October 10, 2007

माओबादीको घुर्की, हुत्तीहारा सात दल र निरिह जनता

केहि समय अगि मात्रै प्राप्त यौटा समाचार अनुशार माओबादी नेता बादलले संसदको बिशेष अधिबेशन बाट संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उनीहरुका अन्य मागहरुमा सहमती नभए देश गम्भिर दुर्घटना तर्फ जाने चेतावनी दिएका छन ।

पत्रकारीताको भाषामा यसलाई "चेतावनी" भनिए पनि बास्तबमा यो हुत्तीहारा सात दललाई दीईएको ठाडो धम्कीपूर्ण आदेस र सम्प्रभुसत्ता सम्पन्न भनिएका नेपाली जनताको संबैधानिक अधिकार माथीको गम्भिर प्रहार हो ।

भारतीय प्रधानमन्त्रीका बिशेष दूत श्याम सरणको नेपाल भ्रमण र नेपाली कांग्रेस केन्द्रीय समीतीको माओबादीले गणतन्त्रको प्रस्ताब राखेमा त्यसको बिरोधमा मतदान गर्ने निर्णय संग संगै भएको यो माओबादी घुर्कीमा संबिधान सभामा हुने आफ्नो लज्जा जनक हारको आभाष हाल आएर माओबादीलाई छर्लंङ्ग भएको प्रष्ट हुन्छ ।

नेपाल गणतन्त्रतात्मक, राजतन्त्रात्मक वा "माओबादात्मक राज्य" जे हुन्छ वा बनाईन्छ त्यसमा नेपालि जनता आफैले आफ्नो मताधीकारको प्रयोग गर्न पाउनु पर्छ । राष्ट्रीय मूलधारमा आएको पनि भन्ने र जंगली राज चलाउने खालका हैकम पनि नछाडने माओबादी व्यबहारले उनिहरु प्रजातन्त्रका पक्षधर हुदै होईनन् भन्ने फेरी एकचोटी प्रमाणीत गरेको छ ।

तर माओबादीको यो हैकम चलाउने र तर्सायर काम गराउने शैलीमा परीबर्तन नआउनुको अर्को मुख्य कारण भने हा्म्रै सात दल वा देसका प्रकाण्ड बिद्धान नेताहरुको हुत्तीहारापन र माओबादीको खराब कार्यको खुलेर बिरोद गर्न नसक्ने कातरताबाट पनि पोषीत छ । किनकी सानातिना केहि कुरालाई छाडने हो भने बिगत एक बर्ष देखी उनिहरुले जे भने त्यसैमा हाम्रा नेताहरुले "त्वं शरणम्" गर्दे आईरहेकाछन ।

अन्तरीम बिधायीकाको सिट भाग बण्डा देखी लिएर जनसेनाको पालन पोषण अनी आफै सरकारमा बस्दै आफै आन्दोलन गर्ने र कानूनी राज्यको खिल्ली उडाएर देसको शान्ती सुरक्षाको जिम्मा पार्टीका भरौटेहरुलाई थमाउँदा समेत कसैले खुलेर बिरोध गर्नु त कता हो कता कुरो उठाउने हिम्मत समेत देखाएनन् ।

अब आएर आफ्नो हारको 'भविश्य दर्शन" भैसकेकाले कहिले आफ्नो अनुकूलता अनुशारको समयमा चुनाव गराउने त कहिले जे संबिधान सभाको चुनाव नै नगरी अन्तरीम संसदबाट गणतन्त्र घोषणा गर्ने जस्ता माग राखेर फेरी एकचोटी आफ्नो घुर्कि प्रथा कायम गर्दैछन ।

सर्ब प्रथम यो "अन्तरीम संसद" हो त्यो भन्दा पनि माथी यसका कुने पनि सदश्य जनताबाट मनोनित छैनन् फेरी यो "अन्तरीम संसद" को यौटै अभिभारा भनेको नै संबिधान सभाको चुनाव गराउनु हो । यस्तो अबस्थामा जनताको यौटै मात्र भेट हाल्न पाउने अधीकारलाई पनि लत्यायर सीधै अन्तरीम संसदबाट गणतनत्र घोषणा गर्नु पर्छ भन्ने दलले कसरी आफूलाई जनताको पार्टी भन्छ हास्यास्पद मात्रै हैन लज्जास्पद कुरा पनि हो ।

देस गणतन्त्र हुनु वा नहुनु भन्दा पनि जनताले आफ्नो मत नै प्रयोग गर्न नपाउनु कानूनी राज्यको अपहेलना र जन अधिकारमाथिको ठाडो प्रहार हो । देसमा संघीय गणतन्त्र नै आओस तर जनताको भोटले आओस कसैको घुर्की वा दबाबले होईन ।

यसरी माओबादीको हरेक घुर्की पुरा गर्दै जाने हो भने त्यो दिन धेरै टाडा छैन जुन दीन माओबादी बाहेक सबै पार्टी प्रतिबन्धित हुनेछन । दूई बर्ष पछी नेपालको राष्ट्रपति हुने प्रचण्डको भविश्यबाणी त्यसै आएको छैन यीनलाई अरु दलका हुत्तिहारा नेताको औकात पक्कै पनि ज्ञात होला र नै त्यसरी खुलेआम राष्ट्रपति बन्ने भविश्यबाणी गर्दे हिडछन् । रह्यो नेपाली जनताको कुरा यीनलाई न त माओबादी न सात पार्टी कसैले सम्मान दिन जानेनन् , यिनिहरु केवल यि हुत्तीहाराका स्वार्थ पुर्तिका औजार मात्रै रहे । माओबादीले संबिधान सभामा हार्छन भनेर जनतालाई भोट हाल्ने मौका पनि नदिनु कहाँसम्मको प्रजातन्त्र हो र माओबादीले जे भन्छन त्यही मान्दै जाने दलको पनि के अस्तीत्व भो ?

तर केहि दिनको नाटक र केहि कुराको थपघट गरेर माओबादीको धम्कीलाई "प्रस्ताब" र सात दलको लाचारीलाई "स्विकृति"को संज्ञा दिई यस पटकको माग पनि पुरा भएमा पनि ठरकीलाई भने अनौठो लाग्ने छैन ।


9 Comments:

एकलव्य said...

साथिहरूको पहल राम्रो छ है, धन्यवाद ।

चना said...

अस्ति बिबिसिमा रघु पन्त (एमाले) र नेत्र चन्द (माओबादि) को बहस सुन्दा म मरिमरि हाँस्तै थिएँ । माओबादि नेता भन्दै थिए - गणतन्त्र हाम्रो हाम्रो माग हो, पुरा देश गणतन्त्रमय भएको बेला हामीले चुनाव नजिते कसले जित्छ ? स्योर जित्ने चुनावसित डराउनु पर्ने कुनै कारण छैन - रे । हा हा हा, अहिले यो लेख पढ्दा त्यो कुरो सम्झिन पुगेँ ।

ठरकिको बिश्लेषण चित्तबुझ्दो छ ।

बरु यो पिएर लेख्या कि नपिइकन ? (ठट्टामा है)

brilliantman71 said...

मलाई लाग्छ, माओबादीहरु अहिले गणतंत्र र समानुपातिक निर्वाचनको मुद्धा लिएर यति धेरै चम्कनुमा भारतीय इसारामा भैरहेको छ। भारतले मौसम अनुसार आफ्नो बोली फेरिरहेको छ र मुखले जे भने पनि नेपालमा स्थिति साम्य होस भन्ने भारतको कदापी चाहना होइन। नेपाल सरकारले आतंककारी घोषणा गरेकै छैन, भारतले माओबादीहरुलाई आतंककारी घोषणा गरिसकेको थियो। जब जब नेपाल सरकार माओबादीसंग वार्तामा हुन्थ्यो, तब तब भारतले माओबादी गिरफ्तारी बढाएको थियो। जब नेपालको आन्दोलनले गणतंत्रको दिशा लिन लागिरहेको थियो वा सातदलहरु माओबादीको सामिप्यमा पुग्थे, भारत भन्थ्यो संबैधानीक राजतंत्र र प्रजातंत्र नै नेपाललाई समर्थन गर्ने आधार हो। दरबारसंग के कुरा मिलेन, त्यो आधार भत्कियो र अन्तत सातदल र माओबादीलाई मिल्न बाध्य पर्यो वा पारियो।
गिरिजा बाबू गणतंत्रको ग पनि सुन्न नचाहने हुंदा राजतंत्र संबन्धी वैकल्पिक मार्ग-जनमत संग्रह प्रस्तुत गर्दा लत्याएर संबिधानसभाको पहिलो बैठकबाटनै राजतंत्रको फैसला हुनेकुरा स्वीकार् गरेर सरकारमा समेत गैसकेका माओबादी फेरि हठात सरकारबाट हटेर, तातै खांऊ जल्दै मरौं भने जस्तो गरी आजै गणतंत्र घोषणा गरौं भनेर अड्डी लिईराखेका छन
यो अडान उनीहरुको एक्लो हिम्मतले मात्र भैराखेको छैन। हालसालै भारतमा सत्तारुढदलका २५-२६ सांसदहरुले नेपालमा गणतंत्रको पक्षमा प्रेस बिज्ञप्ती निकालेका छन। यो उनीहरुको चासोको कुरो हो र? ठिक छ, हामीलाई गणतंत्र चाहिन्छ भने, ओ के, तर भारतीय चासो किन यति धेरै?
नेपाली कांग्रेसले पनि गणतंत्रको लाईन औपचारीक रुपमा पास गरेको भारतीय दबाबकै कारणले त होइन? गिरिजा बाबूले नेपालको सार्बभौमिकता खतरामा परेको कुरा त्यत्तिकै त पक्कै गर्नु भएन होला। हामीलाई गणतंत्र चाहिन्छ, तर त्यो india sponsored हुन भएन।
हाम्रो सार्बभौमिकता र स्वाभिमानलाई बन्धक राखेर हामीलाई गणतंत्र चाहिन्छ र?

यो हिसाबमा माओबादीहरु देशलाई गम्भिर अनिश्चितता तिर लान उद्धत छन। लाग्छ, माओबादीहरु दलहरुलाई धोका दिंदैछन्, उनीहरु एकछत्र शासन हत्याउन चाहन्छन र भारतको लागि नेपालमा आफ्नो कठपुतली स्थापना गर्नुछ, चाहे त्यो माओबादी नै किन नहुन। जे सुकै होस, नाम मात्रका भएपनि, माओबादी लाई साइजमा राखिराख्न थपना मात्र भएपनि राजा र नेपाली सेनाको उपस्थितील् रहिरहन पर्छ जस्तो लाग्छ।
गिरिजा बाबूले हिजो सेरेमोनिएल राजाको कुरा गर्दा बूढा किन चेत नखाएका होलान भनेर सोच्दथें र मैले पनि केही कमेन्ट लेखेको थिएं तर माओबादीको अहिलेको तौर तरिका हेर्दा सेरेमोनिएल राजाको सांन्दर्भिकता बढेको जस्तो लाग्यो।

ठरकी दादा said...

एकलव्य जी ,
तपाईको दुई लाईन कमेणटले पनि हामीलाई धेरै हौसला दिन्छ ।

चना जी !बिबिसीको बहस सुन्ने मौका मैले पाएको थीईन, ढिलै भए पनि तपाईले त्यो "जोक" सुनाउनु भयो रमाईलो लाग्यो। त्यसो त माओबादिले गरेका त्यस्ता "अन्तराटष्ट्रिय ठट्टा" हरु धेरै छन।

brilliantman!

तपाईको कमेण्ट (लेख ?) मा मेरो १००% समर्थन छ, वा भनौ मेरो अधुरो लेखलाई तपाईले पूर्णता दिनु भएको छ।
अँ त यो पिएर लेख्या त हैन तर कम्प्युटर अगाडी राखेको यौटा "ठर्रा" यो लेखी सक्दा खाली भैसकेको रहेछ 。。。。सायद पिउँदै लेख्दै गरीएछ की ।

nepalean said...

कुरो आजैको हो, यसो काममा एउटाले दुखेसो पोख्यो, " इन्डिइया सक्स"। किन भनेको त इनडिइयामा दिएको ड्रइगं सधै केही न केही गलत हुदो रहेछ अनि बिचरालाइ मिलाउदै टाइम जादो रहेछ। अनि मलाइ सोध्यो "यु आर फ्रम नेपाल, राइट"? मैले भने" यस, आइ एम फ्रम नेपाल। भि ह्याभ जस्ट १५ मिनेट्स टाइम डिफ्रेन्स बिथ इन्डिइया ।" अनि तुरुन्तै उसले भन्यो, " इज नेपाल अ पार्ट अफ इन्डिया?" मैले तुरुन्तै भने" नो, इट इज डिफ्रेन्ट कन्ट्री।" त्यस पछि केही बोलन्नै सकिन । भर्खर ठरकीको ब्लग पढेको थिए। भारतिय चलखेल, भनु न १२ बुदे सम्झौता त इन्डियन बेबी नै हो। अझ गिरिजाको आत्मा ब्रितान्त पढ्दा दिल्ली नै राजधानी हो कि नेपालको भन्ने भन हुन्छ। साच्चै भन्नु पर्दा नेपालको प्रधान मन्त्री भन्दा भारतिय राजदुत बलिया छन। भोली नै समचारमा नेपाल भारतको एउटा प्रान्त भएको समाचार सुन्नु पर्ने हो कि भन्ने स्थिती आइसकेको छ। अनि त त्यो गोरे संग के आटले बढी बोल्नु? नेपाल अझ सम्म कसैको अधिनमा रहेन भन्नु पनि बेकार रहेछ। साच्चै कसैलाइ छैन त नेपालको माया ? सात दल के सबै भारतकै पुछार लागेका हुन त ? कतै एइ मुखले भन्नु पर्ने हो, सब भन्दा नेपालको माया गर्ने त नेपालको राज परिबार नै रहेछ भनेर !!!

Anonymous said...

i like this song. pure nepali love. have we missed such thought!

Song by Suraj
http://www.mp3asset.com/swf/mp3/minime.swf

brilliantman71 said...

मेरो ईमेल आईडी brilliantman71... भएकोले सोही प्रयोग गरेको, यहाँ त त्यही नै Display हुँदो रहेछ, अली लाज लाग्यो। कहिलेकांहीमात्र लेख्ने भएकोले sajhaa मा once in a while भन्ने नाम थियो, मेरो संसारमा चांही पी श्रेष्ठ भनेर लेखें।

एकलव्य said...

दलको हुतिहारापन नै नभनौँ किनभने एउटा आतंक र ध्वंसको दिक्षा बोकेको झुण्डलाई विवेकको बाटोमा सिद्दान्तको राजनीति गर्न सिकाउन फलामको च्युरा नै हो । Politics of engagement को कुरा भैरा'छ
अनि किन हो कुन्नि नेपाल अचम्म गरी संसारबाट बढारिएको , कम्युनिज्ममा विश्वास गर्नेहरूको ग्रीपमा किन जान खोज्दैछ ? हैन कम्युनिष्टहरूले ससारमा कतै मान्छेलाई सदाका लागि आक्रोशित र हिंस्रक बनाउने काम बाहेक केही गरेनन् , बरु देशलाई उत्तर कोरिया र क्युबामा रुपान्तर गरे ।
यस्ता प्रमाण हुँदाहुँदै देशमा ५० थरिका कम्युनिष्ट पार्टी र तिनीहरूकै फलाको सुन्दा अनि तिनका बाटोमा देश गए लोकतन्त्रमय हुनेछ भन्ने सुन्दा केवल एउटा जोक सुनेको जस्तो लाग्ने भए पनि देशको भविष्य कल्पना गर्दा भने यो एउटा pariah मुलुक बन्ने नै हो कि जस्तो बोध हुन्छ ।

ठरकी दादा said...

एकलव्य जी !
एउटा आतंक र ध्वंसको दिक्षा बोकेको झुण्डलाई विवेकको बाटोमा सिद्दान्तको राजनीति गर्न सिकाउन फलामको च्युरा त पक्कै हो ।

तर भनिन्छ नी बरालीएको बिद्यार्थीलाई सिकाउन गतिलो मास्टर चाहिन्छ। हामीकहा त्यो भएन । कक्षा गुरुको ईशारामा हैन निक्म्मा बिद्यार्थीको त्रासमा चल्न थाल्यो ।
बाकी तपाईको बिचारमा म समर्थन गर्छु ।
Thanking for creative comment.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !