February 6, 2009

आफ्नो मुलक आफ्नै हुन्छ

हजारौँ बेनियमहरुले नियम बनेर ढलीमली गर्दा
बेथितिले रजगज गरी जीवनमा थितिको भूमिका रोज्दा
जतासुकै आदिम व्यवहारहरूको पुनरावृत्ति जस्तो देखिए पनि
हरेक सोच र व्यवहारमा, आफ्नो मुलुक त आफ्नै लाग्छ।।

धूवाँ ,धूलो, चोरी , कोलाहल र अपराध आक्रान्त हुँदा पनि
थकान रहित आफ्नै पदचाप र अग्रगमनको चाहना बोकेर
अनि निरापद बन्नै नचाहने जियालोपको अनुभव बाँच्दा
कस्तो अचम्म! तैपनि, हो आफ्नो मुलुक त आफ्नै लाग्छ ।।

आधुनिकता र आदिमताका अनौठो दोसाँधमा उभिए जस्तो
अगाडि बढ्ने पाइलाहरू निरन्तर पछाडि नै हच्किए जस्तो
विचार, व्यवहारमा स्वत्वका पेटाराहरूको भारी टाउकोमा
निर्लज्ज बोकेर आँफै देख्दा पनि , आफ्नै मुलुक आफ्नो लाग्छ।।

कर्म औ व्यवहारका आधारहरू एकातिर मिल्काएर
राजनीति र तिक्डमको वाक्पटुतामा हरेक कुरा सिध्याउने
मनोवृत्ति अनि जीवन पद्दति आफ्नो परिचय बनेको देख्दा पनि
खै कुन्नि के कुराले भन्छ-' हो आफ्नै मुलुक त आफ्नो लाग्छ'।।

प्रविधि, साख्यिकी र नाफा ,नोक्सानको यो भौतिक संसारमा
बाटो भुलेर कतै हराएका अनि गास बास , कपास र जीवनको
सदाबहार माग बोकेर , सदैव क्रान्तिको निर्लज्ज रिहर्सलमा
बाँच्ने 'टाइम वार्प'को कैदी म , तैपनि मुलुक आफ्नो नै राम्रो लाग्छ।। -एकलव्य


4 Comments:

Anonymous said...

पुरा पुर कबिता पडे पछी मेरो देश लाई आक्रान्त हरु ले अब झनै नयाँ भुमरी मा रक्त पिपशु को मखी शङ्लो मा बाध्दै गयको जस्तो आभाषा ले नयाँ हालचाल मच्चायो । के नेपाली को शान्ति का दिन शाच्चै नयाँ फर्कियला त । शान्ति छेत्र नेपाल । ईतिहास् को किताब मा मात्र पडियला त ।
पप्पु

nepalean said...

हो नि एकलव्य जी "जतासुकै आदिम व्यवहारहरूको पुनरावृत्ति जस्तो देखिए पनि;हरेक सोच र व्यवहारमा, आफ्नो मुलुक त आफ्नै लाग्छ"।
मार्मिक छ कबिता। मैले नि आज आफ्नै देशको बिषयमा ब्लग लेखेको छु, छिटै आउदै छ। शनिबार त लेख्ने,पढ्ने र कमेन्ट गर्ने म मात्रै छु जस्तो छ।
सबैको सप्ताह अन्त सुखमय रहोस।

Luna said...

" तिम्रो यर्थात कबिताको माला "
________________
मुलुकको नमिठो यथार्त
तिम्रा कबिता शब्दका माला
ति फूल होइनन
काडा बनेर बिझाउछन मलाई
अनी
त्य सै गरी बिझाइरहेको देख्छु तिमीलाई
चिरिएका छन मुटु हाम्रा
धर्धरी बगेका छन रगत का आशुहरु
देखिदैन निलो आहाल देखिन्छ रक्ताम्मै
मन काप्न थालयो फूल्दैन कि फूल जगतमै
जहाँ तही काडै काडा
बिपना बिझाउन थालयो
सपना अब
बिपना बा टै भागन थालयो
तिम्रो यथार्त कबिताको माला
हेर त मेरो गलामा
रगत बहाएर कसरी
मलाई रुबाएर बसेको छ ---
( एक लब्य जि ! तपाईंको कबिताले मुटु छोयो ! )

ठरकी दादा said...

शायद मुकुन्द इन्दिरामा बालकृष्ण समको यो हरफ कतै छ :

देशभक्ति त मर्दैन चुत्थै देश भए पनि।

तपाईको अत्यन्त यथार्तबादी कविता पढ्दा त्यो लाईनको सम्झना आयो ।

हाम्रो देश चुत्थो हैन तर नेताहरु भने महा चुत्था हुन, यिनैले देशको यो गती बनाए ।
तर पक्कै हो
आफ्नो मुलक आफ्नै हुन्छ

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !