July 19, 2009

एउटा बुद्ध चाहियो

एउटा बुद्ध चाहियो भन्छ मलाई मेरो माटो
बोलाम कसो गरि जताततै बन्द भाछ बाटो

पसिनाको थोपाले लेख भन्छ ईतिहास फेरि
कसरी लेख्नु बारुद छ कलममा मसीको साटो

जपतपको आरध्य जगमा गौतम " बुद्ध "बने
हाँस्छ अचेल सिस्नो सित तेही तपोभूमिको पाटो

सदभाबको लाली गुराँस फुल्यो भन्थे पाखामा
के फुल्थ्यो अझै लथपथिएको रैछ रगतको टाटो

एउटा सबालले घोची रहन्छ अस्मिता माथि
बहादुर बादुर भयौ अब हामी बाठो कि लाटो


7 Comments:

प्रबिण थापा said...

nice waka ji! keep it continue.

नेपालियन said...

ओहो वाका जी एउटै गजलमा देशै खोतल्नुभयो। गजल लेखाइमा शुन्दरता त छ नै देशको यो स्थीतिले हामी सबैलाइ ब्याकुल तुल्याएको छ। राष्ट्रिय गित नै ब्याकुल माइलाको छ क्यारे ब्याकुल हुन के अनौठो भो र?

अहिंसाका बुद्दको बोली सुन्ने कोही बांकी होलान र? ब्यक्ती पिच्छे नेता भएको ले सबै भाषण गर्ने अब बुद्द जन्मे सुन्ने कस्ले?

मलाइ त एउटा सुइकिनु आबश्यक छ जस्तो लाग्यो जस्ले बदमाशी गर्छ त्यसको सातो त्यही सुइकानाले गर्छ कि?

तपाइको यो बुद्द आबश्यक भएको गजलले कर्णदासको एउटा बुद्द चाहिएको छ भन्ने गित को याद आयो। लिंक तल राखेको छु है, यसो आनन्द लिनुहोला।
http://www.youtube.com/watch?v=KcR-qCpbX6U

खुल्लामन्च said...

good one.

luna said...

oh! god ! its very nice .
very few but with full meaning ------
as nepalian ji said ------

Jotare Dhaiba said...

"पसिनाको थोपाले लेख भन्छ इतिहास फेरि
कसरी लेख्‍नु बारुद छ कलममा मसीको साटो"

वाका जी, निकै मार्मिक तवरले राष्‍ट्रिय शल्यक्रिया गर्नुभएको छ । देशले पर्खिएको बुद्ध कुनै मोडमा त भेट्नै छ । यस्तै भताभुङ्ग मन लिएर त खोइ के जीवन बाँचिएला र ? गजलको भाव सशक्त छ ।

संरचनागत पाटोमा हेर्दा भने अरू छेकछन्द सुहाउँदो भए पनि मात्रात्मक तलमाति पर्दा गेयात्मकताको पेच खुस्किएर सेर सलल बग्न सकेको छैन । आगामी रचनामा यो पक्षलाई ख्याल गर्नुहोला है । धन्यवाद !

दिनेश राज said...

राम्रो गजल

Anonymous said...

khai gajalko ajhai samma raamro gyaan nabhayekole ma ta yasai bhanna sakdina kina ki chanda matra milaayera gajal hola jasto laagdaina malai ta.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !