October 15, 2007

संविधान सभाको निवाचन पछि पनि नेपाल छ ।

सवै जना संविधान सभा तर्फकुदी रहेको वेला तेस पछिको विषय उठाउन तार्किक हुन सक्छ वा सक्दैन त्यो त म भन्न सक्दिन तर के सविधान सभा नै नेपाल र नेपालीको अन्तिम लक्ष्य हो र - यस पछि नेपाल को स्थिती के हुने त्यो वारे वेलामै सोच्नु आवश्यक छैन र ? के नेपालमा संविधान सभाले सवै समस्या समाधान गर्न सक्छ ?

सविधानको वारेमा सवैलाई थाह छ । तर कानुन को विधार्थी को नाताले भन्नु पर्दा सविधानले सवै कुरा समेटन सक्छ भन्ने मलाइ लाग्दैन । संविधानको मुल मर्म यसको प्रस्थावनाले वताउने भएता पनि केही नितिगत विषय वस्तु भन्दा अरु सविधान सभाको उदेश्य हुन सक्दैन । मौलिक अधिकार राज्यका सम्रचना को स्वरुप निति र संविधानको वाधा अडचन फुकाउने केही विषय वस्तुमा वाहेक अरुलाई प्रस्तावित संविधानले समेटने अवस्य छैन ।

चाहे संसारको सवै भन्दा सानो संविधान भएको अमेरिका होस वा सवै भन्दा ठुलो संविधान भएको भारत अथवा सविधान नंै नभएको वेलायत , राज्यको मुल कानुन संविधान भन्दा ठुलो प्रतिवद्धता हो भन्ने मेरो व्यक्तिगत विचार हो । प्रजातन्त्र पछिको संविधान २०४७ किन सफल हुन सकेन हामीले कहिले सोचेका छैनौन ।राष्टिय स्वार्थ भन्दा व्यक्तिगत र पदिय स्वार्थ रहे सम्म कुनै सविधान पनि दिगो हुन सक्छ भनि म मान्न तयार छैन । यति खेर अष्टिनको भनाइ सान्दर्भिक होला कानुन सम्प्रभुको आदेश हो । वोलीमा जनता र्सव शक्तीमान भनिएपनि केही व्यत्तलीले सत्ता को खेलमा जनताको कुनै औचित्य राख्दैनन । उदाहरुणको लागि धेरै पर नजाउ के २०४६ को जनआन्दोलन को मर्म यति छिटै कुठाराघात होला भनि हामीले सोचेका थियौ र - यस विषयमा पनि लेख्न त मन थियो तर आजको विषयको मुल उदेस्य यो होइन यस वारे पछि लेख्ने छु ।

नेपालको विभिन्न शक्तीमा दल माउवादी राजा जनता जे भनेता पनि वाहृय शक्ती को यो भन्दा ठुलो भुमिका रहेको छ । यहा वाहय शक्ती को वारे कुरा उठाउन छोडने हो भने पनि जनताको नाममा उठेका नेपालमा अहिले सम्म ३ शक्ती छन । प्रजातान्त्रीक शक्तीमा आधारित दल हरु ,राजा अनि हतियार लिइ सधर्षवा क्रान्ती लाई मुल नारा दिने शक्ती । अहिले राजालाई एक्ल्याएर सातदलको गठवन्धन शक्तीलाई मात्र शक्ती को रुपमा व्यख्या गर्नु भविस्यमा ठुलो भुल हुन सक्छ । सविधान सभा ले निमाण गर्ने नया संविधानले राजतन्त्र विहिन नेपाल त वनाउला तर के दिगो शान्ती उपलव्ध गराउला यस वारे सोच्नु आवश्यक छ । खुला सिमाना र २४० वर्षो इतिहासलाई कसरी तह लगाउन सकिन्छ अहिले सम्म कुनै दलले स्पष्ट पार्न सकेको छैन । दोस्रो जनआन्दोलनको वल नेपाली जनता हो भने पनि राज संस्था जरै वाट उखेल्नु पर्छ भन्ने माउवादीको भनाइ र गर्राई अवस्य मेल खादैन । वन्दीलाई भत्ता दिएको भनि र्सार्वजनिक स्थलमा राजालाई दिएको वजेटको ढाकछोप गरिए पनि वजेट दिन संसदले रोक्ने प्रयत्न गरेर । सम्पति राष्टियकरण गरेका भनि दरवार राष्टियकरण गर्दा आम नेपाली झुकिए झै सवै नेपाली अवस्य झुकिदैन । नोटवाट राजाको तस्विर हटाएको ध्वागं फुके पनि नोटमा हुने पानी छापमा राजाको तस्विर हटेन । अनि जति राजा फाल्ने नारा दिएता पनि संविधान सभाको चुनाव नै हुन नसक्नु अरुको स्वार्थलाई वुझन टाढा जानु पदैन ।

क्रमश

3 Comments:

brilliantman71 said...

तपाईंको बिचार संग म पनि सहमत छु। अहिले नेपालको स्थिती कामकुरो एका तिर, कुम्लो बोकी ठिमीतिर भनेको जस्तो भैरहेको छ। राजाको संपतीहरु राष्ट्रियकरण गरेको ठिकै हो, तर त्यो कागजमा मात्र हो कि जस्तो छ। देशका मुख्य समस्याहरु तिर ध्यान छैन, तर नोटमा राजाको फोटो हटाउने, साइनबोर्डहरुबाट शाही शब्द हटाउने, मछेन्द्रनाथको भोटो देखाउने जात्रामा र पाटनको कृष्ण मन्दीरमा राजाको सट्टामा प्रम जाने, बिदेशी राजादूतहरुको ओहोदाको पत्र प्रमले ग्रहण गर्ने बाहेक जनतालाई राहत दिने अरु केही उल्लेखनीय कुरा केही भएका छन त?
खाली संबिधान सभाको चुनावको कुरो बाहेक अरु केही छैन, त्यो पनि अहिलेलाई स्थगित भयो। एउटा अचम्म कुरो, संबिधान सभाको चुनावमा भाग लिने पार्टीले, आफूले कस्तो संबिधान निर्माण गर्न चाहेको हो, त्यो कुरो घोषणा गरेर त्यही अनुसार क्याम्पेनिङ गर्नु पर्ने होइन? त्यो भएको देखिएन।
जनताले के को आधरमा भोट दिने हो? फेरि संबिधान सभाको पहिलो बैठकले राजतंत्र संबन्धी फैसला गर्ने भनियो, यो पनि अचम्म को कुरो। जहाँसम्म मैले बुझेको कुरो के हो भने, संबिधान् सभाको काम भनेको नया संबिधानको निर्माण गर्ने हो। त्यसका प्रक्रियाहरु हुन्छन होला।सबै पार्टीका निर्वाचित सदस्यहरुले आफ्नो पार्टीको तर्फबाट संबिधानको मस्यौदा टेबल हुन्छ होला, छलफल हुन्छ होला, पक्षमा बिपक्षमा, लब्बिङ् हुन्छ होला र अन्तत जस्को मस्यौदाले बहुमत ल्याउछ, त्यो पारित हुन्छ होला, अर्थात नया संबिधानको रुपमा आउंछ होला।
राजा राख्ने वा फ्यांक्ने एउटा प्रक्रियाद्वारा हुन्छ, न कि कुनै एउटा बैठकबाट। संबिधान सभाको काम संबिधान निर्माणगर्ने हो र त्यो संबिधानसभा राजासहितको हुन्छ कि, राजा बाहेकको हुन्छ, त्यसैले राजसंस्थाको निर्क्योल हुन्छ, होइन र?

फेरी नयाँ संबिधान आउने बित्तिकै देशको काया पलट हुने हो र? अहिले संबिधानसभा लाई जहाँ जतिखेर पनि रटिएको छ, मानौं यो नै सबैथोक हो।
पार्टीहरुले आफ्नो पार्टीको हितभन्दा माथि उठेर नसोचेसम्म, नेताहरुको आचरण नसुध्रेसम्म जतिसुकै, जस्तोसुकै संबिधान लेखिएपनी केही हुनेवाला छैन। बहुसंख्यक जनताले( त्यो पनि परिक्षाण हुनै पर्छ) गणतंत्र चाहेका अवस्य हुन, तर गणतंत्रको साथ साथै देशमा शान्ती सुव्यबस्था, रोजगारी, गरीबी उन्मुलन पनि चाहेका हुन। कसैलाई राष्ट्रपती बनाउन मात्र गणतंत्र चाहिएको होइन।
देश अवस्था जर्जर छ, हत्या-हिंसाग्रस्त छ, गरीबी, बेरोजगारी ब्याप्त छ, युवावर्ग दिनदिनै पलाएन भइराखेकाछन, तर हाम्रा पार्टीहरु सधैं बैठक गर्छन,गणतंत्रका कुरा गर्छन्, चुनाव समानुपातिक हुनु पर्ने कुरा गर्छन तर औसत जनतालाई यस्ता कुराको कुनै अर्थ छैन।

नर्वेमा बस्ने, स्नाकोत्तर पास गरेको मेरो एउटा गाउंले भाइ छ। उसले सोध्यो, समानुपातिक चुनाव भनेको जातियताको आधारमा सिटको बांडफाँड भै मतदान हुने हो भनेर, म पनि अलमल परें। यहि ब्लगमा चना जीले लेख्नुभएको लेख लो लिंक फरवार्ड गरिदियं।
मुख्यकुरो, गणतंत्र-लोकतंत्र परिणाममुखी हुन पर्यो। खाली पार्टी र नेताहरुले भाषणहरुमा रट्ने अनि बैठक तताउने बिषयमात्र हुन भएन। बिरबलको खिचडी जस्तो कहिले पाक्ला र खाउंला भनेर रुङेर बस्नु पर्ने हुन भएन।
भोली नैराश्यता बढ्दै गएमा, आह बरु राजा नै चाहिने रहेछ भन्ने भावना नआउला भन्ने कुनै ग्यारेन्टी छैन।

Anonymous said...

It seems "sambidhan sabha" is an anti-biotic. Good, we need an anti-biotic to make healthy Nepal. The country has suffered a lot. It is tired and timid, it looks like it is suffering from malnutrition. So yeah, get one anti-biotic. Right now! But but but........Isnt presription of "sambidhan sabha- constitutinoal election"from this jungle people is like diagnosis of typhoid and prescribing typhoid drug by a compounder.

nepalean said...

पक्कै पनि संबिधान सभा पछि नेपाल छ। खोइ किन हो नेता यसैमा अड्किएका छन। सायद त्यस पछि केही गर्ने बुद्दी नभएर हो कि, कागको बथान कराए जस्तै नेता संबिधान सभा, संबिधान सभा बनेर कराउदैछन। तपाइले ओझेल परेको खाटी कुरो निकाल्नु भयो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !