October 31, 2009

देश अवशेष बन्न लागेको बेला

-एकलव्य


देश अवशेष बन्न लागेको बेला
जनताको मन रुनु पर्ने हो
आँसुको भल बग्नु पर्ने हो , तर

हर्ष र खुशीले लुकामारी खेलेर होला
मातम पनि यहाँ पर्व बनेर छाएको छ
स्वबिनाशमा पनि उमंग पलाएको छ
सायदै , जनता यहाँ को बाँकि छ
निरन्तर केवल तमाशा र झाँकी छ
राजनीतिका गरा र फोक्टामा विभक्त
केवल, आफ्ना अभिष्टाहरूमा आशक्त

शठ , पाखण्डी अनि स्वार्थमा अनुरक्त
आरोपित विचारको नशामा अनुभुक्त
यहाँ मात्र राजनीतिका ठेकेदारहरू छन्
नाफा र नोक्सानका भागिदारहरू छन्
आन्दोलनका मेला भर्ने व्यापारीहरू छन्
आफ्नैहरूको भेलामा रम्ने लाचारीहरू छन्

बिनाशमा रमाउने धुन्धकारीहरू छन्
स्व-आल्हाद रम्ने अघोरीहरू छन्
मातृभूमिलाई चिथोर्ने फोहरीहरू छन्

देश अवशेष हुन लागेको बेला
जनताको मन रूनुपर्ने
तर, यहाँ सदैव उमंग नै छाएको छ
त्यसैले मातमलाई उसले पर्व मनाएको छ ।



3 Comments:

Ashesh said...

यथार्थ वर्णन वर्तमान समयको । वास्तवमा कवितामा साह्रै ठूलो तागत हुन्छ परिवर्तनका लागि । कविता पढेर चित्त वुझ्यो मेरो त ।

राजेश बुढाथोकी 'नताम्स' said...

एकलव्य जी तपाईको कविता निकै राम्रो लाग्यो । कविता पढ्दा त मन कटक्क खाएर आउँछ झन् लेख्दा कस्तो भएको होला ?

नेपालियन said...

देश त अबशेष पक्कै बन्न लागेकै हो। तर रुने को हास्ने को मैले चाही बुझेको छैन है।

कि देश अबेशष हुनलागेको नेताहरुले बुझेका छैनन, की यि जानी जानी अबशेष बनाउन लागेका हुन। संबिधान सभा पनि देश बनाउनैको लागि भएको नौलो उदाहरण नेपालमा पाइने भयो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !