March 10, 2012

खै के भा के भा?

धेरै दिन पछि दौँतरीका ठरकी दादासंग जिमेलमा गफ गर्न मेसो मिल्यो। केही समय भयो दौँतरीको इमेल हेर्ने मेसो मिलेको थिएन। जिमेलले इमेल मात्र होइन, ब्लगर र पाठकसँग गफ गर्ने मेसो पनि जुराउँछ। आज त्यस्तै समय जुर्यो।

कुनै बेला हरेक दिन जसो ठरकी दादाका लेख दौँतरीमा हेर्न पाइन्थ्यो। हेरक दिन जसो सरदर ३ लेख प्रकाशित हुन्थे। ठरकी,एकलव्य,बिर्खे,मिसमी,दिप,कृष्णपक्ष,ह्याप्पी डेज,गोकुल,चना,राहुल,दिनेश,पिजी,पोष्टक,म्याभरीख,यात्री शेखर लिस्ट अझै लामो छ। अहिले लेखहरू निकै पातलो मात्र भएका होइनन्, नयाँ लेख पढ्न हम्मे हम्मे नै हुन्छ। केही छिनको सन्चो बिसन्चो पाछि ठरकी दादासंग पनि यही कुरो चल्यो। उहाँले झट्ट भन्नुभयो, खै के भा के भा। हुन पनि हो, दिनै दिनै नयाँ लेख नभइ पनि हप्तामा एउटा लेख त हुनु पर्ने हो। खै के भएर हो, महिनामा नै एउटा लेख पढ्न पाउन मुस्किल भएको छ।
समयसँगै हरेको कुरा परिवर्तन हुन्छ। ५ बर्ष पहिले फेसबुक बिरलै सुनिन्थ्यो।अहिले फसबुकमा गाउँका हजुरबुबा पनि लोडसेडिगंको बाबजुत स्टेटस अपटडेट गर्न भ्याउनुहुन्छ। फेसबुक तथा अन्य इन्टरनेट संजालले निकै ठाउं ओगटेको छ तर ब्लगको महत्व पक्कै पनि घटेको छैन।

समयले कोल्टो पक्कै फेर्ने छ तर समयसँगै दौँतरीलाई अनुकूल पक्कै बनाउने बाचा गर्दै केही समय पहिले सपना संसारमा प्रकाशित राजु लामिछानेको रमाइलो कार्टून प्रस्तुत गर्दै दौँतरीमा पुन झुल्किने बाचा गर्दछु।



8 Comments:

Anonymous said...

Status Update. LoL

Yatri Shekhar said...

sachhai nikkai vaye6 dautarima post nagareko .

पीजी said...

ब्यस्त पनि यति भइयो कि हदै भएछ । अझ मानसिक रुपले व्यस्त भएपछि १ घण्टा खाली भए पनि कि बोर्ड चलाउन जागर नचल्ने । तर पनि यी बिचमा लुनाजीको लेख र शेखरजीको लेखहरु देखिरहन्छु, धन्यवाद उहाहरूलाई। २-४ हप्ता पछि अलिकति फुर्सदिलो भइयो भने अलिकति जागरिलो बन्ने जमर्को गरौंला ।

nepalean said...

केही समय त कम्पिट्यरमा भाइरस अटेकले गर्दा दौंतरीमा केही नै गर्न पाइएन। कम्पि्युटर फर्मेट गरेपछि नेपाली फन्ट राखेर आउने तरखर गर्दै थिए,कता हराइयो कता।
अन्य ब्लगर के गर्दै हुनुहुन्छ भनेर भलाकुसारी गर्ने ब्लग लेखेको। शेखर जी आजकाल केहिले कांही आउनुहुन्छ, पिजीलाई भने धेरै समय पछि देख्न पाइयो। पिजीको टि-टाइम जोक दौंतरीको गुगलका अनुसार एउटा मुख्य खोजी सामग्रीमा पर्छ।
अन्य दौंतरी मित्रहरु कता हुनुहुन्छ, आफ्नो हालखबर भन्न नभूल्नुहोला। अप्ठ्यारो के छ भने दुःख गरेर लामो कमेन्ट लेख्यो, यो कमेन्टको टेम्प्लेटले कहिले कांही कमेन्ट नै पब्लिस गर्दा गायब पारिदिन्छ। यसलाई ठरकी दादाले हेर्छु भन्नुभएको छ।

Luna said...

शिरीष, अमेत्य, गोकूल, प्रदिप, जयन्त, अनुज, Aashish, खेमराज, कैलाश, आजाद, भुवन, जानी, आयुष, cincinnati, भिम, बिबेक, बिश्नु, राजा, मिलन, देवराज, असेष, देवराज, चन्द्र बुढाथोकी, जिन्दगिको यात्रा, makaronline, नेपाली गजल, अनुकूल, देबदास, तेर्हथूम, Anjali, Sadhana Sharma, sushilupreti, प्रदिप, D Dus, शब्दतरंग, youthvoice, SKPari, netrabta, bhoowan, Suman Neupane, चन्द्र मगर, दिनेश खरेल, Hamro Sankhu, प्रलाद, राजेश बुढाथोकी, दुर्गा अधिकारी, रवि ढकाल, सुजन शर्मा, archana, बिबेक दाहाल , मनोज बोगटी, निर्भिक, दिप श्रेष्ठ, समिर क्षेत्री, दिनेश ज्ञावली , एकलकाटे, प्रज्वल, दुर्जेय, प्रकास शोषित, गुरु बराल, स्याम दुवाल, मनोज, धाइबा, शिब प्रकाश, ईना, बिजय श्रेष्ठ, मनोज, खुल्लामञ्च, Jynan, गौतम बसन्त, म नेपाली, blogmahesh, निष्ठुरी प्रदेशी, प्रबिण थापा, दिलिप आचार्य, गुल्मि दर्शन, NKM, lovlyanup, सार्थक, सिकारु, बेदनाथ, आकार, दिपक जडित, दिपेन्द्र झा, बसन्त जी, नारायण जी हरु सबैले माया गर्नु
पर्यो दौंतरी आँगनलाई .
हिजो त्यो फेसबुक नहुँदा हाम्ले काने काने पिच्चा अनि डण्डीबियो आदि खेल दौतरी आँगन मै खेल्या होईन ? मनमा माया भए माया गर्नु बेला बेलामा .

Anonymous said...

dautari banda ta bhayeko rayenacha. maile ta sakiyo ki bhaneko.

प्रबिण थापा said...

खोली तर्यो लौरो बिर्स्यो भने जस्तै हुँदै छ मेरो आफ्नो हकमा भन्दा दौतरीले धेरै मित्रहरुसग भेट मात्र नगराएर केही न केही लेख्न प्रेरित गरिरह्यो मलाइ जब दौतरी भित्र अनुबन्धित भए यसको लागि ऋणी छू दौतरी प्रति। ब्यस्थतालाई मात्र दोष दिएर आफू चोखिन नखोजुम है साथिहरू हो। यति धेरै ब्लगरहरू छन् दौतरी भित्र कमसेकम आफ्नो ब्लगमा पोस्ट गरेका सिर्जनालाई समयतालिका मिलाएर दौतरितिर पनि पोस्ट गरिदिए शुन्यतामा पक्कै कमी आउने थियो।

दूर्जेय चेतना said...

लुनाजी को कुरा सहि छ। तर मैले दौँतरीमा अहिले सम्म लेखेको छैन तर पनि दौँतरीको नियमित पाठक चाहिँ हुँ। मैले सधैँ हेर्ने ब्लगहरु मध्य पर्छ दौँतरी। पहिले पहिले जस्तो जोडतोड अलिक कम भएकै हो दौँतरीमा आफ्नो व्यक्तिगत ब्लग हुँदा पनि, दौँतरीलाई कहिलै अरूको ब्लग सोचेको छैन। एउटा सामुदायिक ब्लगकै रूपमा बिकसित हुँदै छ दौँतरी।
दौँतरीमा नियमित रूपमा राखिदैं आएका पोष्टहरु आजकल कहिलेकाहीँ आउन छोडेर पनि हो। अझ दौँतरीमा लेख्ने सबै जसो साथीहरूको आफ्नै ब्लग भएर पनि होला, पहिले आफ्नै ब्लगमा पोष्ट राख्नेक समय नभएर पनि यसको बारेमा नसोचेको होलान्। दौँतरीका सबै साथीहरूले जोड गर्न पर्यो्। स्तम्भहरूलाई नियमित गर्ने प्रयास गर्नु पर्यो। हामीले गर्ने सक्ने गर्ने नै छौ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !