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !