April 3, 2010

बसाई सर्न के भोर?


बचनकै के त कुरा
भुले सम्झाई के भोर?
मन नपरे ति सब कुरा
होइन भन्न के भोर?

खाएका कसमका के कुरा
छिनभरमै तोडे के भोर?
उन्मादमा गरेका ति कुरा
बेसुर भने के भोर?

आंसुमा डुब्नुको के कुरा
आफू मुस्काए के भोर?
गल्ती भएको के कुरा
सज्जन देखिए के भोर?

साथ मरे त के कुरा
आफूं नमरे के भोर?
अरुको दु:खको के कुरा
सुखलाइ अंगाले के भोर?

प्याराका प्यासको के कुरा्
तिर्खा मेटिए के भोर?
सिमानाको त के कुरा
बास्तै नगरे के भोर?

पोतेमा अल्झनु के कुरा
धागोलाई दोष दिन के भोर?
संबन्ध टुट्नुको के कुरा
सबैलाइ ढांटे के भोर?

भेटेर छुट्नुको के कुरा
भुलेर गए के भोर?
भत्केको घरको के कुरा
बसाई सर्न के भोर?

10 Comments:

Milan Rawal said...

आजको स्वार्थि जमाना नै यस्तै छ. यहा कसलाई कसको मतलब.. मैले खयकै छु. मैले लायकैछु.अर्कोले के गर्छ. किन चाहियोर? आज याहा निर्दोस मान्छे मरेका मार्यै छन् तर मोज मस्ती गर्नेले गरिरहेका छन/ यो संसारको नियम नै यहि हो/

डीआर न्यौपाने'सूर्य' said...

धेरै पछी नेपालियन जीको भावमा रमाउने मौका पाए। यो आ-आफ्नै सन्सारमा जसले जे गरेपनि हुने रहेछ। जाबो बसाइ सर्न त के नै भो र ? मज्जाले सरे हुन्छ परेको म बेहोर्छु हा.. हा.. हा...

रमेशमोहन अधिकारी said...

व्यङ्ग्य कविता !

प्रबिण थापा said...

nice sachai बसाई सर्न के भोर?

Nepalean said...

यस्तै छ मिलनजी स्वार्थी दुनियामा कस्लाइ कस्को मतलब छ र?

सिकारूजी सरुं त बसाईं। तपाईपो हराउनु भए जस्तो छ म त अक्कल झुक्कल कापी कलम लिएर आइरहन्छु।

रमेशजी ब्यगं भनु या के भनु। यस्तै छ हाल।

प्रबिण जी कबितमा त बसाई सरियो। तर सांच्चै चाही जाहा को त्यही छु।

Anonymous said...

राम्रो लाग्यो कबिता।

Dinesh Chandra Panthy said...

प्याराका प्यासको के कुरा्
तिर्खा मेटिए के भोर?

Jotare Dhaiba said...

दुनियाँ नै मतलबी यो,
कसले के सोच्छ के भो र ?

विसङ्गत समाजको रुप-रेखालाई निकै हदसम्म समाउनुभएको छ । चित्र छनोट पनि राम्रो लाग्यो ।

हिमाल_पारि said...

सुख दुख को के कुरा
ढुंगा भैदिए के भो र?
हावा मा उड्नू को के कुरा
रक्सी मा डूबिदिये के भो र? ...........



नेपालियन जी...... राम्रो रैछ कबिता.

लोउ मैले नि चार लाइन थपिदिए है

Nepalean said...

यसले त सबैलाइ कवि पो बनायो। दिनेश,धाइबा र हिमाल पारी अब केही थप कबिता लेख्नु पर्यो।
अन्तीम तिरको "भेटेर छुट्नुको के कुरा ,भुलेर गए के भोर?"कबिता लेखी सकेपछी एक जना साथीलाइ कबिता सुनाउदा थपेको लाइन हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !