December 19, 2010

कार्टुन

- Luna

' टिरिङ्ग ! टिरिङ्ग !! टिरिङ्ग !!! '
फोनको घन्टी लगातार बजिरहेकोथ्यो । मेरो आँखा खुल्नै सकेन ! मलाई ऐठन परे झै भईरहेको थियो । फोनको घन्टी बज्न छोड्यो । म पुन : निदाए ।
केही बेरमा फेरी उसैगरी फोन आईरह्यो लगातार । बेड संगैको टेबलमा टेबलघडी थियो । हात तन्काएर ताने आँखा नखोलेरै । बल्ल बल्ल आँखा उघारेर हेरे , बिहानको ५ बज्दै थियो !
साधारणतया साँढे सात बजेतिर ब्युझिएर करिब आधा घण्टा जती बेडमा नै अघिल्लो राती तयार गरेका खबर लेखहरुको खेस्रालाई
 दोहोर्याइ तेहेर्याइ पढिरहने मेरो बानी थियो । कलमजिबी न परे ! 'पत्रकार ' को कहाँ आफ्नो समय हुन्छ र ! ऊ त सधैं पब्लिक कै लागि कुदिरहनु पर्छ कुदिरहनु पर्छ बेला न कुबेला ---
एकाबिहानै फेरी कुन समाचारको लागि फोन आयो भन्ने सोची फोन उठाए मैले लामो हाई काढ्दै हेल्ल्ल्ल्लो ! भने । उता बाट कानको जाली हल्लिने गरी चर्को आबाज आयो ' आनन्दे ! गूड् मर्निङ ! '
' प्रेम पो रैछ ! ' ' एका ब्यानै ( बिहानै ) के गूड् -- गूड् -- ' मेरो शब्द नै भक्भकियो रिसले !
उस्ले ' आनन्द ! सुन न यार ! -- ' भन्दै थ्यो म जङ्गिए ' मैले तलाई हिजो अस्ती नै भन्या हैन म जगिङ्ग जान्न् भनेर ! ब्यान ब्यानै
 उठायो यस्ले ! हिजो रात भर रात भर तैले पनि त रिपोर्ट तयार पारेकै थिस नि ! तलाई थकाई लागेन ?! २-४ दिन पछी स्टार्ड गरे
  हुन्न ! ' ऊ चूप थियो ।

मेरो रिस थामिएको थिएन । उस्ले ' आनन्द ! ' भन्दै थ्यो म पुन : उत्तेजित भएर बोले , ' तलाई था छ यो रिपोर्ट ले कुन हंगामा मच्च्याउनेछ पब्लिकमा !? यै आर्टिकल संगै अस्ती अस्ती हाम्ले गरेको मेहेनत राइज हुने छ !  पब्लिक त गणेशमानले भने झै 'भेडा' नै हो यार ! '
यती बोलुन्जेल मेरो रिसको पारा १०८ बाट घटेर ३७ डिग्री मा झरे झै ठन्डा भईसके थियो ।
ऊ ' आनन्द सुन न -- भन्दै थियो उस्को बोलिमा ध्यान नदिएर म क्रमश : बोल्दै गए ' त्यो बिकासे डाडाको मगर दाइले समाज बिकासको लागि गर्नु भएको मेहेनत को बारेमा हाइलाइट गर्न खोज्यो कुरा अगाडि बढ्दैन यार ! २-४ शुभ चिन्तक हरुले 'थ्यान्क्स किप इट अप' भनिदिए ! त्यतिमै सिमित यार ! यस्ता चाहिने खबरहरुलाई अरु थुप्रै मिडियाले पनि फ्लोअप गर्दे त हुन्थ्यो नि यार ! त्यस पछी त्यस्ता असल मगर दाई हरु अझै जन्मिने थे होलान , छायामा परेका पनि देखिने थे होलान ! मिडिया पनि यार ! पिप्ली लाइभ स्ट्याल को छ यार ! खाल्ली पोल्टिक्स कै पछी कुद्ने यार ! anyway ! छोड्दे यो सब ! तैले ब्युझाएर ठीक गरिस ! '
अब भने म एकदम शान्ता तर अधिर भईरहेको थिए । आजको दिनको खबर अप्डेट गर्नको लागि जुन हिजै राती अबेरसम्म तयार गरेका थियौ प्रेम र म भएर ।
पब्लिकलाई उत्तेजनामा ल्याउने गरी मरमसला मा मुछेर भुटेका थियौ खबर लाई । हामीलाई थाहा थियो यो खबर पस्कने बित्तिकै तात्तातो भोजन गर्ने छन पब्लिकले र जिब्रो फट्कार्दै प्रतिकृया आउने छ :
मिठो !
चर्को !
पिरो !
कसैलाई नून कम् पनि होला र भन्ने छन ' अल्नो '
आदी इत्यादी ----
म एक्ससैटिंग भईरहेको थिए , एक्ससैटिंग कै कारण मेरो पेटमा बायु मडारिन थाल्यो । मलाई ट्बाइलेट जानु पर्ने भयो । ' प्रेम ! त फोन राख , म एकछिनमा गर्छु '
उस्ले ' आनन्दे ! --- ' भन्दै थ्यो मैले पुन : बोले ' हैन म फोन गर्दिन यार ! त बरु सिधै अफिसमा आईज । म पनि तू तयार भ र आउछु । हट न्युज अप्डेट गर्दी हालौ यार ! '
मेरो एक्ससैटिंग को पाराले १०८ डिग्री पार गरेको थ्यो ।
' आनन्द !!! ' उस्को स्बर निक्कै चर्कियो बडेमाको सिसमहल झर्याम्म फुट्ला झै !
म झस्किए ।
ऊ बोल्यो , ' आनन्द ! फाल्दे यार हिजो रातिको रिपोर्ट रद्दी टोकारीमा ! त बिहानै उठ्लास र ब्लगमा राख्देलास भनेर फोन गर्या यार ! '
' ह ???!!! ' म तीन चित्त खाएको थिए ।
एक छिन् ऊ पनि चूप म पनि चूप ।
एकछिनको सन्नाटा चिर्दै म बोले , ' किन के भो र ?! '
ऊ बोल्न थाल्यो , ' हिजो क्या हाम्ले जुंगे ब्रोलाई १००० हजार दिदै फोटो लिन प्रमिसन ( अनुमति ) माग्या थेम नि ? '
'अँ अँ ! भन न छिट्टो ! ' म आत्तिएर बोले ।
उस्ले निरन्तरता दिदै बोल्यो , ' त्यै ब्रोले एस् म् एस् पठायो मलाई । ' पत्रकार भाईइहरु ! हिजो तपाईंले खिच्नु भएको फोटो र रिपोर्ट खबरमा नराख्नु होला , यहाँ रात भरिमा अग्राख पलाई सकेको छ । तपाईंहरु कार्टुन बन्नु होला भनेर मैले पैल्यै खबर गर्द्या ---
' मेरो सुस्केरा चुचुरो बाट फेद मा पक्षरिन पुगेको ब्यक्तिको झै आयो ' ओह ! '
प्रेम बोल्दैथ्यो , ' यार आनन्द ! त्यसमा मरमसला पनि धेरै भएकै हो ---
' अब त्यसको ठाउँ मा के राख्ने त ? ' मैले सोच्दै बोले ।
ऊ हास्यो ' हा ! हा ! हा ! हा ! '
' के ?! ' म जङ्गिए ।
' रिल्याक्स म्याट ! कूल डाउन ! अब त्यसको ठाउँ मा बडेमाको " कार्टुन " राख्ने !!! हा! हा! हा! हा!
उस्को हासो मेरा कानका जालिमा अझै थर्किरहेको छ हा ! हा ! हा ! हा !
म त्बाइलेट्मा बस्दै सोचिरहेको छु कस्लाई कार्टुन बनाउ ? पप्ब्लिक लाई कि --- ? ----
सुचना: लेखकको अनुरोधमा ब्लग प्रकाशित पछि केही शब्द हटाइएका छन। यसबाट अप्ठ्यारो पर्नगएमा क्षमाप्रार्थी छौं। - दौंतरी ब्लग

9 Comments:

Luna said...
This comment has been removed by a blog administrator.
पोस्तक श्रेष्ठ said...

के हो लुनाजी को कथाहरु म्याराथन रेसमा जाँदो रहेछ नि। कथिपय कथाकार, लेखकहरुले गालीका शब्दहरु जस्ताको तस्तै बोलीचालीमा लेख्ने गर्छन्। कतै तँपाईले पनि बुद्धिसागरको कर्णाली ब्लुजमा गालीका शब्दहरु जस्ताको तस्तै लेख्यो भनेर टिप्पणी गर्नु भा'को जस्तो लाग्यो। कतिपय वर्गमा यस्ता शब्दहरु दाल भात खाए जस्तो सजिलै प्रयोग गरिन्छन् र पचाईन्छ पनि तर साहित्य रचनामा प्रयोग हुँदा चाँहि त्यति शोभनिय हुन्न जस्तो लाग्छ। त्यस्ता शब्दहरुलाई प्रयोग नै गर्ने परे पनि प्रतीक वा उपमा को रुपमा प्रयोग गर्न सकिन्छ होला्। जस्तो सालालाई, सा....( उसले गालीको शब्द प्रयोग गर्यो)। आदि।

Luna said...

पोस्तक जी ! म तपाइको कुरामा सहमत छु . मैले दौतारिमा यो कथा पोस्ट हुनु अघि मेरा साथीलाई यो कथा कस्तो छ पोस्ट गर्नको लागि भनि पठाएको थिए ,
जबाफ आएको थियो ' यो गालीको शब्द हो , विचार गरेर लेख ' ,
मैले यो शब्द लाइ त्यति गहिरो संग लिएकी थिइन , सोचे यो भनेको श्रीमती को भाइलाई सम्बोधन गर्ने शब्द हो तर जब यो शब्द नराम्रो गालि नै हो भन्ने था
पाए त्यसपछि तू मैले इमेल लेखे दौतरीलाइ , यो शब्द नराख्ने भनेर . मलाइ आशा थियो मैले नबुझेरै गल्ति गरे पनि इमेल पाए पछी दौतारिले उक्क्त शब्द हटाउन मद्दत गर्नु हुने छ . ( हुन त कम्प्युटर सम्बन्धिको टेक्निकल कुरा हो , यो पहिल्यै तयार भएको भ र हटाउन नमिलेको हो कि ! प्राबिधिक गदबदिले पनि हुन सक्छा )
केटामान्छेहरुले यो शब्द प्रयोग गरेको सुनेकी थिए र सोचे यो ' ठेट ' शब्द होला तर होइन रैछ ! नराम्रो गालीको शब्द रैछ ! छेमा प्राथी छु .

ठरकि दादा said...

पाठकलाई सोच्नै पर्ने बनाउने र अक्षरहरूले नभनेका धेरै कुरा पनि दर्साउन सफल छ कथा।
'साला' शब्दको बारेमा यसलाई गाली मानेर क्षमा माग्नु पर्ने देख्दिन म...कस्ता कस्ता लेखकका प्रसिद्ध पुस्तकमा यो भन्दा धेरै 'कडा' शब्द प्रयोग गरेका छन् ।

आत्मीय साथीहरु बीच पनि गाली हैन सामान्य रुपमा पनि यो शब्द यदाकदा प्रयोग हुन्छ । म भने लेख्नु अगाडि सोच्ने र लेखि सकेपछि भने जे लेखेको छ त्यसको जिम्मा लिएर ढुक्कै सँग बस्ने गर्छु । मेरो व्यक्तिगत विचार है :)

कथा भने लेख्दै गर्नुहोला ! (ताली र गाली त आइरहन्छन् नै :))

PD said...

रिल्याक्स म्याट ! कूल डाउन ! अब त्यसको ठाउँ मा बडेमाको " कार्टुन " राख्ने .
Ali thulo cartoon rakhnus hai.

Luna said...

पीडि जी !
अब यो भन्दा पनि ठुलो कार्टुन ?!--
हामि सप्पै जनता - नेता - पत्रकार सबै सबै कार्टुन बन्नु र बनाइनु को का दृश्यलाइ मैले कथा नामक क्यानभासमा पोत्ने प्रयास गरेकी हुँ । अब दृश्य हेरी को कसले कसरि बुझ्लान त्यो त मेरो जिम्माको कुरा भएन । जे होस् केहि त सोच्ने नै छन् भन्ने आशले नै प्रयास चै गरेकी हु ।

sasang said...

हाम्रो समाजमा दुइथरिका नेता भए जस्तै पत्रकार पनि दुइखाले छन: वास्तविक् पत्रकार र झेली पत्रकार: एकताका दरवारीय भूमिगत गिरोहको पर्दाफासगरी उनिहरुको कर्तुत जनमानसमा छताछुल्ल पार्ने पदम ठकुराठीहरु जस्ता पत्रकार थिए भने, डर, धाक, धम्की दिएर र नेताहरुको चाकडी गर्ने ऋषी धमलाहरु जस्ता पत्रुकारहरु पनि छन। जसरी हामी नेताहरुको खोइरो खन्छौं, त्यसरी नै पत्रुकारहरुलाई पनि बाँकी राख्नु हुन्न। लुनाजी! म कसैको सालो पर्छु, कोही मेरो सालो पर्छ। यो "साला" शब्द जनजिब्रोमा यतिसाह्रो भिजिसकेको छ कि " त्यो साले पत्रुकार" भन्न जति पनि मिल्छ, तर वास्तविक पत्रकारलाई माया गर्नुपर्दछ, जश दिनुपर्दछ र आदर गर्न सिक्नु पर्दछ!!!!

Nepalean said...

म यात्राको क्रममा रहेकोले जस्ताको तस्तै कथा टासेको थिएं। समय अभावले गर्दा कहिले कांही कथा नै नपढी ब्लग राख्नु पर्ने अबस्था पनि आउंछ। पछि केही शब्दको गोलमाल थाहा पाउंदा मेरो इमेल चेक गरें। त्यही नै कथा थियो। अन्त्यमा लुनाजीले प्रष्टाएर इमेल पठाउनुभयो। साथै उहांको अनुरोधमा पहिलो कमेन्ट पनि हटाएको छु।

ब्यक्तिगतरुपमा मलाई के लाग्छ भने शब्दजाल थापेर लगाम लगाइको कथा लंगडो घोंडा जस्तै हो। कथा भनेको एउटा साहित्यको रुप हो जुन बिना रोकतोक खुला भावनामा प्रकट गरिनूपर्छ। बांकी जो लेखकको मर्जी।

Luna said...

उक्त शब्द हटाइ दिनु भएकोमा धेरै धन्यवाद नेपालीयन जी लाइ . मैले त थेगो जस्तो पो सोचेकी थिए तर गालीको रुप रहेछा , था पाए पछी मलाइ ग्लानि भएको
थियो , अहिले बल्ल मेरो मन आनन्द भयो . कत्ति पिर लागेको थ्यो मलाइ .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !