February 5, 2009

गजल- ठग्छ भने नियतिले

केशब आचार्य

ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।

कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस ।

अघी बड्न खोज्दा सधैं भूमरिले छेक्छ किन
नफक्रदै जिन्दगी यो झर्छ भने पनि झरोस ।

सम्भालिदै आफु पनि अरु जस्तै बड्न खोज्दा
दैव तेरो ''केशु''पनी मर्छ भने आजै मरोस ।
(रचना २०५३ साल )
बोल्डर कोलोराडो


1 Comments:

Luna said...

केशब जि !
त्यस्तो नभन्नुस् न ! ( उहिले भन्नु भए पनि अब चाँही नभन्नुस् है )
आफ्नै मृत्‍यु को पनि कामना गर्नु हुन्छ ! एक दिन खरानी त सबै हुनै पर्छ । बाचुन्जेल जिन्दगी च्यालेन्ज सम्झनु मा नै मजा आउछ ! अब दु:ख सुख भन्ने कुरा त घाम छाया - दिन रात जस्ताइ हो नि । यो संसार मा को होला त्यस्तो ब्यक्ती जो सधैं दुखी मात्रै भएको होस् या सधैं सुखी मात्रै भएको होस् !
अब मुख्य कुरा चाँही के भने नि मात्राको भने फरक हुदो रहेछ । तर दु:ख या समस्या या पिर अब के भनु यि सबैलाई हामीले चुनौती को रुपमा हेर्न सक्यो भने त्यती खेर मान्छे क म् दुखी हुन्छ जस्तो लाग्छ । मैले पनि धेरै धेरै दु:ख समस्या पिर भोगेकी हुनाले तपाईंका हरफ हरुले हिर्दय छोएकोले यती लेखे है ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !