January 29, 2008

भारतद्वारा नेपाललाई गाडी सहयोग् कि बकरेले खसीलाई घांस् खुवाएको?

हालै भारतद्वारा नेपालमा शान्ति प्रक्रियामा सहयोग पुर्याउने उद्धेश्य बताएर १२०० जीप र १४०० थान् जति संचार उपकरण दान दिईएछ। भारतीय राजदूतको हातबाट हाम्रा ग्रीहमन्त्रीले सगौरब सांचो बुझेको तस्विर पनि देख्न पाईयो। यसो हेर्दा छिमेकी राष्ट्रले यत्रो ठूलो सहयोग गर्दा खुशी लाग्नु पर्ने हो, तर मलाई भने काट्नलाई ठिक्क पारिएको खसीलाई बगरेले मुसार्दै घांस खुवाईरहेको द्रिश्यको झझल्को आयो। हामी पनि दशैंको लागि भनेर किनेर ल्याएको खसीलाई खुबै स्याहार्-सुसार् गर्छौं नि। पोषिलो दानपानी खुवाउंछौं ताकी खसी मोटो होस् अनि धेरै मासु खान पाईयोस् भनेर। त्यो खसी प्रति माया लागेर हो र। हो ठीक् यहि हो भारतद्वारा नेपाललाई दिएको देखावटी सहयोगको सक्कली रुप। वास्तवमा नेपालको समस्या अर्कै छ र गर्नु पर्ने सहयोग् अर्कै छ तर त्यो बिषयमा भने भारत भन्छ-नेपाल् आफै सक्षम् छ त्यो समस्या समाधान गर्न रे। आफ्नै जनसंख्या बिष्फोटको अवस्थामा पुग्न लागेको एउटा गरीब देशमा लाखौंको संख्यामा भूटानी शरणार्थीहरुलाई ट्रक्मा हालेर ल्याईदिएको छ र भारत यो समस्यामा आंखा चिम्लेर बस्छ। उनीहरुलाई आउन चाहि दिने, तर फर्किन चांही दिदैन। भारतले चाहे यो समस्याको समधान् मिनेटमा हुन्छ तर उ भन्छ, भुटान्-नेपाल आफै यो समस्या समाधान गर्न सक्षम् छ भनेर। तराइ मधेशमा आगो बलिरहेको छ र आगो लगाउनेहरु सबै भारतमा सरंक्षित् छ भनिन्छ। मलाई तराईको एउटा साथीले भने अनुसार बीरगन्ज स्थित भारतीय वाणिज्यदूताबासले मधेशी लडाकाहरुलाई हतियार र पैसा बांडिरहेको छ। भारतसंगको खुल्ला सिमाना र आवतजावत गर्न पाउने सुबिधालाई प्रयोग् गर्दै मधेशी नेताहरु पटनामा बैठक गर्छन् र त्यसमा भारतीय बिदेशमन्त्रालयका साउथ ब्लक् हेन्रे प्रितिशरणहरुको पनि उपस्थिति हुन्छ।
भारतमा मधेशी नेताहरुले सरंक्षण पाएको कुरो स्वीकार् नगर्ने तर संयुक्त राष्ट्र संघका मार्टीनले गोइतहरुलाई भेटेर आउंदा आपत्ती हुने? भारतले चाहे मधेशको समस्या तुरुन्तै समाधान् हुन्छ भनेर हाम्रा प्रमले भनेका बाट नै यो कुरा प्रष्ट हुन्छ, मधेशको मुद्धामा भारतले पर्दा पछाडीबाट खेल् खेलिरहेको छ। यसरी नेपालमा अशान्ती मच्चाउनेहरुलाई पछाडीबाट सहयोग् गर्ने अनि फेरि अर्को तिर "नेपालमा शान्ती स्थापनार्थ" भनेर गाडी दिने? र नेपालले जाना जान किन यस्तो सहयोग् लिन्छ? सहयोग गर्ने भए हामीलाई भुटनी शरणार्थीको मुद्धामा सहयोग गर , मधेशमा शान्ती स्थापर्नार्थ सहयोग गर, जबरजस्ती मिचेका हाम्रा सुस्ता, महेशपुर, टनकपुर, कालापानी जस्ता भूभागहरु फर्काएर सहयोग गर भनेर किन भन्न सक्दैनन्?
वास्तवमा नेपाल भारतको जुन् युगौं पुरानो परम्परागत संबन्ध छ र जसको हाम्रा नेताहरु सधैं भजन झैं गाउंछन्, त्यसले नेपाललाई फाईदा भन्दा बेफाइदा नै भैरहेको देखिन्छ। रोजगारका लागि भारत नेपाली युवाहरुको लागि एउटा भूमी बनेको छ तर भारतीयहरुको नजरमा नेपाल कहिले पनि एउटा स्वाधीन, स्वतंत्र राष्ट्र भएन। नेपालको सरकार ढाल्न जहिले पनि उनीहरुको हात रहन्छ। चाहे त्यो राणा शासन् ढाल्न होस् चाहे त्यो पंचायत ढाल्न होस, चाहे गिरिजालाई ढालेर देउवालाई माथि ल्याउन होस्, उनीहरुले भूमीका खेलेकै हुन्छ।
नेपालमा उनीहरु कदापी स्थायीत्व देख्न सक्दैनन्। जब नेपाल सरकार माओबादीसंग वार्ता गर्दै थियो, भारतीयहरु उनीहरुलाई "आतंकबादी" घोषणा गर्छन र अड्काइरहेको हतियार, हेलिकप्टर् सहयोग फुक्का गरिदिन्छन् र भारतमा माओबादीहरु पनि गिरफ्तार् हुन थाल्छन्। जब वार्ता भंग हुन्छ, तिनै माओबादीहरु भारतमा खुल्ला कार्यक्रम् गर्दै हिंडिरहेका हुन्छन्। र अहिले पनि सोही घटनाक्रम् दोहरी रहेको छ र भारतको यो नीति नेपाललाई सिक्किममा रुपातन्तरण नगरेसम्म जारी रहने छ।


3 Comments:

Panda said...

घास खुवाएको भन्नु कि के भन्नु खोइ! प्रजातन्त्र आउने बित्तिकै अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई भारत जादा नेपाललाई दुइवटा हेलिकोप्टर सहयोग दिएको भन्ने कुरो पनि खूब चर्चामा आएको थियो । मैले दिल्लीमा अध्ययन गर्न जादा भारतीय साथीहरु भन्ने गर्थे तेरो देशलाई हाम्रो देशले २ वटा हेलिकोप्टर दियो । तेरो देशलाई हाम्रो देशले पालिराखेको छ , आदी इत्यादी । हाल सालै पत्रीकाहरुबाट थाहा भयो ति हेलिकप्टरहरु १३ करोडमा नेपाललाई बेचिएका रहेछन, ति पनि एस्ता काम नलाग्ने कि दुई महिना भन्दा बढी चलेनन रे ।

भन्नुस् कस्ले कस्लाई दियो ?

अहिले पनि भारतीयहरु भन्ने गर्छन् नेपाललाई भारतले पालेको छ, कहाँबाट सिक्छन एस्ता कुरा कुन्नी? हुन त भारतीय धुन्डक रुलाई थाहा हुन पर्दैन जे मनमा आयो बोल्छन। तर वास्तविकता ठीक्क उल्टो छ । बेरोजगार भारतीयहरु नेपाल आउछन र ब्यान्क ठगेर होस या ठग ब्यापार गरेर होस् साल भरिमा करोडपती बन्छन, अनी नेपालीहरु लाई कामदार बनाएर कज्याउछन ।

हिसाब गर्नोस त नेपालमा भित्रिने अरबौ रुपैयाँ कहाँ जान्छ? बिभिन्न तरिकाबाट भारतले सोस्छ, नेपालको absorbing capacity छैन । त्यसैले जती पैसा ओइरिए पनि देश कङाल !

नेपाललाई सिक्किम बनाउथे होलान, तर सिक्किम बनाये पछी त आफुले पनि लगानी गर्नुपर्छ, अहिले त नेता देखी जनता सोझो बाटोबाट हुन्छ या घुमाउरो बाटो बाट हुन्छ जसरी भारतले नचाउन चाहे पनि कम्मर मर्काइ मर्काइ नाच्छन। किन अहिले सिक्किम बनाउने टन्टो गर्नु पर्‍यो? जुन दिन देखी अली दाल गल्न छोड्छ त्यसपछी सिक्किम अभियान तिर लगे भयो । त्यसका लागि पनि लेन्डुप दोर्जे देखी बिभिन्न "बान" र "मोर्चा" हरु तयार पारीराखेकै छन भारतीय गुप्तचरहरुले ।

यो गाडी दिएको बकरेले घास दिएको भन्ने कि मारवाडीले पसल भित्र छिर्ने ग्राहकलाई चिया - चिसो पिलाएको जस्तै हो, अझ के भन्छन नि अङ्रेजीमा DPR तयार गरेको, primary investment गरेको, हो कि "सिक्किमाइजेशन आवेदन दस्तुर्!" तिरेको हो कुन्नी !

जे भये पनि हामीले ति गाडी गुडायेर तिनको सपना चकनाचुर पार्न सक्नु पर्‍यो । श्री पशुपती नाथले सबै नेपालीलाई त्यसतिर मार्ग दर्शन गरुन!

ठरकी दादा said...

मलाई लाग्छ दिएको होईन 'राखेको' हो। मतलव आफ्नै कार्यलाई मूर्तरुप दिन राखीएका चिज हुन । वा भनौं बल्छीको 'हुक'मा अलिकता पिठो वा खानेकुरा राखेजस्तो मात्र हो ।

nepalean said...

खासमा यो सहयोगलाइ म नौलो मान्दिन। भारतले नेपाललाइ सिद्दार्थ राजमार्ग देखी ०४७ को चुनाबको मत पेटीका आदी सहयोग गर्दै आएको छ।
ठुला देशले यसरी सहयोग गर्नु आफ्नो प्रभाव पारी राख्नु जस्तै हो। त्यसैले जापान टाढा भए पनि नेपाललाइ सहयोग दिइराख्दछ भने अमेरीका पनि पछी हट्दैन। भारत भने आफ्नो वरीपरीका देशलाइ कसरी प्रभाव जमाउने, सधै पिरलोमा हुन्छ।
यि सहयोग मैले पुर्व सहयोग जस्तै लाग्दछ।
त्यस बाहेक अहिलेको स्थीमा भारतीय भुमीका के छ भन्ने चाही मैले मात्र किन सारा जनताले मेसो पाउने सकेका छैनन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !