June 1, 2009

उपत्यका ठप्पमा सबै दंग


नेवा राज्यको माग राख्दै आज काठमाण्डौ बन्द गरेको खबर त तपाइहरुले सबै वेभ पत्रिकमा देख्नुभएको होला। पहिला पहिला काठमान्डौ बन्द हुंदा सोच्थे चारै तिरका मान्छे काठमाण्डौमा थुप्रेर बन्द गर्दैछन। बिचरा यांहाका बासिन्दालाइ कती दु:ख भएको होला। अझ भएन भनेर सिसा झ्याल फोर्ने,टायर बाल्ने आदीले त्याहांका बासिन्दालाइ कती दु:ख पुग्दो हो। तर आज भने त्यहीका बासिन्दाले आफ्नै घरको झ्याल फोर्ने देखी आफ्नै बाटोमा टायर जलाउने काम गरे।

दौतरीको जिमेलमा काठमाण्डौ बन्द सफल भएकोमा धेरै इमेल प्राप्त भइरहेका थिए। ति इमेलले मानौं तराइको द्वन्दले काठमाण्डौलाइ उछिनेको तर ढिलै भए पनि एकै दिनको बन्दले करिब करिब तराइकै सफलता प्राप्त गरेको छनक दिन्थे। अब काठमाण्डौबासी पनि गर्वले फुलेल हुने बेला आयो। उनिहरुलाइ पनि आफ्नो प्रदेशको अधिकारबारे ज्ञान आयो। मधेसी,लिम्बु पछि अब नेवारहरुलाइ आफ्नो इलाका खोज्न प्रेरणा मिल्यो। मगर र गुरुगंहरुले त उहिले माओबादीकलमा नै मगरात र तमुवान क्षेत्र भनेर घोषणा नै गरेका थिए। दसौं पूस्ता बिताएको मेरो गाउं उनिहरुको परिभाषामा तमुवान क्षेत्रमा पर्छ। भने पछि मेरो गाउंका बाहुन,क्षेत्री,कामी,दमाइ सबै तमुवान प्रेदेशमा पर्ने भए। भन्दा जात भात हटाउनु पर्छ भन्ने आन्दोलन भने जात जातको प्रदेश चाहिन्छ भन्ने। हामीमा गजबको बुद्दत्व छ।

बुद्दत्वको कुरा छोडेर बन्दकै कुरा गर्दा बास्तवमा आज काठमान्डौ बासीले आफ्नै घरमा आगो लगाएर आगो तापे। बन्द र हडतालको चपेटमा सधै पर्ने काठमाण्डौलाइ पूस्तौं बसेकाहरुले कसरी तहस नहस गर्नुपर्छ भनेर पाठ सिकाए। यो कुरा फोटो पत्रकार सबिन श्रेष्ठले पठाएको तस्वरि र बिबरणबाट स्पष्ट हुन्छ।

* प्रहरीले गुडाएको मोटरसाईकल रोक्न खोज्दा ललितपुरमा सुरक्षार्थ खटिएका स्थानीय प्रहरी र नेवारहरुबिच झडपको स्थिती ।
* ट्राफिक प्रहरी र नेपाल प्रहरीले चलाएको मोटरसाईकलको हावा फुस्काईयो ।
* संस्थानको गाडीमा प्रेसको स्टिकर ।
* बन्दको क्रममा ट्राफिक प्रहरीको लाईसेन्स र ब्लुबुक चेक ।
* साईकल यात्रीहरु समेतले हिड्नु पर्यो ।
* प्रेस स्टिकर टाँसेर मोटरसाईकलमा गुडाएका 'नक्कली पत्रकार'हरुमा आन्दोलनकारीको आक्रोश ।
* आन्दोलनकारी माझमा युनाईटेड मिसनका कर्मचारी ।
* फुटपाथ पसल र भित्री गल्लीका पसलहरु समेत बन्द ।
* सडकहरु खेल मैदानमा परिणत ।
* सञ्चार माध्यमका प्रतिनिधिलाई दुर्व्यवहार ।

नयां नेपाल बनेकोमा गर्व गर्ने हामीले यि नया समस्यालाइ कसरी झेल्ने हो कुन्नी? हामी अमेरीका,युरोपको सपना देख्छौं र सोमालिया,निइजेरियाली भन्दा तुछ्छ ब्यबहार देखाउंछौं। बुस र सुदलाइ गाली गर्छौं, अनि आफ्नै स्कुल, एम्बुलेन्स जलाउंछौं। हाम्रो बोलाइ र गराइमा समानता त छैन छैन, कसैले समानता छैन भन्यो भने मण्डले,अबसरबादी,प्रतिगामी आदी अंलंकार पहिराइहाल्छौं। साच्चै अहिलेको नया नेपालको जटिलतालाइ नेपालका नया प्रधान मन्त्री माधव नेपालले कसरी पार लगाउछन कुन्नी?



8 Comments:

Prajwol said...

फुर्सद धेरै भयो, एउटै उपाय भनेको: जागिर


अं सांच्ची, मेरो पनि IE बाट पेज खोल्दा nternet explorer can not open this internet site भन्ने म्यासेज आएर operation abort गर्दिन्छु भन्छ । Firefox मा अर्को साइटमा नेपाली टाइप गरी ल्याएको कुरो paste गर्न दिंदैन । यि नचाहिने script लाई तह लगाउन नसके यो ब्ल्ग्स्पट को platform छोडेर वोर्द्प्रेस तिर डेरा सर्‍ने कि ?

नेपालियन said...

ठ्याक्कै मेरो पनि यही समस्या छ। फाएर फक्समा केमेन्ट पेस्ट हुदैन, इन्टेरनेट एक्सप्रोलरमा एक्सपोलर क्यानट ओपन दिस साइट भन्छ।
हैन यो दौतरीको मात्र समस्या हो कि अन्य ब्लगरहरुले पनि झेल्दैछन?

प्रबिण थापा said...

म पनि केही दिन देखि दौतरिमा यो समस्या झेलिरहेको छु ।किन हो कुनी थाहा भएन ।

बिप्लब said...

मेरो मात्र भनेको त सबैको पो समस्या रहेछ। लौन गुरुहरु केही उपाय निकालौं। मलाइ त यो समस्याले दिक्क पो लगायो।

dai said...

aaba, Google Chrome use garne ni!
Yo Chrome Browser IE ra Firefox bhanda ramro lagyo malai ta...

Tyeso gare kaso hola?

Unknown said...

हाम्रो देशमा बिकाश रोक्न बन्द गर्नै पर्छ, भाका समानहरु टोड्नै पर्छ, यदि बिकाश भयो भने हामी धनी हुन्छौ हाम्रो देश धनी हुन्छ अनि हामीले कसैलाई आफ्नो यो गरिबी देखाउनु पाईदैन त्यसैले हामीले आफ्नो नाङ्गोपना देखाउन अनि हाम्रो देशको कंकाल सजाउन हामीले देशमा बन्द जाम तोडफोड गर्नै पर्छ।

बिप्लब said...

त्यो फोटोको मान्छेले पुलिसलाइ थर्काए जस्तो छ। बर्दीको पुलिसलाइ त्यसरी तर्सउन पाइन्छ र?

बिप्लब said...

यस पटक भने राष्ट्र संघले पनि बन्दको बारेमा बोलेछ। बन्द कसरी गरियो त मैले पहिले भने जस्तै त्यो माथीको फोटो ले भन्छ।
राष्ट्र संघले भने यसरी भनेछ -
राजधानीमा बन्द जबर्जस्ती लादिएको राष्ट्र संघको टिप्पणी

काठमाडौं, २० जेठ (दैनिकी)

नेपालस्थित संयुक्त राष्ट्र संघले सोमबारको बन्दका क्रममा पत्रकार, मानवअधिकारकर्मी र राष्ट्र संघका कर्मचारीहरुमाथि पुर्‍याइएको अवरोधप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रद्वारा बुधबार जारी विज्ञप्तिमा बन्दका आयोजकहरूद्वारा सोमवार काठमाडौंमा बन्द बलजफ्ती लादिएको उल्लेख गर्दै- यसक्रममा सर्वसाधारणहरू विरुद्ध धम्की तथा हिंसाको प्रयोग गरिएको थियो र कतै कतै त यस्ता काममा बालबालिकाहरू पनि संलग्न पाइएको जनाएको छ ।
राष्ट्र संघले बन्दका विरोधमा यति कडा शब्द आलोचना गरेको पहिलो पटक हो ।
'स्वेच्छाले गरिने आम प्रदर्शनी तथा विरोधका अन्य कार्यक्रम शान्तिपूर्ण तरिकाले गरिएको खण्डमा ती सामान्यत राजनीतिक अभिव्यक्तिका वैधानिक उपाय हुन्छन्'भन्दै राष्ट्र संघले त्यसका विपरित देशका विभिन्न भागहरूमा अवरोध पुर्‍याउने संस्कार बढ्दै गइरहेको प्रवृत्ति शान्ति प्रक्रियालाई सफलतापूर्वक निष्कर्षमा पुर्‍याइ दीगो तुल्याउन आवश्यक सहकार्यको भावना वमोजिम नभएको टिप्पणी गरिएको छ ।
यसका अतिरिक्त बन्दका क्रममा पत्रकार, मानवअधिकार रक्षक र मानवीय सहायतासम्बन्धी निकायका कर्मचारीहरूलाई आफ्नो कर्तब्य निर्वाह गर्नबाट वञ्चित गरिएको उल्लेख गर्दै राष्ट्र संघले उनीहरूको महत्वपूर्ण काममा कतैबाट पनि वाधा पुर्‍याउनु नहुनेमा जोड दिएको छ ।
“म सबै आवागमनको स्वतन्त्रता र अन्य व्यक्तिहरूको अधिकारमा वाधा पुग्ने गरी धम्की तथा हिंसाको प्रयोग नगर्न आग्रह गर्छु,” संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि रोबर्ट पाइपरले भनेका छन- बन्द आयोजकहरूलाई म के स्मरण गराउन चाहन्छु भने मानवअधिकार रक्षकहरूको उपस्थितिले नै बन्द आयोजकहरूको शान्तिपूर्ण तरिकाबाट विरोध गर्न पाउने अधिकार सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !