June 9, 2008

दुस्वप्न

“तपाई नेपाली हो?” बिरानो देशमा यौटा आत्मीय आबाजले मलाई बोलायो । “हो ! अनि तपाई पनि नेपाली नै हो?” मैले पनि सामान्य ढंगमा अभिवादन संगै वार्तालाप अघी बढाँए ।

“अनि तपाई कुन नेपालको त?’” मेरो प्रश्‍नको झ

जबाफ नदिई उनले सोधेको यो प्रश्‍नले भने म अक्मक्कीएँ “ … हैन के भनेको तपाईले ? नेपाल त नेपाल नै हो नि पूर्व पश्‍चिम कताको सोध्नु भएको भए म मध्यमाञ्चलको वा काठमाण्डु को हुँ”

“ … हैन तपाईले पनि कस्तो कुरा नबुझ्या भन्या ति व्यक्तिले सम्झाउने पाराले मलाई भने “तपाई नया नेपालको कि पुरानो नेपालको पो भनेको?”

“नेपाल त यौटै छ नि के को नया र पुरानो भन्या ?” मैले उदेक लागेर प्रश्‍न गरें ।

“कहाको यौटै हुने तपाई मध्यमाञ्चलको हो भने त्यो त पुरानो नेपाल पर्‍यो … ” उसले सम्झाउने पाराले मलाई बताउन थाल्यो “ … अब नया बनेका प्रदेशहरु चाहि नया नेपाल हुन … ” उ अझै मलाई लामो लामो कुरा बखान गर्दै थियो मलाई भने अब बिरानो देशमा भएपनि सो व्यक्तिमा कुनै आत्मियता नजर आउन छाडि सकेको थियो ।

“… तपाईलाई थाहा छैन अब प्रदेश प्रदेशमा आ-आफ्नै सरकार हुनेछन, अनी अहिले भारतमा रहेका ‘पश्चिम बंगाल सरकार’, ‘गुजरात सरकार’ वा ‘तामिलनाडु सरकार’ जस्तै हामि कहा पनि प्रदेश-प्रदेशका आ-आफ्ना सरकार हुनेछन, तिनले पहिला स्वायत्त, अनि स्वतन्त्र हुदै स्व-निर्णयको अधिकार लिनेछन … ” मलाई उसको आबाजमा अलिकता दबाब, अलिकता व्यङ्य र केहि त्रास समेत महशुस हुन थाल्यो । मैले अब भने त्यो व्यक्तिलाई अलि नियालेर हेरें … ओहो ! यो मान्छे त नेपाली जस्तो पनि देखीदैन … मलाई नजानिदो त्रासले घेर्न थाल्यो र म त्यो व्यक्तिबाट पन्छिन खोज्न थालें ।

“यो सब हामिले नै गराई रहेका छौं … हेर्नुस न … बिस्तारै आत्म निर्णयको अधिकार पाएपछि तपाईको नेपालको ‘स्वरुप’ नै परिवर्तन हुनेछ” यसपाला मैले उसको बोलीमा प्रष्टै रुपमा खिसि गरेको अनूभुति गरें ।

मलाई त्यो व्यक्तिको शिल-स्वभाब र बोली देखि नै घृणा जाग्न थाल्यो “हैन ! तपाई नेपाली हैन र भन्या?”मैले आक्रोश मिस्रित आबाजले सोधें । “हा हा हा हा … तपाई त रिसाउनु भयो जस्तो छ … म पनि नेपाली नै हुँ, … तर भविश्यको अनी त्यो पनि नया नेपालको चाहि … ” उसले निकै कुटिलताले जबाफ दियो “ … अब हाम्रो योजना अनुशार कार्य हुदैं छ र योजना अनुशार नै काम भए तपाई भन्दा हामी ‘बलियो’ हुनछौं अनी हामीले तपाईहरु संग माग्ने हैन तपाईहरु हामिमा भर पर्नु पर्छ … ”

“ के को योजना के को कार्य ? यो नचाहिदो कुरा नगर्नुस … मलाई तपाईसंग कुरा गर्नु छैन " म झर्केर हिडें ।

“ … तपाई जानुस तर याद गर्नुस! अहिले सम्म सबै कुरा हमिले भनेकै भएको छ। तपाईका नेताहरु हामिलाईनै गुरु मान्छन र हामिले भनेकै मान्छन् देख्नु भएको छैन भर्खर पुरानो नेपालमा के भएको छ र के हुदैं छ … …हा हा हा हा हा ” ।

उ अट्टाहास गरेर हास्न थाल्यो मलाई उस्को अनुहार मानिसबाट दैत्यमा परिवर्तन हुदै गएको महशुस हुन थाल्यो … उसको शरिर भिमकाय रुपमा परिवर्तन भएर आबाज पनि अझ भारि हुदै जान थाल्यो “ हा हा हा हा … ” उस्को भयकंर अट्टाहासले म झसंग व्युझीएँ । शरिर पसिनाले तर भएको रहेछ म टी. भि. हेर्दा हेर्दै सोफा मै निदाएको रहेछु … अगाडि टि. भि. मा छिमेकि देशको यौटा न्यूज च्यानलमा नेपाल सम्बन्धि ‘करेण्ट रिपोर्ट’ अझै चल्दै रहेछ … म टी. भि. बन्द गरेर पून: निदाउने प्रयत्न गर्न थालें ।



3 Comments:

Panda said...

प्रदेशमात्रै भए त हुन्थ्यो भिन्दै देश होला कि भन्ने पो त्रास छ त । केहि वर्ष पहिले कति लाखलाइ हो नागरिकता बितरण गरिएको, अब क कसले पाए होलान । राम्रो संग घटना क्रम केलाउने हो भने धेरै कुरा ले झस्काउछ ।

बिप्लब said...

कुरो सटिक छ ठरकि दादा। अहिलेको संघिय गणतन्त्र ले आश होइन कि त्रास निम्ताएको छ।

ठरकी दादा said...

मलाई लागेको डर पनि त्यहि हो । यहाँ त जाल कस्ले बुन्दै छ, के का लागि बुन्दै छ र कस-कसलाई 'प्रयोग' गरेर कति किस्तामा के गर्ने ताना-बाना बुन्दैछ भन्ने सबाल हो ।

panda जि र बिप्लब जि!!
घटना क्रम केलाउने हो भने धेरै कुरा ले झस्काउने मात्रै हैन तर्साउँछ पनि ।
अहिले 'हिरो' बनेकाहरु कुनैबेला'कठपुतली' मा परिणत भएको देखिनेछन जस्तो लाग्दैछ मलाई .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !