May 25, 2009

बल्ल काम लाग्यो दौरा शुरवाल


प्रधान मन्त्री भए भएर पनि नभएका माधव कुमार नेपाल आफु प्रधान मन्त्री नबने पनि उनका दौरा सुरवाल प्रधानमन्त्रि हुन लायक भएको समाचार धेरै पटक छाइरह्यो। चुनावै हारेर, पार्टी अधक्ष छोडेर पनि अहिले भने प्रधान मन्त्री हुन पाएका छन। दौरा शुरवालमा चट्ट सजिएको उनकको प्रशन्न मुद्रा चारै तिर देख्न पाइएको छ। देशमा बिकास र आर्थिक उन्नतीका काम त के गर्ला यो सरकारले तर नेपाली जनतासंग मागेको संबिधान बनाउने म्यान्डेट पुरा गरुन माधव कुमार नेपालले। हुन त खिचडी सरकारको आयु आज हो की भोली ? फेरी खिचडी बनाइने ब्यन्जन पनि उत्तीकै धेरै छन। समिकरण यस्तै हुन्छ भन्न पनि सकिन्न। बिपक्षमा माओबादी र वाइसिएल छन बाटो सजिलो पनि छैन।

तर पनि समयसंग मिलाउदो पाइला चाले नहुने केही छैन। आफ्नो दम्भ त्यागेर देशको लागी केही गर्ने भन्ने हो भने बिरोध कसैले गर्ने सक्दैनन। या कसैले बिरोध गरे जनताले पक्कै अर्को पटक भोट दिदैन। डर धम्कीको राजनिती पनि त धेरै दिन नटिक्ला। पटक पटक कांग्रेसी सरकार हुंदा बिपक्षमा बसेर वाक्क भएका नेपाल अहिले कांग्रेसकै सहयोगले सरकारको बागडोर समालेका छन। बिपक्षीकालमा उनीले कती सिके,कती गर्नेछन त्यो त समयले देखाउला। देशलाइ यसरी गन्जागोलमा नराखी संबिधान नबनाइ नहुने भएकोले जसरी भए पनि माधव कुमार नेपालले प्रधानमन्त्री बनेर सफल रहुन।

नव प्रधान मन्त्रीलाइ हा्र्धिक शुभकामना।

4 Comments:

बिप्लब said...

मेरो पनि माकुने जि लाइ धेरै धेरै शुभकामना। जसरी मिलेर भए पनि प्रधान मन्त्री भए अब देशको निकास यिनैले गरुन। प्रचण्ड हास्दै र रुदै समया बिताइहाले, यिनले भने साच्चीकै संबिधान बनाउन।

पोस्तक श्रेष्ठ said...

दुई-दुई ठाऊँबाट चुनाव हारेर आएका ब्यक्ति प्रम बनेकोमा बिरोधीहरुले कुरा गर्ने जुन बिषय पाएकाछन्, माधव नेपालले चुनाव हा्र्नु नै आफ्नो अयो्ग्यता नभएको प्रमाणित गर्न सकून्।
पहिलो कुरो त प्रधानमंत्री, मंत्री जस्ता पदहरु कार्यकारी पदहरु (executive jobs)हुन्। त्यसैले दिनहु कार्यालय गएर काम गरून्। सरकारी स्रोत र साधन प्रयोग गरी उपलब्धीबिहिन् कार्यक्रम, सभा, समारोहमा गएर उदघाटन गर्ने, पुस्तक बिमोचन गर्ने, प्रमुख आतिथ्य ग्रहण गर्ने जस्ता काम हरु नगरुन्।
"प्रधानमंत्रीको कार्यब्यस्तताको कारणले मन्त्री परिषदको बैठक बस्न सकेन" जस्ता समाचार पढ्न नपरोस्। जुन कामको लागी प्रम चुनिएको हो, त्यो कामको लागि फुर्सद नहुने कस्तो ब्यस्तता हुन्छ, नेपालका प्रमको।
बिरोधीले सुर्खेतमा गएर गरेको भाषणको प्रमले रौतहटमा गएर जवाफ दिन पर्दैन। काम गरेर जवाफ हिनुहोला। अव नेपाल थर भएकाहरुले अभिनन्दन कार्यक्रम राख्लान्। ब्यापारीहरुको महाधिबेशनमा प्रमुख अतिथी बनाईएला। कुनै अनाम लेखको पु्स्तक बिमोचन होला। कुन जनजातीको पर्व पर्ला।यस्ता कार्यक्रमहरुमा समय खर्च नगर्नु होला। नया संबिधानको निर्माण, माओबादी सेना ब्यबश्थापन, तराई-थारु समस्या, लिम्बुवान, खुम्बुवान जस्ता समस्याहरु ज्यूँ का त्यूँ छन् भने सामाजिक शान्ती सुरक्षा, लोडसेडिङ, बन्द हडताल, भ्रष्टाचार नियन्त्रण, मुल्यबृद्धी जस्ता जनतालाई तत्कालै राहत दिनु पर्ने बिषयहरु पनि छन् जसमा प्रमले रातदिन खटनु पर्छ।

एकलव्य ( Eklavya) said...

माधव नेपालले दुई ठाउँमा चुनाब हारेका हुन तर त्यो संविधानसभाको चुनाब थियो, सरकार बनाउने वा बिगार्ने हैन । आँफैले बहुमत नल्याएको स्थितमा माओवादी आफ्नो एकल रवैया प्रदर्शनका कारणले अल्पमतमा परेका हुनाले यो स्थति आएको प्रष्टै छ । अहिलेको स्थिति नेपाली शान्ति प्रकृयाको विशेष स्थिति हो । पोहोर सालको अन्तरिम संसदमा , माओवादीलाई बिना निर्वाचन ८० स्थानका फ्रि अफ चार्जका सांसद पनि दिइएकै हो क्यारे ! त्यसैले माधव नेपालको प्रधानमन्त्रीत्वमा भयंकर बिरोध गर्न पर्ने खासै तूक देखिन्न । अनि चुनाब जितेकै मान्छे मात्र नेता बन्न योग्य हुने हो भने माओवादी हिंसात्मक क्रान्ति पनि त चुनाब जितेर जनमत पाएका दल र नेता बिरुद्द नै लक्षित त थियो , हैन र ? त्यतिबेलाका चुनाबहरू आँफूले नजितेका कारणले मात्र गलत थिए भने कुरा अलग पर्‍यो !

यो निर्वाचन कुन पृष्ठभूमिमा भयो यसको कथा आफ्नै छ । माओवादी नेता प्रचण्ड समेतले नेता नेपालको संविधानसभामा जरूरत देखेर , उनलाई संविधान मस्यौदा परिषदको अध्यक्षता गर्न अनुरोध गरी गरी मनोनयनको बाटोबाट सभामा ल्याएका हुन् । संविधानसभा जसको मुख्य काम संविधान निर्माण गर्नु हो त्यही सभाको सबैभन्दा गरिमायुक्त स्थानमा सबैले आवश्यकता अनुभव गरेर ल्याइएका नेतालाई कामरेड प्रचण्डले आफ्नो प्राधनमन्त्रित्व खाने गरी आएकोमा 'विषवृक्ष रोपेछु' भनेर दुत्कार गरेको समेत पढियो । यो कुरा कामरेड प्रचण्ड र माओवादीका हरेक विषयमा भनिने दोहोरो परिभाषायुक्त कुराकै कोटिमा राख्दा हुन्छ ।

तरपनि, माओवादी प्रतिपक्षमा राखेर सरकार चलाउन फालमको च्यूरा हुनेछ । सरकार मै बसेर बिद्रोही हो कि सरकार हो मेसो नपाएको पार्टीलाई अब 'बिद्रोही वा बिरोधी नै हौँ'भन्ने सहजज्ञान हासिल हुनेभएपछि माओवादी 'जनयुद्द' र 'शहरी बिद्रोह' को कुन ब्राण्ड देख्न भोग्न पाइने हो कल्पना सम्म गर्दा हुन्छ ।

तैपनि समकालीन नेपाली राजनीतिका एउटा धुरन्धर बामपन्थी नेता माधव नेपालको कार्यकाल सफल बितोस् भनेर बिना कञ्जूस्याईँ कामना गर्दछु ।

प्रबिण थापा said...

पोस्तक जि ले भने जस्तै प्रधानमन्त्रि ले नेपालको नयाँ संबिधान निर्माण र शान्ति प्रकृयालाइ टुन्ङोमा पुराउने हिसाबले सहमती र सल्लाहाका साथ अघी बढ्ने प्रयास गरुन । महत्वपूर्ण र अत्यन्तै तरल राजनीतिको सेरोफेरोमा उहाले सम्हानु भएको यो कार्यकालमा नेपाली जनताले उत्साह र साच्चिकै अमनचयनको महसुस गर्न पाउन ।सफल कार्यकालको मेरो पनि शुभकामना!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !