March 8, 2010

बिहाबारी ४० वर्षपारि

लगनगाँठो कसूँला र ढुक्कले गृहस्थी जीवनमा बसूँला भन्ने विचारमा हुनुहुन्छ भने बेलैमा होसियार ! लगनपछिको पोते जसरी काम लाग्दैन, लगनअघिको फाइँफुइँ हतारो पनि बेकार हो । लगनगाँठो कस्नै छ भने ढुक्क हुनुस्, उमेरको ४० औँ फन्कोलाई छुनुस् । भोगेर पचाइसकेकाहरू बिहे गर्नुअघिको जोस बिहे गरिसकेपछिको होसमा पुगेर खर्ल्यामखुलुम् ढल्ने भएकाले चरैवेती चरैवेती अर्थात् बिस्तारै हिँड भन्छन् । तर उमेरको जोसमा केको बिस्तारै हिँड्ने कुराले टेरपुच्छर लाउला ? बिहेको लड्डु खाएर पनि पछुताउने नखाएर पनि पछुताउने खालको छ भने खाएरै पछुताऊँ भन्ने लागेर बुर्कुशी मारिहाल्न मन हुँदो हो धेरैलाई ।

तर पख्नुस् न, मन लाग्दैमा यहाँ के हुन्छ र ? पश्चिमका जर्ज बुस ठूलाबालाई इन्धन-सम्पदाले भरिपूर्ण र छिरिक्क तागत देखाउने देशहरूलाई आफ्नै मुठीमा किचिमिची पार्न मन लागेको थियो, उनी सफल भए ? उता जङ्गलको राज्यमा हङ्गामा मच्चाउने 'टाइगर'जस्तै डुक्रिएर आफ्नो जातीय हक खोज्न सिकारमा उत्रिने तमिल टाइगरका भिल्लुपिलाइ प्रभाकरण तमिल राज्यमा मस्तले राज गर्न चाहन्थे, उनी सफल भए ? त्यसैले मन हुँदैमा बिहे हुँदैन, बिहे हुने बेला हुन्जेल उमेर रहँदैन । जे जस्तो भए पनि नहुनु मामाभन्दा कानो मामा सही भने झैँ बिहे नै नहुनुभन्दा अधबैँसे उमेरमै भए पनि बैँसको रौनक बटुल्नु वेश हो ।

बिहेको कुरा गर्दा विवशताको कुरालाई छुटाउन मिल्दैन । विवशतालाई बिहेबारी र घरपरिवारको साक्खै दाजु भने हुन्छ । जुनसुकै कुरा विवशताको सामु पर्दा आदरभाव, डरले गर्दा लुचुक्क हुन्छन् । युवायुवतीलाई रहरलाग्दो कुतकुतीले पिरोल्ने बिहेको चक्कर ४० वर्षो अर्धबुढ्यौलीमा ठक्कर खानपुग्नुमा यही विवशताको हात बढी छ । अनेकौँ  घिसापटानमा बाँधिएको-तानिएको अबका मान्छेले भरिभराउँदो उमेरमै बिहे गर्नु सपनामा पनि नचिताए हुने स्थिति छ ।

मेसिनरी जिन्दगीमा दशतिरको तानातानीले बिहेको कुरा त परै जाओस्, आफू जिएको कुरा नै सम्झिन मुश्किल हुन्छ । मकै-भटमास मात्र पाइने देशमा गिजा मात्र खसरखसर रगड्ने थोते बूढाबूढी भर्खर बसाइ सरेर पुगे जस्तो 'न त गरिखानु ल त मरिजानु'को हत्तेमा जिन्दगी रुमलिन्छ । त्यस्तो च्यापाच्यापमा बिहे त कुन चरीको नाम ?

पढाइ पूरा गर, अझै माथिको इज्जतदार डिग्री र पुच्छर हासिल गर, जागिरको लागि आवेदन देऊ, केही हुन्छ कि भनी पर्ख, यता खुसामद गर उता रिझाऊ, गाउँको खेत बेचेर सहरमा एक टुक्रो घडेरी किन, त्यो सस्तोमा किनेको टुक्रोको दाम बढेपछि त्यो बेचेर अर्को जगेडा घडेरीमा पैसा फालिराख्ने जुक्ति गर । एवम् रीत चल्दै गर्छ । व्यापार-व्यवसाय गरिरहेको हो भने अर्कोको व्यवसायमा केही समय बिताऊ, केही समय त 'अनुभव' हासिल गर्नमै लागिहाल्छ, अरु थप योग्यता हासिल गर्न थप समय लगाऊ, त्यो सिकेको कुराले आफ्नो छुट्टै व्यवसाय चलाउन सक्छु भनेपछि त्यहाँबाट टाप कस । टाप कसेर आफ्नो उद्यम सुरू गरेर मात्र भएन, पहिले आफू अरूकोमा काम गरे जस्तै आफ्नोमा अरू कर्मचारी र कामदार राखेपछि रेखदेख गर, हिसाबकिताब मिलाऊ । आदि क्रमले बुढ्यौलीको घनघोर बहार आउन कुन आइतबारको कुरो भयो र ?


12 Comments:

Anonymous said...

Haaa....Nice one. Are you going through the same path?

प्रबिण थापा said...

sachchai jindagi bhai nabhai mai dhaldai chha, yo garyo tyo garyo man kahilai ramako hoina ahilesamma, bhanepachhi bihebari 40 pari nai hola jasto 6. Anyway nice one!!!!

Anonymous said...

Mero pani yestai chhha hajur!

MANU said...

Is it right? jasko pani bhai nabhai gari nai chalcha ra jindagi?
Ostad haru kehi bhanau na plz.

Dhruba Panthi said...

मेरा केही साथीहरु (अग्रजहरु)-को चालामाला हेर्दा त यो कुरा सोह्रै आना सही हो है। भोलि आफ्नै हविगत त्यस्तो हुन के बेर ! :(

MANU said...

Dhruba Panthi le afnai kura bhanna namilera sathiharu ko name ta linu bhayeko hoina ;) kuro ta tetai testai chha ni ho.

Milan said...

हैन हो धाईबा जी...यो त अलि ज्यादती नै भो भन्या....

MANU said...

Milan ji pani yehi line ma ho ki kya ho ;)

Milan said...

ooo.... manu ji yasto kura nagarau na hai...plzz....i m seriously not in tht line....bihabari 40 barsha paari...tht sooo long...

MANU said...

Bhane pachi milan ji ko 40 nanagne pakka rayecha. kohi risaune bhayera hatta na patta milan ji le spastikaran diyi halnu bhayeko jasto chha. haaaa

Jotare Dhaiba said...

Thanks to all.

# प्रवीण जी, यान्त्रिक जीवनमा घोटिनेहरूको थिति करिब यस्तै हो भन्या !
दौडधुप गर्‍यो, आफ्नै हालचाल हेर्न भुसुक्क भइरहेका हुन्छन् आजका प्राय: मान्छे ।
# मनुजी, सबै जना यस्ता 'चालीसे' व्यथाका नहोलान्, तर धेरै चाही पक्कै छन् है ।
आफू उस्ताद नभए पनि समाज हेर्दा यस्तै देखिन्छ लहर ।
# मिलन जी, पर्खाइको पीडा त जरुर होला :) तर जीवनको चारकोसे झाडी फाँड्ने चक्करमा उमेर फुत्किहाल्छ, के बेर ! जे होस् मनोकांक्षा भने पूरा होस् है !

Nepalean said...

राम्रो बिश्लेषण गर्नुभयो धाइबाजीले। यो जिबनको घनचक्कर अनौठौ छ,जता बाट नापे पनि ठ्याक्कै भने जस्तो कहिल्यै हुदैन। झन आधुनिक जिबनले तयार पार्ने म्रिगत्रिष्णले त प्राय जसोलाइ रनभुल्लैमा पारेको छ। हैन र?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !