November 13, 2008

लोकतान्त्रिक गृहमन्त्रिको गर्जावट र फितलो शान्ति सुरक्षा

बिजय कुमार श्रेष्ठ जोईन्ट वेस बलाद इराक
कटुन्जे धादिङ्ग नेपाल

देशमा लोकतन्त्रको पुर्नबहाली पश्चात नेपाली जनताले पाउने आशा गरेको शान्ति कस्तो होला भन्ने जिज्ञासाको अपेक्षा थियो । लोकतन्त्रको बहाली पश्चात मन्त्रि मण्डलको बिस्तार गरियो । जुन मन्त्रिमण्डलमा त्रिपक्षको भुमिका निर्वाह हुन पुग्यो । जो थियो जनताले आफनो अमुल्य मतले बिजय गराएर देश निमार्णको अहम भुमिका निर्वाह गर्न पठाएका थिए । त्रि शक्तिको रुपमा जनता सामु उभिए नेपाल कम्युनिष्ट पार्टि माओवादि नेपाल कम्युनिष्ट पार्टि एमाले र मदेसी जनअधिकार फोरम यि तिन पार्टिले लियो देशको समरचना बनाउने जिम्मा । सहकार्य गर्ने पार्टिहरु मध्यबाट सबैभन्दा बढि सिट ल्याउनेमा ने क पा माओवादि थियो । सोहि पार्टिको अध्यक्षतामा सरकारको गठन गरियो । माओवादि पार्टिबाट पार्टि कमाण्डर प्रचण्डले प्रधानमन्त्रिको पद ग्रहण गर्नु भयो र नयाँ नेपालको सृजना गर्ने अठोट लिनु भयो ।

अर्का पार्टि ने क पाएमालेबाट धुरन्धार राजनितीज्ञ र साहासिला कहलाउनु हुने नेता बामदेब गौतमलाई देशको शान्ति सुरक्षा र उपप्रधानमन्त्रि पदको जिम्मेवारी दियो । उहाँलाई उपप्रधानमन्त्रि तथा गृहमन्त्रिको पदभारको जिम्मा लगाइदियो । उहाँले बहुदलिय प्रजातन्त्रमा पनि यो पदको अनुभब गरिसक्नु भएको थियो । त्यसैले उहाँलाई यो पदभार नौलो लागेको थिएन ।

जुन दिन देखि गृह प्रशासनको पदभारमा हात हाल्नु भयो त्यो दिन देखि उहाँ गर्जन थाल्नु भयो । नयाँ नेपालमा नयाँ परिवर्तनको पहिचान देखाउछु भनेर कम्मर कसेर लाग्न थाल्नु भयो । जनताले नपत्याएर के भयो र उहाँलाई आफनो पार्टिले पत्याईहाल्यो । पार्टिलाई दिएको बाचाहरुलाई पुरा गर्न उहाँ कटिबद्ध भएर लाग्नु भयो । जसरि जंगलको राजा बाघ गर्जे जसरि उहाँ पनि गर्जन सुरु गर्नु भयो ।उहाँले जिम्मेवारि लिएको केहि दिन पछाडि बिहान बेलुकाको छाक टार्नलाई आफनो जिवन सडक पेटिमा २४घण्टामा १६ घण्टा बिताएर आफनो एक मुठ्ठि सास धानि रहेका थिए यानेकि आफनो व्यपार व्याबसाय गरेर जिवन गुजरा गरेका थिए। अकश्मात ति साना निमुखा टुहुरे व्यापारिहरुलाई भयानक चट्याङ पर्न गयो । त्यो चट्याङ थियो बामदेवको हुकुम सारा फुटपाते साना व्यापारिलाई बिल्लिबाट बनाउने आदेश जारि गर्‍यो । सारालाई रुवाबासी बनायो ।बिना औषधिको रोग पाल्नु पर्र्‍यो ति निमुखा व्यापारिहरुले अनयासमा नै । सर्वसाधारण जनतालाई सडकको बास बनाई दिए । यो गृहमन्त्रिको पहिलो नयाँ नेपालको नौलो कदम । बिना अर्को योजना नबनाईकन साना व्यापारिहरुलाई बिल्लिबास बनाएको थियो ।


आर्को थियो रात्रि व्यावसाय माथिको प्रहार । गन्तव्य विनाको यात्रा भने जस्तै गरि सारा रात्रि व्यावसायलाई अर्को गन्तव्य व्यावश्था नबनाईकन फेरि आर्को चट्याङ पर्न गयो ति रात्रि व्यापारि माथि ।हजारौ रोजगार दाताहरुलाई बेरोजगार बनाईदिए उहाँको त्यो चट्याङ रुपि आदेशले । कयौको घर उजाड बनाई दिए ।बेरोजगारको भार थाम्न नसकेर नेपाली आमा छटपटाई रहेको बेलामा झन रोजगारिको लगाम लगाएकालाई पनि बेरोजगारको पंक्तिमा उभ्याई दिनु भयो । बाध्य भएर फेरि जनताहरु सडकमा उत्रन थाले । हुन त सबै कुरा बुजेर हो कि नबुजेर हो उहाँले यो कार्यलाई अघि बढाउनु भएको त्यो कुरा हामी निमुखा जनताले बुझन सकिरहेको छैन । दोस्रो उपायको निर्णय नगरिकन एक्कासि यो अभियान थाल्नुमा उहाँको भुल थियो । त्यसै कारण जनताले बिना सित्ति सास्ति भोग्नु परेका थियो ।


देशमा शान्ति सुरक्षाको ढोकामा बलियो साचो लगाउछु भनेर कम्मर कसेर लाग्नु भएको हाम्रा मन्त्रि । दिन डाहाडै कयौ जनताको शिर छेदन भएको हामीले देख्न पाई रहेका छौ ।जस्ले हान्यो उसले जान्यो भन्ने मन्त्र लिएर हिड्दै छन् छात्ति फुलाएर कोहि डन भनेर चिनिने कोहि वाईसियल कोहि युथ फोस्र भनेर चिनिन थालेका छन् । सर्वसाधारण जनताले आन्नदले सास पनि फेर्न पाएका छैनन् के यहि हो त शान्ति सुरक्षामा ढोकामा बलियो ताल्चा लगाएको हाम्रा गृहमन्त्रिले जनतालाई दिएको शान्ति सुरक्षा । विभिन्न नामाकरण गरेर सर्वसाधारण जनतालाई दुख त्रास ससंकित पारेर आफनो बाच्न पाउने हकअधिकार समेत उपभोग गर्न पाएका छैनन् के यहि हो त नयाँ नेपालले जनतालाई दिएको शान्ति सुरक्षा ।


हाम्रा गृहमन्त्रिले त गल्ति भए प्रधानमन्त्रिलाई समेत छाड्दिन भनेर भाषण दिनु भएको थियो त । जब उहाँ देशको जिम्मेवार पदको सपथ लिनु भए पछाडि परिस्थिति आएमा म कसैलाई पनि माफि दिने वालामा छैन भनेर उहाँले भन्नु भएको थियो । खोई आज ति कार्य गनु भएको कि उहाँले भुल्नु भयो त्यति बेला दिनु भएको वक्तव्य । हाम्रा अगाडि प्रत्यक्ष घुमि रहेको छ भयाङनक र त्रासदिय हत्या गर्ने हत्याराहरु । हामी नेपाली सबैको आखा अगाडी घटेको थियो कोटेश्वरको व्यवसायी रामहरि श्रेष्ठको र्निलज्जासपद हत्या । देशको घुम्ने कुसर्ीमा बस्ने अधिकार कस्ले दियो ति नेताहरुलाई कस्ले बनायो नेता र जनतालाई दिएको बचन बद्धता सबै भुले ति कुसर्िका मोह भएका मन्त्रि साहेबहरुले मुखले राम राम बगलीमा छुरा भने जस्तै अहिले आएर रामहरिको हत्याको अभियुक्त कहाँ बस्छ कसको आस्रय लिएर बसेको छ भनेर सबै कुरा थाहा पाउदा पाउदै पनि किन अभियुक्तलाई पक्रन सकेको छैन त ।

हाल आएर देशको उपप्रधान मन्त्रि तथा गृहमन्त्रिको पद समालेर देश र जनतालाई शान्तिको आहुति दिन्छु भनेर किन गर्जनु भयो ।त्यति बेला त्यो पद पाउनलाई गर्जनु भएको थियो कि जनताको सेवा गर्नलाई पदको जिम्मेवारी लिनु भएको थियो । अब अहिले आएर र अभियुक्तलाई पक्रन गाह्रो छ भनेर किन लाचारीपन देखाउदै हुनु हुन्छ त । अब यो सरकारलाई कसको डर त्रास भयो त ।सरकार कुन पार्टिको हो र अभियुक्त कुन पार्टिको हो त र कसको कारणले अभियुक्तलाई कार्बाहि गर्न गाह्रो भएको हो त । यस भन्दा पहिला त चुनावि नारा थियो अब कस्तो नाराले अड्किएको हो त यो कुराको जवाफ मन्त्रि ज्युले दिनै पर्ने छ । तपाईको यो लाचारिपनलाई देखेर त्यो आफनो नामको बदनाम गर्न खोज्नु भएको जस्तो पो लाग्यो । कि त त्यो घुम्ने कुसर्िलाई आफनै तरिकाबाट घुमाउनु भएको हो । तपाईको गर्जावटलाई सहि तवरमा सदुपयोग गरेर देखाईदिनु भयो भने यो गर्जावट सदावहार हुने छ नत्र जनताले माफ गर्ने छैन ।


हाम्रा नव निर्वाचित नयाँ नेपालको मुहार नयाँ मुहारको समरचना गर्छु भन्ने प्रधानमन्त्रि प्रचण्डलाई यो देशको नागरिक भएको नाताले यो प्रश्न गर्दै छु । प्रधानमन्त्रिको पदभार समाल्नु भएका हाम्रा मन्त्रि पुष्पकमल दाहाल ज्यूले चुनाब हुनु अघि साडे दुई करोड जनता सामु गरेको बाचा अहिले बिस्रनु भयो कि कसो आफनै सह पाठिहरु द्धारा गरिएको हत्याको हत्यारालाई कार्वाहि गर्ने बचन दिनु भएको थियो तर यति लामो समय बित्दा पनि किन कार्बाहि गर्नु भएन त के यो सच्चा राजनितिज्ञको भाषण मात्र गर्दै हिड्नु हुन्छ कि बोलेका कुरालाई व्याबहारमा पनि उतारे र लागु गर्नु हुन्छ त । आफनो नामलाई मध्य नजरमा राखेर जनताका चुनौतिलाई केलाएर त्यो पुष्प जस्तो होस् जुन पुष्पले सारा बगैचालाई सुवास छरिदियोस नकि सुगन्धमय तुल्याईदियोस यो नै छ हामी नेपाली जनताको चहना । तपाई यो देशको प्रधानमन्त्रि हुनु हुन्छ सबै नेपालीको साझा पुष्प हो केवल ने।s।पा माओवादिको मात्र होईन । तपाईसँग भएको सुवासको सुगन्धको आभास लिने अघिकार सारा नेपाली जनतालाई छ ।त्यसैले जनताको आकांक्षालाई तृप्त पार्ने काम तपाई र तपाईको सरकारमा बस्ने मन्त्रि मण्डलको हो । यो नै हो हामी नेपलीको चुनौती तपाई सामु ।



2 Comments:

brilliantman71 said...

बिजयजी, तपाईंले उल्लेख गर्नु भएका कुराहरु समस्याका एउटा पाटामात्र हुन, त्यसलाई अर्को पाटोबाट पनि हेर्नु पर्छ र गुण र दोष छुट्ट्याउनु पर्छ। सडके ब्यापारीहरुको कुरा गर्नु भयो, कसैले पनि सार्वजनिक स्थानलाई ओगटेर, अरुलाई असुबिधा हुनेगरी आफ्नो धन्दा गर्नु राम्रो हुन्छ र? यसो बिचार गर्नुस् त, हाम्रा सडकपेटीहरु त्यसै पनि सांघुरा छन, त्यहीमाथि फुटपाथे ब्यापारी देखी मगन्ते सम्मले ढाकेर अन्य बटुवाहरुलाई असुबिधा पुर्याउने काम् भएको छ।फेरि यो एकाएक बामदेवको दिमागको आईडिया पनि होइन,धेरै पहिलेदेखि नै नगरप्रहरी र फूटपाथे ब्यापारीहरुको लुकामारी चलिराखेको हो र बामदेवले अलि कडाइ मात्र गरेका हुन्। त्यसो त सरकाराले सबै जनाको ब्यबस्था गर्न सम्भव हुदैन तर अलि खूला ठाउँ छ भने त्यहा महानगरपालिकाले बूथ kiosk मा ब्यापार संचालन गर्न दिनू पर्छ, त्यो पनि सित्तैमा होइन, नगरपालीकालाई केहि शुल्क बुझाउने गरी। नियम कानून् भन्ने कुरो सबैले मान्नु पर्छ।

रात्री ब्यबसायीको कुरो गर्नु भयो।जरूर यसले केहीको रोजगारी खोसेको छ, तर यसले धेरैको हित गरेको छ।सबै त नहोला, तर अधिकांश यी रात्री डान्स बारहरु बेश्याब्रितीको सम्पर्क स्थान बनेका थिए। पस्चिमा राष्ट्रहरुलाई माथ गर्ने गरी नग्न न्रित्य देखाउने कुरो जायज हो? त्यस्तो लाई रोजागरी वा ब्यबसाय भन्न मिल्छ? यस्तो बिक्रितीले धेरैलाई बिगारेको छ। कर्मचारी, ब्यबसायी, युवा देखि बूढा र स्कुले ठिटाहरुसम्म तरुनीको नग्न देहपान गर्न डान्स रेस्तुरेन्ट धाउने, खल्ती रित्त्याउनेगरी रक्सि धोक्ने र घरमा गएर श्रीमतीलाई गोद्ने। अहिले धेरै श्रीमतीहरुले थोरै भएपनि सन्तोषको सास फेर्न पाएका छन्। अनि यसरी मदिरा र तरुनीमा खर्च गर्ने पैसा कमाउन अपहरण, चोरी, लुटपाट, हत्त्यामा संलग्न हुन्छन्।नरहे बाँस नबजे बांसुरी।यसरी डान्स रेस्टुरेन्टमा नियन्त्रण गर्नु नै अचुक् औषधी त होइन, तर यसले जरुर अपराधीक क्रियाकलापलाई कम गर्ने छ। रह्यो रोजगारी खोसिएको कुरो, यसले तत्कालै केही असर गर्ला, तर दिर्घाकालीन रुपमा ती चेलीहरुलाई फाइदानै गर्ने छन्। आफ्नो देह प्रदर्शन् गरेर, यौन बेचेर पेट पाल्न छोडेर उनीहरु अन्य इज्जतिलो रोजगारीमा लाग्ने छन्। दश-बाह्र बर्ष अघि डान्स रेस्टुरेन्ट थिएन भनेपनि हुन्छन र त्यतिखेर पनि हाम्रा चेलीबेटीहरु भोकै मरेका त थिएनन् नि। क्यासिनोका कर्मचारीहरुले बिरोध प्रदर्शन् पनि उदेक लाग्दो छ। देशमा कानून् छ र कानूनले स्वदेशीहरुलाई क्यासिनोमा प्रबेश निषेध गरेको छ र बामदेवले यसलाइ लागू गर्न मात्र खोजेका हुन्।देशको कानूनलाई धोती लगाएर आफ्नै नेपाली दाजुभाईको खल्ती रित्याउने र क्यासिनोका बिदेशी मालीकलाई धनी बनाउनेकाममा हाम्रा दाजुभाइहरु किन यति उद्धत्? यस्ताकुराहरुमा हामी सचेत नागरीकले सरकारलाई साथ दिनै पर्छ तर रामहरी श्रेस्ठ हत्त्या प्रकरण जस्तामा सरकारले हत्यारालाई जोगाउने काम गर्छ भने जरुर बिरोध हुन पर्छ। यदि माओबादीको नेत्रित्वको सरकारले हत्यारालाई संरक्षण गरेको छ भने बामदेव जता हक्की मान्छेले मन्त्रीपदकै लोभले लाचार बस्न सुहाउदैन।
हुन त अहिले सम्म प्रहरीको लिस्टमा फरार तर सार्बजनीक रुपमा मज्जाले हिंड्ने ब्यक्तीहरु धेरै छन्।लौडा काण्डमा अख्तियारले धूँईधूँईती खोजीएका तारिणीदत्त चटौत प्रहरीको कब्जामा कहिले परेनन। त्यसैगरी, चिरन्जीवी वाग्ले, गोविन्दराज जोशी, सिताराम प्रसाईहरु कहिले गिरफ्तार् भएनन्। आशा छ माओबादीको नेत्रित्वमा त्यस्ता कुराहरु नदोहोरिउन्, होइन भने जनताले कसलाई चहि बिश्वास् गर्ने?

Panda said...

ब्रिलियन्टम्यानजीले उठाउनुभएको बुंदाहरु एकदम जायज छन ।
रंगीन रात बिताउने मोहमा फसेका व्यक्तिहरु कस्ता हुन्छन र के गर्छन भन्ने भनिरहनु नपर्ला । गिलासबाट शुरु भएका रातका राजाहरु गन बोकेर हिड्ने डन भैसकेका छन । वेटर र डान्सरहरु रातका रानी बनिसकेका छन् । विकृति र विसंगति जति छिटो सक्यो रोकेको उति राम्रो , समयमा रोक्न नसक्दा कति बिकराल रुप लिइसकेको रहेछ र नेता देखि प्रहरी सम्म यसको लतमा फसिसकेका रहेछन भन्ने कुरा त छर्लङ नै देखियो पनि ।

पाकेटमार होस या डनहरु हुन तपाई हामी जस्ताले इराक देखि इग्ल्याण्डसम्म देखि दुखसंग आर्जेर लिएर गएको सम्पति पनि काठमाडौकै गली देखि एअरपोर्टसम्म बाटो ढुकेर बस्ने डनहरुले र रातमा मोज गर्न पल्केकाहरुले ठाडै लुटेर शराब र शबाब संग उडाइदिने स्थिति आएपछि विकृति नियन्त्रण गर्न खोज्नु जायज होइन र?
अनि बाहिर बाट रेष्टुरेण्टको बोर्ड झुन्डाएर सोझा सोझा केटीहरुलाइ गाऊं घरबाट ल्याएर झुक्याएर रातीमा नांगिने पेशामा लगाउनु र बम्बैमा लगेर बेच्नुमा केहि फरक देख्नु हुन्छ ? मेरो लागि त दुवै प्रवृति उस्तै हुन ।

केहि वर्ष पहिले एक जना लुटेराले पक्राउ परिसकेपछि पुलिसलाइ बताए अनुसार लगभग १ करोड भन्दा बढी रकम लुटिसकेका उनले सबै पैसा रंगीन संसारमा नै उडाएका थिए रे ।

त्यसैले गांजा र वेश्यावृतिमा मशहुर हल्याण्डले समेत अबदेखि विकृति नियन्त्रण गर्ने र यस्तो व्यापारमा प्रतिबन्ध लगाउने भनिसकेको अवस्थामा नेपालले अझै भात र म:म को नाममा चेलीहरुलाई नंग्याउदै लाने वा विकृतिलाई अहिले देखि नै नियन्त्रण गर्ने ? हामीले नै नंग्याउने बाटो रोज्छौं भने राम्रो बाटो कसले लिने? भोलि छर छिमेक हुंदै हाम्रै आफन्तहरु नांगिने स्थिति आउंदा के हामी बियरको चुस्कि र नशाले आफ्नो होशलाई दबाएर उनिहरुको नांगो नाच हेर्न सकिरहुंला?

अर्को कुरा युरोप र अमेरिका स्थितिमा देश पुग्नु पर्ने आश गर्ने हामीहरुले देशमा फुटपाथ मात्रै हैन गर्दा गर्दा मोटर गुड्ने रोडमा समेत कसैले पसल थाप्न पाउनु पर्छ भन्ने हो भने गाडि गुड्ने ठाउं र फुटपाथमा हिड्न पाउनु पर्ने हाम्रो अधिकार माग्न को संग जाने !

तपाईंको आशय अरु पनि छन गृह मन्त्रीले ध्यान दिनु पर्ने कुराहरु भन्ने हो जस्तो लाग्छ । हो प्राथमिकतामा पर्नु पर्ने धेरै कुराहरु छन तर ती काम हरु गरिएन भन्दैमा सानो तिनो राम्रो कामहरुलाई नजरअन्दाज गर्न सकिन्न ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !