July 20, 2009

मन लाछ

प्रबिण थापा
आज मलाई बसन्त झै फुल्न मन लाछ
मङसिरको सेरा फाँट झै झुल्न मन लाछ

बोल्दा सधै हाँसिरहने उनको बानीसँग
रमाउदै मलाई पनि घुल्न मन लाछ

सबैको मनदेखि आत्मा सम्म छाउने
त्यो निर्दोषीपनसँग खुल्न मन लाछ

पल-पलको स्मरणलाई साक्षी बनाउदै
भमरा भई फूलमाथि डुल्न मन लाछ

दुई दिने जिन्दगी उमङ्ग लिई साथमा
जीवनभरी उनकै प्रितमा भुल्न मन लाछ


14 Comments:

ठरकि दादा said...

मिठो गजल !

मनले सोच्या जस्तै होस !!! :)

me said...

nice one!
:)

Anonymous said...

bashanta ra phoolna chaahi alik ashuddha bhayo ki?yasta galtiharilaai pani sachhyaidiye sudhaarne maika hunthyo.

Anonymous said...

sudhaarne

Zero Hour (जिरो आवर) said...

प्रवीणजीको कविताहरुमा कुछ कुछ हुदैंछ जस्तो भाव देखिन्छ नि, क्या हो !

खुल्लामन्च said...

PraveenJee, Ramro lekhnubhaechha. Bhadhaai chha.

प्रबिण थापा said...

ठकरी जि धन्यवाद! तपाइको यो मिठो शुभेक्षाको लागि, Me र
खुल्लामन्च ज्यु लाइ धन्यबाद गजल मन पराइदिनु भएकोमा,
Zero Hour जि यो गजलको भाबको रुपमा मात्र लिइदिनु होला, कुछ कुछ त पहिले नै भाको थियो के गर्नु मोरिले दिलमा भोटेताल्चा ठोकेर हिडि अर्कैसग, अबत जवानि पनि ढल्नै लगिसक्यो खोइ अझै साइत जुरेको छैन बर्बाद पो होला जस्तो छ भन्या?
Anonumous जि तपाइको यो महत्वपुर्ण सुझाबको लागि हिर्दयदेखि नै स्वागत, हो पक्कै पनि बशन्त र फुल्न एउटै कुरा होइनन, यहाँ मैले जसरि बशन्तले नयाँ पालुवा बोकेर उजाड शिशिर माथि हरियालि छाउदै बाताबरणमा शोभा बढाइदिन्छ, अनेकौ फुलहरुपनि फुलाउछ भन्ने अर्थमा मलाइ पनि त्यहि बशन्तले फुलाउने फुल भएर फुल्न मन छ भनि प्रतिकात्मक रुपमा पस्कन खोजेको मात्र हुँ। यदि कुनै उपयुक्त शब्द भेटे भने परिमार्जन अबश्य गर्नेछु।

Jotare Dhaiba said...

मलाई भने गजलमा प्रयुक्त 'वसन्त फुलेको' सन्दर्भ नमिल्दो लागेन । 'आन्दोलनमा गाउँ आगो बनेर उर्लिएको छ' भन्दा हामी के बुझ्छौँ ? पक्कै पनि गाउँको त प्राणीगत अस्तित्व र चाल हुँदैन । गाउँ उर्लिनु भन्नुको अर्थ गाउँलेहरू उर्लिनु भन्नु हो । यसलाई शब्दशक्ति भनिन्छ । सोझासोझी भाव जनाउने शब्दशक्तिलाई अभिधा भनिन्छ भने प्रतीकात्मक, घुमाउरो भाव दिनेलाई लक्षणा तथा व्यञ्जना भनिन्छ । जुन कुराबाट सोझै अर्थ खुल्दैन, त्यसलाई लक्षणा र व्यञ्जनाको अर्थमा बुझ्नुपर्ने हुन्छ । काव्यिकताको ज्यान भनेकै त्यही हो ।

तर फेरि बुझ्दै नबुझिने र खुल्दै नखुल्ने अर्थमा शब्द र वाक्यसंरचना राखेर, अनर्थ र बोझिलो साहित्य लेखेर काव्यिकताको परिचय खोज्दै लक्षणा लेखेको हुँ भन्ने फूर्ति पनि बेकार हो ।

प्रवीण जीको यो गजल गेयता र सरलता दुवैको दरिलो तिघ्रामा उभिएको छ । सुललित पदावलीले सहज प्रवाह छ । शृङ्गारिक गजल भएर पनि हो कि ? मायाको कुरै यस्तो हो । उमेर घर्किसक्यो, अर्की मोरी पाइनँ भनेर चिन्तित हुनुहुँदो रहेछ । बिस्तारै समय आएपछि आफैँ ठीक हुन्छ प्रवीण जी, मायातिर पछि लागेपछि पीडा हुन्छ । खोजेको जस्तो मान्छे पाइयो भने त ठीकै हो, तर आजको समयमा ज्यादै गाह्रो हो मान्छे जस्तै मान्छे पाउन । फेरि हामी जस्ता भावनामा संवेदनशील भएर लाग्ने मुटुका खेतालाहरूलाई मायाको याम बिग्रिएपछि नराम्रो गरी खलबली पार्छ ।

त्यसैले आफैँ जुरोस् जोडी, खोजेर नहिँड्नुहोला है ! :)

प्रबिण थापा said...

धाइबा जि धन्यवाद तपाईंको महत्वपुर्ण सल्लाहाको लागि,तपाईंको प्रतिकृयामा म आफ्नो ताकत भेट्छु, तपाईंको शब्द शब्दले मलाइ सधै नै प्रेरणा प्रदान गरेको हुन्छ किन किन मलाई त मेरो सिर्जना भन्दा पनि तपाईंको प्रतिकृयामा रमाइलो अनुभुती हुन्छ यसो भनेर अरु साथिहरुलाइ अबमुल्यन गर्न खोजेको भने होइन नि।

Luna said...

प्रबिण जि !
मायामा भुल्नु पनि अहो भाग्य नै हो । भुल्दा भुल्दै जिबन बित्दै गई रहेको थाहै हुँदैन नत्र त पल पल बिताउन सार्है गार्हो पो हुन्छ त ---- माया बिना जिबन सार्है अत्यास लाग्दो लामो हुन्छ --- भुल्नुस् प्रबिण जि भुल्नुस् मायामा सक्दो भुल्नुस् ।
मन छुन्छन तपाईंका गीत गजल का हरफ हरु ले ----
लेख्दै जानुहोस् हिर्दय देखी नै शुभ कामना निरन्तरताको ।

जोतारे धाइबा (Jotare Dhaiba) said...

त्यति साह्रो पनि होइन है प्रवीण जी ।
मेरो त पाठकीय अभिमत हो ।
बाँकी तपाईँको उदार दृष्‍टिको हेराइ हो ।
लेखिरहनुहोला है ।

Luna said...

सार्है नै हो धाइबा जि , अर्थात तपाईंको कमेन्ट सार्है राम्रो हुन्छ । पढेन -पढ्ने ले केही न केही बुझ्ने सुबर्ण मौका पाउछ्न । म पनि तपाईंको प्रतिकृयाको प्रशम्सक हुँ हाम्रो प्रबिण जि जस्ताइ । प्रतिकृया मा पुन : प्रतिकृया दिन अल्छि लागेर मात्रै हो , आज चाँही मन ले मानेन र लेखी हाले । तपाईंको प्रतिकृया पनि हाम्रो ठर कि दा ले भन्नु भए झै जङली मौरिको मह जस्तो हुन्छ ( उसो त यहाँ कमेन्ट लेख्नु हुने सबै साथी हरुको कमेन्ट निकै स्बादिलो हुन्छ है जङली महुरी को मह जस्तो :) खुब घ त् लाग्ने गरी भन्नु भो ठ र् कि दा ले )

प्रबिण थापा said...

धन्यवाद लुना जि! के गर्नु यो मनको बाध बाधेर राखु भन्दा नि छताछुल्ल भएर फुटिहाल्छ, जती नै पिंडा ब्यहोर्न परेपनि माया त माया नै हुदोरहेछ अब त बिर्सिदिन्छु भन्यो फेरि बल्झि बल्झि दु:खाइरहने त्यसैले पनि होला यो मायाको जातै तगडा भनेको। तपाइले भने जस्तै पल पलको स्मरणसग भुल्न सार्है मजा हुदोरहेछ तर पिंडा पनि कम्ति त के हुन्थ्यो र?

Luna said...

त्यो त हो प्रबिण जि पिडा पनि कम्ती त हुँदैन , त्यसैले त हामीलाई मान्छे जातको प्राणी भनेको नि नत्र त हामी पनि गणेश भगवान जस्ताइ दुबै हातमा लड्डु भएको हुन्थियो नि ! ----
फेरी पनि यै पिडा भित्र को मजा आफ्नै ठाउँमा छ नै तपाईंले भन्नु भए झै ----
मन भित्र उठेको ज्बालामुखी लाई यसरी नै बिस्फोट गराउदै जानुहोस् शब्द हरु मार्फत , शुभ कामना है ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !