December 24, 2008

एक छिन हासौंन - ८

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
हो ---मैले अगाडिको अंकमा कुकुरको इमान्दारिताको बारेमा मैले देखेका कुरा लेख्छु भन्दैथिए। हुन त यो साधारण कुरा हो। सबैलाई थाहा भएकै हो ता पनि मलाई भने अनौठो लागेर नै मैले मेरो अनुभुती पोख्ने आज्ञा माग्दैछु। आज भन्दा केहीसमय अगाडि मैले काम गरेको रेस्टुराँमा केही कस्टमरहरु अन्धा पनि थिए। शायद उनिहरु कुनै कम्पनीमा काम गर्दथे। त्यसैले पनि उनिहरु बेलुकाको खाना खान ग्रुप भएर हप्तामा दुई पटक सम्म पनि त्यो रेस्टुराँमा आउने गर्दथे। उनिहरुलाई त्यहासम्म खै कस्ले ड्राइव गरेर ल्याउने गर्दथे त्यो त मलाई थाहा भएन, अनी मेरो फुर्सद पनि भएन कि उनिहरुलाई कस्ले त्यहासम्म छाड्दथे भनेर हेर्ने। तर भित्र रेस्टुरेन्ट सम्म उनिहरुलाई ल्याउने चाँही एउटा गजबको कुकुर थियो र ठीक्क टेबल सम्म ल्याइ दिएर उनिहरु नबसिन्जेल्सम्म त्यो कुकुर उभिरहन्थ्यो र उनिहरु बसिसकेपछी ऊ थपक्क टेबलमुनी छिरेर उनिहरुले खाइ नसकुन्जेल बसिरहन्थ्यो जब उनिहरुले खाइसके भनेर जाने पछी थपक्क टेबल बाट निस्कन्थ्यो। कस्तो अजिब !। पशुको पनि त्यस्तो बुद्धी त्यो कुकुरको त्यस्तो इमान्दारिता र बुद्धी देख्दा मलाई पूरानो आफ्नो घट्नाको याद आउँदथ्यो।

एकदिन म र मेरी छोरी खसिको मासु किनेर घरतर्फ फर्कदैथियौ। छोरीले प्लास्टिकको झोलामा मासु हल्लाउदै बोकेकी थिइ/हामी गफको शुरमा हिडिरहेकाथियौ कताबाट यौटा कुकुर हान्निएर आएर छोरीले बोकेको मासुको झोला उछिट्टियाएर लग्यो। हामी त अक्क न बक्क पर्यौ। के गर्ने ?खोस्न जाउ भने उल्टै त्यही कुकुरले टोक्ने हो कि ?। मन नै अमिलो भयो। त्यो बेलाको महङी भनौ नै खसिको मासु खान लाई दशै नै पर्खिनु पर्थ्यो। मफतमा २०० रु खेर गयो भन्दै हामी चुक चुक गर्दै घर फर्कियौ। अब सोचौ न कुकुर पनि हाम्रो देशका त कस्तो चलाख अनी लुचा। मान्छेको नै गन्ती नगरने। अब त्यही कुकुरले यहाँ अन्धोहरुको साहारा भएर कसरी उनिहरुको बैशाखी बनेर भरोसा दिएको त! । त्यही भएर पनि छोरा छोरीलाई भन्दा आगर गरेको हो कि ?अब हाम्रो देशमा हो भने मान्छेलाई त राम्रो अनुशासन छैन कहाबाट कुकुरलाई अनुशासित बनाउने ?त्यसरी नै खोसेर,लुटेर खाने बानी परिसक्यो वा मजबुरी नै भैसक्यो। कुकुरको त कुरै छाडौ। ल त पाठक साथीहरु समयले मलाई सजाय दिन आंटी सक्यो। अमेरिका को जीवन आफ्नो भनेर पनि धर पाइन्न त्यसैले अर्को अंकमा भेट्ने बाचा गर्दै।
क्रमश:



5 Comments:

Anonymous said...

प्रभा जि ! त्यो कुकुर त तालिम प्राप्त कुकुर भएर पो त !

Anonymous said...

प्रभाजीलाइ कुकुरले सारै दु:ख दिएछ। कुकुरको यस्तो करामत त देखिएन तर बादरले त्रिपुश्बरमा गर्मिको बेला आइसक्रिम चोरेको चाही देखेको थिए।
लुना जिलाइ आउटा फ्यान मेल आको थियो। दौंतरीलाइ इमेल गरे त्यो मेल फर्बार्ड गर्ने थिए।

Anonymous said...

Prava ji ko rachanaharu niak garvilo bandai aayaka chan ra bhabise ma pani yasko ramro shreejana ko aasha garna sakincha

Anonymous said...

!नेपोलियन जी कुरा बुझ्नुहोस्न !कुकुरले मलाई धेरै दु:ख दिएको कहाँ होर ?त्यो त ब्ञ्ग्यात्मक उदाहरण पो हो त ---आफ्नो देशमा सबै भोका/मान्छे,कुकुर,बाँदर अनी सबै खोसेर खान पल्केका भन्न खोजेको पो त !कुकुर त एउटा उदाहरण र प्रतिक मात्र हो/मेरो लेखले भन्न खोजेको आशय के हो ?बुझ्ने प्रयास गर्नु भए तपाईंहरुका प्रतिक्रीया नै मेरो पथप्रदर्शक बन्ने थियो/

Anonymous said...

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !