February 10, 2009

निल्नु न ओकल्नुको

प्रबिण थापा

निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी
कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी

दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी
सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी

ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा
छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी

अबुझ ईश्यालु, म थिए रे त्यतिबेला
दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी

आपत बिपत परिराछ, तिमी टाढा भएदेखी
हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी


4 Comments:

Ma Nepali said...

जिन्दगिमा उतार चडाप भनेको त अैछ जन्छ। हरेस खुनु भने हुदैन। साथि मलाई तपँईको कबिति म अलि नेपालो बर्तमान परिस्थितिको झलक् महशुस हुन्छ।

overall ma रम्रो लग्यो तँपाइको बिचार।

Luna said...

प्रबिण जि ! धैर्य लिनुस् । यती चै लेखे तपाईंको लेख - कबिता - गजल पढिरहेको नाताले ।
निरन्तरता दिरहनु होस् , हिर्दय को भाबनालाई पुष्प रुपी शब्द मालामा उन्न ।

प्रबिण थापा said...

लुना जि र म नेपाली जि लाई धन्यवाद प्रतिकृयाको लागि, यि त मेरा मनका उच्छवास मात्र हो , वास्तवमा म चिन्तित र निरसावादी भने हुँदै होइन, म जती पनि धैर्य गर्न सक्ने मान्छे हुँ क्या।

ठरकी दादा said...

तपाईले
आपत बिपत परिराछ, तिमी टाढा भएदेखी
हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी

भने पनि म सोच्दैछु यो केवल गजलमा मात्रै सिमित छ, गजल र जिवनमा पक्कै भेद होला ।

मिठो गजल ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !