April 21, 2009

बिस्थापित हामी

आचार्य प्रभा
(अमेरिका )
प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद ...
आफ्नै आमाको काखको सिरानी रोज्छ ।
रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी ,
आफ्नो अङेना र चुल्हो बिर्सी
पराइेको गांस टिप्न वाध्य छौं हामी ।
ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर
तरै पनि हाँस्न पोख्त छौं हामी
स्वदेशको माटो पराइ बन्यो
गाउँको बाटो बिरानो भयो
मारुनी ,दोहरी र सोरठी भाका
केवल सम्झना मै सिमित रह्यो
लिङे पिङ र रोटेपिङ्को रमाइलो
आँखाभरी भरी छाइे रह्यो
कस्तो बिवस्ताको खेल हो यो
पराइ भुमी नै रोज्नु पर्‍यो
कस्तो धर्म संकट हो यो
आँफैलाई बिस्थापित गर्नुपर्यो ।


7 Comments:

Unknown said...

ramro chhha Praava DD, dherai ramro !!!

nepali said...

अनौठो के भने...नेपालमा हुन्जेल हाई हाई अमेरिका भनेर मरिहत्ते गर्ने...उता गएछि मरे नि बाबा गर्ने...फेरी फर्केर चाही नआउने

Lovlyanup said...

Hun pani ho Nepal hunda kasari america jau bhanera marihatya garne ani bhayako sampati pani bechera america jane ani paisa kamaya pachi pani nepal phakera naaaune kasto hola ?? ani ghar lai miss gari rahechu bhanne. ani sodha kheri nepal ma eletricity chaina, water chaina bhanne nepal ma gayara kehi gare po huncha. sabai janne manche jati bedesha ma basera kasle garcha nepal ma ....

Lovlyanup said...

Ani america ko Green Card lina lai Hami sarnathi, bisthapitha bhanne k ho yo chala mahile ta kehi bujhna sakina hai Prabha G. tapai le janeko kura nepal gaya pachi tapai le kehi garnu hunna ani kasari bhancha harmo desha...don't mine hai prabha J.... aafulai lageko kura bhaneko hu hai...

प्रबिण थापा said...

कबिता राम्रै लाग्यो र कबिताको भाब लाइ गहन रुमामा केलाउने हो भने साच्चै मर्मस्पर्सी पनि छ । हो वास्तबमा यो हामी बिदेशियका हजारौ नेपालीहरुको पिडा पनि हो तर प्रधान कुरो के भने को किन र कति कारणले बिदेशियका छन । खाडी मुलुक र मलेशियामा रोजिरोटीको लागि जाने नेपालीहरुको बेदना कबिताले राम्रैसँग पोखेको छ तर प्रभा जि र म जस्तो रहर ले भनौ वा व्यक्तिगत ईच्छा बोकेर युरोप र अमेरिकातिर हानिएकाहरुले भने यि ब्यथा अब नसुनाए पनि हुन्छ किनकी हामी स्वार्थ बोकेर यतातिर लागेका हौ । यदि यसलाइ स्वार्थ नभन्ने हो भने हामी जुन लक्ष्य बोकेर यतातिर आएका थियौ त्यो पुरा भएपछि पनि बरु भाडा माझेर, टोइलेट सफा गरेर पनि यतै तिर बस्न मरिहत्ते गर्छौ किन स्वदेश फर्किदैनौ ? हामी आम नेपाली युबाको मस्तिस्क भित्र पैसाको जालो लागेगो छ, काठमाडौमा एउटा घर जोडने सपनाले हामीलाइ सताएको छ । हामी देशको बारेमा मिठा मिठा कुरा गर्छौ तर काम भने केही गर्दैनौ
उधाहरणको लागि एउटा नेपालि युबाले बिदेशमा बसेर ५० लाख पैसा कमाएछ अब उ काठमाडौंमा घर घडेरी जोडने सपना देख्न थालेको छ नकी उ भित्र एउटा सानो उधोग खोलेर अरु नेपालीलाइ बिदेश जानबाट रोक्ने सपना छ । यही हो हामी नेपालीको चालढाल चाहे तपाईं चाहे म । शायद माथि प्रतिकृया जनाउने साथीहरुको बिबसता पनि यस्तै होला ।
बास्तबमा हामी रहरले बिस्थापित बनेका हौ बाध्यताले होइन । अब कुरा गरौ सिर्जनाको- सिर्जनाले पक्कै पनि कसैन कसैलाइ न्याय गरेकै हुन्छ र सिर्जना स्व्तन्त्र हुन्छ, हुनुपर्छ यो कबिताले पनि प्रभा जि र म जस्ता मुठिभरका नेपालीहरुको प्रतिनिधित्व नगरेपनी अन्य १५ लाख नेपालीको पिडा भने अबश्य नै हो। धन्यवाद प्रभा जि!

Anonymous said...

wa wa nice one! parbha di keep it up . dherai day pachi yauta heart touch poem.

HAWA said...

मैले पनि अमेरिका जाने हुन्ना...वा घर सम्झेर कलपने हुन्न भनेको होइन है परभा जी, मनमा पीर नलिनुस है मात्र भनेको हूँ..

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !