January 8, 2009

एउटा सम्बाद यस्तो पनी

शेखर ढुंगेल
अमेरीका

प्रश्न -सबै भन्दा सुख को क्षण ?
जवाफ -तिन ठाउँमा टुन्क्याएको बेला
प्रश्न -दुख को दिन को शुरुवात ?
जवाफ -जुन दिन पृथ्वी मा पछारियो
प्रश्न -सब भन्दा मन पर्ने मानिस् ?
जवाफ -जो चिता माथि सुतेको छ
प्रश्न -सब भन्दा नराम्रो मानिस् ?
जवाफ -जो आफु लाई शासक ठान्दछ
प्रश्न -माया के हो ?
जवाफ -दुखको भड्खालो
प्रश्न -जिन्दगी के हो ?
जवाफ -बाबु आमा को भुल को  प्रायश्चित्त                   
प्रश्न आसुँ के हो ?
जवाफ –छल, कपट र षड्यन्त्र
प्रश्न -हाँसो के हो ?
जवाफ -ठगी खाने कला
प्रश्न - स्त्री के हुन ?
जवाफ - सृष्टी को गलत उत्पादन
प्रश्न पुरुष के हुन ?
जवाफ -संसार को बिनास्
प्रश्न सपना के हो ?
जवाफ -जीवन को बाच्ने आधार
प्रश्न -बिपना नि ?
जवाफ -बिपना धोखा हो (हिरोइन लाई भन्या होइन नि!)
प्रश्न -नमस्कार
जवाफ-तिरस्कार


3 Comments:

Anonymous said...

" आशाको खेती गर "
----------------
धेरै दिन देखी
निराश छु म
तिमीले पनि
निराश कै खेती गर्यौ !
मौसम नै यस्तै चल्या छ
मनहरु का ठि एका छन
ओठ हरु कापेका छन
निराश कै खेती मौलाउने बेला रहेछ क्यारे !
जती बिउ बाँकी छ तिमीसँग
बगाइदेउ
कही पनि बगाइ देउ
फरक पर्दैन
बरु ,
आशाको बिउ
सिला खोजेर भए पनि ल्याउ
कम्तिमा मेरो निम्ती ल्याउ
म तिम्रा खेत हरुमा
आशाको बिउ उम्रिएको हेर्न चाहन्छु
भन्छन नि ,
दसैं नाआउँदै दसैं आउने दिन गन्दा
दसैं आए जस्तो हुन्छ रे !
आशाको खेत हरुमा
मनलाई भुलाउदा
थोरै बढी बाचिन्छ रे !-----

kunai din ........ said...

luna ji tapai ko sabda le mero manma bhukampa lyayo.tai pani feri bhanchu aasha ra bharosha nai dhukha ko ghar ho .aasha nagare nirasha hunu pardain bharosha nagare dhokha paidain .sansar lai maya gare mutu polchha .wasta nagare manma santi hunchha .mai le ta ek chhin majak gau bhaneko taipaile ta malai samundra ma po dhakeli dinu bho kasto nisthuri?

Anonymous said...

" कस्तो निस्ठुरी ! "
~~~~
आशा भरोसाको
मेरो संसार मा
भूकम्प आएको थियो
निरास पनि भए
धो का पनि खाए
माया गर्ने यो मुटु पनि
पोल्यो --
भन्छन नि ,
फूलको आँखामा फूल संसार
का डा को आँखामा काडा संसार
बिझेर काढा भएकी थिए
तिमीलाई पो बिझाइ दिए छु
कहाँ बाट पाए यो अधिकार
आँफैलाई थाहा छैन --
तिमी मा पो
असन्तुस्टिका समुन्द्र खन्याइ दिए छु
कठै !
क ठ्याङिने मौसम
रुझ्यौ है निथ्रुक्कै भएर ?
ठिकै भ न्यौ तिमीले
' कस्तो निस्ठुरी ' ! ----

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !