January 3, 2009

गजल - आफैले घाटी शेर साथी

सुमन सुधा
आँबु खैरेनी तँनहु

कस्तो हुन्छ प्रेमजाल त्यो अभागीलाइ हेर साथी
बेचविखन भयो उसको माया गएन खेर साथी

दुवै तर्फ युद्ध चल्यो मरे घाइते भए मुनाहरु
वरिपरी शत्रु हुन्छन् फ्याकी जाल बेर साथी

लाखौं मौरी घुम्छन् यँहा त्यही वासनका लागी
बनी बगैचाको माली रानी मौरी घेर साथी

आउदा जादा चौबाटोमा धेरै जिवहरु भेटिन्छन्
नचिन्ने गरी छेपाराले झै रुप रँग फेर साथी

वियोगान्तमा पिडा हुदाँहुदै अब मृत्यु पक्का भयो
किन ढिला गर्छौ आफैले घाँटी शेर साथी


4 Comments:

Anonymous said...

अन्तिम दुई हरफ मन परेन बाँकी सबै हरफ असाध्यै मन पर्‍यो । निरन्तरताको शुभ कामना सुमन जि ।

प्रबिण थापा said...

Its to much sweet, yes it is difficult to write gajal bt we have to try to do better. All the best.

Anonymous said...

मैले गजल त अहिले सम्म लेखेको छैन। दौंतरीमा आए पछी गजलसंग धेर थोर परिचित भइयो। तपाइको गजल दामि लाग्यो। तर पहोलो हरफ:
"कस्तो हुन्छ प्रेमजाल त्यो अभागीलाइ हेर साथी
बेचविखन भयो उसको माया गएन खेर साथी "
दोस्रो लाइनमा माया बेचिए पछि त खेर (खर्चियो)गयो नी होइन र? मलाइ त यस्तो हुन पर्छ जस्तो लाग्छ।
"कस्तो हुन्छ प्रेमजाल त्यो अभागीलाइ हेर साथी
बेचविखन भयो उसको माया गयो खेर साथी "
सुमन जी आफै गजलको ज्ञाता, यसो कुरो खोलीदिनुहोस न।

Anonymous said...

maya bechiyepachhi ta aamdani hunchha ni sir kina lost huchha ra , tesai le khera gayena bhaneko hunuparchha . any way gazal ko bidi pugeko chha yesma yeslai gazal bhanna milchha ...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !