January 22, 2008
स्वस्थानी ब्रतकथा आरम्भ
स्वस्थानी बिधि तथा प्रथम अध्याय
स्वस्थानी बिधि
अध्याए: १
- सानदाई
January 21, 2008
श्रीस्वस्थानी परमेश्वोरिको ब्रतकथा

-------------------------------------------------------------------------------------
(साभार अंस: omshrionline.com)
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 20, 2008
सान दाइसंग स्वस्थानी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 19, 2008
तथ्यांको कसीमा : जातीय संघीय नेपाल कि elite जातिका संघीय प्रदेश मात्र ?
जनसंख्या | कूल जनसंख्यामा % | साक्षरता % | |
१) क्षत्री | ३५९३४९६ | १५़ .८०% | ६० .११ |
२) बाहुन | २८९६४७७ | १२ . ७४% | ७४ . ९० |
३) मगर | १६२२४२१ | ७ . १४% | ५५ . ९० |
४) थारु | १५३३८७९ | ६ . ७५% | ४७ . १२ |
५) तामाङ | १२८२३०४ | ५ . ६४% | ४५ . ०४ |
६) नेवार | १२४५२३२ | ५ . ४८% | ७१ . २२ |
७)मुसलमान | ९७१०५६ | ४ . २७% | ३४ . ७२ |
८) कामी | ८९५९५४ | ३ . ९४% | ४१ . २७ |
९) यादव | ८९५४२३ | ३ . ९४% | ४० . ८३ |
१०) राई | ६३५१५१ | २ . ७९% | ५८ . १९ |
११) गुरूङ् | ५४३५७१ | २ . ३९% | ५९ . ७९ |
१२) दमाई | ३९०३०५ | १ . ७२% | ४३ . ५३ |
१३) लिम्बू | ३५९३७९ | १ . ५८% | ५८ . १२ |
१४) ठकूरी | ३३४१२० | १ .४७% | ६३ . ३२ |
१५) सार्की | ३१८९८९ | १ . ४०% | ३८ . ३३ |
१६) तेली | ३०४५३६ | १ . ३४% | ५१ . ४२ |
१७) चमार,हरिजन | २६९६६१ | १ . १९% | १९ . २४ |
१८) कोइरी | २५१२७४ | १ . ११% | ४३ . ८८ |
कूल ८०.६९% | राष्ट्रिय औषत ५३.७३% |
स्रोत: केन्द्रीय तथ्यांक विभाग ( जनगणना २०५८), विकिपिडिया र सिआइए फ्याक्टबुक ।
नेपालको पछिल्लो जनगणनाले नेपालमा १०२ वटा बिभिन्न जातिहरुको बसोवास रहेको मुलुकको रुपमा देखाएको छ । तर मुलुकको कूल जनसंख्यामा १% भन्दा बढी हिस्सा भएका जातिहरू भने जम्मा १८ वटा छन् जसलाई उनीहरूको संख्या प्रतिशतका आधारमा क्रमिक रूपमा माथि देखाइएको छ ।
माथिको तालिकाले के प्रष्ट देखाउँछ भने देसमा बसोवास गर्ने जातजाति मध्ये सबै भन्दा ठूलो जाति समूह पहाडी क्षत्रीहरूको हो भने मुख्य १८ वटा जातजातिले नेपालको जनसंख्याको ८०% भन्दा बढी भाग ओगटेका छन । बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा ८० भन्दा बढी जातजातिको रहेको छ ।
यस्तो विचित्र जातिय संरचनामा रहेको मुलुकमा , केही जातीवादी विद्वानहरू र पार्टी नेताहरूको पनि जिरह छ नेपाललाई अबको लोकतन्त्रमा जातिय संघको मुलुकमा रूपान्तर गरिएन भने घोर अन्या हुनेछ ।
जातीय संघको नेपालका आ-आफ्ना संस्करणका मानचित्रहरू पनि पस्किइसकेका छन् । सबै जातीवादी अधिवक्ताहरूको साझा माग रहेन गरेको छ माथिको तालिकामा ३,४,५,६,१०,११, र १३ नम्बरको क्रममा रहेका मगर, थारू, तामाङ, नेवार, राई गुरुङ र लिम्बूहरूका लागि छुट्टाछुट्ट जातीय राज्य हुनैपर्छ । स्मरण रहोस् यी सबै जातको कूल जनसंख्यामा प्रतिशत लगभग ३३% हुन आइपुग्छ भने बाँकि ६७% मध्ये केही ठुला जातिहरू र साना जातीको प्रतिशत रहन पुग्छ ।
जातीवादी आग्रही हरूले बाहुन र क्षत्रीलाई शोषक र औपनिवेशिकता अरू उपर लाद्ने जातको रूपमा निरन्तर प्रहार गरेर , अब भन्ने नेपालमा उनलाई केही छोड्न हुन्न भनेर दुत्कार एकातिर गरिरहेका छन् भने राई, गुरूङ र लिम्बु भन्दा जातिगत प्रतिशतमा धेरै नै माथि रहेका कामी, दमाई, सार्की, मुसलमान, यादव, ठकुरी, र उस्तै जातिगत प्रतिशतमा रहेका तर हेपिएका तेली , चमार, हरिजन र कोइरी जस्ता जातहरूको बारेमा अक्सर चुपचाप नै रहने गरेका छन् ।
यस्तोमा वर्तमानको मेरो नेपाल भोलिको संघीय गणतन्त्रम कसरी टुक्रिएर सबैलाई राज्य पस्केर न्याय गर्न सक्षम हुने हो सोच्नै नसकेर म बिलखबन्द परेको छु ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तथ्यांकको कसीमा नेपालको जातीय संघीय विघटन: सम्भव के त ?
जात जनसंख्या कूल जनसंख्यामा % साक्षरता %
१) क्षत्री ३५९३४९६ १५.८०% ६०.११
२) बाहुन २८९६४७७ १२.७४% ७४.९०
३) मगर १६२२४२१ ७.१४% ५५.९०
४) थारु १५३३८७९ ६.७५% ४७.१२
५) तामाङ १२८२३०४ ५.६४% ४५.०४
६) नेवार १२४५२३२ ५.४८% ७१.२२
७)मुसलमान ९७१०५६ ४.२७% ३४.७२
८) कामी ८९५९५४ ३.९४% ४१.२७
९) यादव ८९५४२३ ३.९४% ४०.८३
१०) राई ६३५१५१ २.७९% ५८.१९
११) गुरूङ् ५४३५७१ २.३९% ५९.७९
१२) दमाई ३९०३०५ १.७२% ४३.५३
१३) लिम्बू ३५९३७९ १.५८% ५८.१२
१४) ठकूरी ३३४१२० १.४७% ६३.३२
१५) सार्की ३१८९८९ १.४०% ३८.३३
१६) तेली ३०४५३६ १.३४% ५१.४२
१७) चमार,हरिजन २६९६६१ १.१९% १९.२४
१८) कोइरी २५१२७४ १.११% ४३.८८
कूल ८०.६९% राष्ट्रिय औषत ५३.७३%
स्रोत: केन्द्रीय तथ्यांक विभाग ( जनगणना २०५८), विकिपिडिया र सिआइए फ्याक्टबुक ।
नेपालको पछिल्लो जनगणनाले नेपालमा १०२ वटा बिभिन्न जातिहरुको बसोवास रहेको मुलुकको रुपमा देखाएको छ । तर मुलुकको कूल जनसंख्यामा १% भन्दा बढी हिस्सा भएका जातिहरू भने जम्मा १८ वटा छन् जसलाई उनीहरूको संख्या प्रतिशतका आधारमा क्रमिक रूपमा माथि देखाइएको छ ।
माथिको तालिकाले के प्रष्ट देखाउँछ भने देसमा बसोवास गर्ने जातजाति मध्ये सबै भन्दा ठूलो जाति समूह पहाडी क्षत्रीहरूको हो भने मुख्य १८ वटा जातजातिले नेपालको जनसंख्याको ८०% भन्दा बढी भाग ओगटेका छन । बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा ८० भन्दा बढी जातजातिको रहेको छ ।
यस्तो विचित्र जातिय संरचनामा रहेको मुलुकमा , केही जातीवादी विद्वानहरू र पार्टी नेताहरूको पनि जिरह छ नेपाललाई अबको लोकतन्त्रमा जातिय संघको मुलुकमा रूपान्तर गरिएन भने घोर अन्या हुनेछ ।
जातीय संघको नेपालका आ-आफ्ना संस्करणका मानचित्रहरू पनि पस्किइसकेका छन् । सबै जातीवादी अधिवक्ताहरूको साझा माग रहेन गरेको छ माथिको तालिकामा ३,४,५,६,१०,११, र १३ नम्बरको क्रममा रहेका मगर, थारू, तामाङ, नेवार, राई गुरुङ र लिम्बूहरूका लागि छुट्टाछुट्ट जातीय राज्य हुनैपर्छ । स्मरण रहोस् यी सबै जातको कूल जनसंख्यामा प्रतिशत लगभग ३३% हुन आइपुग्छ भने बाँकि ६७% मध्ये केही ठुला जातिहरू र साना जातिको प्रतिशत रहन पुग्छ ।
जातीवादी आग्रही हरूले बाहुन र क्षत्रीलाई शोषक र औपनिवेशिकता अरू उपर लाद्ने जातको रूपमा निरन्तर प्रहार गरेर , अब भन्ने नेपालमा उनलाई केही छोड्न हुन्न भनेर दुत्कार एकातिर गरिरहेका छन् भने राई, गुरूङ र लिम्बु भन्दा जातिगत प्रतिशतमा धेरै नै माथि रहेका कामी, दमाई, सार्की, मुसलमान, यादव, ठकुरी, र उस्तै जातिगत प्रतिशतमा रहेका तर हेपिएका तेली , चमार, हरिजन र कोइरी जस्ता जातहरूको बारेमा अक्सर चुपचाप नै रहने गरेका छन् ।
यस्तोमा वर्तमानको मेरो नेपाल भोलिको संघीय गणतन्त्रमा कसरी टुक्रिएर सबैलाई राज्य पस्केर न्याय गर्न सक्षम हुने हो सोच्नै नसकेर म बिलखबन्द परेको छु ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
पोलेमाथी फकुन्डो
लागे त्यती स्पष्ट त छैन तर अहिलेको बेला भनेको बुलेट होइन कि ब्यालेटको हो, यो चाही पक्कै बुझेको हुनुपर्छ माओबादी समुहले। देश यो स्थीतींमा आइपुग्नु माओबादीको मात्रै दोष पक्कै छैन। बिभिन्न तरिका बाट देश र जनता प्रयोग भएका छन। तर माओबादी भोटको राजनितींमा आइसक्दा पनि यसले रोजेका गलत बाटाहारु अझै प्रयोग हुंदैछन। हिजो भएको बाराको बसको घटना त्यसकै नमुना हो। बन्दुक बोकेको ठुली हतियारधारी समुहले हतियार बिसाइसकेको अबस्थामा फेरी यस्तो घटना नदोरिहिए देशलाइ राम्रै हुन्थ्यो तर अहिलेको स्थीती त्यस्तो छैन। बिशेष गरी तराइमा अनगिन्ती हतियार धारी समुह जन्मेका छन। समतल जमिन,बिशाल क्षेत्रफल आदी भौगोलीक स्थीतिले गर्दा राष्ट्रको सुराक्षा पहुंच पहिला पनि न्युन नै थियो तराइमा। त्यसैले जनता आफै घरमा साधारण बन्दुक राखेर आफ्नो सुरक्षा आफै गर्थे। तर अहिले त्यस्ता बन्दुकलाइ अत्याधुनीक हतियारले बिस्तापित गरेका छन तर अनेक बहानामा नेपाली जनता माथी नै बर्सीदैछन गोलीहरु। यस्ता आक्रमणहरु आफ्नो पहुंच देखाउन तराइबाट काठमान्डौ उपत्यका पनि पुग्ने गर्छन। हालैको बारा घटना तराइ आर्मी नामक समुहले लिएको छ। नाम झट्ट हेर्दा तराइको हक हितको लागी लडेको समुह जस्तो देखिन्छ तर हेर्नुहोस त मर्नेको नाम :त्याहां सबै नेपाली छन, तराइ मुलका,पहाड मुलका र हिमाल मुलका। यो घटना यसैनै कायरता पुर्बक गरेको देखिन्छ तर यसरी नितान्त तल झरेर यात्रा गरिरहेका सर्बसाधारणलाइ सिधै म्रित्युबरणमा पुराउनु यो समुहलेबिबेक नै गुमाएको जस्तो देखिन्छ। यस अघी जे जस्ता घटना भए नि स्थित शान्त जस्तो देखिएको बेला फेरीसमुह,उप-समुह तयार भइ हत्या हिंशामा उत्रीनु देशलाइ पोलेमाथी फकुन्डो जस्तै भएको छ।Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 17, 2008
भविष्यवाणी नेपालमा भुकम्प जादैछ
संधिय राज्य मधेस होस वा लिम्वुवान थारुवान होस वा खसवान धरातल नैतिकताको हो । प्रवासमा रहदा मैले धेरै सिक्न सके जसमा पहिलो त काम भनेको काम हो । एउटा रमाइलो घटना मेरो घरको ढल विग्रियो मैले जुन एजेन्ट कम्पनी वाट घर लिएको थिए तेसमा गए घर धनी संग प्रत्यक्ष सरोकार परेको थिएन । पछि एक जना आयो फोहर मैलो लुगा लगाएर ढलको सवै काम हेर्यो अनि मर्मत गर्यो कुरा गर्दा थाहा पाए घरको मालिक उ नै रहेछ । पेसाले इजिनियर रहेको उसले आफै आइ मर्मत गर्यो मैलो सोधे तिमी आफै यस्ते काम गर्न आइ रहेको छौ किन - उसले भन्यो के काम गर्दा सानो हुइन्छ र - नेपालमा सानेा कामकोलागि अरुलाई ताक्ने वानी परेको म जस्तो लाई एउटा गतिलो सवक थियो त्यो । तेस्तै कुनै पनि कार्यलयमा जादा आफनो सवै काम समयमा हुने त्यो पनि विना नास्ता खर्च दिइ के नेपालमा सम्भवछ । पानी वती टेलिफोन को विल तिर्न दिन भरि लाम लाग्नु पर्ने हाम्रो देश र वैकवाट ५ मिनेटमा सवै विल तिर्न सकने यहाको तरिका होस वा प्रोफेसरले सान संग आफनो साइकलको वर्ण्र्ाा गरेको अवस्थामा नेापलमा मोटर साइकल भन्दा कम के चढनु भन्ने प्रवृती मा परेको हामी हाम्रो नैतिक धरातल के छ ? अनि हामीले यो मस्तिष्कले सोचेको संधिय धरातल युद्धको आभास नभए के हो त ?
संविधान सभाको चुनावले देशमा शान्ती ल्याउछ भन्दै आखामा पटी लगाइर वस्ने नेपालीले यो वुझन सकेको छैन की संविधाननै सवथोक हैन । अन्तरिम संविभान त संसोधन हुने हाम्रो देशमा जस्तो सुकै सविधानको पनि कुनै औचित्य छैन म ठोकुवा गर्न सक्छु । नेपालमा संविधान सभाको चुनाव होस वा नहोस केही फरक पदैन । अखिरमा वन्ने संविधान हो त्यो कुनै अमुत हैन ।नेपालकेा लागि अचुक औषधी पनि हैन । तेसैले म फेरी ठोकुवा गर्न सक्छु नेपालमा अव जातिय सित युद्धको सुरुवात त भै सकेको छ अव साचिकै हुन वाकी छ । सवै भन्दा सक्ती साली अंग संसद पैसामा विके १० लाख सवै थोक हुन उनको लागि ।राष्ट वैक संग पैसा छैन विदेसीको मुख ताकेर पुरक वजेटको तयारी हुदैछ । चुनावको लागी आचार संहिता जारी भएर के भयो सरकार र पार्टर्ीीई लागु हुदैन ।
म फेरी पनि भविष्यवाणी गदैछु नेपालमा भुकम्प जादैछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 16, 2008
फटिंग्रे
कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना मेरो मनसपटलमा लगातार घुमिरहने त्यो आकृति मेरो मुटुमा अमिट छाप बनेर बसेको छ। जब बिर्सन्छु मबाट केहि हराएको महसुस हुन्छ, जब संझन्छु मन भित्र अदृष्य भावना खट्किन्छ—यो वर्षौको समय अन्तराल पछि पनि उहि छायाँ मेरो वरिपरि घुमिरहेको पाउछु-
“रेवती ! पर्ख-पर्ख !!” उस्को हात छोडेर झस्किदै अडिन्छु , फुपु ढोकाको संघारमै उभिदै मलाई छेक्नु हुन्छ।
रुक्न चाहान्न तर अगाडि पनि बढ्न पाउदिन। विवस म फटिंग्रेलाई हेर्छु अनि फुपूलाई। हो,फटिंग्रे म पनि उसलाई फटिंग्रे नै भन्छु। सबै उस्लाई त्यहि नामले बोलाउछन। तर , मलाई यो नाम मन पर्दैन।
एक दिन मैले बाबालाइ भने " बाबा फटिंग्रेको नाम ‘शिवप्रसाद’ राखि दिनुस न।" बाबाले मलाई संझाउदै भन्नु भयो"यो तिम्रो दादाको नाम हो"।त्यसो भए ‘हरिप्रसाद’ राखिदिनुस न त। बाबालाई सायद मेरो कुरो मनपरेन--"तिमी चुप लागेर बस त"। म आज्ञाकारी भए। तर मलाई यसरी चुप हुन लगाइएको मन पर्दैन।म उदास हुदै बाबाको कठोर आदेसलाई चुपचाप पालना गरे।
फुपुले अम्खोरामा पानी लिएर म भएतिर छर्कनु भयो र भन्नु भयो "जाऊ अब भित्र।“
म दौडेर आमा भएतिर गए "हेर त तिम्रो यो नाक को फूलीमा के टाँसिएको हरियो?" –माया तर सम्मान दिदै आमाले हप्काउन शुरु गर्नु हुन्छ । तर आमाले यसरी हप्काउदा मलाई निकै मनपर्छ। म झन काखमै लिप्सिदै जान्छु .... नकुनै अनुरोध नकुनै स्विकृती मानौ आमाको काख मेरो अधिकार हो। ।म डराउदा,आमा भन्दा टाढा हैन नजिक हुन मनपर्छ "ल हेर कपाल मा पनि यस्तै छ"।
“ फटिंग्रे ! ए!फटिंग्रे ” !! आमाको आवाज ले म भयभित हुन्छु।
“हजुर न !!! उहि नम्र स्वर कानमा गुन्जिन्छ।
एकैछिनपछि फटिंग्रे हस्यागं फस्यागं गर्दै आउछ र अभ्यस्त उस्का पाइलाहरु संघार बाहिरै रुकिन्छन्। उ बाहिर उभिएको मलाइ मनपर्दैन। खै आमाले भित्र पस्न नदिएको हो अथवा समाजिक रितिरिवाजसंग डराएर हो उ कहिले पनि भित्र आउदैन । उस्को निन्यारो मुख देखेर माया लागेर आउछ। उ घर भित्र किन आउदैन मलाई सधै खुल्दुली हुन्छ तर आमालाई किन छुदैन त्यो जान्न चाहान्न म बरु उ आमाको काखमा नबस्दा खुशी हुन्छु। अरुले उस्लाइ केहि भनेको मनपर्दैन मलाइ तर आमाले चाहिँ गाली गर्दा पनि नरमाइलो लाग्दैन । किनकिन म उस्लाइ धेरै माया गर्छु। मेरो मन बोल्न थाल्छ- माया त म आमालाइ पो गर्छु त। उसो भए त्यो के होला ? म सोच्न थाल्छु उसो भए यो कुनै चेतना होला, भावना होला .... अथवा कुनै विस्वास होला अथवा सहानुभूती ....
"तल वेसी खोलामा गा'थ्यौ" फटिंग्रेको जवाफ संगै मेरो सहास बढेर आउछ।
"हो नि " म आमालाई कुरा प्रष्ट पार्न खोज्छु।
"आमा हाम्ले माछा मारेको" ।
'खै त माछा? आमाले अधिकार प्रयोग गर्नु हुन्छ् मानौ मेरो हरेक कुरा थाहा पाउनुपर्छ उहाँलाइ।
मलाई लाज लागेर आउछ झूट पक्डिएकोले। "छोरी!तिमी त झूट बोल्न पनि जान्दिनौ"
म निशब्द हुन्छु। आमालाइ थाहा छ .. छोरी माछा मार्न चाहान्ने बरु माछा पानीमा पौडेको हेर्न मन पराउछे।
हो त माछा पानीमा स्वतन्त्र उन्मुक्त भएर पौडेको कस्तो राम्रो। आहा!!! म पनि यस्तै पानीमा पौडनसके??!!!! म पौडन सुरु गर्छु उफ!!!पानीमा जादा त खुट्टा माथि पो आउछ त ?!! उफ!!! म आफूलाइ कमजोर सम्झन्छु । तर मलाई पौडिन भन्दा पानी माथि लागेको सिंवाली झार ओढ्न पो मनपर्छ, मेरो कमजोरीलाई छोप्ने प्रयास गर्छु म।
“फटिंग्रे!!” म कराउछु
“माछाको खुट्टा छैन त?” उ हाँस्छ ।
यसरी हाँसेको मनपर्दैन मलाई । तर म किन सक्दिन माछा जस्तो पौडिन, प्रष्न गर्छु आफै संग र उस्लाई सोध्छु फेरि-
“म माछा जस्तो पौडिन किन सक्दिन? “
“नानू हजुर ठूलो भए’सि सक्नु हुन्छ।”
पौडिदै गरेको उस्लाई सोध्छु म “तिमी कसरी सकेको त?”
उ रोमान्चित हुदै भन्छ “ म ठूलो छु”।
मलाई उस्को कुरा पटक्कै मन पर्दैन।
खुब! म भन्दा एकहात मात्रै त अग्लो छ नि ... मनमनै रिस उठ्छ मलाइ।तर उ म भन्दा ठूलो त पक्कै छ ..... आक्रोश पोख्न सक्दिन।
“अब घर जाने .... आउनुस” म फटिंग्रेको आवाज ले जर्याक-जुरुक उठ्छु।
“ल हजुरको खुट्टामा के लागेको?” म खुट्टा हेर्छु । हो त साच्चिक.. कालो तर चेप्टिएको म हटाउन कोशिस गर्छु त्यो कालो झन तन्किदै जान्छ ।म रुन थाल्छु दुखेको चाहिँ थिएन.. “हजुर रुनु भयो भने मलाई घरमा गाली गर्नुहुन्छ” उस्ले मलाई धम्क्याउदै माया देखाउन थाल्छ। मानौ उस्ले मेरो उ प्रतिको लगाव बुझेको छ। म चाहान्न कसैले उस्लाई गालीगरोस्।
“के हो त्यो?” मैले जान्न खोजे।
“ठूलो जूका” उस्ले आफ्नो टोपीले समातेर खुट्टा बाट निकालिदियो।
“हजुरको खुट्टा मा रगत.......?!
मलाई डर हैन कौतूहल जाग्यो रातो रगत देखेर ।
म सम्झन थाल्छु ----एकदिन उ घाँस काट्दै थियो । सानो सानो कीराहरु उड्दै एताउता गर्दैथिए। एउटा कीरा चाहिँ कहिले एता कहिले उता उफ्रिदै थियो।
“यो किन उफ्रेको? ” किरालाई हेर्दै म उस्लाई सोध्छु।
“उफ्राइएको”... उस्को आवाजमा रुखोपन प्रष्ट झल्कन्छ।
“नानू हजुरलाइ कुन किरा मनपर्छ?”
“ मलाई म खमली किरा खुब मनपर्छ ” म प्रफुल्ल हुदै उस्लाई पनि सोध्छु “तिमीलाई नि?”
उस्ले मतिर हेर्दै गंभिरहुदै भन्छ-“उ त्यो उफ्रि’रहेको किरा मनपर्छ मलाई”।
मलाई हाँसो उठ्छ - “के हो यस्को नाम?”
“फट्याङ्रा” अनायास हास्न रोक्छु म।
मैले पहिलो पटक जीवन भित्र जीवन्तता भेटे –फट्याङ्रा उफ्रिदै थियो बाच्नलाई संघर्ष गर्दै थियो सायद।मैले फटिंग्रो शब्दभित्र सत्यता भेटे उस्को उपस्थितीको । किन किन मलाई उस्को नाम मनपर्न पो थाल्छ। बाबाले भनेको संझे मैले “ हरि’ नाम भित्र अदृष्य रुपमा भगवानको बास हुन्छ रे। त्यसैले उ हरि हुन सक्दैन” जो कसैले पनि देख्नै या महसुस गर्नै पनि नसक्ने बस्तुमा बाबाले त्यति धेरै महत्व किन दिएको होला ? मेरो खुट्टा बाट बगेको रातो रगत हेर्दै मैले फटिंग्रे र फट्याङ्राको तुलना गर्न थाल्छु।
-अस्ति घाँस काट्दा तिम्रो हातमा पनि रातो रगत थियो नि?” मैले उस्लाई सोधे
“हो” उ गम्भिर हुदै भन्छ।
“ तिम्रो रगत पनि रातो थियो त?”
उ चुपचाप हुन्छ।
उस्को स्तब्धता मलाई मन पर्दैन। उस्ले केहि भन्न चाहेर पनि भन्न नसकेको अनुभूति हुन्छ मलाई ।उस्लाई हेर्छु म ,त्यहाँ उस्को आखाँमा तुफानी समुद्रको छाल जस्तै उतार चढाव प्रष्ट देख्छु । मानौ उ बोल्न खोज्दा भाषाको कमि भए जस्तो , उस्को अन्तरमनमा चलिरहने द्वन्दहरु छहराको सङ्लो पानी झै पहरा र ढुंगाको प्रहारलाई पनि चुनौती दिदै उन्मुक्त प्रवाहित भएको देख्न चाहान्छु म। मेरो प्रष्नले मलाई नै गिज्याए जस्तो लाग्छ । हो त उस्को जस्तै मेरो रगत पनि रातो नै हुन्छ। फरक यत्ति हो मान्छेद्वारा निर्मित नियम पक्षपाती छ तर प्रकृतीले मानिस मानिस विच कुनै पक्षपात गरेको छैन।
मैले कुरा मोड्न चाहेँ मानौ उस्लाई खुशी गराउन चाहेँ....
“सबै माछा मिलेर जूकालाई किन नमारेको होला?”
मेरो प्रष्नले उस्लाई झन आक्रोशित बनाउछ -—“किन माछाले जुका मार्ने ?”उस्ले पहिलो पटक मलाई प्रतिप्रष्न गर्छ—“जूकाले हजुरलाई टोकेको छ माछालाई हैन” त्यो जुका घस्रिदै मेरो खुट्टा नजिक आउदै रहेछ । यस्पटक उस्ले मेरो खुट्टा तिर बढेको जूकालाई हटाउने कोशीश गरेन बरु मेरो आँखामा हेर्दै मलाई सचेत गराउछ –
“आधा मरेर पनि हिड्दै छ जुका “ म डराए र उस्लाई च्याप्प समाते ।
उस्का हातहरुले बलियो साहरा दिएको अनुभूति भयो ,अनि चुपचाप उस्को हातसमातेर घर तिर हिड्न थाले म.......
------(समय मिल्यो भने यसैलाई निरन्तरता दिदै जानेछु)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 15, 2008
दौतरीको १०० दिनमा मेरो तर्फाट

हुनत १०० दिन पुगेको उपलक्ष्यमा विषेश केही लेखौ भन्ने थियो तर के गर्ने क्यैगरी भ्याइएन । आज चाही केही समय वोनस मा पाएको मौकामा यो एउटा वनाइ हाल्न मन लाग्यो । थिमा त केही थिएन तर मन देखी दौतरीको लेखक एव पाठक लगायत सवै शुभचिन्तकलाइ शुभकामना दिन मन लाग्यो । र उत्तरोत्तर प्रगतीको कामना सहित .........
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Are engineering profs really that bad?
In the lab, I always heard students whining. Not one, not even two, each student had complained for every teacher. In the lab at late night they used to make joke about their PhD and PE. Most of the undergraduate students had their own transportation. All the graduate students were international students, so they didn't have their own transportation. It used to be late midnight when they finished their homework. In the middle of night, they just got stuck in the lab. If the night cleaner is kind enough, they could use their jacket and sleep in the floor otherwise they have to make their way outside in the frozen night. With these tough things, if international students cannot maintain 3 GPA, they will be in probation and again if they cannot cover in the next semester,they have to leave the country.
Students have complaining behavior. We used to complain,get frustrated,make fun of professor, laugh...that's how we spend time in school.In one evening everyone was busy with their homeworks and projects. One student just broke the silence,"guys our subjects are tough, so professors are getting hard time. It is not only difficult for us to learn but it is equally difficult for our teachers to teach. So let's not hate our teachers".But his expression made us to think something about our teachers.
I was lucky to have a very helpful thesis advisor. Unfortunately after graduation, I haven't been to the school to see him. It has been almost 2 years. Today I was going through Design News and I found engineering school has poor rating. So it was not only S t Cloud State University but most of the engineering schools have same scenario.
Article of Charles J. Murray from Design News
For many of our readers, this probably won’t come as a surprise: Recently-released surveys from The Princeton Review show that engineering students aren’t always pleased with their professors.Before we tell you the results of the survey, though, let’s stop and review a few important points: Engineering curriculums are hard; student grades in engineering tend to be on the low side of the bell-shaped curve in almost every college; students with low grades are unhappy and tend to blame their professors. We know all this.Now, let’s look at the results, which were published in The Princeton Review’s Best 366 Colleges. In a category titled “Professors Get Low Marks,” seven of the worst ten schools had very high percentages of engineering students. The United States Merchant Marine Academy, Stevens Institute of Technology, Cal Tech, and the New Jersey Institute of Technology were the worst four. Others in the bottom ten included Rensselaer Polytechnic Institute, Georgia Tech and Illinois Institute of Technology. The results were part of a multiple-choice survey administered to more than 120,000 college students. In the “Professors Get Low Marks” category, students were asked, “Are your instructors good teachers?”Obviously, this looks bad, even when you blame some of the dissatisfaction on the complexity of engineering material. But the list of the best 20 schools made engineering look even worse. Students responding to the same question put only one school with a high percentage of engineers – Harvey Mudd College of California – in the best 20.Academic experts say that the difficulty of engineering has a lot to do with the results, but they admit it’s not the whole problem. “Even if you have fantastic teachers – which many of these colleges do – engineering will always get lower marks,” says Ray Almgren, vice president of product marketing and academic relations for National Instruments. “But difficulty doesn’t explain all of it. It doesn’t explain why so many engineering schools did so poorly.”Almgren notes that most of the schools mentioned on The Princeton Review list are known for their research, not their teaching.And here, I’ll add my own opinion: It’s worth noting that Harvey Mudd College – the one engineering school that did well in the survey -- is not known as a research institution. Another college that has done well in the past, Olin College of Engineering, is also not a research institution.Admittedly, that’s a small statistical sample, but it reveals an important point: No matter how hard engineering undergraduate material may be, it needn’t be taught in a way that leaves behind a trail of disgruntled students. It needn’t be taught by professors who prefer to describe themselves as researchers, rather than teachers. It needn’t be relegated to hordes of teaching assistants who struggle to speak understandable English.And it can be taught in a way that might even be described as exciting.It would be easy to stick our heads in the sand and attribute the results of this survey to the whining of students who don’t want to work hard. But if we’re truly concerned with the future of engineering education in America, then we might want to take a harder look at these results. There just might be broader meaning here.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बिर्सन खोजेको राष्ट्रिय एकता दिवस र निरिह नेपाल
भनिँदैछ मान्छेलाई जातमा टुक्राएपछि अनि मुलुकलाई जातका स-साना चोक्टामा दामासही बाँडेपछि मुलुक संघीय लोकतन्त्रको मजबूतिमा रमाउन सक्छ रे ! मान्छेलाई तँ यो जात तँ उ जातको बिभाजनमा बाँडेर मुलुकलाई चिराचिरामा टुक्राउँदा मान्छेहरू असीमित अधिकारको रजगजमा बाँच्न पाउँछन् रे ! मुलुक यसरि पो झन बलियो पो हुन्छ रे !
उदेक छ , एकातिर मान्छे विस्वव्यापीकरणको ढोल पिटेर सीमा र सरहदका पर्खाल भत्काउन अनि भूमण्डलीय एकीकरणको जोसमा रमाउन खोजेजस्तो देखिँदैछ भने अर्को तिर आफ्नो प्राक अस्तित्वतिर फर्केर , न्याय निसाफ माग्न इतिहासको पाङ्ग्रा उल्टो दिशामा फर्काएर कसैलाई खलपात्र साबित गर्ने कृत्यमा रुमल्लिएको छ ।
त्यसो हो भने अतितका गल्तिहरूलाई हामीले कतिलामो अतितको समयमा फर्केर सच्याउने ? बोक्रे युगमा पुग्दा हुने हो कि ! सायद त्यतिबेला हामी साझा मनुजको एकल परिवारमा थियौँ होला । त्यसपछि त अखण्ड भूगोलका खण्डखण्डमा हामी संसर्गित बन्न पुग्दा जात, नाक नक्सा, विचार र राज्यका सीमामा कैद भयौँ होला !
यस्तै एब्स्ट्रयाक्ट प्रश्नहरूको माखेसाङ्लोमा म नेपाल , नेपाली, एकता , राष्ट्रियता , जात, भाषा , धर्म आदि मानव निर्मित बिभाजनहरूको नराम्ररी जेलिएको महशूस गर्न वाद्य बनेको छु । मेरो नेपाल भन्ने कि नभन्ने , राष्ट्रिय एकता दिवसको सम्झना गर्दा मैले कसैको भावनामा चोट पुर्याएको पो हुन्छु कि म सोच्नै नसक्ने तरिकाले संपृक्त बनेको छु । म जब राष्ट्र र मुलकको सम्झना वा कुरा गर्छु अवश्य त्यसको अतित निर्माणमा जोडिएका व्यक्तित्व र तिनका कार्य र कृत्यहरू स्वयं उच्चरित बन्न पुग्छन् । त्यो गलत थियो भने मेरो वर्तमान परिचय समेत गलत हो । मेरो नेपाली परिचय, मैले लेख्न र बोल्न प्रयोग गरिरहेको भाषा र मेरो व्यक्तिगत अस्तित्वसंग जोडिएको समग्र समष्टिको ठूलो र व्यापक जीवन गलत नै भयो नि , त्यसो हो भने त !
के नेपाल गलत हो ? के क्रुरता र अन्यायमा बनेको यसको बुनियादले ‘नेपाल वा नेपाली’ भनिन पाउने सम्मको अनुमति तपाइँहरूबाट प्राप्त गर्ला , मेरो प्रश्न ।
सन्दर्भ पुष २७
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 14, 2008
गृहमन्त्रीको राक्षस हँसाई र भोटाहिटिको बम
हामीहरु प्राय: सबैले रामायण, महाभारत वा त्यस्तै अरु कुनै धार्मिक चलचित्र वा धारावाहिक पक्कै पनि हेरेका छौं ।
यस्ता चलचित्र वा धारावाहिकमा कथावस्तु भिन्न भिन्न भए पनि यौटा कुरा चाँहि समान हुन्छन् । देवता र दानव विच लडाई चल्छ अनी आफ्नो यौटा तीर निशानामा लाग्ने बित्तीकै दानवहरु अट्टाहास गर्न थाल्छन ––हा हा हा हा हा हा हा-- मानौ त्यो यौटा हतियारको सहि नीशाना नै युद्दको विजय हो ।
आज काठमाण्डौमा भएको बम बिष्फोट र हिजोको गृहमन्त्रीको वकतव्य मलाई त्यहि यथार्थ नबुझी गरिएको अट्टाहास जस्तै लाग्दै छ ।
बिषयको गाम्भिर्यलाई नबुझी वा बुझ पचाएर हावादारी गफ गर्न हाम्रा नेताहरु त्यसै पनि अग्रपंक्तिमा आउँछन।यसै क्रममा हाम्रा गृहमन्त्रीले पनि १-२ दिन काठमाण्डौमा केहि घटना नघटेकोले अब 'राम रज्य' शुरु हुन लागेको उदघोष गरिहाल्नु भयो ।
त्यहि लालबुझक्कड र हावादारी वक्तव्यको लगत्तै रत्नपार्कमा आज भएको बम बिष्फोटले हामीलाई फेरी एक चोटी सोच्न बाध्य बनाएको छ, के हाम्रा नेताहरुको चेतनाको स्तर पौराणिक कालका दानवको भन्दा फरक छैन ?
हाल पुरै देशको हालत एकदमै ठिक छैन, हत्या, आतंक र बिष्फोट भनेको "दाल-भात" जस्तै छ र देशको कुनै न कुनै कुनामा हरेक दिन जसो १-२ अप्रीय घटनाहरु घटि रहेका छन । यो यथार्थ बारे बिदेशमा बस्ने नेपालीहरुलाई समेत पनि कुनै भ्रम छैन भने हाम्रा गृहमन्त्री भने हिजो सम्म "सुरक्षा स्थिति दिनप्रतिदिन सुधार हुदैछ" भनेर अर्न्तवार्ता दिदै हुनुहुन्थ्यो ।
वहाको अर्न्तवार्ता यहाँ छ र आज काठमाण्डौमा बम पडकेको बारेको समाचार यहाँ छ।
नेपालको हालको स्थिति एकदमै तरल छ र यसलाई सबैले बुझ्ने भाषामा भन्दा "कुन बेला के हुन्छ भन्न नसकिने" अबस्थामा छ । यस्को जानकारी देशकै सुरक्षाका जिम्मा लिएर बसेका गृहमन्त्रीलाई पक्कै हुनुपर्ने हो ।
यस्तो अबस्थामा वहा के हिसाबले सुरक्षा स्थिति दिनप्रतिदिन सुधार भईरहेको हावा भरको कुरा गर्नु हुन्छ ।
देशमा कुन बेला के हुन्छ भनेर जान्ने त कोहि पनि हुन सक्दैन तर हालको परिस्थितिमा यस्तो वक्तव्य दिनु चाहिँ अमेरिकाले ईराक आक्रमण गर्दा सद्दाम हुसैन र उनका सुरक्षा प्रमुखले "हामी अमेरिकालाई जित्दै छौं" भनेर राक्षस हासो गरे जस्तो मात्रै हुनेछ ।
आशा गरौं आगामी दिनमा हाम्रा मन्त्रीहरु सोच बिचार गरेर मात्रै बोल्नेछन ।
अन्तमा आज भएको आक्रमणको घोर बिरोध गरौं साथै हाम्रा नेताहरुलाई बोल्नु अगाडि बिचार गर्नु पर्छ भन्ने बुद्धी पनि परमात्माले प्रदान गरुन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
सय दिन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
संबिधान सभाको खीचडी
मिति: बि सं २०६७ साल, आषाढ १५ गते समय: दिनको २ बजे, स्थान: खुला मञ्च, काठमाण्डौ
त्यहाँ उल्लासमय बातावरण थियो, सबै जना हर्षित र सबैको मुखमा बिजयी मुस्कान देखीन्थ्यो । मिठाईहरु बाँडीएका थिए र झुण्ड-झुण्डमा जम्मा भएका व्यक्तिहरु एक अर्कामा शुभकामना र कृतज्ञता व्यक्त गरीरहेका थिए । मञ्चमा बिभिन्न दलका स्वर्गीय बिद्धान नेताहरुको तस्बीरहरु भुण्ड्याईएका थिए। भिन्न भिन्न बिचार राख्ने सबैजना यौटै मन्चमा आएर अपार एकता देखाई आज ठूलै घोषणा समेत हुने हल्ला चल्दै थियो ।
केहि समय पछि मञ्चमा देशका प्रख्यात प्रख्यात नेताहरु लगाएत बिदेशबाट दिक्षा दिन आएका केहि बिद्वानहरु समेत देखा परे र मञ्चबाट बोल्ने क्रम शुरु भएको घोषणा गरीयो । तर हेर्दा हेर्दै त्यहाँ ५, ७ जना "बोल्ने वाला" नेताहरुमा चर्का चर्की भएको कुरा टाढैबाट देखीयो ।
संयुक्त सभा भएपनि आफ्नो दलले अघिल्लो पटक (परापूर्ब कालमा) बढि सीट ल्याएकोले पहिला आफूले बोल्न पाउनु पर्छ भन्ने एकजना नेताको कथन थियो भने, दोस्रो दलका नेता हालको स्थितीमा चुनाब भए बढि जन र्समर्थन आफूले पाउने भएकोले आफूले पहिला भाषण गर्ने दलील दिदैं थिए । बढि खर्च जुटाए बापत आफ्नो बोल्ने हक पहिलो हुने कुरामा तेस्रो दलका नेता जोड दिदैं थिए भने, चौथो नेता आफ्नै कारणले मात्रै आन्दोलन सफल भएकोले आफैले पहिला संबोधन गर्ने तर्क दिदैं थिए । त्यत्तिकै बाद बिबाद र चर्का चर्की को बिचमा पाँचौ दलका नेताले आफूले पहिला बोल्न नपाए "सरकार बाट बाहिरिएर पूनं आन्दोलन" शुरु गर्ने धम्की दिएपछि उदघोषकले बोल्ने क्रम केहि बेरको लागी स्थगीत भएको घोषण गरे ।
यता , बिगतका कैयन जमघट पछि संबिधान सभाको मिति तय गर्दै र त्यसपछि रद्द गर्दै आएका आफ्ना महान नेताहरुले आज त के के बोल्लान र के के गर्लान भन्ने कौतुहल जनसमुदायमा छाएको थियो भने उता पहिला को बोल्ने भन्ने सहमतिमा पुग्न नसक्दा मञ्चमा भने जुनसुकै बेला जे सुकै पनि हुन सक्ने स्थिती पैदा हुदैं थियो ।
आफूहरुले बिगतमा गरेका घोषणाहरुमा आठ दललको आठै थरी अडान र दस थरी एजेण्डा भएका र प्रत्येक नेताले बोलेको कुरा अर्को नेताले बोलेको भन्दा फरक हुने गरेकोले जनतामा झन् झन् भ्रम सृजना भएको बताउँदैं बिद्धान बक्ताहरु मध्यका यौटा नेताले बरु कसैले पनि नबोलेर यौटा संयुक्त बक्तव्य निकाल्ने सल्लाह दिए ।
उनको त्यो सल्लाह करीब करीब पारीत हुन लाग्दा फेरी त्यो बक्तव्य कुन दलका नेताले पढने भन्ने बारेमा हान थाप हुन थाल्यो । उपस्थित जनसमुदाएको भिड र त्यसमा जम्मा भएका व्यक्तिहरुको "सामुहिक स्तर" हेर्दा जुन दलका नेताले त्यो बक्तव्य पढछन् त्यसको सम्पूर्णा श्रेय जनसमुदायले त्यहि यौटा दललाई मात्रै दिन्छन् भन्ने बुद्धिमान नेताहरुले अडकल गरेकाले बक्तव्य कस्ले पढने भन्ने बारेमा होडबाजी चल्न थाल्यो ।
यौटा संयुक्त बक्तव्य तयार गरेर त्यसलाई ८ भाग लगाई सबैले एक एक भाग पढने उत्कृष्ट राय पनि त्यहाँ ननीस्केको होईन, तर त्यसो गर्दा "जोडदार शब्द" र "दरीलो बाक्य" जती सबै एक दुइ जनालाई मात्रै पर्न सक्ने र सो को सम्पूर्ण श्रेय एक दुई दलले मात्रै पाउने देखीएकोले अन्तमा बिदेशबाट आएका निर्देशको सल्लाहमा उक्त बक्तव्य सबै जनाले सामुहिक रुपमा एकैसाथ पुरा पुरा पढने निर्णय, अल्पमतको बिरोधको बाबजुद पारीत भयो ।
त्यसपछि यौटा मात्रै माईकको तयारी भएको मञ्चमा तुरुन्तै अरु ६, ७ वटा माईक मगाईयो र सबै नेताहरुले "...१... २... ३...." भनेर एकैचोटी सामुहिक बक्तव्य पढन थालेः
"..... महिला तथा सज्जन बृन्द ...हाम्रो अती दुरदर्शी निर्णय र तपाईहरुको फुर्सदको सहयोगको कारण नै आज हामीले पून एक पटक संबिधान सभाको मिति घोषणा गर्ने मौका पाएका छौं । यौटै देसमा केहि महिना भीत्रै पटक पटक संबिधान सभाको घोषणा गर्न सक्नु भनेको हाम्रो ठूलो उपलब्धी हो । अझ यो पटक संबिधान सभाको मिति घोषणा गरिन लागेको २५औ पटक परेकोले यस्को भिन्नै महत्व छ ।आज हामी गौरबशाली पच्चिसौं पटक यो संबिधान सभाको चुनावको घोषणा गर्न गईरहेका छौं ।
यस बीचमा हामीले कैयन चोटी अन्तरीम संबिधान संसोधन गर्यौ, कति चोटी कुनै दल सरकारमा सामेल हुने र निक्लने कार्य भयो तर पनि संबिधान सभाको आन्दोलनलाई भने जारी राख्यौ । कहिले राजाको कारण त कहिले माओबादि सेनालाई राष्ट्रिय सेनामा नहाल्ने निर्णयका कारण यो चुनाव हुन सकेन।
लक्ष र उपलब्धि गौण कुरा हुन, मुख्य कुरा भनेको संबिधान सभाको नारा हो, । त्यसैले देशमा जे भए पनि जसो भए पनि हाम्रो कार्य यस्तै चल्दै जानेछ । तपाईहरु यसरी नै सहयोग गर्दै जानुहोस हामी ...अबका दुईबर्ष भीत्रमा... साँच्चै त्यो... चुनाव गरेर देखाईदिने छौं..."
नेताहरुको संयुक्त बक्तव्य सक्कीदां नसक्कीदैं अचानक चारैतीर बाट आँधि- हुरी र असीना- पानी बर्षीन लागेकोले त्यहाँ भागदौड मच्चीयो ... तुरुन्तै बिद्युत आपूर्तीमा अबरोध आएको र स्थिती असहज भएकोले नेताहरु आ आफ्नो चिल्ला गाडी लीएर सशुरक्षा आ- आफ्नो घरतर्फलागे ।
केहि समयअघि लोकतन्त्रको जोशमा सडकमा तोड-फोड गरी यातायात अबरुध्द गर्राई भाषण सुन्न आएका जनसमुदाय भने यातायात साधनको अभावमा धेरै बेरसम्म असीना पानीमा चुटीँदैं यत्र तत्र भागदौड गरी आफूलाई जोगाउने असफल प्रयास गर्दै थिए ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 13, 2008
चाउ चाउ - Chow Chow
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ओबामा की क्लिंटन ?
अमेरिकी रास्ट्रपति को चुनाव को सरगर्मी चलेको बेला मैले केहि लेख्ने जमर्को गरेको छू। डेमोक्रेटिक पार्टी बाट उमेदवार बनेका दुई पत्रिस्पर्धि बराक ओबामा र हिलारी क्लिंटन बारेमा मेरो बिचार यहाँ समक्ष प्रस्तुत गरेको छू।
किन ओबामा ?
सीनेटर ओबामाको बोलिमा एक जादू छ।
जहाँ जहाँ उनी बोलेका छन उनले खूब राम्रो छवि छाडेका छन। मेरो बिचारमा ओबामामा एउटा गजबको influential capability छ, एक किसिमको ताजापन छ । सायद उनको उपस्थितिले होला , यस पटकको चुनाव प्रचारमा युवाहुरुको ठुलो उपस्थिति भएको छ। ओबामा को चुनावी मुद्दा भनेको इराक युद्द , स्वास्थ्य र उच्च शिक्षा वरिपरी घुमेको छ. उनको चुनावी नारा छ " Change, we can believe in".
किन क्लिंटन ?
न्यूयोर्क की सिनेटर हिलारी क्लिंटन मा आठ वर्ष सम्म अमेरिकाको प्रथम महिला भएको अनुभव पनी छ । यसको अलावा बिगत ३५ वर्ष देखी कानून ब्यवसाय मा काम गरेको अनुभव छ। क्लिंटन ले अमेरिका भित्र मात्र हैन अमेरिका बाहिर को संसार पनी देखेकी छिन ।उनको चुनावी मुद्दा पनी ओबामा को जस्तै जस्तै नै छ। उनको चुनावी नारा छ " Ready for Change" ।
मेरो रोजाईको को त ?
यिनीहरु दुई जना मा आ आफ्नो खूबी र क्षमता छ। दुई मध्ये कसैले रास्ट्रपति को चुनाव लड़ने मौका पाए र जीते भने इतिहास बनाउने छन। हुन त म जस्तो बिदेशी मान्छेलाई कागलाई बेल पक्यो हर्स न बिस्मात हनु पर्ने हो , तर पनी यो मन न हो. . ..नसा त अली अली चढी हाल्छ। मेरो सहानुभूति भने ओबामा भन्दा क्लिंटन प्रति धेरै छ। उनको अनुभव ले मात्र हैन , उनका पति बिल क्लिंटन को अनुभब ले पनी अमेरिकाको खास्किदो अर्थतंत्र लाई माथी उठाउने छ भन्ने मेरो बिस्वास छ। हेरौ यो राजनीति को खेल ले कस्लाई कहाँ पुर्याउँछ ?
दौतरी हरु को के बिचार छ ?
यहाँहरुको रोजाई को उमेदवार को हो , कमेंट मा लेख्नु होला। अहिले लाई जदौ !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नियोजित- प्रायोजित दंगामा आक्रान्त काठमाडौं।
अर्बाचिन काठमाडौंको दंगा फसादको इतिहास धेरै लामो छैन। २०१८ सालमा ब्यक्तिगत बिबादले भड्केको दंगाले एतिहासिक जन सेवा सिनेमा खरानी भएको थियो। भनिन्छ, त्यतिबेला आक्रोशित भीडले जन सेवा ( हाल बिशाल बजार रहेको स्थानको ठिक सामुन्नेको जुद्ध दमकललाई समेत आगो निभाउन दिएको थिएन रे।
त्यस घट्ना पछि कुनै उल्लेख्य दंगा फसाद भएको सुनेको थिएन २०३६ साल सम्म। २०३६ सालको घट्नालाई दंगा को उपमा दिन मिल्दैन होला नै। तै पनि जीवन को पहिलो दंगा देखेको भोगेको ले केही लेख्ने जमर्को गरेको छु। जुल्फिकर अलि भुट्टोलाई तत्कालीन तानाशाह् जनरल जिया उल हकद्वारा दिइएको फाँसी को बिरोध गर्न निस्केको बिद्यार्थीहरुको जुलुस् माथि प्रहरी दमन को प्रतिक्रिया स्वरुप भएको घट्ना थियो। त्यो घट्नाका बिभिन्न उपघट्नाहरुको प्रत्यक्षदर्शी यो पंक्तिकार पनि थियो।
पहिलो दिन पाकिस्तानी दूताबासमा बिरोध पत्र बुझाउन गएका बिद्यार्थी संगठनहरुका समर्थकलाई प्रहरी प्रशासनले दमन गर्यो। त्यसको भोलि पल्ट त्यो दमनको बिरोध गर्न बसन्तपुरमा भेला भएका बिद्यार्थीहरु माथि चारै तर्फ घेरा हालेर निर्ममतापूर्बक लाठी प्रहार गरे। बसन्तपुर स्थित नव आदर्श बिद्यालयमा ७ कक्षामा पढ्थें र त्यो दमन त्रसित भएर कक्षा कोठाबाट हेरिरह्यौं। त्यस दिन देखि तत्कालीन ब्यबस्थाको बिरुद्द मेरो बाल मष्तिस्कमा बिद्रोह अंकुरायो।त्यस्को भोलि पल्ट हो कि पर्सि पल्ट, ने बि संघका तत्कालीन अध्यक्ष बल बहादुर केसी, अखिल का टंक कार्की लगायतलाई प्रायोजित रुपमा मण्डले घोषणा गरी कालो मोसो र जुत्ताको माला लगाई ठेला गाडामा राखेर शहर घुमाइयो। त्यही भीड अनियन्त्रित भै नया सडक गेट स्थित नेपाल बायु सेवा निगमको भवनमा ढुंगा मुढा भयो र आगो पनि झोसियो। त्यति बेला पहिलो पल्ट गोली चलेको आफ्नै आँखाले देखियो र पहिलो पल्ट कर्फ्युउ के हो भोगियो।
२०४६ सालको राजनैतिक परिवर्तन पछि प्रायोजित दंगाको सिलसिला सुरु भयो। बहुदल घोषणाको लगतै पछि हल्लाको भरमा असामाजिक तत्वहरुको अगुवाई १०-१२ दिन अनियन्त्रित रह्यो हाम्रो काठमाडौं। निर्दोष प्रहरीहरुलाई टेकु क्षेत्रमा कुटी कुटी मारे। हनुमान ढोका स्थित प्रहरी कार्यालय भीडले कब्जामा लिन प्रयास गरे। कार्यालय बचाउन प्रहरीले गोलि चलाउदा केही ब्यक्तिहरु को ज्यान् गयो, ती घट्नाहरुको नमीठो छाप अझै ताजा नै छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बेबी किंगको कुरा सुनिएको थियो तर बेबी प्रधानमन्त्री चांही देखिहालियो।
राजा ज्ञानेन्द्रले कू गरी शासन हातमा लिंदा उनी पुरुषको भेषमा मोटारसाईकल चढेर भारत पुगेकी थिईन, जबकी अन्य नेताहरु कोही नजरबन्दमा थिए कोही यंही भूमीगत थिए। निष्ठा र आस्थाको राजनीती गर्नेलाई त्यसरी भाग्नु जरुरत थिएन, तर उनीले त् बाबुको पद र पावरको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरेकी थिईन र राजाले सोही भ्रष्टाचार को आरोपमा थुन्न सक्ने भएकोले उनी चोरको खुट्टा काट भन्दा, चोरले थुत्त खुट्टा तान्ने शैलीमा भारत भागीन। माओबादीका मातृका यादवले गिरीजा बाबुको सामुन्ने नै मन्त्री परिषदको बैठकमा रक्तचन्दन तस्करको नाईके सुजाता भएको आरोप लगाएका थिए र गिरीजाले क्रुद्ध भएर मातृकालाई तपाईं बाहिर निस्कनुस भनेका थिए। माओबादीसंग संपर्क स्थापित गरेर उनीहरुलाई शान्तीपूर्ण अवतरण गर्न ज्यान दिएर लागेका के पी सिटौलाको एकतमासले राजीनामा माग्ने यी सुजातालाई शान्ती प्रकृया बिथोल्न दरवार ले राम्रै संग प्रयोग गरेको देखिन्छ।
सुजाता नै प्रम गिरीजाको शासन संचालनमा पहुंच भएकोले राजा-सेनाद्वारा सुजातालाई हातमा लिन सके राजासंस्था टिकिराख्न सकिने कुरो बुझ्यो। सुजाताको भ्रष्ट र बिकाउ चरित्र भएकोले सुजातालाई हातमा लिन पनि त्यती ठुलो कुरो भएन र सेनाले सुजाता संग राम्रै संग संबन्ध बिस्तार गर्यो। सेनाको कार्यक्रमहरुमा सुजाता बिशेष अतिथीको रुपमा निम्त्याईन थालिईन्। यहाँसम्मकी सेनालाई दिईने मानवाधिकारवाद सम्बन्धी तालिममा सुजाता प्रशिक्षक समेत बनिन।अचम्मको कुरो होइन त? सेनाको ठेक्कपट्टाहरु सुजाताको मान्छेहरुलाई पार्न थालियो। सेनाले सुजातालाई राम्रै संग गुलीयो चटायो। यता गिरिजा पनि, आफू जनताको शक्तीबाट स्थापित हुँ भन्ने कुरो बिर्सिएर सेनाको समर्थन रहेमात्र आफू सत्तामा टिकिरहन सकने निर्कर्ष निकालेर सेनासंग संबन्ध बनाउन लालायीत देखिए।
अहिले यी सेनाका पुतली मैया प्रधानमन्त्री कार्यालय हेर्न शक्तिशाली मन्त्री बनेकी छन र मन्त्री बनेको भोली पल्टै बिराटनगर गएर राजसंस्थाको वकालत गर्न थालिसकेकी छन। राजा गलत हुन सक्छ, राजसंस्था गलत हुन सक्दैन रे।
यो सरकार गठबन्धन कामचलाऊ सरकार हो र यो जनआन्दोलन II ले स्थापना गरेको सरकार हो। यो कुनै पार्टीको बहुमतको सरकार होइन र यहाँ कसैले मनपरी गर्न पाउदैन। तर गिरीजालाई यो कुरा कसले बताउने। अन्य सबै पार्टीले सरकारमा पठाउने मन्त्री आफ्नो केन्द्रीय कमिटीको बैठक गरेर चुन्दछन। तर नेपाली कांग्रेस मात्र यस्तो पार्टी हो, जसमा को को मन्त्री बन्दै छन भन्ने कुरो पार्टीका अन्य सदस्यहरुलाई रेडियो र टि भीको समाचारबाट मात्र थाहा हुन्छ। के नेपाली कांग्रेस दासहरुको पार्टी हो र यसका मालिक गिरिजा हुन?
अब कू भयो भने दरबारले सुजालाई प्रम बनाउने छ। सुजाता अहिले बेबी प्रम बन्नु त्यसैको संकेत हो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 12, 2008
K B ४ ६ ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 10, 2008
No one could save Benazir, why we need to save pakistan?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 9, 2008
गिरिजाको गिर्नु भएको अर्को कथा
क्रान्तीको लागि निस्चित रुपमा अर्थको जरुरत् पर्छ नै। तर यहि हो त क्रान्तीको लागि अर्थ संकलन् गर्ने तरिका? फेरि त्यस्ता तस्करहरु संग कसरी संगत भएको हो? सुनेको थिएं, ढुन्डीराज शास्त्रीको काम नै बनारसबाट जाली शैक्षिक प्रमाणपत्र ल्याउने र बेच्ने थियो। पछि उनी नै शिक्षा मन्त्री पनि बने क्यारे। प्रजातान्त्रीक् आन्दोलनको जग यस्तै अपराधले बनेको हुन्छ?
गिरिजा बाबूको त्यस्तो उपद्रोले गर्दा नै बीपीले दिक्क भएर भन्नु भएको होला-यो हवल्दार हो भनेर।
यो दूर्भाग्य हो की देश् अहिले देश तिनै हवलदारको कमान्डमा चलेको छ।
युरेनियम् जस्तो सम्बेदनशील पद्धार्थ, बीपीको संबन्ध दूरुप्रयोग् गरेर इज्राएल पठाउन खोज्ने आंट गर्ने कहांसम्मका उधुम मान्छे रहेछन् त यिनी। यस्ता ब्यक्तिले राज गरेको देशमा कसरी भ्रष्टाचार कम् हुन्छ? कसरी तस्करी रोकिन्छ? उल्टो खुम् बहादुर जस्ता ब्यक्ति दाङको बिश्व बिध्यालय शभामा बिशिस्ट ब्यक्तिको रुपमा नियुक्त भएका छन्।
"र" को सहयोगमा नेपालको बिमान अपहरण गरेको कुरा बताएर यिनले यो कुरा खुलस्त पारेका छन कि "र" का सबै भन्दा ठूला नोकर यिनै हुन। यस्ता बाट नेपाली राष्ट्रियता कसरी जोगिन्छ? भारतीय पक्षबाट संधै नेपाली भूभाग अतिक्रमण हुंदा, नेपाली जनता धपिंदा यिनलाई कुनै पिडा हुंदैन। पिडा कसरी होस्-"र" ले बिमान अपहरण गर्न सघाएर यिनलाई जो अपार गुण लगाएको छ। सायद त्यो बिमान अपहरण पछि यिनलाई कहिले पनि तेस्रो दर्जाको डिब्बामा कहिले यात्रा गर्न परेन।
कोइराला परिवारको अहिलेको श्रीसम्पत्ती सायद त्यही बिमान अपहरणको आम्दानीको फल त होइन? नेपाली कांग्रेसको इमान्दार कार्यकर्ताले त्यसको हिसाब किताब माग्नु भएको छ?
गिरीजाको आत्म ब्रितान्त पढन नेपाल साप्ताहीक हेर्नु होला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
भुत बनेको सम्बिधान सभा
राजाको काम देश चलाउने हैन। त्यो अधिकार पृथ्वी नारायण, बहादुर शाह जस्ताहरुलाई थियो तर बीरेन्द्र वा ज्ञानेन्द्र जस्ता राजाहरुलाई हैन। ज्ञानेन्द्र त कसरी राजा भए त्यो मैले बुझेको पनि छैन। राजाको भाई राजा हुने प्राबधान त्यो बेलाको संबिधानमा थ्यो थिएन त्यो मलाई थाह छैन।
पृथ्बी नारायण अनि बहादुर शाह जस्तालाई शाशनको अधिकार थ्यो मैले कुन आधारमा भनेको भने उनीहरु दरबारमा बसेर हुकुम मात्रै दिने साशक थिएनन। उनीहरुको जिबन करिब करिब युद्ध भुमीमै बित्यो। परिस्थिती आजको भन्दा धेरै फरक थ्यो। पृथ्बीनारायणको दुहाई दिएर ज्ञानेन्द्र राजगद्दीमा बस्ने कुरा मलाई चै ठिक लाग्दैन। हो जनताले "हुन्छ तिमी सासन गर भनेर जनादेश दिएछन ज्ञानेन्द्रलाई भने म त्यस्को आदर गर्छु"। तर जनताले के भन्छन त्यो त जनतालाई नै निर्धक्क भन्न दिनु पर्यो नी। भारदारी हुकुमी संसदलाई जनताको तर्फबाट कुनै निर्णय लिने अधिकार छैन।
आजको आबस्यकता भनेको सम्बिधान सभा हैन जनमत संग्रह हो। मुख्य मुद्दाहरुमा जनमत संग्रह गरियोस। त्यै जनमत संग्रहको चुनाबमा सांसदहरु पनि चुनिउन। जनमत संग्रहको नतिजा अनुसारको संबिधान बनाओस र पारित गरोस त्यै संसदले। यहाँ नेर मुस्किलको मुद्धा भनेको चुनाब क्षेत्र तोक्ने बारेमा हुन्छ। नेता भनाउँदाहरुको अदुरदर्शी र क्षणिक लोकप्रियताले निर्देशित नितीहरुले चुनाब क्षेत्र र निर्बाचन प्रणालीलाई जटिल परिस्थितीमा पुर्याएका छन। बिखण्डन उन्मुख संघिय संरचनाको वकालत गरेका छन। एकात्मक राष्ट्रवाद हैन संकुचित राष्ट्रवादलाई लोकतन्त्र र नयाँ नेपालको नारा बनाएका छन नेता भनाउँदाहरुले। यस्तो अधोन्मुख बिचारलाई उनीहरुले त्याग्नु पर्छ।
आर्थिक बिकासले मात्रै देशको बिकास सम्भव छ। सामाजिक समन्वयले आर्थिक बिकासलाई पछ्याउनु पर्छ। राजनैतिक नाराले देश बन्दैन। आर्थिक बिकासको लागि बाटो बनाउने सम्म हो राजनैतिक प्रणालीले। हाम्रा तथाकथित नेताहरु राजनैतिक प्रणाली नै सबै रोगहरुको संजिबनी हो भन्ने अलापमा छन। उनीहरुले कहिले चेत्ने हो कुन्नी।
देशमा अमेरीकाको जस्तो जन निर्बाचित सरकार प्रमुख हुनु पर्छ जो संसदको सदस्य नहोस। सांसदहरु केबल सांसद मात्रै हुन। सरकार प्रमुखले आफु खुसी मन्त्रीमण्डल बनाओस, जस्को अनुमोदन संसदले गरोस। बेलायतको जस्तो संसदिय हैन अमेरीकाको जस्तो अध्यक्षिय प्रणाली नेपालको लागि ठिक हुन्छ जस्तो लाग्छ मलाई।
तर सबै भन्दा पहिला जनमत संग्रह होस। जनताले निर्णय गरुन प्रमुख मुद्दाहरुमा। सातदलको निरंकुस सासनको अन्त्य नभए सम्म नयाँ नेपाल र गणतन्त्र अनि लोकतन्त्र जस्ता शब्दहरु केबल सातदल पुराणका भजनमालाहरु मात्र हुन। सातदलहरु बिजयता जस्तो डुक्रिन छोडेर आफ्ना गल्तिहरु स्विकारी जनता सँग माफि मागुन र गल्तिहरु सच्च्याउन। देश सबै नागरिकहरुको हो। स्वघोषित ठेकेदारहरुले जति छिटो महसुस गर्यो त्यति राम्रो। हाम्रो बाटो कठिन छ। चुनाबमा जान डराउनेहरुले आफुलाई जनप्रतिनिधी नभने हुन्छ। हार्ने डरले चुनाब हुन नदिने हो भने चुनाब कहिलेई हुन्न। बिना जनमत के लोकतन्त्र?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Tea Time... हसाउन सक्छु कि ! Updated with Santa and Banta
वीरू : बसंती तुम तो मेरा चांद हो
बसंती : ना जी , हमका चांद-वांद मत कहो , ये ससुरे अमेरिका वाले रोज चांद पर चढ़ते-उतरते हैं...
"सन्ता र वन्ता " को Joke खुब रमाइलो मानिन्छ । Joke मा सर्दारहरुलाई पात्रको रुपमा खुब प्रयोग किन गरिन्छ तेस्को बिभिन्न अनुमान वा तर्क होलान तर सर्दार जिका जोकहरु रमाइला हुने गर्छन् ।
सन्ता ससुरालीमा
सन्ता भर्खरै बिहे गरेर ससुराली भेट्न जान्छ ।
अब भारतीयहरु जेमा पनि स्मार्ट पना देखाउन खोजिहाल्छन,
सन्ताजी पनि गाउँका ठिटाहरुलाई सोध्छन: बड़ी बोर जगह है , यहां कोई एन्जॉय करने वाली चीज नहीं है क्या ?
अनी ठिटाहरुको जवाफ आउछ : नहीं बाबू , एक थी , वह भी आप ले गए
सन्ता जी को दोस्रो करामत
संताले बन्तालाई गफ दिन्छ : बंता, मैंने आज पानीको बेवकूफ बना दिया
बंता : कैसे ?
संता : मैंने पानी गरम किया और फिर ठंडे पानी से ही नहा लिया... हा..हा..हा..
सन्तालाई फासी
सन्तालाई फासी को बारेमा सुनाउदै जेलर : संता सिंह, तुम्हे कल सुबह 5 बजे फांसी दी जाएगी
सन्ता खुब हास्छ: हाहा , होहो , हाहा , होहो
जेलर अचम्म पर्दै: कल तुम्हें फांसी दी जाएगी लेकिन तुम हंस क्यों रहे हो ?
सन्ताको जवाफ : कैसे दोगे !!! क्योंकि मैं तो सुबह 7 बजे ही उठता हूं !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 8, 2008
रक्तचन्दनको रातो दाम
विक्रम गिरी
दार्चुला, पुस २४ - भारतबाट ल्याइएको रक्तचन्दन तिंकर नाका हु“दै तिब्बत पुर्याउन प्रहरी, प्रशासन, वन कर्मचारी र माओवादी संलग्न रहेको स्रोतले बताएको छ । रक्तचन्दन बोक्न गएका भरियाका अनुसार प्रतिकिलो २ सय ज्यालामा करिब डेढ सय गाउ“लेलाई बोकाएर सुनसेरामा जम्मा पारिएको रक्तचन्दन तिंकर ढुवानी गरिएको हो ।
छाङरु मार्ग हु“दै रक्तचन्दन तिंकर पुर्याउन दर्ुइ साता लागेको बताउ“दै भरियाले भने, 'बाटोमा प्रहरी,
वनका कर्मचारी तथा वाईसीएलले केरकार नै गरेनन् ।' ताक्लाकोट पुर्याउन डेढ सयभन्दा बढी घोडा खच्चरसमेत प्रयोग गरिएको उनले जानकारी दिए ।
प्रशाशन, प्रहरी, वन र माओवादीले रकम लिएपछि सजिलै रक्तचन्दन तिब्बतको ताक्लाकोट पुर्याइएको स्रोतले बतायो । तस्करीमा काठमाडौंका कुमार श्रेष्ठ, सदरमुकाम खलंगाका केही व्यापारी तथा भारतीय व्यापारीे संलग्न रहेको बताइएको छ । गत कात्तिक १५ गते भारतबाट वर्तीघाटसम्म ट्रकमा ल्याइएको रक्तचन्दन तुइनबाट महाकाली नदी तारी सुनसेरा पुर्याइएको थियो । सीमामा भारतीय सुरक्षा बल -एसएसबी) तैनाथ भए पनि रकम असुली अवरोध नगरेको स्रोतले बतायो ।
सुनसेरामा प्रहरी चौकी इन्चार्ज अर्सइ दानसिंह भाटले रोक्ने प्रयास गरेका थिए तर तस्करले डीएसपीसित कुरा मिलिसकेको भन्दै भाटलाई अवरोध नगर्न दबाब दिएको स्रोतले बतायो ।
सुनसेरामा वनको रेन्जपोस्टसमेत छ । तस्करी भइरहेका बेला चार वनरक्षक त्यहा“ थिए । रक्षकले तस्करीबारे वनअधिकृतलाई जानकारी गराए पनि अवरोध नगर्न अधिकृतले निर्देशन दिएका थिए । स्रोतका अनुसार तिंकरसम्मको ढुवानी जिम्मा वाईसीएलले लिएको थियो । तर माओवादीले आफ्नो संलग्नता नरहेको बताएको छ । 'संलग्न रहेको पाए कारबाही गछौर्ं,' जिल्ला समिति सदस्य जमनसिंह धामीले भने । सुनसेराबाट छाङ्रु हु“दै तिंकर पुग्न चार दिन लाग्छ । छाङरुमा पनि त्यो बेला ३४ जना सुरक्षाकर्मी र वनको रेन्जर पोस्ट थियो ।
भरियाका अनुसार रक्तचन्दन २ सय ६५ 'गेल' थियो । एक गेलमा करिब ४० देखि ५० किलो भएको भरियाले बताए ।
रक्तचन्दन तस्करीको नया“ मार्गबारे स्थानीय प्रशासनलाई जानकारी भए पनि कारबाहीका लागि सक्रियता देखाइएन ।
प्रशासनले सुरक्षाकर्मी, वन, जिविस, वन उपभोक्ता महासंघका कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिलाई अनुगमनका लागि खटाएको सहायक प्रजिअ तुल्सीराम पौडेलले बताए ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
New Political Map
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest


