June 14, 2009

तरुणी रात निरश बैँश

आचार्य प्रभा
(अमेरिका )
हरेक तरुणी रात उस्का आँखाहरुमा
इन्द्रेणी सपना बुनेर आउँदथे ,
त र अफसोच !उसको निरश बैँशले
त्यो इन्द्रेणी रङ्लाई केवल .......,
काल रात्री मात्र देख्दथ्यो ,
ती ..... कालरात्री प्रहरहरुले
उस्का तरुणी रातहरुलाई
निमोठ्दथ्यो,कुल्चन्थ्यो
ऊ निरीह बनेर मौन हुन्थी /
उस्का निर्धा पलहरुले
उस्लाई सुम्सुम्याउथे, माया गर्थे

त र त्यो त केवल उसकोलागी भ्रम मात्र हुन्थ्यो ,
ती निर्धा पलहरुले
न त उस्को चित्कार सुनेर
उस्लाई अङालोको स्पर्श दिन्थ्यो
न त उस्लाई एकान्तिकाको
मीठास नै दिन्थ्यो ,
बस... ऊ त निर्जन ठाउँको
एक्लो यात्री बन्दथी/
उस्का तरुणी रातहरुले उस्लाई
गिज्याउदथ्यो,धिक्कार्दथ्यो ,
उस्को निरश बैँशको खिल्ली उडाउदथ्यो
त र पनि ऊ मौन बन्दथी ,
निरीह बन्दथी,
किन नि ऊ बेसाहारा थिइ
निश्छल,निष्कपट अनी निमुखा थिइ
आखिर त्यो समयकी ऊ दासी थिइ /



8 Comments:

Anonymous said...

waaiyaat, artha na bartha govinda gai, aba mahakabi prabhako gali sunna paainechha, o comment pachi.
nepali
nepal.

Dautari Admin said...

नेपाली जि प्रकाशित सामाग्रीलाइ नकेलाइ बिगत केही समय देखी सिधै प्रभा जी को ब्यक्तीत्व माथी क्रमबद्द रुपमा खनिनु दौंतरीको पाठकको रुपमा कत्ती पनि शोभा दिदैन।
खुला बिचारलाइ सधै स्वागत गर्ने दौतरीको दायरमा ब्यक्तीगत गालि गलौज नपर्ने स्पष्ट पार्न चाहान्छु।

प्रबिण थापा said...

ma pani dautari admin ko yo request saga sahamati janauchu.

acharya prabha said...

dhanyabaad benaam jyu,ma tapaaiko commentko sadhai kadar garchhu.raamro bichharko sadhai sabaile srhahanaa garnu parchha.waaihayat laage aru nai upaaya chha ni kina mero rachna padnu?mero gaali garne fursad kaha chha?yati rachana shrijana garna ta samaya chornu parchha.customerko plate uthaaudai rachana tayar garchhu aba bhannu hos bichara ma?kaha baata tapailaai gaali garne fursad paau?any way thanx for comment malai sadhai tapaaiko commentle urjaa dinchha.

acharya prabha said...

kahi katai shabda haru galat type huna gayeko ma chhyama praathi chhu.sachhyaayera padidinu huna binamra anurodh chha.

HAWA said...

मलाई चाँही प्रभा जी को यो कबिता पैला को भन्दा रोचक लाग्यो..अली अली फ्रायडबादी राइछ क्या तेसैले

acharya prabha said...

aba sabai prakarko lekhna paryo ni ekalkate jyu.

sangamkirati said...

माथि कमेन्ट गर्नु हुने मित्र नेपलि जिले अलि सभ्य भाषा प्रयोग हर्नु भए पनि हुने थियो होला किन कि सबैको बिचारधाराहरु एउटै हुदैन पताईको बिचार र प्रभा जि को बिचार फरक होला त्यहि भएर गालिको शब्द प्रयोग गर्नु भयो।तर मेरो बिचारमा वहाको रचनाहरु सबै उचित नै लाग्छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !