November 30, 2008

घाउ

सुमन बगाले
आबु खैरेनी ढकलटार ५ तनहु
(हाल ईराक)

काली ! मिठो सम्झना अनी अदृष्य मायाका सौगातहरु !!


अल्पकालीन जिन्दगीको दिर्घकालीन न्यानो माया सदा खुशी रहनु जिन्दगीका अनमोल तृप्तीहरु पुरा गर्न कोशीश गर्नु । जीन्दगीका तीता मीठा सपनालाई सपनामा नै राखी एक मुठी श्वास लिएर बाच्दै थिए, बाच्दैछु र बाँचिरहने छु जब सम्म तिम्रो याद तिम्रो माया मेरो मनसपटलमा अटल अमर रहनेछ ।लेखीरहनु पर्ने नितान्त कतै देखिदैन् तैपनि जीन्दगीका आरोह अबरोह अनि उकाली ओह्राली गर्दै जादा जीबनलाई अहिले बमगोला लन्चरहरुसगं आत्मासाथ गर्दैछु । जन्माउन नपाउदै टुहुरो भइ निमोठिएको अपाङ्ग भएको हृदयबिदारक घातक घाउ बोकी यो मरुभूमिमा मृत्युसँग लडदै छु ।तिम्रो तस्वीर नयनमा उभाएर तिमीसँग तिता मीठा कुराहरु गर्नु मेरो दैनिकी नै बनेको छ । फुस्कीनै लागेका मधुर मुस्कान सुकीलो मुहार चन्द्रमा भन्दा कम देखिदैन । काली किन अली पातलो भयो जस्तो लाग्यो मलाइ कीन हो पीर चिन्ता नलीनु आफ्नो स्वास्थ्य ख्याल राख्नु । तिमीसँग कुरा गर्न यो मन आतुर हुन्छ । अनेकौ भावनाहरु तछाड मछाड गर्दै उर्लिरहनछन । ओछा्यानमा पल्टीदा यि नयनहरु तिम्रै तस्विरमा गइ अडि अनी मस्तिष्कले उही प्रश्न् सोधिहाल्छ तिमी कहा छौ के गर्दै छौ कसरी चल्दै छ बैबाहीक जिवन मसँग पुरा नभएका चाहानाहरु पुरा भए जस्तो लाग्छ म कल्पीन्छु भने तिमी मेरो कल्पनालाइ साकार बनाइरहेकी होली मित्रले दुःख दिदै होला यो समयमा त जस्तो लाग्छ । एक चुम्वनको लागी कुमले गाला छोप्ने रानी अहिले खुलेआम लम्पसारीन स्वतन्त्रा मिलेको होला । यस्ता यस्तै कल्पनाहरु तिम्रैसाथ लुटुपुटिन थाल्छ अन्तमा आफुले आफैलाइ धिक्र्कान शिबाय के हुदैन कति खेर निन्द्रादेवीको कोखमा पुग्छु पत्तै हुदैन मरुभुमी भएको जिन्दगी हरीयालीको कल्पना बाहेक अन्य केही हुदैन । तिम्रो सम्झना आउदा कोरीएका भावानाका क्षणहरु कथा कबिता बनी उही कपीका पन्नाका अडिक रहेका छन् । कसैको मोहमा मान्छे पुरै कवि हुदोरहेछ ।

भेट हुनु नै छुटिनको लागी हो सँसारमा कोहि कसैको जिन्दगी भरीकोलागी एक अर्काको साथ रहन सक्दैन । समयको साथ सँगै तिम्रो र मेरो भेट भयो फेरी उही समयले बिछोडको नमीठो घाउ लगायो र त्यहि घाउ सम्झना स्वरुप अहिले मिठो कल्पनाको सँसार बनाउने साधन भएको छ । तिमीलाइ पत्र पठाउन ढिलो गरेको पक्कै होइन । मनमा अनेकौ तरङ्गहरु आउछन् । कसैलाइ पनि म प्रतिको गुनासो नराखौ भन्ने सोचले यो कदम चालेको छु । फेरी पनि एक त तिमी पारिवारीक भइसकेकी छौ । तिम्रो जिबनमा फेरी फेरी पुराना अतितलाइ बल्झाइ दुख दिन चाहान्न । नभन अब मलाइ लेख्दै गर चिठी भनेर म त्यसरी तिम्रो बनेको घरमा पसेर बिर्गान चाहान्न। किनकि तिम्रो नव पति पनि म जस्तै एक पुरुष हो । तिमीलाइ थाहा छ पुरुषलाइ आफनो श्रीमति र खल्ती पराइले आखा लगाएको सहन सक्दैन । त्यसैले विचराको त कुनै कसुर छैन साथ दिनु उनको मनमा कुनै शङखा उत्पन्न हुने कुनै कसुर नराख्नु । म भन्दीन कि तिमीले धोका दियौ भनेर तिम्रो वियोगमा दिन डाहाडै नशामा डुबेर दुनियालाइ देखाउनपनि जान्दीन साथमा हुदा त लुकी चोरी लाएको माया बिछोडमा किन पर्दशन गर्नुपर्‍यो  र होइन पिउनका लागी वाहाना मात्रै हो जस्तो लाग्छ । म मा त के नै छ र बिल्कुल खाली छु नानी ह्दयविरक घाउ चहराइरहेका छन एक तन्कारले सदा सदाको लागी ।

तिमी जब पराइको भयौ, त्यो दिन देखी यो मनमा चन्चलाताले बास पाएन जाहा गएपनि सँसार सुन्य लाग्यो त्यसैले कसलाइपनि थाहा नै नदिइ यहा आए। यहा आएर पनि त्यहि त रहेछ जति टाढा हुन्छु निश्ठुरीको माया त्यति गाडा हुदोरहेछ सबै तिर बाट हेला भइ कसैको माया पाउन नसकेका म अभागी कसरी विदेशमा आएर माया अनी चोखो बन्न सक्थेर सबै परदेशीनेहरुको व्याथा पनि कथामा नै रुमालीएका हुदोरहेछ । यो दुखी लाइ दु:ख पाउन लेखेको जाहा गएपनि छोडदोरहेनछ । भगवानलाइ तिम्रो र मेरो जोडी सुहाएन कि कसो हो त्यसैले बिछोडको घाउ लागाइदियो त्यैपनि केहि छैन कुनै न कुनै आगामी आउने जुनीहरुमा त सुहाउला कि त । यति लेख्दैमा तिमी नसोच सुमनले माया मारेछ भनेर माया त गाडा छ गहिरो अन्नन्त अन्नन्त सम्मको लागी । जसले मलाइ माया गर्न सीकायो उसैलाइ भुलीयो भने सीकाउनुको अर्थ नै भएन नी होइन र मपनि त्यस्तो भुल्लकड त छैन नी । समाज स्वार्थी छ व्याक्ति स्वार्थी छ यसै स्वार्थी समाजमा हुर्कीएकी तिमी कसरी चोखो बन्न सक्छौ र । तिमीले भुल गरेकी होइन मेरो माया मा नै खोट रहेछ चाहेको सबै चिज पाउनैपर्छ भन्ने पनि केहि छैन तिमी साथ हुदा दुइ दिनको जस्तो लाग्ने जिन्दगी अहिले त्यहि जिन्दगीले मोड मोडमा ठक्कर दिदा लामो लागेको छ । खबरहरु यस्तै हुन तर तिमीसँगको सँगतले केही भावुक बनाइ यो मनलाइ हल्का भएपनि शाहानुभुति मीलेको अनुभव भएको छ ।

तिमी जस्तो साथी पाएर म यति खुशी छु की अब मलाइ जीवनको मोहपनि छैन सबै कुरा बाट सन्तुष्ट छु । तिमीलाइ थाहा नै होला जिवनको मोह नहुनु भएको मृत्युमुखी हुनु हो । भनि राख्नु त नपर्ला तैपनि एक साथीको नाता वा हकले यि शव्द पुन दोहोराउदैछु काली! तिम्रो जिन्दगी राम्ररी चलाउनु पारिवारीक भएपछि अलि तिमीमा जिम्मेवारी थपिएको छ जस्तो लागेको छ बिगतको कुरालाइ सम्झेर बर्तमानलाइ धमिलो नपार्नु । ल त आजलाइ ओझेल पर्न चाहान्छु बाकी अर्का पत्रमा तर धेरैपछि किनकी यो दुखेको घाउलाइ पटक पटक कोट्टाइ नुनचुक थप्न चाहान्न । ज्यादै दुख्दो रहेछ बिछोडका घाउहरु बरु बिष पिइ एक छिन छटपटिएर मर्न सजिलो होला तर बिछोडको घाउ सहन ज्यादै गाह्रो हुदो रहेछ । रुन्छु कराउछु जति रोए कराएपनि सुनीदिने कोहि हुदोरहेनछ । आखामा आशु रित्तिएपनि आशु बगेको डोब गालामा नबस्दोरहेछ सम्झनाका ज्वारभाटाहरु यो सानो कागजको टुक्रामा कोरीएतापनि छटपटि त आखिरी मुटुमा नै हुदोरहेछ । मेरा दिनर्चाय त यसरी नै बितिरहेको छ र वित्नेछपनि पहिलो माया मा नै ठेश लागेपछि अर्को नया बनाउनलाइ मन मरिसकेको छ । त्यहि पनि तिमीले भने जसरी जिन्दगीले एक बाटो बिराएपनि अरु बाटाहरु आउछन त भन्यौ तर मेरो जिन्दगीमा त्यो नै अन्तिम बाटो रहेछ । बाटोहरु त आए नआएका होइन तर तिमीले देखाएका बाटो भन्दा भिन्न बिल्कुल फरक जहा तिम्रो मेरो मायाको कुनै अश्त्तित्व नै छैन । त्यो सँसार मेरो लागी विरक्तिएकॊ छ कतिन्ज्ोल यसरी बिताउन लगाउछ समयले विताइदीउला तर तिमी भने आफनो राम्रो गर्नु बनिसकेको घरलाई सम्माल्नु ल त नमरी बाचिएछ भने कोरौला सधा खुशी रहनु तिम्रो खुशी नै मेरो शान्तोनाका प्रसाद हुनेछ ।

(सहयोगी बिजयकुमार श्रेष्ठ)



1 Comments:

Kanchha Lal said...

Very very good..... keep it up.... Suman Jee...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !