July 11, 2010

सस्तो र सजिलो उपचार

नरेन्द्र रौले
पेशाले पर्यटन ब्यबसायि कुपण्डोल, ललितपुरका सरोज निरौला (नाम परिवर्तन) ३८ प्रोस्टेटाइटिस रोगबाट नराम्ररी ग्रसित बने । प्रोस्टेट ग्रन्थि सुन्निने समस्याले चार बर्ष सम्म उनी यो रोगबाट थलिए । अन्डकोष दुख्ने,
ढाड दुख्ने, पिसाव पोल्ने, पिसाव गर्न गाह्रो हुने समस्याले बेस्सरी सता
इएका उनी उपचारका लागी कहा मात्र धाएनन् ? काठमाडौ देखि दिल्ली, मद्रासका अस्पताल सबैतिर चहारे । निको हुने आशामा पाच लाख रुपिया भन्दा धेरै खर्चिएका निरौलाले जीवन देखि हार खाइसकेका थिए । संयोगले होमियोप्याथिक उपचार पद्धति बारे थाह पाए । एक डाक्टर मार्फत भक्तपुर इन्टरनेशनल होमियोप्याथिक क्लीनिकको सम्पर्कमा पुगेका निरौलाले क्लासिक होमियोप्याथिक उपचार गराएको चार महिनामै ठीक भए । त्यसपछि उनलाइ कहिल्यै यो रोगले च्यापेन । जम्मा पाच हजार रुपियामै उनको सम्पुर्ण उपचार सम्पन्न भयो ।

भक्तपुर ३ गछेका विश्वराम खोजु ३१, हातखुट्टा झम्झमाउने, कामै गर्न नसक्ने अबस्थामा थिए । तीन बर्ष सम्म उनी पुरै हिंडडुल गर्न पनि सकेनन् , उपचारका लागी काठमाडौका कुनै अस्पताल बाँकी राखेनन् । पचास हजार भन्दा धेरै रुपिया“ खर्चिए । डेढ बर्ष सम्म एलोप्याथिक औषधि खाए तर पनि सञ्चो भएन । आफ्नो घर नजिकैको भक्तपुर इन्टरनेशनल होमियोप्याथिक क्लीनिकमा उनले जँचाए । डाक्टरको सल्लाहमा औषधि सेवन गरे । यसको छ महिनामै उनको रोग ठिक भयो । काठमाडौ“का अस्पताल चहार्दा पचास हजार भन्दा धेरै रकम खर्च गरेका विश्वरामले यहा“ पा“च हजार मात्र खर्च गरे । उनी भन्छन् । “एलोप्याथिकको जस्तो झोलाभरी औषधि बोक्नुपरेन । दुइ महिनाको एउटा गोली भए पुग्छ । ” अहिले टाउको दुख्ने, ज्वरो आउने लगायत सामान्य रोगले समाउदा पनि उनी उपचार गराउन होमियोप्याथि औेषधि नै प्रयोग गर्छन् । भक्तपुर सुकुलढोकाकि सोनि वैद्य, २२ ग्लोमेरुलो नेफ्राइटिस ( मृगौला सुन्निने) बाट ग्रसित किशोरी हुन् । पटक पटक बेहोस हुने, शरीरको विभिन्न भागमा सुन्निने, (विशेष गरी खुट्टा ) , पेट दुख्ने, धेरै ज्वरो आउने, पिसाव पोल्ने, कमजोरीपन देखा पर्ने गथ्र्यो । प्रचलित उपचार विधिबाट जति उपचार गराउदा पनि निको भएन । होमियोप्याथि उपचार गराएको १० महिना भित्रै पुरै रोग निको भयो । यसका लागी पन्ध्र सय
रुपियाँमै सबै काम सम्पन्न भयो । माथिका यिं केहि प्रतिनिधी उदाहरण मात्र हुन् । एलोप्याथिक उपचार गराएर, धेरै धन पैसा खर्च गरेर, देश विदेसका अस्पताल धाएर, निको नभएका बिरामी होमियोप्याथि उपचारपश्चात् पूर्णतया निको भएका बलिया प्रमाण हुन् ।
अस्पताल धाइरहनु नपर्ने, धेरै औषधि खान नपर्ने, सस्तो सर्बसुलभ ढंगबाट उपचार गराउन सकिने भएकाले होमियोप्याथि उपचार पद्धतिमा बिरामीहरु आकर्षित हुँदै गएका छन् । एलोप्याथि डाक्टरहरुले पनि होमियोप्याथिकै उपचार पद्धति बढि प्रभावकारी भएको ठान्न थालेका छन् । डाक्टर सुन्दरमणि दिक्षितले आफ्नो क्लीनिकमा आउने बिरामीहरुलाइ होमियोप्याथि क्लीनिकमा जान सल्लाह दिन्छन् । कसरी धेरै नाफा कमाउने भन्नेमै डाक्टरहरु बढी केन्द्रित भएका बेला आखिर किन दिक्षितले होमियोप्याथि प्रति विश्वास राख्छन् त ? “होमियोप्याथि निकै सस्तो छ र यसले शरीरमा कुनै प्रकारको हानी नै गर्दैन ।” दीक्षित भन्छन् । उनका अनुसार एलोप्याथि औषधि ज्यादै महंगो, सिमित ब्यक्ति, बर्ग र समुदायका ब्यक्ति माझ उपलब्ध छ । गरिब जनता सम्म पुगेन र उनीहरुमा औषधि किन्ने क्ष्ँमता नै भएन । यस्तो बेला होमियोप्याथि उपचार पद्धति नेपाल जस्तो गरिब मुलुकका जनताका लागि निकै उपयोगी हुने दिक्षितको ठहर छ ।

ब्यक्तिको लक्षणको समानताका आधारमा उपचार गरिने एक चिकित्सा पद्धति नै होमियोप्याथि चिकित्सा हो । यो उपचार पद्धतिमा विरामीको शारीरिक, मानसिक तथा भावनात्मक अवस्थालाइ विचार गरेर सम्पुर्ण रुपमा उपचार गरिन्छ । अप्रेसन गर्दा समेत कुनै मेसिनको समेत प्रयोग नगरी उपचार गरिन्छ । यस प्रकारको उपचारमा रोगको निर्मुलिकरण भित्र देखि बाहिर सम्म हुने गर्छ । बनस्पति , प्राणि र खनिज आदिको प्रयोग द्वारा निर्मित औषधिले कुनै साइड इफेक्ट पनि एकदमै न्युन हुने गर्छ । कुनै बिरामी टाउको दुखेर एलोप्याथिक डाक्टर कहा“ जा“दा उसले सिटामोल लिएर फर्किन्छ तर होमियोप्याथि डाक्टरले बिरामीको सिंगो जीवन, आनीबानी, ब्यबहार, खानपान, पारिवारिक अबस्था बारे बुझेर मात्र औषधि दिन्छ । यिं दुइ उपचार पद्धतिको फरक नै यहि छ ।

होमियोप्याथिका फाइदा धेरै भएकाले नै होला यस उपचार पद्धति प्रति बिरामीहरु आकर्षित बन्दै गएका छन् ।
बिरामीहरुले धेरै औषधि किन्नुपर्ने, निरन्तर खाइरहनुपर्ने झञ्झट यसमा ब्योहोर्नु पर्दैन । निकै सस्तो छ र यसले साइड इफेक्ट गर्दैन । विरामीको लक्षणको गम्भिरताका आधारमा औषधि दिइन्छ । एक पटक ठिक भएपश्चात् फेरी कहिल्यै औषधि खानै पर्दैन । पटक पटक अस्पताल धाइरहने कष्ट पनि गर्नुपर्दैन । बिशेषगरी नेपाल जस्तो मुलुक र अझ ग्रामिण भेगका बासिन्दाहरुका लागी होमियोप्याथि उपचार एकदमै सुहाउ“दो र अपरिहार्य छ ।

शहरमा विस्तारै युवा पुस्तामा पनि होमियोप्याथि पेशा प्रति आकर्षण बढदै गएको छ । नेपालमा होमियोप्याथीको पढाइ जम्मा दुइ ठाउमा मात्र हुन्छ , बिराटनगर र भक्तपुर । बिराटनगरबाट होमियोप्याथिको
पढाइ सुरुवात भएको हो । बि सं ०५९ सालमा नेपाल होमियोप्याथि मेडिकल कलेज बिराटनगरले स्नातक तह (बिएचएमएस) सुरु गरेको हो । पश्चिमका बिभिन्न भाग, पहाड तराइ देखि काठमाडौ र दिल्लीबाट पनि अध्ययनका लागी बिराटनगरमा विद्यार्थीहरुको भीड बढिरहेको छ । साढे पाँच बर्षमा पुरा गरिने यो कोर्ष ब्याचुलर अफ होमियोप्याथी एण्ड मेडिसिन सर्जरी (बिएचएमएस) एमबिबिएस सँग मिल्दोजुल्दो छ । यो कोर्षको अध्ययन पुरा गर्न साढे पाँच लाख लाग्छ । ०५९ देखि अहिले सम्म तीन वटा ब्याचका विद्यार्थीहरुले विराटनगरबाट (बिएचएमएस) तहको पढाइ पुरा गरिसकेका छन् । यता भक्तपुरमा पनि बिराटनगरमा पढाइ सुरु भएको ठिक ६ बर्ष पछि ०६५ मा होमियोप्याथिको पढाइ सञ्चालन भयो । भक्तपुर होमियोप्याथिक मेडिकल कलेज, भक्तपुरमा होमियोप्याथी हेल्थ असिस्टेन्ट तहको पढाइ सञ्चालन हुने गर्छ । तीन लाख रुपियाँमा साढे तीन बर्षको यो कोर्ष पुरा गर्न सकिन्छ । अब नया भवन बनेपछि २० जना भर्ना लिने बताउछन् , प्रिन्सिपल अम्बिका प्रसाद ज्ञवाली । “ यस विषयमा चासो राख्ने विद्यार्थीहरु बढ्दैछन् ।” ज्ञवाली भन्छन् ।

विद्यार्थीहरुमा यस विषय प्रति मोह बढ्दै गएको छ । रोचक पक्ष त के भने, सुरुमा शारीरिक समस्या लिएर उपचार गराउन क्लीनिकमा आउने र निको भएपछि यहि विषय पढ्नहरु बढी छन् । बिराटनगरका इश्वरी खतिवडा , ३२ त्यसका उदाहरण हुन् । टनसिलको समस्याले ग्रस्त बनेपछि एलोप्याथिकमा थुप्रै चोटी धाए । पैसा पनि प्रशस्त खर्च गरे । तर निको भएन । आखिरमा दस रुपिया“मै होमियोप्याथिक औषधिले खतिवडाको रोग निको पार्‍यो। त्यसपछि उनलाइ यो विषय नै पढ्ने धुन चल्यो । यसैका लागी अमेरिकाको डिभी पनि त्यागे । “यसमा नाम र दाम दुबै छ । ” उनी भन्छन् । त्रिचन्द्र क्याम्पसबाट स्नातक उत्र्तिर्ण र त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर द्वितिय बर्षमा अध्ययनरत उनी हाल भक्तपुर होमियोप्याथिक मेडिकल कलेजमा (बिएचएमएस) दोस्रो ब्याचका विद्यार्थी पनि हुन् । क्यान्सर, गलगा“ड रोगले ग्रसित बिरामीलाइ उनले निको पारिदिएका छन् ।

मध्यपुर ठिमी, भक्तपुरका रञ्जु र रोजी धौभञ्जार दुइ दिदी बहिनी हुन् । उनीहरु दुबै जना होमियोप्याथिमा आकर्षित बनेर पढिरहेका । सुरुमा रोजीलाइ रिंगटा लाग्ने, टाउको दुख्ने, बेहोस हुने, ज्वरो आउने समस्या थियो । एलोप्याथिक औषधिले जति उपचार गरेपनिउनलाय निको पार्न सकेन । होमियोप्याथिककै कारणले उनी निको भइन् । अन्तत उनले आफु मात्र होइन बहिनीलाइ पनि कलेज भर्ना गरिन् ।

भक्तपुरकि समिता शिल्पकार प्लस टु पछि नर्सिङ पढ्न चाहन्थिन् । शुषमा कोइराला मेमोरियल ट्रष्टमा प्रबेश परिक्षामा नाम निकालेकि समिताले साढे तीन लाख रुपियाँको आबश्यकता भयो । परिवारको आर्थिक कमजोरीका कारणले त्यो रहर पुरा गर्न पाइनन् । भक्तपुरको होमियोप्याथि क्लीनिकमा चार वर्ष काम गरेपछि अन्तत उनी पनि यहि पेशामा लागिन् ।

सन् १९९३ मा भक्तपुरका रबीन्द्र पुरी अध्ययनका क्रममा जर्मनी पुगेका थिए । त्यहा“ उनले अर्र्टुड लिन्डेम्यान नामक होमियोप्याथी डाक्टरलाइ भेट्ने मौका पाए । नेपालमा पनि यस विषय सम्बन्धि पढाइ सञ्चालन गर्न चाहेको र त्यसका लागी आबश्यक सहयोग गर्न अनुरोध गरे । डाक्टर अर्र्टुड यसमा सकारात्मक भइन् । आवश्यक सहयोग गर्न राजी भइन् । रबीन्द्र नेपाल फिरेपछि अम्बिका प्रसाद ज्ञवाली, शुसिल देवकोटा, लगायत केही सहकर्मीहरु मिलेर कलेज स्थापनामा जोडले लागे । “सिटिइभिटिले हामीलाइ चार बर्ष सम्म झुलायो ।” कलेज खोल्दाको संघर्ष सम्झिदै रबीन्द्र भन्छन् । चार बर्षको लगातार संघर्ष पछि मात्रै सिटिइभिटिले कलेज खोल्न स्वीकृति दिएको थियो । नेपालमा कलेज खोल्ने आफ्नो सपनालाइ ड्रिम प्रोजेक्ट पुरा भएका ठान्छन् उनी । यतिबेला भक्तपुर होमियोप्याथिक मेडिकल कलेज र भक्तपुर होमियोप्याथि क्लीनिकलाइ डाक्टर अर्र्टुड र उनका साथीहरुले सहयोग गरिरहेका छन् । नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, स्पेन, इटाली, बेल्जियम, फ्रान्स लगायत मुलुकका डाक्टरहरुले फ्रेण्ड्स अफ नेपाल नामक संस्था खोलेका छन् । जुन संस्था नेपालीको सेवामा समर्पित छ । जस अन्र्तगत प्रत्येक बर्ष चार जना विद्यार्थीहरुलाइ छात्रबृत्ति प्रदान गर्ने, निःशुल्क औषधि दिने गरिएको छ । भक्तपुरको यो कलेजबाट पढाइ पुरा गरेका विद्यार्थीहरुलाइ सेवा दिनका लागी गाउमा पठाउने योजना छ विदेसीहरुको । यति मात्र होइन गाउमै बसेर सेवामा समर्पित हुनेहरुलाइ क्लीनिक नै खोलिदिने योजना पनि विदेसीहरुले बनाइसकेका छन् ।

१४ गते काठमाडौ“मा होमियाप्याथिको बारेमा एउटा सेमिनार नै गरियो । भक्तपुर होमियोप्याथिक क्लीनीकले आयोजना गरेको कार्यक्रममा जर्मनीका डाक्टर अर्र्टुड लिन्डेम्यान र भारतका डाक्टर एम के साहनी होमियाप्याथिको महत्व र यसको आबश्यकता बारे प्रष्ट्याए । जर्मनीमा सत्तरी प्रतिशत जनताले होमियोप्याथी उपचार पद्धति अपनाउने गरेको र हरेक तीन जना डाक्टर मध्ये एक जना होमियोप्याथी डाक्टर रहेको बताइन् । नेपालमा पनि यस क्षेत्रमा दक्ष उत्पादन गर्न सरकारले पहल गर्नुपर्ने कुरामा उनले जोड दिइन् । जनचेतनाको कमीले धेरै नेपाली जनतालाइ यसबारे थाह नभएकाले सरकारले यस तर्फ ध्यान दिनुपर्ने कुरामा डाक्टर एम के साहनीले सचेत गराए । “विकट गाउमा मेडिकल स्थापना गरिनुपर्छ, ज
नस्तर सम्म औषधि पुर्‍याइनु पर्छ ।” साहनीले भने ।

नेपालमा होमियोप्याथिको इतिहास
विश्वमा जर्मनीबाट होमियोप्याथिको सुरुवात भएको थियो । डाक्टर स्यामुयल हानेमानले यसको आविष्कार गरेका हुन् । नेपालमा राणाकालिन समयमा सुरुवात भएको पाइन्छ । त्यस बेला राजपरिवार र राणा परिवारबिच मात्र यो सिमित थियो । एउटा कथन अनुसार राणा प्रधानमन्त्रि मोहनशमशेरले हात्ती पालेका थिए । त्यो हात्तीको पेट दुख्दा होमियोप्याथिक औषधिको प्रयोगले निको भएको थियो । यो लगत्तै सुन्धारामा ज्ञानेन्द्र मोहन मेमोरियल होमियोप्याथिक अस्पतालको निमार्ण भएको थियो । राजा महेन्द्रको शासनकालमा अच्यूत बहादुर श्रेष्ठले दरबारमा होमियोप्याथिक चिकित्सकमा रुपमा काम गरेका थिए । बि सं २००७ सालमा राजा त्रिभुबनले न्युरोडस्थित् अखिल नेपाल होमियोप्याथिक एसोसियसनको उद्घाटन गरेका थिए । यस एसोसियसनमा अहिले पनि एक सय होमियोप्याथिक डाक्टरहरु कार्यरत छन् । हाल नेपालमा दुइ सय




3 Comments:

Nepalean said...

homopathic ko teti suneko thiyina. Yo aurvedic ra alopathic bhanda k farak chha? yeso teslai pani halka bhane ma jasta le bujne thiye. Nepal jasto garib desh ma sasto tarika le chwatti niko parne tarika ta nikai ramro bho ni. haina ra?

dong dong23 said...

pandora bracelet
nike blazer sneakers
pandora charms outlet
air jordan shoes
nfl jerseys
nike huarache women
fred perry polo shirts
coach outlet
coach factory online
mont blanc mountain pen
2017.5.18chenlixiang

LOP said...

Good article
http://www.lumbinionlinepatrika.com/

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !