March 16, 2009

गिर्जाबाबुलाई भारतले देखाएको हरिया दाँत

हुन त दाँत आँफैमा हरिया हुन्नन्, नमाझेका अनि खिया र खइ थपिँदा मुखै गन्हाउने गरी दाँत हरिया हुने हो । एउटा नेपाली कहावतले भन्छ ' हिस्स बूढी , हरिया दाँत'। कुनै ठूलो कुरा प्राप्तिको आशामा गरिएको प्रयास जब निस्फल खस्छ यसलाई ' हिस्स बूढी , हरिया दाँत' भन्ने चलन नेपालीमा छ ।

गएका साता नेपाली राजनीतिपटका धेरै पात्रहरू अचानक यसरी बिरामी परे कि सबै लस्करै उपचारार्थ भारत गए । माओवादी विद्वान बाबुरामले सुर्य बहादुर थापाका शव्दमा ' सर्पका खुट्टा ' देख्नुभयो र भन्नुभयो ' यसरी षडयन्त्रकारी ढंगले सबै भारत जाने गरी बिरामी हुन पाइन्न। यसरी पूर्व राजा र कांग्रेस , एमालेका अनेक नेताहरू बिभिन्न बहानामा भारत जाँदा , बेबी किङ जन्मन सक्छ, जुन अहिलेको शिशू गणतन्त्रका लागि दूर्भाग्यपूर्ण रूपमा प्रतिगमनकारी कुरा हो । अब जवाहरलाल नेहरू विश्वविद्यालयमा नै पढेर भारतीय विद्वान गुरूहरूबाट दिक्षा ग्रहण गरी डाक्टर साहेब बन्नु भएका धूरन्धर डाक्टर साहेबबाट जुन कुरा प्रकट भयो त्यो कसरी हल्का ठहरिन सक्थ्यो र ? सबैले अड्कल काटे ' अब गिरिजा बाजेले आफ्नी ५० काटेकी बेबी छोरीलाई साथमा लिएर भारत गएर कुन किसिमको फूल फुलाउने हुन।'

तर भारत भ्रमणबाट ठूलो उथलपुथल खोज्ने गिर्जाबाबुको 'बेबी किङ' प्रोजेक्ट धरापमा परेको अड्कल काटिएको छ । भारतीय प्रधानमन्त्री केही हप्ता अघि गरिएको शल्यक्रियाको स्वास्थ्य लाभ ग्रहण गर्दै छन् र बाँकि भारतीय नेताहरू लोकसभा निर्वाचनको महाकुम्भमा यसरी हेलिएका छन् कि उनिहरूलाई केवल हत्केला र कमलका फूलहरू मात्र नजर आएका छन् जुन उनिहरूका निर्वाचन चिन्ह हुन ।

गिरिजाबाबु र बेबीक्विन सुजाताको दिल्ली यात्राले कुन कुन नेताहरू समक्ष नेपाली राजनीतिको रामकहानी फिराद गर्ने मौका पायो त्यति धेरै कुरा बाहिर आइपुगेको छैन। तर प्रारम्भिक अनुमानले भन्छ, वहाँहरूको यो पछिल्लो प्रोजेक्ट अहिलेको परिवेशमा त्यति जम्न पाएन । अत: कामरेड बाबुरामजी गिरिजाबाबुलाई यतिबेला बारतले देखाएको हरियाँ दाँतमा अति प्रफूल्लित हुनुहुन्छ भन्ने लख काट्न त्यति गाह्रो परोइन । किनभने माओवादी वृत्तमा , नेताहरूको भारत भ्रमणबाट अति चिन्तित थियो कोही भने वहाँ नै हुनुहुन्थ्यो ।

अन्तमा , गिरिजाबाबुलाई यही सल्लाह दिन सकिन्छ - पार्टीलाई लोकतान्त्रिक बन्न र बनाउन दिनूस् , जनताको काम गर्न र मन जित्न नया कार्यक्रम र योजनाका साथ पार्टीलाई पुनर्जीवन दिने वातावरण बन्न आँफूले र परिवारले पार्टीलाई पेवा ठान्ने सोचबाट मुक्त हुनुस् , देशलाई हिजोका दिनमा भन्दा पनि बढी एउटा सशक्त उदारवादी लोकतान्त्रिक शक्तिको खाँचो टड्कारो छ । यसो भयो भने जनताले साथ दिनेछन् , त्यतिबेला तपाईँले उदास भएर दिल्लि दौडाहामा हाम फाल्नु पर्ने छैन । अहिलेलाई अधैर्य नबनी माओवादीलाई सत्तामा बसेर काम गर्न दिनूस् तर सशक्त खबरदारीको मोर्चा बनाउनूस् । सक्नूहुन्छ भने आफ्नो अभिभावकत्वमा , पार्टीलाई पूर्णत: नविकरण हुने मौका प्रदान गर्नूस, बिना पूर्वाग्रह, परिवारवादको फेरोभन्दा माथि उठेर !



5 Comments:

Anonymous said...

भारतको जो संग फाइदा हुदैन त्यसलाइ हरियो दांत देखाउदै हिड्छ। लाग्छ अब गरिजासंग उसको केही लिनु दिनु छैन।

ठरकि दादा said...

मानिस बुढो हुनु र 'प्रौढ' हुनु भनेको भिन्दा भिन्दै कुरा हो भन्ने यथार्थलाई हाम्रा नेताहरुले समय समयमा चरितार्थ गरीरहन्छन ।

आफ्ना जनतालाई भन्दा बिदेशी ठुल्दाईलाई बढी विश्वास गर्ने यस्ता नेताहरु के रहेसम्म देशमा न दलमा कतै पनि लोकतन्त्र बहाल होला जस्तो मलाई भने लाग्दैन ।

पीजी said...

"अहिलेलाई अधैर्य नबनी माओवादीलाई सत्तामा बसेर काम गर्न दिनूस् तर सशक्त खबरदारीको मोर्चा बनाउनूस्"

Totally agree, let maoist work but guard their activities.

Anonymous said...

मुलुक लाई अहिले बिरोध -बिरोध भन्दा पनि काम गर्न दिनु पर्ने बातावरण को खाचो छ ।
आर्टिकल राम्रो लाग्यो एक लब्य जि ।

Anonymous said...

मर्न बेला मा हरियो काँक्रो

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !